Skip to main content

लाहुरे



हाम्रा गाउँ घरमा हिजो खेतीपाती गर्ने मान्छेहरू बेसीबाट लेकतिर लाग्दथे । लेक घाँस दाउरा र खेतीपातीको लागि रसिलो ठाउँ मानिन्थ्यो । कति मान्छे सधैं नै लेखमा नै बस्ने गर्दथे भने कति लेक बेसी .( औल ) दुबै ठाउँमा बस्ने र खेतीपाती गर्ने गर्दथे । आधा समय  लेक र आधा समय बेसी ओैललाई दिन्थे । उसरी कति मान्छे भने  मात्र औल बेसीमा बस्दथे । औल बेसीमा नै खेतीपाती गर्दथे ।                           
एक दिन म दिदीको घरबाट पुग न पुग एक किलोमिटर वर रहेको  आफ्नोे घरतिर लागिरहेको थिएँ । बाटोमाथिबाट आवाज आयो –  नमस्कार जेठान । घरमा आउनु भएको रहेछ । आज मात्र देखें । लगत्तै उनले आँगन अगाडि लगाएको लटरम्म फलेको कफीको रहल लाग्दा गेडा देखाउँदै भने –  हेर्नुस् त जेठान मैले एउटा कफीको बोट रोपेको कति राम्ररी यसमा फल लागेको छ । सरकारले किन्ने बेच्ने व्यवस्था गरिदिए त यसैको खेती गर्न हुन्थ्यो । त्यतिबेला गुल्मीको आँपचोरमा खुब कफी खेत  हुन थालेको थियो ।  मैले बाटोमा हिड्दा गुल्मी आँपचौरको कफी खेती देखेको थिएँ ।
मसित यस्ता कुरा गर्ने आँगाखेत गल्कोटका पौडेल ज्वाईको पछि चाडपर्वमा दिदी बहिनीको घरबाट फर्किदा बामी टक्सारको भिरबाट तल दरमखोलामा  खसी मृत्यु भएको हो । पौडेल ज्वाईहरूको आँगाखेतमा माथि बारीमा घर थियो । पछि उनले बारीका कान्लाको घर छोडेर आँगाखेतको खेतमा शहरबाटामाथि घर  बनाएका थिए । जे होस् ,उनीसित  मेरो बर्षौं पछि भेट हुँदा  उनले मलाई भनेको कुरा – यदि सरकारले किनबेचको व्यवस्था गरिदिए कफीको खेती गर्ने थिएँ  निकै महत्वपूर्ण लाग्यो । महत्वपूर्ण छ ।  यदि यस्तो हुन्थ्यो भने हाम्रो ठूलो मानव शक्ति लाहुर लाग्ने थिएन होला । हाम्रा किसानहरू खेत बारीमा हिरा मोति फलउन सक्दथे होला । आँगाखेतका पौडेल .ज्वाईको.. खेतमा घर बनाउने कुरा  भने ठीक थिएन । तर उनको कफी खेती गर्ने कुरो निकै महत्वपूर्ण थियो ।  हुन त मेरै बुबाहरूले गाउँबाट  झरेर बाटोमा खेतमा नै  विजनेस व्यापार गर्न घर बनाउनृु भएको थियो । म जन्मिंदै । फेरि  बुबाले दिदीको बारीमा भएको पुरानो घर भत्काएर खेतमा शहर बाटोमा घर बनाउन पहल गर्नु भएको थियो । आज भोलि गल्कोटमा पहेलपुर धान फलाउने  खेतका फाँटहरू मासेर खेतमा घर बिल्डिङ बनाउने कुरामा होडबाजी नै चलेको छ । यो कुरा   पहाडमा पनि चलेको छ । तराइमा पनि चलेको छ ।  यसको लागि भूमाफिया वा जग्गा दलाल दोषी त  छन् छन् नै ।  त्योभन्दा बढी दोषी सरकार छ जसले घर बनाउने वा बस्ती बजार र  शहर बसाल्ने तथा खेतीपाती गर्ने  जग्गा छुट्टाउन सकेको छैन । छुट्टाएको छैन ।  यसले गर्दा  देश बर्बाद भएको छ । भूमाफियाहरू मौलाएका छन् । हाम्रो आवश्यकता हो निर्माण कार्य खेतीयोग्य जमीनमा नगर्ने । कान्ला बगर बंजर जस्तो खेतीपातीको लागि खासै उपयुक्त नभएको क्षेत्रमा घर आवासको लागि प्रयोग गर्ने ।  यतिबेला हामी हराभरा जगल फाँड्न र राम्रो धान खेती हुने र सिंचाइको राम्रो व्यवस्था हुन सक्ने हो भने तीन खेतीसम्म जमीन धमाधम प्लटिङ गर्दै बेचिरहेका छौ र भूमाफिया जग्गा दलाल यसमा सक्रिय रहेका छन् । यस कार्यले केही केही मान्छेलाई  धनी बनाए पनि देशलाई टाट पल्टाउँछ ।                                                                                                                                                                         
म सोच्दछु  कफीले बजार पाउने हो भने कति हो कति पौडेल पण्डित पंत पंथी पोखरेल पाण्डे, पुडासेनी, परसाईं पाख्रिन पुन पुर्जा परियार पोडे आदि अर्गानिक खेतीपातीमा ओइरन्थे होला । यो मुलुक लेनिन स्तालिनको रुस र  माओको चीन हुन नसके पनि स्वीजरलैण्ड वा सिंगापुर त अवब्य हुन थियो होला ।                                                                                                     
मैले हालै पढें बाग्लुङमा चिया खेती शुरु भएको छ । चिया खेतीको जन्म स्थान हो चीन । भनिन्छ नेपालमा चियाका बिरुवा जंगबहादुरले भित्राएका हुन् । यतिबेला इलाम चिया खेतीको लागि प्रसिद्ध छ । उसरी चिया खेतीको लागि दार्जीलिङ नामी मानिन्छ । आसाम     पनि चिया खेतीको लागि नामी छ ।  भारतमा  चिया खेती व्रिटिशले शुरु गरेको हो ।
यतिबेला हाम्रो मुलुकबाट लगभग एक करोड युवाहरू वैदेशिक रोजगारमा छन् । कति त उतैका वासिन्दा भएका छन् । नागरिक भएका छन् । कति विदेशमा गएर बसे नेपाल भुल्न नसक्ने र नेपालमा नै फर्किने अवस्था वा मनस्थितिमा छन् । कतिले भने नेपाल भन्दा विदेश नै राम्रो मान्न थालेका छन् ।  नेपाल बरु विर्सन सक्ने तर विदेश विर्सन नसक्ने भएका छन् ।  कुनै दिन बर्मा पुगेका मान्छे बर्मेली नेपाली भएर उतै बसे जस्तै । हाम्रै साइला बुवा छविलाल साहनी हामी नजन्मिदै बर्मा गएको अहिले उतै हराउनु भएको रहेछ । आज  बेलायत गएका नेपाली बेलायती, अमेरिका गएका नेपाली अमेरिकी, क्यानाडामा गएका नेपाली क्यानेडियन, जर्मन गएका नेपाली जर्मन, अस्ट्रलियामा गएका नेपाली अस्ट्रलियन रुस गएका नेपाली रसियन इजिप्ट गएका नेपाली इजिप्सिएन, अरवमा गएका नेपाली अरवियन चीन गएका नेपाली चिनियाँ, जापान गएका नेपाली जापानी कोरियामा गएका नेपाली कोरियन नबल्लान भन्न सििकन्न ।                                                                                                     यसरी हेर्दा हामी नेपाली  मोटामोटी रुपमा एसियन  नेपाली, अस्ट्रेलियन नेपाली युरोपियन नेपाली अफ्रिकन नेपाली तथा अमेरिकन नेपाली पनि हुन सक्दछौं । यो हाम्रो लाहुरे जीवनको विकसित रुप हुन  सक्दछ ।
लाहुर जाने हाम्रो परम्परा व्र्रिटिशका पालादेखि शुरु भएको हो ।  कहिल्यै सूर्यायस्त नहुने व्रिटिश साम्राज्यवाद यतिबेला पुन मुषिक भवको रुपमा छ । तर हाम्रो लाहुर जाने र लाहुरे हुने परम्परा यथावत  कायम छ ।
भनिन्छ लाहुर शब्दको उत्पत्ति पाकिस्थानमा पर्ने लाहौर शहरको नाम शब्दबाट भएको हो । व्रिटिशको जमानामा व्रिटिश सेनामा भर्ती भएर लाहौर गएको सैनिकलाई लाहुरे भनियो । कलकत्तामा गएकालाई कलकत्ते भने जस्तै । शिलाङमा गएका मान्छेलाई शिलाङे भने जस्तै । हिजो विदेशमा गएको तर लाहुरे नभएको मान्छेलाई चाउरे भन्ने चलन थियो । हिजो हाम्रो समाजमा खास गरी गाउँ घरमा लाहुरेको निकै ठूलो सम्मान थियो । ठूलो मान मर्यादा र इज्जत थियो । मान्छेहरू आफ्नी छोरीको विवाह गर्न परेका सकेसम्म लाहुरे रोज्दथे । खोज्दथे । लाहुरे पनि भरसक व्रिटिशको लाहुरे । इंडियन गोर्खा पल्टनको लाहुरे । त्यस पछिको रोजाइ हुन्थ्यो   आसाम राइफल्सको लाहुरे । 
त्यतिबेला लाहुरेको तस्बीर एउटा आजका चर्चित  फिल्म हिरोकोभन्दा कम हुने थिएन । भलै लाहुरेको हालत – आयो लाहुरे बुटपट्टि कसेर गयो लाहुरे खरनी धसेर भन्ने गीतले चित्रित गरे  जस्तो पनि हुन सक्दथ्यो । आँखामा धूप चश्मा काँधमा झोला , हातमा छाता पकेटमा रेशमी रुमाल लाहुरेको पहिचान थियो ।                       घरमा छुट्टी आउँदा लाहुरे बाकस बोकेको भरिया अघि लाएर आउँथ्यो । जुन लाहुरेले बाकस गुन्टा बोकाई जति धेरै भरिया अघि लाएर आउँथ्यो उसको उति धेरै मान  मर्यादा र  प्रशंसा हुन्थ्यो ।
गाउँ  घरमा लाहुरेको शान सौकत अर्कै हुन्थ्यो । पाउडर दलेर र अत्तर छरेर गाउँ घरमा लाहुरे हिंड्दा  डुल्दा ऊ आएको संकेत  परेबाट मिल्दथ्यो । पकेटबाट सिकरेट निकाली मार्चिस वा लाइटर पारेर सल्काई एक दुई सर्को तानेर भूईमा फाली बुट जुत्ताले मिच्नु लाहुरको खास विशेषता हुन्थ्यो । 
अहिले पनि व्रिटिश आर्मीमा अथवा इन्डियन  आर्मीमा नेपाली युवाहरूको भतीै हु्ने प्रचलनमा खासै कमी आएको छैन ।  हिजो गोर्खा भर्तीलाई कम्युनिष्ट पार्टीले राष्ट्रिय कलंक भने पनि त्यसलाई कम्युनिष्ट कै भनिने सरकार बन्दा त्यसले वैदेशिक रोजगारको लागि गोर्खा भर्ती भरपर्दो आधार मानेको देखिन्छ । तर यतिबेला बैदेशिक रोजगार हामी नेपालीको लागि बाध्यताका साथसाथै रहरको विषय पनि बनेको छ । हिजो जन्मेदेखि नेपालीको बच्चा लाहुरे बन्ने सपना पाल्दथ्यो भने आज अमेरिका अस्ट्रेलिा  वा पुरोपको सपना देख्न थालेको पाइन्छ । जापान वा कोरियाको सपना देखेको पाइन्छ । लाहुरे पनि त्यतैका बन्ने भावना जागेका देखिन्छ ।
बास्तवमा नेपाली युवाहरूको श्रम यही देशमा लगाउने हो भने  यो देश पृथ्वी तलमा स्वर्ग बन्न सक्दछ । त्यसकोे लागि एउटा उपाय वैदेशिक होइन कि स्वदेशी रोजगार हो । अर्थात श्रम आफ्नै मुलुकमा बगाउने कुरा  हो ।
नेपालको माटोमा जे पनि हुँदो रहेछ । नेपालमा नहुने कुनै कुरा रहेनछ । हिजो लाहुेृेरे पल्टनबाट छुट्टी आउँदा घर परिवारका मान्छेले मात्र होइन वरपरका मान्छेले समेत आश राख्ने कुरा  हो चिया पत्ती । त्यो बाग्ले्ङमा पनि उत्पाद हुन थालेको छ । अब यो कुनै चीज भएन । अर्को  चिनी हो । चीनले बनाइदिएको चिनी कारखाना नेपालको सरबारले बेचेर खाए पनि नेपालको लागि चीज भएन ।  लाहुरे छुट्टि आउँदा उसबाट आश गरिने अर्को चीज मर मसला हो । यद्पि मर  मसला  स्वास्थको लागि हानिकारक मानिन्छ । त्यसको खेती नेपालमा पनि संभव छ । जिरा मरीज धनियाको खेती नेपालमा पनि गनै सकिन्छ । अलैचीको  खेती नेपालमा प्रशस्त मात्रामा हुन सक्दछ । मसालमा टिमुर राम्रो मानिन्छ ।  त्यो खोला खोलामा आफै उम्रिन्छ । त्यसको पनि व्वयस्थित खेती गर्न सकिन्छ । हाम्रो देशमा खोले सागको खेती गर्न पर्दैन । पुदिनाको खेत ीगर्न पदैन । सिस्नुको खेती गर्न पर्दैन । चौतारी र  औसेलूको खेती गर्न पदैन । चिउरीका खेती गर्न पर्दैन । हाम्रा देशमा खेती नगरे पनि आफै खेती हुने कुरा धेरै  छन् । अरु देशमा मरी मरी खेती गरे पनि नहुने कुरा  हाम्रा देशमा आफै बनमारा जस्तै  फैलिएको पाइन्छ । आवश्यक छ संकलन र  बजार व्यवस्थापनको । हामीले फूल बाहिरबाट आयात गरिरहेका छौं । फूल नेपालमा नै प्रयाप्त मात्रामा उत्पादन गर्न सकिन्छ । बाहिर निर्यात  गर्न सकिन्छ । हिजोे स्याउ कशिम्रबाट आउनु पर्दथ्यो । आज मुस्ताङ र जुम्लाका स्याउले बजार पाउन नसेकेो अवस्था छ ।हामीले  देउतलाई चढाउने नरिवलको खेती नेपाल हुन्छ । हुन सक्दछ । हामीले बिवाह गर्दा जनै सुपारी गर्नु परे  सुपारीको खेती नेपालमा पनि हुन थालेको छ । सब्जीमा विश्वमा कुरिलोे महत्वपूर्ण  चीज मानिने रहेछ । यो हाम्रा बन जंगलमा आफै उभ्र्रिन्छ ।  च्याउ खास गरी रातो च्याउ दवाईको लागि पनि अत्यन्त महत्वपुर्ण बस्तु मानिने रहेछ । यसको विश्व बजारमा ठूलो माग रहेछ । रातो च्याउ बन जंगलमा आफै उम्रिन्छ  । रुखमा ठुटामा  उम्रिन्छ । बन जंगल जडी बुटी चरा चुरुंगी र बन्य जन्तेूको भरपर्दौ आश्रय स्थल वा निवास बनेको  यो नेपालमा के ैछैन र के हुँदैन र । मात्र युवा शक्तिको सही परिचालन चाहिएको छ ।  यो हुन सकेको छैन । हामौ विभिन्न रंग रोगन र आवरणमा बनेका सरकारको प्रमुख काम नै बैदेशिक रोजगारमा युवा  शक्तिको नियौत गर्नु हुन पुगेको छ । सिया े पनि उत्पादन गर्न नसक्ने हाम्रो मुलुकले प्रयाप्त  मात्रामा निर्यात गर्ने  कुरा नै युवा शक्ति हो । युवा शक्तिको रगत र पसिना हो । यहाँसम्म कि युवा शक्तिको मस्तिष्क पनि हो ।
एकजना कृषिबिद्ले मसित  कुरा गर्दै भनेका थिए हिमाल पहाड तराईको भुमि र सबै प्रकारका माटो र मौसम हुने यो दशमा जहाँ  जेको खेती गर्न सकिन्छ त्यहाँ त्यसको खेती गर्ने हो भने कुनै नेपाली युवालाई खाडीको आगो पर्ने गर्मीमा भंडा चराउन जानु पर्दैन ।  बिडम्बना हामी अरुका माटोमा रक्षा  गर्न वा साम्राज्य विस्तार गर्न  आफ्नो ज्यान दिन्छा्रै । तर हाम्रो भूमिमा विदेशी फौज परेड खेल्दा कानमा तेल हालेर बस्दछौ । हामी अरुका लागि बहादुर भएका छौं र बहादुर गनिएका छौ । आफ्नै मुलुकको लागि बहादुर हुन सकिरहेका छैनौ । हामी अरुकका देशको बिकासको लागि रगत  पसिना बगाउँछौं । तर आफ्ना देशका खेत बारी बाझै राखेर बंजर भुमि बनाउँछौ ।  हामीले देश बनाउने र यसलाई प्रगतिको बाटोतिर लम्काउने  हो भने हामी आफ्नै देशकमा लाहुरे बनौं ।  विदेशी भूमिमा होइन आफ्नै भूमिमा रगत पसिना बगाउँ । निच्चित रुपमा यसको लागि आफू र आफ्नो परिवारलाई मात्र होइन समस्त देश र समस्त देशबासीलाई बनाउने सरकारको नेतृत्प आवश्यकता छ । हुन्छ । पक्के हो सबै चीज  हामीसितै छ । हाम्रै मुलुकमा नै छ । हामी बाहिर बाहिर डुलिरहेका छौ । बाहिर बाहिर खोजिरहेका छौं । बास्तवमा यतिबेला हामी रोजगारीको लागि देश नै खालि गरेर विदेशिन थालेका छौं । विदेशीहरू रोजगारीको लागि हाम्रो मुलुकमा भरिन थालेका छन् । हामी विदेशमा लाहुरे हुन जान्छौ । विदेशीहरू हाम्रो देशमा लाहुरे हुन आउँछन् ।
१५–७–२०७६


                                                                                                                       
                                                                 



Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा