Skip to main content

Posts

Showing posts from August, 2024

पुष्पलाल मेघालयमा

  पुष्पलाल बनारसमा नै स्थायी रूपले बस्दथे । बनारसको दशपुत्र गल्लीमा स्थित पार्टी कार्यालयमा बस्दथे । पार्टी कार्यालय नजिक नेपाली धर्मशाला थियो । नजिकै नेपाली जगदम्बा पुस्तकालय पनि थियो । बनारसमा त्यतिबेला बलराम उपाध्याय (बराउती ), गोविन्द ज्ञवाली, मोदनाथ प्रश्रित, मोहन चापागाई, गोपी रमण उपाध्याय, शान्ता मानवी आदि पनि स्थायी रूपमा नै डेरा गरी बस्दथे । बलराम उपाध्याय तथा गोविन्द ज्ञवालीले जति बेला पनि पुष्पलाललाई घेरिरहको हुन्थे । गोपीरमण उपाध्यायको उपस्थिति पनि पार्टी कार्यालयमा नै हुन्थ्यो । नेपालबाट वा अन्य कुनै ठाउँबाट पार्टी सम्पर्कमा आउने व्यक्तिहरू पुष्पलाललाई पार्टी कार्यालयमा नै भेट्दथे । पार्टी गरीब भएको हुनाले पार्टी कार्यालयको किराया तिर्न पनि निकै सकस हुन्थ्यो । कहिलेकाहीं खाने खर्चो नहुँदा भोक भोकै वा आधा पेट खाएर पनि बस्नु पर्ने हुन्थ्यो । पुष्पलाल चियाका निकै शौकिन थिए । बनारसको गल्लीमा पुष्पलालले चिया पिउने एउटा स्पेशल चिया पसल थियो ।  उसको चिया पसल पुष्पलालको लागि अति प्रिय चिया पसल थियो । सारा बनारसमा सबभन्दा असल चिया बनाउने पसल यही थियो ।  पुष्पलाल बनारसबाट बाहिर निस्

पुष्पलाल

                 जब हामी नेपाली भाषा साहित्यको चर्चा परिचर्चा गर्न थाल्छौं हामीले सर्वप्रथम लिने नाम हो भानुभक्त आचार्य । भानुभक्त आचार्यको नाम नलिई हाम्रो नेपाली भाषा साहित्य सम्बन्धको चर्चा परिचर्चाले पूर्णता पाएको मान्न सकिन्न । पूर्णता हुँदैन । ठीक त्यसरी नै जब हामी नेपाल कम्युनिष्ट पार्टी वा कम्युनिष्ट आन्दोलनको चर्चा परिचर्चा गर्न थाल्छौं त्यतिबेला  हामीले अनिवार्य रूपमा सर्वप्रथम लिने नाम हो पुष्पलाल । पुष्पलालको नाम नलिई हाम्रो नेपाल कम्युनिष्ट पार्टी वा कम्युनिष्ट आन्दोलनको चर्चा परिचर्चाले पूर्णता पाएको मान्न सकिन्न । पूर्णता हुँदैन ।   पुष्पलाल नेपाल कम्युनिष्ट पार्टीका संस्थापक हुन् । उनको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो । पुष्पलाललाई नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्ने दौरानमा उनलाई बंगाली कम्युनिष्ट नेता नृपेण चक्रवर्तीले ठूलो प्रेरणा दिएका थिए । कालान्तरमा नृपेण चक्रवर्ती उत्तर पूर्वी भारत त्रिपुराको मुख्य मंत्री भएका थिए । पुष्पलाल नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सचिव वा नेता भएता पनि पछि  नेपाल कम्युष्टि पार्टीको नेतृत्व उनका हातबाट