Skip to main content

सुकुम्बासी समस्या र समाधान

 



यतिबेला मुलुकमा सुकुम्वासीका सम्बन्धमा व्यापक चर्चा भएको छ ।  यस चर्चामा भाग लिनेहरूमध्ये कतिले सुकुम्बासीप्रति आफ्नो भए भरको घृणा उपेक्षा तथा आक्रोश प्रकट गरेको छन् । उनीहरूलाई अवान्छित पात्र पात्राको रुपमा खडा गरेका छन् ।  तिनीह्रू सुक्ुम्वासी होइनन् । हुकु्मबासी हुन् पनि भनेका छन् । फेरि कतिले सुकुम्बासीप्रति गहिरो सहानुभूति प्रकट गरेका छन् । उनीहरू दयनीय अवस्थाप्रति आफ्नो चिन्ता पनि जाहेर गरेका छन् ।  उनीहरूले सुकुम्बासीलाई मानवीय दुष्टिले हेरेका छन् । यसै सन्दर्भमा सामाजिक संजालहरूमा मनमोहन अधिकारीको पालामा बनेको सुकुम्बासी आयोगबाट विष्णु पौडेल , प्रदीप ज्ञवाली, सिद्धिनाथ ज्ञवाली, शिव सुवेदी र गोपीरमण उपाध्यायले सुकुम्बासीको नाममा जग्गा प्राप्त गरेको चर्चा पनि चलिरहेको छ । यी सब कुराल नेपालमा सुकुम्बासी शब्द कै विद्रु्पीकरण भएको जस्तो  देखिन्छ ।  यसैले पनि सुकुम्बासी को हुन् र नेपालमा सुकुम्बासी समस्याको समाधान के हो भन्ने सवालमा प्रश्न उठाउनु पर्ने भएको छ ।

इतिहासकारहरूले भनेका छन् भारत यस्तो धनी देश हो जहाँ गरीबहरू बस्दछन् । हुन पनि भारतमा नेपालका भन्दा दशौं गुनाबढी मान्छेहरू सडकमा बस्दछन् । उनीहरू थोत्रा फालिएका गाडीमा, पुल मुनि , ड्रममा, रेलवे प्लेट फार्ममा ,रुखमा छहारीमा अथवा खुला आकाशमा रात कटाउँछन् । दिन कटाउँछन् । जिन्दगी कटाउँछन् । सडक बालकहरूको यस्तै अवस्था देखेर समाजशास्त्री मिरा नैयरले सलाम बम्बे सिनेमा निर्माण गरेकी थिइन् । भारतको रेलवेको यात्रा गर्ने हो भने हामी  देख्दछौं कति मान्छेले यात्रीहरूले थालमा छोडेका जुठा भातका सिता बटुलेर पेट पाल्दछन् । सास धान्दछन् । नेपाल अझै गरीबीको त्यस चरणमा पुगेको छैन । गाउँ घरमा एउटा बुकुरो नहुने मान्छे पाउन गाह्रो छ । गरीबहरू पातीले बारेर भए पनि एउटा छाप्रो हालेर बस्दछन् । 

शायद यही पातीले बारेर भए पनि एउटा बुकुरामा बस्ने नेपाली संस्कृतिले गर्दा नेपालमा घर नहुने मान्छे पाउन गाह्रो छ भन्दा अत्युक्ति नहोला । मान्छेहरू विविध कारणले शहर बजारमा झरे पछि कतै खालि ठाउँ देखे बुकुरो बनाएर बस्न थालिहाल्छन् । यिनीहरूलाई सुकुम्बासी भन्दा रहेछन् । अंग्रेजीमा सुकुम्बासी जनाउने शब्दलाई स्क्वाटर ९  क्त्रगबततभच ० भन्दा रहेछन् । यसको अर्थ हुँदोरहेछ खालि सरकारी जग्गा वा घर गैरकानूनी तरिकाले कब्जा गरेर बस्ने मान्छे । सुकुम्बासी आयोगले यस्तै गैर कानूनी ढंगले सरकारी जग्गा वा सम्पति कब्जा गरेर बस्ने मान्छेलाई लाल पूर्जा दिएर घर जग्गा धनी बनाउँदो रहेछ । तर पनि उनीहरूका नामसित जोडिएको शब्द कहिले हट्ने रहेनछ । शायद यही भएर होला काठमाण्डौमा आलिसन भवन भएर पनि हिजो सुकुम्बासीका नाममा जग्गाको लाल पुर्जा पाउने व्यक्ति अहिले करोडपति वा अरबपति भए पनि सुकुम्बासीको.चर्चा चल्दा उसको नाम पनि उच्चाहरण गरिने रहेछ । 

मैले बुझे अनृुसार सुकुम्बासी  त्यस्तो व्यक्तिलाई भनिन्छ जो आफ्नो कतै कुनै पुर्खौली सम्पति वा थात थलो  भए पनि नभए पनि सुकुम्बासी बस्तीमा बस्दछ वा सुकुम्बासीका नाममा जग्गा जमीनको लाल  पुर्जा लिन्छ । यसैले हामीले सुकुम्बासी भन्नाले नेपालमा एक टुक्रा जमीन नहुनेलाई पनि बुझ्नु पर्दछ । नेपालको कुनै कुनामा एक टुक्रा जग्गा जमीन भए पनि सुकुम्बासी बस्तीमा बसे पछि सुकुम्बासी भन्नु पर्ने हुन्छ ।  यद्पि सरकारले को सुकुम्बासी हुन् को होइनन् भन्ने कुराको छानबीन गर्न पनि सुकुम्बासी आयोग बनाएको छ । त्यस आयोगले को बास्तविक सुकुम्बासी हो को होइन भनेर छानबीन गर्ने मात्र होइन सुकुम्बासीका नाममा लालपुर्जा पनि बितरण गर्न सक्दछ ।

हाम्रो मुलुकमा सुकुम्बासी समस्या हल गर्न कैयौं आयोग बने । उनीहरूले यस क्षेत्रमा उल्लेखनीय काम पनि गरे । सुकुम्बासीका नाममा लाल पूर्जा पनि बाँडे । राजा महेन्द्रले पनि भूमि सुधार गरेर सुकुक्बासीका समस्या हल गर्ने चेष्टा  गरे । तर पनि नेपालमा सुकुम्बासी समस्या ज्यूँका त्यूंह रहेको छ ।  घट्दो अवस्थामा होइन कि बढ्दो अवस्थामा रहेको छ ।

यसको एउटा कारण त बास्तविक सुकुम्बासीले एउटा घर घडेरी पाए पनि उसको आर्थिक समस्या हल हुँदैन । ऊ ठूलो ऋणमा डुबेको पनि हुन सक्दछ । ऊ आफ्नो सुकुम्बासीका नाममा प्राप्त गरेको जग्गा धनी व्यक्तिलाई बेच्न बाध्य हुन पनि सक्दछ र फेरि कुनै अर्को ठाउँमा सुकुम्बासीको जग्गा कुर्न जान पनि सक्दछ । उसको जिन्दगीको दौड सुकुम्बासीदेखि सुकुम्बासीसम्म हुन पनि सक्दछ ।

हिजो सुकुम्बासीका नाममा वितरण गरिएका जमीन जग्गामा आज खासै सुकुम्बासीका बुकुरा हँुदैनन् । प्राय धनी मान्छेका महल हुन्छन् । यसको अर्थ यही हुन्छ सरकारले सुकुम्बासीका नाममा बितरण गरेको जग्गा अन्ततः धनी मान्छेका हातमा पुग्दछ । सरकारले सुकुम्बासीको जग्गा दश बर्षं वा बीस बर्षसम्म बेच बिखन गर्न नपाउने भने पनि त्यो घरसारमा बेच बिखन हुन्छ । यसको अर्थ के हो भने सुकुम्बासीका नाममा जग्गा जमीन बितरण गर्नु मात्र सुकुम्बासी समस्याको सही समाधान होइन । अन्तिम समाधान होइन । 

यो कुरा पनि पक्का हो कोही पनि मान्छे रहरले सुकुम्बासी हुँदैन । परिस्थितिले उसलाई सुकुम्बासी बनाउँछ । भूमिहीन बनाउँछ । फेरि सुकुम्बासीहरू गाउँमा भन्दा पनि बढी शहर बजारमा थुप्रिन्छन् ।  यस कारण कि शहर बजारमा विविध पेशा अपनाउन सकिन्छ । शहर बजारमा एउटा न एउटा  काम पाइन्छ । शहर बजारमा छोरा छोरी पढाउन सकिन्छ । शहर बजारमा बिमार भए छिटो उपचार पाइन्छ । डाक्ठरको सेवा लिन पाइन्छ । औषधि किन्न पाइन्छ । अकालमा मर्न पर्दैन ।  गाउँ घरमा जस्तो दुख बिमार हुृँदा धामी झाक्री गर्नु पर्दैन ।  ढ्यांग्रो ठटाउन पर्दैन । आखत हेराउन पर्दैन । झारफूक गर्नु पर्दैन । शहर बजारमा पकेटमा पैसा भए खान मन लागेको चीज किनेर खान सकिन्छ । हो, यी सब कुृराले गाउँका मान्छेलाई शहर बजारिितर तानेको हुन्छ । आकर्षित गरेको हृुन्छ ।  यो मानवी प्रबृत्ति पनि हो  ।

यस कुरालाई माक्र्सवादी दुष्टिले हेर्दा अझ राम्ररी बुझृन सकिन्छ । माक्र्सले भनेका छन् पूंंजीवादले धनीलाई झन् झन् धनी बनाउँछ र गरीबलाई झन् झन् गरीब बनाउँछ । गरीब मान्छेको श्रीसम्पत्ति एक एक गरी धनी मान्छेको कब्जामा पुग्दछ । अन्त्यमा उसको साथमा सम्पत्तिको नाममा दुई हात बाहेक अरु केही हुँदैन ।  ऊ दुई हात लिएर आफ्नो श्रम प्रतिस्पर्धी पूंजीवादी बजारमा बेच्ने संंंभावनाका ठाउँ खोज्दै शहर बजार पसेको हुन्छ ।  शहर बजारमा सस्तो मूल्यमा श्रम बेचेर आफ्नो र आफ्नो परिवारको जीवनको रथ हाँक्न बाध्य हुृन्छ  । 

वास्तवमा शहर बजारमा जस्तो. काम र माम तथा अन्य सुविधा गाउँ घरमा नै उपलब्ध हुने भए कोही पनि  कदापि शहर बजारतिर बसाइ सर्ने थिएन ।

सुकुम्बासीले जग्गा जमीन पाउनुृ हुन्न भन्ने मेरो कथनको कुनै निष्कर्ष होइन । मेरो प्रयास स्थितिको अबलोकन गर्नु मात्र हो । अध्ययन गर्नु मात्र हो । समस्यालाई बुझ्न खोज्नु मात्र हो ।  जबसम्म मुुलुकमा बैज्ञानिक समाजवाद आउँदैन सुकुम्बासी समस्याको  स्थायी समाधान संभव छैन । तर पनि यस सम्बन्धमा उचित ढंगले सुधारका कदम चाले त्यसलाई कम गर्न सकिन्छ ।

सुकुम्बासीलाई बस्ने बास त अवश्य चाहिन्छ । तर बस्ने बास मात्र उनीहरूको समस्या होइन । समस्या हो गास बास कपास  शिक्षा स्वास्थ तथा रोजगारको ग्यारेन्टी । सुकुम्बासीहरू पनि शेरबहादुर देउवा पुष्प कमल दाहाल, माधव नेपाल र के पी ओली जस्तै यस मुलुकमा नागरिक हुन् । अझ बढ्ता देशभक्त नेपाली हृुन् ।  वास्तवमा उनीहरूलाई  रोजगारी दिन सक्ने हो भने बस्ने जमीन पनि दिन्ु पर्दैन । उनीहरू घर भाडामा बसेर पनि मेहनत मजदुरी गर्न सक्दछन् । उत्पादनमा हिस्सा लिन सक्दछन् । मुलुकलाई समृद्धिको बाटोतिर डोराउन सक्दछन् । यदि सरकारले उनीहरूलाई उपेक्षा गर्ने हो भने उनीहरू विद्रोही बनेर उपस्थित पनि हुृन सक्दछन् । यहाँसम्म कि उनीहरू अराजक पनि बन्न सक्दछन् । उनीमाथि दमनको तीति लिने हो भने उनीहरू जुनसुक्रै हदसम्म पनि अघि बढ्न सक्दछन् । 

सुकुम्बासी हाम्रै देशका उपज हुन् । सुकुम्बासी हाम्रै देशका बासी हुन् । सुकुम्बासीलाई हामी हाम्रो मुलुकको श्रमशक्ति मानौं । राष्ट्रका बोझ होइन सम्पत्ति ठानौं । 

१७–८–२९ं०७९

३–१२–२०२२         



 

 

 

 

 

   


 





   




 





   


Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा