शिलाङको गोर्खा पाठशाला हाएर सेकेन्ड्री स्कूल मोप्रेम गाडीखानमा स्थित मणिसिंह गुरुङ सभागुहमा विभिन्न कार्यक्रम सहित यही नवम्बर ६ तारिक २०२२ ( २९ कार्तिक २०७९ ) का दिन नेपाली साहित्य परिषद् शिलाङको स्वर्ण जयन्ती समारोहको आयोजना गरिएको छ । यो नेपाली साहित्यिक पत्रिका मादलको पनि स्वर्ण जयन्ती बर्षको अवस्था हो । यसमा भाग लिन भनेर झण्डै ६ महिना अघिदखि मादलका सम्पादक तथा नेपाली साहित्य परिषद्का सचिव नरबहादुर राईले मलाई धर्म भूसाल र दुर्गा प्रसाद अधिकारीलाई ईश्वर िप्रसाद खनाललाई समेत साथमा लिएर त्यस कार्यक्रममा उपस्थित हुन आग्रह गरेका छन् । जोर गरेका छन् र हामी सबैसित पटक पटक फोन सम्पर्क गरेका छन् । हामी चारैजना कुनै न कुनै रुपमा नेपाली साहित्य परिषद् र मादलसित जोडिएका थियौं । शुरुमा दिनमा नेपाली साहित्य परिषद् र मादल पत्रिकामा क्रियाशील रहेका थियौं । यसैले त्यस कार्यक्रमा हामी उपस्थित हुन नसक्नु यसका आयोजकलाई मात्र होइन हामी निमन्त्रित चारै जनालाई खट्किने कुरा हो । दुखित हुने कुरा हो । पीडा हुने कुरा हो । फेरि पनि मुटुमा गाँठो पारेर हामी चारैजना त्यस ऐतिहासिक कार्यक्रममा उपस्थ