Skip to main content

नेपाली साहित्य परिषद्, शिलाङको स्वर्ण जयन्ती

 

 

  

शिलाङको गोर्खा पाठशाला हाएर सेकेन्ड्री स्कूल मोप्रेम गाडीखानमा स्थित मणिसिंह गुरुङ सभागुहमा विभिन्न कार्यक्रम सहित यही नवम्बर ६ तारिक २०२२  (  २९ कार्तिक २०७९ ) का दिन नेपाली साहित्य परिषद् शिलाङको स्वर्ण जयन्ती समारोहको आयोजना गरिएको छ ।  यो नेपाली साहित्यिक पत्रिका मादलको पनि स्वर्ण जयन्ती बर्षको अवस्था हो ।  यसमा भाग लिन भनेर झण्डै ६ महिना अघिदखि मादलका सम्पादक तथा नेपाली साहित्य परिषद्का सचिव नरबहादुर राईले मलाई  धर्म भूसाल र दुर्गा प्रसाद अधिकारीलाई ईश्वर िप्रसाद खनाललाई समेत साथमा लिएर त्यस कार्यक्रममा उपस्थित हुन आग्रह गरेका छन् । जोर गरेका छन् र हामी सबैसित पटक पटक फोन सम्पर्क गरेका छन्  ।  हामी चारैजना कुनै न कुनै रुपमा नेपाली साहित्य परिषद् र मादलसित जोडिएका थियौं ।  शुरुमा दिनमा नेपाली साहित्य परिषद् र मादल पत्रिकामा क्रियाशील रहेका थियौं । यसैले त्यस कार्यक्रमा हामी उपस्थित हुन नसक्नु यसका आयोजकलाई मात्र होइन हामी निमन्त्रित चारै जनालाई खट्किने कुरा हो । दुखित हुने कुरा हो । पीडा हुने कुरा हो ।  फेरि पनि मुटुमा गाँठो पारेर हामी चारैजना त्यस ऐतिहासिक कार्यक्रममा उपस्थित हुन असमर्थ जस्ता भएका छौं । यस्तो सुनौलो मौका गुमाउने जस्ता भएका छौं । हो हामीले नरबहादुृर राईलाई त्यहाँ उपस्थित हुन कठिन भएको करा बताए पनि उनले हामीलाई कसै गरी पनि आउनुृहोस् भन्न भने छोडेका छैनन् । हो हामी निकै ठूलो धर्म संकटमा परेका छौं । 

शायद धर्म भूसाल , दुर्गा प्रसाद अधिकारी र ईश्वरी प्रसाद खनाल शिलाङ जान तयार भएको भए म पनि त्यसमा सामेल हुन वाध्य हुन्थें होला । धर्म भूसाल कान्छा छोराको आग्रहमा लगभग दुई बर्षको लागि अमेरिका जाने तयारीमा रहेका छन् ।  त्यसैको रन्कोमा रहेका छन् । दुर्गा प्रसाद अधिकारी हालै भएको अपरेसन पछि आराम गर्नु पर्ने अवस्थामा रहेका छन् ।  ईश्वरी प्रसाद खनाल अर्घाखाँचीमा छन् । उनीसित हाम्रो सितिमिति भेट हुँदैन ।

