Skip to main content

नरबहादुर दाहालको सम्झनामा

 

आजभन्दा लगभग तीन दशक अघि मेरो काठमाण्डौंमा लैनसिंह बाङदेलका उपन्यासमा विद्याबारिधि गर्न आएका सुरेन्द्र प्रधान ¬(  श्रेष्ठ ) सित भेट भएको थियो । मेरो दार्जीलिङतिरका साहित्यकारहरूसितको सम्पर्क टुटेको एक दशकभन्दा बढी समय भएको थियो । त्यतिबेला मैले दार्जीलिङतिरका साहित्यकारहरूका बारेमा सोधपुछ गर्दा उनले मलाई बताएका थिए  समालोचक र कवि गुमानसिंह चामलिङको मृत्यु भैसकेको छ ।  कवि भरत यादवको पनि मृत्यु भैसकेको छ । समालोचक  राम लाल अधिकारी बिमारी छन् । अधवैंशे साहित्यकार नरबहादुर दाहाल झन् युवक भएका छन् ।

यिनै अधबंैशे अवस्थामा पनि युवक भएका नरबहादुर दाहालको यस्तै सतासी वर्षको उमेरमा हालै मृत्यु भएको दुखद् खबर मैले सामाजिक संजालबाट चाल पाएको हु््ँ ।

नरबहादुर दाहालसित मेरो व्यक्तिगत परिचय थियो ।  तर म यतिबेला जति प्रयास गरे पनि के कुरा संझिन सकिरहेको छैन भने मेरो उनीसित कहाँ र कहिले परिचय भएको थियो । भेटघाट भएको थियो । मलाई उनीसित दार्जीलङमा भेट भए जस्तो लाग्दैन । १९७२ मा शिलाङबाट दार्जीलिङमा भएको बृहत साहित्य सेमिनारमा भाग लिन उनीसित भेट भएको जस्तो लाग्दैन । म पारसमणि प्रधानलाई भेट्न १९७२ मा कालेबुङ गएको थिएँ । त्यतिबेला पनि मैले नरबहादुर दाहाललाई भेटेको थिइनं । मैले  नरबहादुर दाहाललाई शिलाङमा भेटे जस्तो पनि लाग्दैन । मलाई लाग्दछ मैले नरबहादुर दाहाललाई आसाममा नै आसाम गोर्खा सम्मेलनहरूमा भेटेको थिएँ होला । तर के कुरा पक्का हो भने नरबहादुर दाहालसित मेरो प्रत्यक्ष भेट  भएको थियो । परिचय भएको थियो । उनी अग्ला मोटाघाटा जिउडालका मान्छे थिए । खाइलाग्दा मान्छे थिए । हट्ठाकट्ठा मान्छे थिए । चल्तापुर्जा मान्छे थिए । मैले उनलाई भेट्दा उनी भर्खरका युवक थिए । जवान थिए ।

नरबहादुर दाहाले मातृका गजमेरलाई दिएको अन्तरवार्ता अनुसार उनले नेपालका प्राय जसो चर्चित विद्वान र साहित्यकारलाई भेटेका थिए । उनीहरूसित राम्रेो सम्बन्ध स्थापित गरेका थिए । गजमेरलाई बताए अनुसार उनले प्रत्यक्ष रुपमा नेपालका चर्चित बुद्धिजीवी, विद्वान तथा साहित्यकारहरूसित भेटघाट गरेका थिए । राम्रो सम्बन्ध राखेका थिए । उनले प्रत्यक्ष भेटघाट गरेका र सम्पर्क राखेका व्यक्तित्वहरू थिए बाबुराम आचार्य, लेखनाथ पौड्याल, बालकृष्ण सम, राममणि दीक्षित ,ऋद्धिबहादुर मल्ल, केशर शमसेर, कमलमणि दीक्षित, बासुदेव ढुंगेल,सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, भीमनीधि तिवारी, माधवप्रसाद घिमिरे, भवानी भिक्षु, धर्मराज थापा, विजय मल्ल , गोविन्द मल्ल, महानन्द सापकोटा आदि । उनले नयाँ पुस्ताका नेपालमा भेटेका अन्य साहित्यकारहरू थिए —उत्तम कुँवर, रमेश विकल, बालमुकुन्द पाण्डे, बासु शशि, प्रेमा शाह, भवानी घिमिरे, बालकृष्ण पोखरेल, ताना शर्मा, विपिनदेव ढुंगेल, पुष्कर लोहनी ,  तुलसी दिवस, उपेन्द्र श्रेष्ठ,  रोचक घिमिरे पारिजात आदि ।

नरबहादुर दाहालले वी पी कोइराला फाउन्डेसनको सिलगढी  (  १९९९ ), धनगढी (  २००१ ) र वाराणसीमा भएको भारत नेपाल लेखक सम्मेलनमा पनि सहभागिता जनाएका थिए । 

नरबहादुर दाहालको प्रथम रचना स्मरण शीर्षकमा गद्य कविता १९५० मा कलकत्ताबाट लैनसिंह बाङ्देलको सम्पादनमा प्रकाशित हुने पत्रिका प्रभातमा वरदान उपनाममा प्रकाशित भएको थियो ।  १९५२मा पारसमणि प्रधानको सम्पादनमा प्रकाशित हुने पत्रिका भारतीमा  मान्छे कथा प्रकाशित गरेर  आफ्नो उपस्थिति जनाए पछि त्यसमा एक पछि अर्को कविता पनि प्रकाशित गर्न थालेका थिए । यस पछि उनले १९५५ मा देहरादुनको जागृत गोर्खामा अर्को कथा स्मृति प्रकाशित गरेका थिए ।  देहरादुन कै स्वतन्त्र नेपाली, कालेबुङको गोर्खा, बनारसको उदय, आसामको प्रभात,विन्दु, दार्जीलिङको दीयो, शिलाङको मादल, सिक्किमको निर्माण, नेपालका मधुपर्क, रुपरेखा हिमानी धरती रत्नश्री आदि पत्र पत्रिका उनका विविध रचना कथा कविता निबन्ध समालोचना आदि प्रकाशित हुँदै गए । उनले कालेबुङको समाचार पत्र प्रतिनिधिको सम्पादन गरेका थिए ।  संगम सम्पादन गरेका थिए । उनले अखिल भारततीय गोर्खा लिगको मुखपत्र गोर्खा  सम्पादन गरेका थिए । आसाम गोर्खा सम्मेलनको रजत जयन्ती स्मारिका सम्पादन गरेका थिए ।   

नरबहादुर दाहाल कुमुदिनी होमबाट गीति नाटक मुना मदन लिए्र काठमाण्डौ आएका थिए । उनले बालकृष्ण समको भानुभक्त नाटक पनि मंचन गरेका थिए । उनले विभिन्न ठाउँमा साहित्य सम्बन्धी कार्यक्रमहरू संगोष्ठी सेमनार कार्यशाला आदिमा भाग लिएका थिए ।  कार्यपत्र पेश गरेका  थिए । यसरी उनी विभिन्न  तरिकाले साहित्य जगतमा आफ्नो उपस्थिति जनाइरहेका थिए ।

नरबहादुर दाहालको जन्म ५ सेप्टेम्बर १९३७ मा कालेबुङमा भएको थियो । 

नेपाली साहित्य परिषद् शिलाङबाट हाम्रो सम्पादनमा प्रकाशित  हुने पत्रिका मादल (  वर्ष घन्काइ ४ ,  १९७३) मा नरबहादुर दाहालको कविता फिल्म अभिनेत्री नन्दासित टेलिफोनमा कुराकानी शीर्षकमा एउटा कविता प्रकाशित भएको थियो जुन यहाँ प्रस्तुत गरिएको छ –

फिल्म अभिनेत्री नन्दासित टेलिफोनमा कुराकानी 


अहिले भर्खरै 

एउटा जुलुस गयो,

पर्चाहरू बाँडिए ,

तिम्रो बिरोधमा,

हेर बजारभरि पोस्टर टाँसिए ।

तिमीले खेलेका फिल्मका 

जम्मै पोस्टरहरू

सिनेका  हलका देवलहरूबाट

निकालिए ।

यसैले,

प्रिय नन्दा,

फिल्म अभिनेत्री नन्दा

म अहिले

तिमीसित टेलिफोनमा बात गर्न लागेको छु ।

हाम्रो तिमीसंग के छ विरोध ?

त्यो 

मलाई सोध,

म तिमीलाई बताउन लागेको छु ।

आज गोर्खालीहरू तिम्रा आँखामा

कुकरभन्दा पनि नीच भएका छन्

हो, यस्तै नीचताले गर्दा

यिनीहरू आफैले आफैलाई 

चिन्दैनन् ।

आफ्नो मूल्य ,

आफ्नो महानता यिनीहरू पटक्कै बुझ्दैनन् ।

सीमामा यिनीहरूकै रगत बग्छ ,

त्यो रगतले

कोरेको देशको मात्रचित्र

कस्तो भइसक्यो ,

एक पल्ट आँखा खोलेर 

यिनीहरू हेर्दैनन् ।

ती गोर्खालीहरू, 

जसको बहादुरीमा तिमीलाई विश्वास छैन

जसको इमान्दारीमा तिमीलाई शंका लागेको छ ।

तर तिम्रो विश्वास र शंका मेटाउन ,

कुनै इतिहास पल्टाउनु पर्ने छैन ।

तिम्रो आरोपको जबाब, कसैले दिनु पर्ने छैन ।

असंख्य ’भिक्टोरिया क्रस’ ’महाबीर चक्र’

’परमबीर चक्र’ हरू

आज तिम्र्रै उपहास गरिरहेछन् ।

तिमीले अविश्वास गरेर के भयो ?

जसलाई सारा देशले विश्वास गरिरहेछन् ।

तिमीहरूले हामीलाई चिनेका छैनौ,

तर

हामीहरूले तिमीहरूलाई चिनेका छौं

यसैले,

हाम्रा दिदी बहिनीहरूले

अटोग्राफ, एलबम र ऐनाहरूमा

प्रेम गरेर ........,

( हृदयको सम्पूर्ण माया छरेर )

तस्बीरहरू झुण्डाएका छन् —र्

राजेश ’ र्र्, मुमताज’ र र्र्

मिना’ कोर्

सायरार्’  देवानन्दर्’   हेमामालिनी’

र्र लिना’ कोर्

राखी’ र्र अनुराधा’ कोर्

नन्दा’ र्र राधा’ को ।

हामी तिमीहरूलाई श्रद्धा गर्छौं, 

एउटा महान—कलाकार मानेर ।

तिमीहरू हाम्रो जातिलाई नै

लाञ्छना लगाउँछौ,र्

गोरखा’ — खालि एउटा दरवान ठानेर ।

वास्तवमा तिमीहरू

फिल्ममा मुस्कराउँछौ—

हृदयभित्र पीर बोकेर !

हामी फिल्म हेरेर रुन्छौं

तिमीहरू हाँसेको देखेर ।

तिम्रो एक एक मुस्कानको

लाख लाख रुपियाँ मोल भए पनि

गोर्खालीहरूको रगत ,

छातीमा केही तक्माहरू

दश— पाँच पेन्सनका बिरुद्ध ।

तिमीलाई त तिम्रो रूप सौन्दर्यदेखि 

मुग्ध भएर ,

फिल्म प्रोड्युसर किरोडीमलले

एउर्टा एम्वेसडर कार’ नै 

उपहार दिन्छ !

तर एउटी गोर्खालीको छोरीले 

चियाका बुट्टा बुट्टाहरूमा

आफ्नो रूप र सुन्दरतालाई

पसीनामा गालेर , 

भीर र पहरामा 

डोको र माटो बोकेर,

साउनको झरी र वादलसंगै

आफ्ना जिन्दगीका दिनहरू

बिताउनु पर्छ  ।

एउटा फिल्मर्को प्रिमियर  शो’ मा

तिमी उभिंदा मात्र 

प्रेस फोटोग्राफरहरूले 

फोटो खिच्छन् !

जो निस्किन्छ —र्

माधुरीर्’ रंगभूमि’ र्र फिल्म फेयर’ हरूमा ।

देश रक्षाको निम्तिर्

बीर’ र्र बहादुर’ जन्माउने,

लोग्ने युद्धमा मरेर पनि 

त्यै युद्धमा छोरो पठाउने ,

विरंगना गोर्खाली आमाहरूलाई 

कसैले चिन्दैन !

कसैले जान्दैन !

यसैले—

लण्डन, पेरिस र फ्रान्सका सुटिङमा जाँदा,

स्मग्लिङ गरेर ल्याएका 

तिम्रा

पाउडर , लिप्सटिक र क्यूटेसहरूले

आज देउराली पाखा 

गौचरहरूमा कुँदिहिड्ने ,र्

गोरीमाया’ र्र फूलमति’ को गालाको

लालीलाई जित्न सक्तैन !

ऐनाको अघि बसेर,

पचासपल्ट मुख हेर ,

चौबन्दीको तुनामा 

गुराँस सिउरेको कान्छीको सुन्दरतालाई

तिम्रो दिन दिनै ढल्किरहेको ,

बैंशले भेट्न सक्तैन

किन भने

कागजको गुलाब जतिकै राम्रो किन नहोस्  

हाम्रा कान्ला कान्लामा 

फुलेका बावरीले जस्तो सुगन्ध दिन सक्तैन ।

बाँच्नेहरूले  त यहाँ,

अरुलाई समेत बचाइराखेका  छन् !र्

भानुभक्तर्’ अमर’ र्र डम्बर’ जस्तै

मर्नेहरूले पनि 

यहाँ असंख्य सुवास छरिरहेका छन्

तिमीले विश्वास नठानेर के भयो ?

जसलाई सारा संसारले विश्वास गरिरहेका छन् ।

यिनै शब्दसहित उनकै कविता प्रस्तुत गर्दै नरबहादुर दाहालप्रति श्रद्धाञ्जली ।

२४—५—२०८०

१०—९—२०२३


 




 


   


Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा