यति बेला म मेरै कविताको विरुद्ध ब्रिद्रोहको घोषणा गर्दछु आन्दोलनको घोषणा गर्दछु् क्रान्तिको घोषणा गर्दछ्ु यही सोंचेर कि के काम छ मेरो कविताको के अर्थ छ मेरो कविताको मेरो कविता त फगत मेरो बिचार मात्र हो मेरो कविता त फगत मेरो भावना मात्र हो मेरो कविता त फगत मेरो कल्पना मात्र हो मेरो कविता त फगत मेरो अनुभूति मात्र हो मेरो कविता त फगत मेरो वेदना मात्र हो मेरो कविता त फगत मेरो क्रन्दन मात्र हो मेरो कविता त फगत मेरो अरण्य रोदन मात्र हो मेरो कविता त फगत मेरो हृदयको उदुगार मात्र हो मेरो कविता त फगत मेरो आवाज मात्र हो म मान्दछु मेरा कवितमा देशभक्तिका कुरा होलान् तर जब यहाँ देशभक्तिको बिचार नै छैन भने मेरो कविताको के काम म मान्दछु मेरो कवितामा आमूल परिवर्तनका कुरा होलान् तर जब यहाँ आमूल परिवर्तनको भावना नै छैन भने मेरो कविताको के काम म मान्दछु मेरो कवितामा समानताका कुरा होलान् तर जब यहाँ समानताको कल्पना नै छैन भने मेरो कविताको के काम म मान्दछु मेरो कवितामा मानवताका कुरा होलान् तर जब यहाँ मानवताको अनुभूति नै र्छैन भने मेरो कविताको के काम यसैले त म आफै जति कविता प्रेमी भ