Skip to main content

पुष्पलाल

  

           

 

जब हामी नेपाली भाषा साहित्यको चर्चा परिचर्चा गर्न थाल्छौं हामीले सर्वप्रथम लिने नाम हो भानुभक्त आचार्य । भानुभक्त आचार्यको नाम नलिई हाम्रो नेपाली भाषा साहित्य सम्बन्धको चर्चा परिचर्चाले पूर्णता पाएको मान्न सकिन्न । पूर्णता हुँदैन । ठीक त्यसरी नै जब हामी नेपाल कम्युनिष्ट पार्टी वा कम्युनिष्ट आन्दोलनको चर्चा परिचर्चा गर्न थाल्छौं त्यतिबेला  हामीले अनिवार्य रूपमा सर्वप्रथम लिने नाम हो पुष्पलाल । पुष्पलालको नाम नलिई हाम्रो नेपाल कम्युनिष्ट पार्टी वा कम्युनिष्ट आन्दोलनको चर्चा परिचर्चाले पूर्णता पाएको मान्न सकिन्न । पूर्णता हुँदैन ।  

पुष्पलाल नेपाल कम्युनिष्ट पार्टीका संस्थापक हुन् । उनको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो । पुष्पलाललाई नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्ने दौरानमा उनलाई बंगाली कम्युनिष्ट नेता नृपेण चक्रवर्तीले ठूलो प्रेरणा दिएका थिए । कालान्तरमा नृपेण चक्रवर्ती उत्तर पूर्वी भारत त्रिपुराको मुख्य मंत्री भएका थिए ।

पुष्पलाल नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सचिव वा नेता भएता पनि पछि  नेपाल कम्युष्टि पार्टीको नेतृत्व उनका हातबाट खोसिएको थियो । कहिले नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व मन मोहन अधिकारीका हातमा पुग्यो भने कहिले डा. केशर जंग रायमाझीको हातमा । फेरि कहिले नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व तुलसी लाल अमात्यकोे हातमा पुग्यो । मन मोहन अधिकारी उच्च शिक्षा प्राप्त गरेको व्यक्ति थिए । एम ए पास गरेका व्यक्ति थिए । डा. केशर जंग रायमाझी पनि उच्च शिक्षा प्राप्त गरेका व्यक्ति थिए । त्यसरी नै तुलसी लाल अमात्य पनि उच्च शिक्षा प्राप्त गरेका व्यक्ति थिए । उनले एम ए पास गरेका थिए । पुष्पलाल भने मात्र म्याट्रिक पास थिए । हाई स्कुल पास थिए ।

एकपल्ट पुष्पलालले बनारसमा हामीसित कुराकानीको दौरानमा बताएका थिए — मन मोहन अधिकारीले धाक लगाउँदै र  पुष्पलाललाई होचो देखाउँदै भनेका थिए —    म त एम ए पास छु ।   मनमोहन अधिकारी र पुष्पलाल नाताले साढु दाई र साढु भाइ हुन् ।  मन मोहन अधिकारीले दिदी साधना प्रधान र पुष्पलालले बहिनी सहाना प्रधानलाई विवाह गरेका थिए । 

पुष्पलालको शैक्षिक योग्यता हाई स्कुलसम्म भए पनि उनको अंग्रेजी भाषामा निकै राम्रो दखल थियो ।  उनी भारतका ठूला ठूला नेता तथा बुद्धिजीवीसित अंग्रेजी नै कुराकानी गर्दथे । उनले नेपालको इतिहासको अध्ययन गरेर अंग्रेजी भाषामा नोट बनाउने गर्दथे । उनले मलाई भनेका थिए उनलाई चिठी लेख्दा नेपालीमा भन्दा अंग्रेजीमा लेख्न सजिलो लाग्दथ्यो । उनले मलाई शिलाङमा अंग्रेजीमा लेखेका केही चिठी अझ पनि मसित सुरक्षित रहेका छन् । संकटकालको घर तलाशीबाट पनि सुरक्षित रहेका छन् । 

पुष्पलाल निकै अध्ययनशील व्यक्ति थिए । उनी धेरे भन्दा  धेरै अंग्रेजी पुस्तक अध्ययन गर्दथे । पुष्पलालले मलाई अध्ययन गर्न सल्लाह दिएका केही पुस्तकका  नाम हुन्  प्लाखनोभको आर्ट एण्ड सोसल लाइफ, अमेरिकन पत्रकार जेम्स किंजको  चाइना शेक्स द वर्लड ,  अमेरिकन लेखक एल ई रोजको नेपाल स्ट्राटेजी सरवाइवल आदि । प्लाखनोभको आर्ट एण्ड सोसल लाइफ पुष्पलालसित रहेछ ।  उनले त्यो. पुस्तक मलाई अध्ययन गर्न दिएका थिए ।  प्लाखनोभको आर्ट एण्ड सोसल लाइफमा माक्र्सवादी साहित्य कलाको सम्बन्धमा व्याख्या विश्लेषण गरिएको छ । पुष्पलालले आफूले अध्ययन गरेको पुस्तकमा साइडमा ठाउँ ठाउँमा नोट समेत गरेका थिए । टिप्पणाी समेत गरेका थिए । यसबाट मलाई के बुझ्न गाह्रो परेन कि पुष्पलाल पुस्तकको अध्ययन निकै गहिरिएर गर्दा रहेछन् । गर्दथे ।

 

मैले एकपल्ट पुष्पलाललाई प्रश्न गर्दै भनको थिएँ — तपाईंको  अंग्रेजी कसरी यति राम्रो भयो ? त्यसको जबाबमा उनले भनेका थिए उनी नेपाली कांग्रेसको पार्टी कार्यालयमा बस्दा हिन्दी र अंग्रेजीका समाचार पत्र एक साथ राखेर पढ्दथें । त्यसले उनको अंग्रेजी भाषा राम्रो हुन गएको हो । पुष्पलालको अंग्रेजी उच्चाहरण पनि निकै स्तरीय थियो । 

१९६० मा विश्व कम्युनिष्ट आन्दोलन मुलत दुई खेमामा विभाजित भएको थियो — रुसी खेमा र चीनी खेमा । रुसी खेमाको नेतृत्व निकिता खुश्चोभले गरेका थिए भने चीनिया खेमाको नेतृत्व माओ त्से तुंगले गरेका थिए । विश्व कम्युनिष्ट पार्टीको विभाजनको असर नेपालमा पनि पर्यो । नेपाल कम्युनिष्ट पार्टीमा पनि पर्यो ।  नेपाल कम्युनिष्ट पार्टी विभिन्न समूहमा विभाजित भयो । एउटा खेमाको नेतृत्व डा केशर जंग रायमाझीले गरेको थिए भने अर्को खेमाको नेतृत्व तुलसी लाल अमात्यले । डा. केशर जंग रायमाझी राजावादी कम्युनिष्ट  भनेर चिनिन्थे भने तुलसी लाल रुसवादी  कम्युनिष्ट नेता । मन मोहन अधिकारीले माक्र्सवादी कम्युनिष्ट पार्टी गठन गरेका थिए । वैचारिक रूपले उनी भारतको माक्र्सवादी पार्टीका नजिक थिए ।

पुष्पलालले रुसी कम्युनिष्ट पार्टीलाई संसोधनवादी पार्टी ठहर गरेका थिए ।उनी चीन समर्थक कम्युनिष्ट नेता मानिन्थे. । २०२५ सालमा उनले स्पष्ट रूपमा माक्र्सवाद लेनिनवाद र माओ बिचारधारालाई आफ्नो पार्टीको सैधान्तिक आधारको रूपमा ग्रहण गरेका थिए र नयाँ जनवादी क्रान्तिको कार्यक्रम अघि सारेका थिए । एक समयमा पुष्पलालले नेतृत्व गरेको कम्युनिष्ट पार्टीको प्रभाव देश भित्र र देश वाहिर पनि उत्तिकै पर्न गएको थियो । त्यसले लोकप्रियता प्राप्त गरेको थियो । व्यापक समर्थन प्राप्त गरेको थियो । उनले नेतृत्व गरेको नेकपा सबभन्दा बलिायो पार्टी बनेको थियो । 

तर चीनको सांस्कृतिक क्रान्ति , भारतको नक्सलवादी विद्रोह तथा नेपालको झापा विद्रोहले पुष्पलालको नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई तहस नहस पार्यो ।  पुष्पलालको पार्टीमा संगठित कति नेता तथा कार्यकर्ता पुष्पलालले चीनले जस्तै सोभियत रुसलार्ई सामाजिक साम्राज्यवाद भनेनन् भन्दै विद्रोह गर्न पुगे । पुष्पलालबाट अलग हुन पुगे । कति त पुष्पलालले झापालीले जस्तै तुरुन्त सशस्त्र क्रान्ति शुरु नगरेको भन्दै पुष्पलालबाट छुट्टिए । अलग भए । पुष्पलालले आफ्ना कार्यकर्ता तथा विभिन्न क्षेत्रमा नेतृत्वमा पुगेका व्यक्तिलाई थमाएर राख्न सकेनन् । चित्त बृुझाएर राख्न सकेनन् । उसरी त्यतिबेला उनीहरू पुष्पलालका कुरा सुन्ने मुडमा पनि थिएनन् । उनीहरू यथाशीघ्र नेपालमा सशस्त्र क्रान्ति प्रार्म्भ गर्ने  मनस्थितिमा थिए । उनीहरू तुरुन्त हतियार उठाउन चाहन्थे ।  परिणाम के भयो भने देशभित्र र देश वाहिर झांगिएको पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टी खुम्चिदै गयो । पातलिंदै गयो । दुब्लाउँदै गयो । कमजोर हुँदै गयो ।  निकै थोरै व्यक्तिले मात्र  पुष्पलाललाई अन्तिम अवस्थासम्म साथ दिइरहका थिए । उनका पछि उभिएका थिए ।

तर यतिबेला धेरै जसो कम्युनिष्ट पार्टी वा समूह पुष्पलालको नाम नलिई कुनै पनि कार्यक्रम प्रारम्भ नै गर्दैनन् । पुष्पलालको जय जयकार नगर्ने कम्युनिष्ट पार्टी पाउन गाह्रो छ । तर बिडम्बना उनीहरूले नाम  पुष्पलालको लिए पनि राजनीति पुष्पलालको विपरीत अवलम्बन गरिहेको अवस्था छ । साँचो अर्थमा पुष्पलालको राजनीति लाइनमा चल्न चाहने  पार्टी वा शक्ति भए  पनि उनीहरू अत्यन्त कमजोर छन् ।   

भानुभक्तलाई भानुभक्तको युगले चिनेन । उनलाई धेरै पछि मोतीराम भट्टले चिने र चिनाए । पुष्पलाललाई आफ्नो समयले चिन्यो पनि । चिनेन पनि । पुष्पलालले  सही राजनीति लाइन लिएको भए पनि त्यसलाई सफलतापूर्वक स्थापित गर्न सकेनन् । फेरि त्यस बेलाको विकसित परिस्थितिमा उनलाई आफ्नो राजनीति बुझाउन कठिन भयो ।  उनलाई त्यसबेला चलेको आँधी बेरीको बेगलाई चिर्न गाह्रो भयो । त्यतिबेला नक्सलवादी र झापा आन्दोलनको प्रभाव यति व्यापक र शक्तिशाली भयो कि त्यसको अगाडि पुष्पलालको दीर्घकालीन सशस्त्र क्रान्तिको राजनीति अर्थहीन जस्तो देखियो । निरह जस्तो भयो । यसैले उनलाई एक्लो बृहस्पति झुठो जस्तो हुुनु पर्यो । आज जसले पनि जति बेला पनि  पुष्पलालको नाम लिनु त राम्रै कुरा हो । तर के गर्नु धेरैले जति पुष्पलालको नाम लिए पनि पुष्पलालको राजनैतिक लाइन छोडिसकेको अवस्था छ । पुष्पलालले लिएको बाटो छोडिसकेको अवस्था छ । 

माक्र्सले एक ठाउँमा भनेका थिए — शेलीका प्रशंसक उनको २९ वर्षको उमेरमा मृत्यु भएकोमा दुखित छन् किनभने उनी त्योभन्दा बढ्ता बाँचेको भए समाजवादी क्रान्तिका अग्रदस्ता हुन्थे । त्यसरी नै बाइरनका प्रशंसक उनको ३६ वर्षको उमेरमा मृत्यु भएकोमा  खुशी छन् किनभने उनी त्योभन्दा बढी बाँचेको भए प्रतिक्रियावादी बुर्जुवा हुन्थे ।

तर हामी पुष्पलालको सम्बन्धमा बोल्दा त्यस्तो केही नभनी यति  मात्र निसंकोच भन्न सक्दछौं उनको ५४ वर्षको उमेरमा मृत्यु भएको हुनाले उनी अहिलेका सत्ता र शक्तिमा पुगेका अधिकांश कम्युनिष्ट नेतालाई जस्तै  ठूलो कलंक पनि लाग्न सक्ने ठूलो खतराबाट अवश्य बचे । पतनको बाटो पनि लाग्न सक्ने ठूलो खतराबाट अवश्य बचे । उनको लोकप्रियता हिजोभन्दा आज झन् बढ्न गयो । उनी एक प्रकारले नाम मात्रका भए पनि सबै रंग रोगनका कम्युनिष्ट पार्टी वा समूहहरूका सर्वमान्य नेता जस्ता भए । गद्दार पुष्पलाल भन्दै पुस्तक लेख्ने मशालका सर्वोच्च नेता मोहन बिक्रम सिंहले समेत उनलाई गद्दार भन्नु ठीक थिएन भनेर अघोषित रूपमा भए पनि  आत्म आलोचना गरे ।  

४—५—२०८१

२०—८—२०२४

                                   


Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा