हाम्रा गाउँ घरमा हिजो खेतीपाती गर्ने मान्छेहरू बेसीबाट लेकतिर लाग्दथे । लेक घाँस दाउरा र खेतीपातीको लागि रसिलो ठाउँ मानिन्थ्यो । कति मान्छे सधैं नै लेखमा नै बस्ने गर्दथे भने कति लेक बेसी .( औल ) दुबै ठाउँमा बस्ने र खेतीपाती गर्ने गर्दथे । आधा समय लेक र आधा समय बेसी ओैललाई दिन्थे । उसरी कति मान्छे भने मात्र औल बेसीमा बस्दथे । औल बेसीमा नै खेतीपाती गर्दथे । एक दिन म दिदीको घरबाट पुग न पुग एक किलोमिटर वर रहेको आफ्नोे घरतिर लागिरहेको थिएँ । बाटोमाथिबाट आवाज आयो – नमस्कार जेठान । घरमा आउनु भएको रहेछ । आज मात्र देखें । लगत्तै उनले आँगन अगाडि लगाएको लटरम्म फलेको कफीको रहल लाग्दा गेडा देखाउँदै भने – हेर्नुस् त जेठान मैले एउटा कफीको बोट रोपेको कति राम्ररी यसमा फल लागेको छ । सरकारले किन्ने बेच्ने व्यवस्था गरिदिए त यसैको खेती गर्न हुन्थ्यो । त्यतिबेला गुल्मीको आँपचोरमा खुब कफी खेत हुन थालेको थियो । मैले बाटोमा हिड्दा गुल्मी आँपचौरको कफी खेती देखेको थिएँ । मसित यस्ता कुरा गर्ने आँगाखेत गल्कोटका पौडेल ज्वाईको पछि चाडपर्वमा दिदी बहिनीको घरबाट फर्किदा बामी टक्सा