जहाँसम्म मेरो कुरो छ हाल म सामाजिक कार्य वा सभा समारोहबाट सन्यास लिएको जस्तो भएको छु । म कुनै संघ संस्थाले बोलाएको सभा समारोहमा सितिमिति उपस्थित नहुने हुनाले उनीहरूले मलाई बोलाउन वा निमन्त्रित गर्न छोडिसकेको अवस्था छ । मलाई बुटबल कै एउटा साहित्यिक संस्थाले सम्मानित गर्न काठमाण्डौमा बोलाएको थियो । त्यसमा पनि म उपस्थित हुन सकिनं । त्यसरी नै मलाई एक बर्ष अघि स्याँञ्जाको एउटा साहित्यिक संंंस्थाले सम्मानित गर्न स्याञ्जाको ज्याग्दीखोला बोलाएको थियो । मैले आयोजकलाई के भनेर फोन गरे भने तपाईहरूले मलाई सम्मानित गर्न चाहनु भएकोमा धन्यवाद दिन्छु र सम्मानलाई सहर्ष स्वीकार गर्दछु । तर तपाईंहरूले मलाई सम्मानित गर्न त्यहाँ नबोलाउनु भएमा म अत्यन्त खुृशी हुने छु । हिजो म दजैनौं संघ संस्थामा बस्न मन पराउने भए पनि आज कुनै एक संघ संगठनमा संगठित हुन पनि गाह्रो मान्न थालेको छु । पाल्पा तानसेनको एक संस्थामा म सदस्य यस कारणले भएको छु कि त्यसमा मेरो उपस्थिति अनिवार्य मानिएको छैन । हुन त म सक्रिय नरहे पनि पत्रकारको सदस्य रहँदै आएको छु ।  बकिलको संस्था बारको सदस्य हुँदै आएको छु । 

मलाई के लाग्दछ भने म हिजो जस्तो स्वतन्त्र छैन । बुटबलमा कुनै न कुनै काममा बाँधिएको छु । म सबै कुरा च्याट्ट छोडेर जान नसक्ने अवस्थामा पुगेको छु ।  मलाई हाल स्कटलैण्डमा भएकी भाइ बृुहारी रत्ना केसी ( साहनी )ले छोराको विवाह यही नवेम्बरमा काठमाण्डौमा हुँदैछ त्यसमा तपाई सपरिवार जसरी पनि उपस्थित हृनु पर्दछ भनेर फोन गरेकी थिइन् । त्यसमा म उपस्थित हुृन सक्छु कि सक्दिनं भन्न सकेको छैन । फेरि त्यस विवाहको तीन दिन पछि गल्कोटमा साहनीहरूको कुल पुजा हुँदै छ । तीन वा पाँच बर्षमा हुने कूलपुजामा भेटघाटको लागि पनि उपस्थित हुनु पर्ने अवस्था खडा भएको छ ।  यस्तै अवस्थामा फेरि शिलाङमा नपाली साहित्य परिषदको स्वर्ण जयन्ती समारोहको आयोजना गरिएको छ ।  बुटबल वरिपरि डुल्न घुम्न नखोज्ने व्यक्तिलाई ठाउँ ठाउँमा पुग्नु भनेको निकै गह्रौ कार्य हुँदो रहेछ । कठिन कार्य हुँदो रहेछ । 

कुनै समय थियो मेरो निम्ति आसाम शिलाङ मेघालाय बनारस दिल्ली आदि ठाउँ पानी खाने पधेरा  जस्ता भएका थिए ।  म एक्लै जहाँ पनि पुग्ने हिम्मत राख्दथे । बाटोमा हुने जुनसुकै अप्ठ्यारालाई सामना गर्ने हिम्मत राख्दथें । एकपल्ट विहान दिल्ली पुगेर दिनभरि दिल्लीमा गर्नुृ पर्ने काम फत्ते गरी उही दिन फर्केको पनि छु म ।  शिलाङ छोडेर नेपाल आए पछि पनि कति पटक म शिलाङ नागालैण्ड पुगेको छु । यहाँसम्म कि म कहिले नगएको मणिपुर पुगेको छु । तर अहिले एक्लै जुरुक्क उठेर शिलाङ जाने हिम्मत म गर्न सकिरहेको छैन ।

त्यसका अनेक कारण हुन सक्दछन् । एक त म लामो बाटो एक्लै दुख कष्ट सहेर शिलाङ जान गाह्रो ठान्दछु । म बुटबलमा विभिन्न कु्रामा जेलिएको हुँदा  शिलाङ जाने फुर्सद निकाल्न गाहो मान्दछु ।  तेस्रो कुरा म शिलाङ पुगे पछि तुरुन्त किन फर्किन सक्दिनं भने त्यहाँका विभिन्न ठाउँलाई अवलाकन नगरी मलाई फकिैन मन लाग्दैन ।  शिलाङ पुगे पछि म लोअर मोप्रेम गाडीखाना गोर्खा पाठशला विडन फल्स बिशप फल्स हेर्न चाहन्छु । शिलाङ पुगे पछि म  अपर मोप्रेम बाह्रपन्थर झालुपाडा रेलीबुङ उमलंका  बिष्णुपुर मैदान लाबान लउसुतन चाँदमारी हेर्न चाहन्छु । किरा फार्म पुग्न चाहन्छु ।  शिलाङ पुगे पछि म पुलिस बजार बडाबजार  पोलो बजार हेर्न चाहन्छु । म पोलो ग्राउन्ड हेर्न चाहन्छु । म गल्फलिंक हेर्न चाहन्छु । म ग्यारिसन ग्राउन्ड हेर्न चाहन्छु । म लालचन्द बस्ती फुटमौरी हेर्न चाहन्छु । म पत्थरमुखरा पुग्न चाहन्छ्ु । म कचहरी पुग्न चाहन्छु । म गवर्नर हाउस पुग्न चाहन्छु ।  म मल्की पुग्न चाहन्छु ।  म ल कलेज भएको धानखेती हेर्न चाहन्छु ।  । म सेन्ट एन्थनी कलेज , सेन्ट मेरिज र डनबास्को भएको लाइटमुखरा हेर्न चाहन्छु ।  म शिलाङ कलेज र पोस्ट ग्रेजुएट टिचिङ कलेज हेर्न चाहन्छु । म सेन्ट एडमण्ड कलेज हेर्न चाहन्छु । उसरी म लेडिकिन कलेज हेर्न चाहन्छु । म रायबहादुर अनुप चन्द हिन्दी हाई स्कुल तथा इस्लामिया हाई स्कुल हेर्न चाहन्छु । म  रुपरेखा परिषद नाइट हाई स्कूल पनि हेर्न चाहन्छु । त्यति मात्र होइन म अपर शिलाङमा अवस्थित गोर्खा हाई स्कुल पुग्न चाहन्छु । म मैदान लाबानको नेपाली स्कूल पुग्न चाहन्छु ।  म नङथुमाईको नेपाली स्कू्रल ( अहिले कलेज ) हेर्न चाहन्छु । म हिजो नर्थ स्टर्न हिल युनिवर्सिटी चलेको मयृुरभंज पैलेस हेर्न चाहन्छु । म फायर विग्रेड जिन्किङ नङथुमाई पुग्न चाहन्छु । म केही समय बसेको जयाउमा पनि पुग्न चाहन्छु ।  मौखारमा पुग्न चाहन्छु । म किटिङ रोडमा डुल्न चाहन्छु ।  म हैपीभैली पुग्न चाहन्छु । आलुगोदाम पुग्न चाहन्छु् । शिलाङ पिक पुग्न चाहन्छु । म लाइकोरसम्म पनि पुग्न चाहन्छु ।  शिलाङ पुगे पछि म अंंजली ड्रिमलैण्ड बिजु केल्भिन सिंघानिया सिनेमा हलहरूको दर्शन गर्न चाहन्छु । म जेल रोड घुम्न चाहन्छु ।  म बार्डसलेकमा घुम्न चाहन्छु । बार्डस लेकमा बोटिङ गर्न चाहन्छु । म शिलाङ पुगेपछि त्यहाँका गल्ली गल्लीमा डुल्न पुग्न र त्यसको गहिरो अवलोकन गर्न चाहन्छु । म शिलाङ पुगे पछि कुनै समय नेपालीको बाक्लो बसोबासो भएको मौलाई पनि हेर्न देख्न चाहन्छु ।  म निश्चित रुपमा गुवाहाटी शिलाङका

बाटोमा पर्ने नङ्यो नयाँ बंगाला तथा बडापानी हेर्न देख्न चाहन्छु । म शिलाङमा पुगे पछि त्यहाँ चिनेजानेका धेरैभन्दा धेरै व्यक्तिलाई भेट्न चाहन्छु । शिलाङ पुगेपछि म शिलाङमा पुगेर मात्र फर्किन मिल्दैन । सक्दिनं ।  

म आसामको  दिसपुरमा पनि उर्लिन चाहन्छु । म गुवाहाटीमा पनि घुम्न चाहन्छु । म नेपाली मंदिरमा पुग्न चाहन्छु । म चाँदबारी पुग्न चाहन्छु । म नूनमाटी पुग्न चाहन्छु । ओएल रिफनरी हेर्न चाहन्छु ।  म गुवाहाटीको पल्टन बजार उजन बजार पान बजार फेन्सी बजार घुम्न चाहन्छु । म गुवाहाटी पुगिसकेपछि म शुरुमा काकासित  बसेको ठाउँ मालीगाउँ डुल्न चाहन्छ्ु । पाण्डुमा डुल्न चाहन्छु । म गुवाहाटीको छेउमा बसेर बिशाल बह्मपुत्र नदी बगेको हेर्न चाहन्छु । म बह्मपुत्रमा स्टीमर चढेर बारि पारि गर्न चाहन्छु । म घुमाउरो बाटो हुँदै  कामाख्याको डाँडामा पुग्न चाहन्छु ।  म शिलाङ पुगिसकेपछि आसामको सुन्दर शहर तेजपुर पुग्न चाहन्छु । तेजपुरमा नेपाली पट्टि पुग्न चाहन्छु । म  चाँदबारी पुग्न चाहन्छु ।  म तेजपुरबाट बसमा ४५ मिनट लाग्ने  लोकरा चारदुृवार पुग्न चाहन्छु । म आफूले पढेको चार दुवार हाई स्कुल हेर्न चाहन्छ्ु । म लोकरा बजार तथा चार दुवार बजार डुल्न चाहन्छु । म आफू बसेको नयाँ राबरघारी पुग्न चाहन्छु । म त्यहाँ मेरा सारा नाता सम्बन्धीलाई भेट्न चाहन्छु । त्यहाँका चियाबगानमा डुल्न चाहन्छु ।  चिनेजानेका व्यक्तिलाई भेटेन चाहन्छु । 

यो कुरा एक दुई दिनमा संभव हुृन्न । कम्तीमा पनि एक महिनाको समय मलाई आवश्यक हृुन्छ । अहिले म  त्यति धेरै समय दिन सक्ने अवस्थामा छैन । फेरि पनि अनुक्र्रूल समयमा साथीहरूसित मिेलेर शिलाङमा जाने मनस्थितिमा छु । आसाममा डुल्ने मनस्थितिमा छु ।  साथीहरू पनि यस्तै मनस्थितिमा छन् । यो स्वाभाविक कृुरा पनि हो । 

यसपल्ट नेपाली साहित्य परिषद्को स्वर्ण जयन्तीको बेलामा जानु निकै राम्रो हुन्थ्यो । त्यो संभव देखिएन ।  मित्र नरबहादुर राईको आग्रलाई पुरा गर्न नपाउँदा मन खिन्न भएको छ । द्ेुखित भएको छ । कता कता ठूलो अपराध गरेको जस्तो भएको छ । दुर्गा अधिकारीले भनेको कुृरा ठीकै हो – भावना भएर मात्र हुँदैन । चाहना भएर मात्र हुँदैन । सबै कुृरा जुर्नु पर्दोरहेछ । 

हो, नेपाल फर्केर पनि म पटक पटक शिलाङ गइरहन्थें । शिलाङ धाइरहन्थें ।  शिलाङ पुगिरहन्थें । अहिले म शिलाङ नगएको तीन दशकभन्दा बढी समय भइसकेछ । नेपाली साहित्य परिषद् शिलाङको स्वर्ण जयन्तीको बेलामा पनि शिलाङ पुग्न नसक्नु ठूलो सुअबसर गुमाउनु हो । सुनौलो मौका गुमाउनु हो । 

१६–७–२०७९

०२–११–२०२२







 

 


Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास