यति बेला म मेरै कविताको विरुद्ध
ब्रिद्रोहको घोषणा गर्दछु
आन्दोलनको घोषणा गर्दछु्
क्रान्तिको घोषणा गर्दछ्ु
यही सोंचेर कि
के काम छ मेरो कविताको
के अर्थ छ मेरो कविताको
मेरो कविता त फगत मेरो बिचार मात्र हो
मेरो कविता त फगत मेरो भावना मात्र हो
मेरो कविता त फगत मेरो कल्पना मात्र हो
मेरो कविता त फगत मेरो अनुभूति मात्र हो
मेरो कविता त फगत मेरो वेदना मात्र हो
मेरो कविता त फगत मेरो क्रन्दन मात्र हो
मेरो कविता त फगत मेरो अरण्य रोदन मात्र हो
मेरो कविता त फगत मेरो हृदयको उदुगार मात्र हो
मेरो कविता त फगत मेरो आवाज मात्र हो
म मान्दछु मेरा कवितमा देशभक्तिका कुरा होलान्
तर जब यहाँ देशभक्तिको बिचार नै छैन भने मेरो कविताको के काम
म मान्दछु मेरो कवितामा आमूल परिवर्तनका कुरा होलान्
तर जब यहाँ आमूल परिवर्तनको भावना नै छैन भने मेरो कविताको के काम
म मान्दछु मेरो कवितामा समानताका कुरा होलान्
तर जब यहाँ समानताको कल्पना नै छैन भने मेरो कविताको के काम
म मान्दछु मेरो कवितामा मानवताका कुरा होलान्
तर जब यहाँ मानवताको अनुभूति नै र्छैन भने मेरो कविताको के काम
यसैले त म आफै जति कविता प्रेमी भए पनि
कविताको जति उपासक भए पनि
कविताको जति साधक भए पनि
यति बेला म मेरै कविताका विरुद्ध
ब्रिद्रोहको घोषणा गर्दछु
आन्दोलनको घोषणा गर्दछु्
क्रान्तिको घोषणा गर्दछ्ु ।
७–९–२०८०
२३–१२–२०२३
Comments
Post a Comment