यो मुलुकमा कुनै पनि संघर्ष आन्दोलन क्रान्ति वा जनयुद्धले आमूल परिवर्तन गर्न सकेको छैन । २००७ सालदेखि १९६२÷०६३ सम्म जे जति जस्ता परिवर्तन भएका छन् तिनी चुहुने घर टालेका जस्ता परिवर्तन हुन् । च्यातिएका लुगा तुनतान गरेर भिरेका जस्ता परिवर्तन हुन् । थोत्रो गाडी मर मरम्पत गरेर कति ठाउँमा घुचेट्दै र कति ठाउँमा बल्ल बल्ल गुडाउँदे काम चलाएका जस्ता परिवर्तन हुन् । बलजफ्ती घिसारेका जस्ता परिवर्तन हुन्। पुरानो घर डेन्टिङ पेन्टिङ गरेका जस्ता परिवर्तन हुन् । रंग रोगन गरेका जस्ता परिवर्तन हुन् । भत्केको सडकका खाल्टा खुल्टी अलिकति अलकत्रा चुहाएर गिटटी बालुवाले पुरपार गरेका जस्ता परिवर्तन हुन् । परिवर्तन भएन भन्ने हो भन्ने हो भने राणाको सट्टामा शाह आएका छन् । पंचायतको सट्टामा बहुदल आएको छ । राजतन्त्रको सट्टामा गणतन्त्र आएको छ । तर मुलुक हिजो राणाकालामा अर्ध सामन्ती र अर्ध औपनवेशिक थियो । आज लोकतान्त्रिक गणतन्त्रको युगमा आएर पनि मुलुक अर्ध सामन्ती र अर्ध औपनिवेशिक नै छ । यसको सामाजिक आर्थिक राजनैतिक सांस्कृतिक क्षेत्रमा उल्लेखनीय परिवर्तन भएको छैन । सबभन्दा ठूलो कुरा त आम जनताका जीवन स्तरमा कुनै उल्लेखनीय परिवर्तन आएको छैन । अहिले पनि यो मुलुक गोर्खा भर्ती र बैदेशिक रोजगारको भरमा टिेकेको छ ।
नेताहरू भन्दछन्, मुलुकको राजनैतिक क्रान्ति पूरा भयो । अब आर्थिक क्रान्ति गर्नुछ । मुलुकलाई आर्थिक समृद्धितिर लानु छ । समृद्ध नेपाल र सुखी नेपाली बनाउनु छ । हिजो पंचहरू भन्दथे नेपाललाई एशिया मापदण्डमा पुराउनु छ । आज लोकतन्त्र गणतन्त्र भन्दछ मुलुकलाई समृद्ध नेपाल र सुखी नेपाली बनाउनु छ । यो केबल भूपिको हल्लै हल्लाको देशको एक झलक हो ।
विकास निरन्तर प्रक्रिया हो । यो राणाकालमा पनि जारी थियो । पंचायतकालमा पनि जारी थियो । आज लोकतान्त्रिक गणतन्त्रकालमा पनि जारी छ । यत्ति हो योजनाबद्ध तरिकाले गरेको विकास द्रुत हुन्छ । बिना योजना गरेको विकास ढिला हुन सक्दछ । फेरि भ्रष्ट सत्ता र देश र जनताप्रति समर्पित सत्ताले गर्ने विकासमा आकाश पातालको फरक हुन सक्दछ । यो कुरा आफ्नो ठाउँमा छँदै छ ।
माक्र्सवाद भन्दछ– समाजमा आर्थिक आधार हो । राजनीति संस्कृति धर्म आदि त्यसका उपरी संरचना मात्र हु्न् । जस्तो आर्थिक आधार हुन्छ त्यही अनुसारको उपरी संरचना बन्दछ । भन्नाले आर्थिक आधारले नै उपरी संरचनाको निर्णय गर्दछ । माक्र्सकै भाषामा भन्दा उपरी संरचनाले आर्थिक आधारको निर्णय गर्दैन कि आर्थिक आधारले नै उपरी संरचनाको निर्णय गर्दछ । तर कुनै आर्थिक आधार मरणासन्य अवस्थामा पुगेको बेलामा उपरी संरचना पनि निर्णायक हुन सक्दछ । त्यो अवस्था भनेको क्रान्तिको अवस्था हो । हाम्रो देशमा जति पनि क्रान्ति वा आन्दोलन भए तिनी निर्णायक अवस्थामा पुगेनन् । पुरानै संरचनासित समझौता गरेर थन्किए । हिजो वीपीले राणा राजासित त्यही गरे । हिजो संसदवादी दलले राजतन्त्रात्मक पंचायती व्यवस्थासित त्यही गरे । हिजो माओवादीले सातदल र राजासित त्यही गरे । नारायणहिटीमा बसेका राजा फालिए । सिंहदरबारमा पुगेका नेता राजा भए । एक राजा गए पनि सयौं राजा खडा भए ।
सत्ता परिवर्तन भनेको राज्ययन्त्रको पनि परिवतेन हो । राणाकालदेखि अहिलेसम्म राज्ययन्त्रमा खासै कुनै परिवर्तन भएको छैन । हेरफे.र भएको छैन । रुपान्तर भएको छैन । उही अदालत उही जेल उही कानून उही कर्मचारी उही सेना उही पुलिस सबै उही उही छ । यसैले मुलुकको अवस्था जस्तो राणाकालमा थियो अहिले पनि उस्तै उस्तै छ । परिस कम्युनमा राज्य यन्त्र नफेरिएको हुनाले त्यो धरै दिन टिकेन । यसैले लेनिनले राज्य र क्रान्ति लेखे । राज्य र कौन्ति आमूल परिवर्तनको दस्तावेज हो । माक्र्स एंंगेल्सको कम्युनिष्ट घोषणात्रपत्र, लेनिनको राज्य र क्रान्ति, स्तालिनको लेनिनवादका समस्या र माआको पाँच दार्शनिक लेख नपढी माक्र्सवादका कखरा पनि पढेको र बुझेको ठहर्दैन । संसदवादी कम्युनिष्टलाई यी पुस्तकको के काम ? क्रान्तिकारी साहित्य वा राजनीतिको के काम ?
अहिले मुलुकमा स्थापित गरिएको भनिएको लोकतान्त्रिक े व्यवस्था भनेको दलाल पुंजीवादी संसदीय व्यवस्था हो । दलाल पूंजीवादी संसदीय व्यवस्थाले सामन्त दलाल पूंजीपति विस्तारवाद र साम्राज्यवादका सेवा गर्दछ । यो व्यवस्था राष्ट्रिय पूंजीपतिको हितमा छैन । हुँदैन । यो व्यवस्था किसानको हितमा छैन । हुँदैन । यो व्यवस्था मजदूको हितमा छैन । हुँदैन । यो व्ववस्था देश र जनताको हितमा छैन । हुँेदैन । यो व्यवस्था राष्ट्रिय हितमा छैन । हुँदैन । यस्तो व्यवस्था कम्युनिष्टले चाहेको व्यवस्था होइन । यो व्यवस्था भनेको सुधारिएको व्यवस्था मात्र हो । कम्युनिष्टहरू आमूल परिवर्तनको पक्षमा हुन्छन् । उनीहरू नयाँ जनवादी व्यवस्थाको पक्षमा हुन्छन् । उनीहरू समाजवादी व्यवस्थाको पक्षमा हृुन्छन् । उनीहरू साम्यवादी व्यवस्थाको पक्षमा हुन्छन् । यस्तो व्यवस्थाको पक्षमा एमालेहरू छैनन् । प्रचण्डहरू छैनन् । केपी ओलीहरू छैनन् । बहुदलीय जनवाद छैन । एक्काइसौं शताब्दीको जनवाद छैन । बहुदलीय जनवाद र एक्काइसौ. शताब्दीको जनवाद अन्तिम विश्लेषणमा दलाल पूंजीवादी व्यवस्था नै हो । संसदीय व्यवस्था नै हो । यस्तो व्यवस्थाले मुलुकमा जति गफ गरे पनि आमूल परिवर्तन ल्याउन सक्दैन । यो व्यवस्था भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने व्यवस्था हो । यो व्यवस्था भनको कुर्सी फाल्ने माइक फाल्ने र मुक्कामुक्की गर्ने व्यवस्था हो । बुर्जुवा संसदवादी दलाल दलहरू यही व्यवस्थालाई संसारको सर्वोत्कृष्ट व्यवस्था भन्दछन् ।
आमूल परिवर्तन आजको भोलि आउन नसक्ने हुनाले हामी सबैले यतिबेला बेहोर्न परेको व्यवस्था भनेकै कै दलाल पूंजीवादी संसदीय व्यवस्था नै हो । जनताले जति संघर्ष वा बलिदान गरे पनि प्रतिक्र्र्रियावादी बर्गले उनीहरूमाथि यही व्यवस्था थोपरेको छ । यतिबला यस व्यवस्थामा खास नाइके भनेका शेरबहादुर देउवा प्रचण्ड र के पी ओली हुन् । प्रचण्ड र केपी ओलीले कम्युनिष्टको ट्याग लगाए पनि उनको र शेरबहादुर देउवाको राजनीतिमा खास फरक छैन । उनीहरू एउटै ढ्यागका मूला हुन् । उनीहरू नाउँ स्वदेशको लिन्छन् । चाकरी विदेशको गर्दछन् । यिनीहरूले कुरा राष्ट्रवादका गर्दछन् । काम राष्ट्रघातका गर्दछन् । काशी सम्झौताले त्यही कुरा पुष्टि गर्दछ । गण्डकी सम्झौताले त्यही कुरा पुष्टि गर्दछ । महाकाली सन्धिले त्यही कुराको पुष्टि गर्दछ अपर कर्णाली समझौताले त्यही कुराको पुष्टि गर्दछ ।अरुण तेस्रो समझौताले त्यही कुराको पुष्टि गर्दछ । यिनीहरूले हिजो मित्रराष्ट्र रुस र चीनले बनाइदिएका सबै कल कारखाना उद्योग धन्दा कमीसनको चक्करका बेचेर खाएका छन् र लाजै पचाएर औद्योगिक विकासको गफ छाँट्छन् । शेरबहादुर देउवाको कांंग्रेश होस् वा प्रचण्ड वा केपी ओलीको कथित कम्युनिष्ट पार्टी त्यो चल्ने भनेकै विदेशीको ईशारामा हो । काम गर्ने भनेकै विदेशीको ईशारामा हो । यस व्यवस्थामा मोटाउने भनेकै शोषक सामन्त दलाल पूंजीपति नोकरशाह कमीसनखोर तस्कर भ्रष्टाचारी आदि नै हो । यस व्यवस्था मोटाउने भनेकै ठूला पार्टीका ठूला नेता तथा उनका पुच्छर हो । आम जनतको लागि यो व्यवस्था अभिशाप हो भने शासक बर्गको लागि बरदान । जे होस् , हामी यस दलाल पूजीवादी व्यवस्थामा देश र जनताको उदय र उन्नतिको कल्पना पनि गर्न सक्दैनांंैं । कल्पना गर्नु हाम्रो भ्रम मात्र हो ।
एमसीसी दलाल पूंजीवादले स्वच्छा वा दबाबको शिकार भएर ग्रहण गर्ने कुृरा हो । यो साम्राज्यवादी अमेरिका र विस्तारवादी भारतको स्वार्थ अनुृरुपको कुृरा हो । चीनको खिलाफको नीति हो । शेरबहादुर देउवा एमसीसीको पक्षमा छन् । पुष्पकमल दाहाल एमसीसीको पक्षमा छन् । क पी ओली एमसीसीको पक्षमा छन् । यसैले यी तिनै शक्ति यथार्थमा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादका दलाल हुन् । यिनीबीचका मात्राको भेद हृुन सक्दछ । गुणको भेद हुन सक्दैन ।
यो कुरा पनि साँचो हो यतिबेला आमूल परिवर्तनकारी शक्ति कमजोर अवस्थामा भएको हुनाले मुलुकको शासन सत्ता यिनकै हातमा छ । दलाल पूंजीवादी कै हातमा छ । तर यिनीहरूले आफूलाई जनताको मतले जितेको घोषणा गरे पनि साम्राज्यवाद र विस्तारवादको आर्शीवाद र ईशारा बिना यिनीहरू एक पाइलो पनि चल्न सक्दैनन् । सत्तामा जानेको लागि यिनीहरू जनतामा पृुग्ने भनेको चुृनावको बेलामा मात्र हो । अरु बेला उनीहरू प्राय जसो दिल्ली दरबारमा नै धाउँछन् । यो कुरा जग जाहेर छ । फेरि अर्का कुरा जनताले सत्ताधारी राजनैतिक दल र तिनका नेतालाई दिनको दशपल्ट गाली गरे पनि चुनावको बेलामा तिनैलाई नै भोट हाल्छन् । अर्को कुरा निर्वाचनमा ठूला दल र ठूला नेताले चुनाव लोकप्रियताको बलले भन्दा पनि पैसा गुण्डा तथा धाँधलीको बलमा जित्दछन् । बुर्जुवा संसदीय चुनाव यति महंगो हुन्छ कि कुनै पनि गरीब व्यक्ति जति योग्य र इमान्दार भए पनि चुनाव जित्ने कुरा त परै जाओस् उम्मेदवारको रुपमा उठ्न पनि सक्दैन । चुनावमा खडा हुन पनि सक्दैन । चुनाव जित्ने मान्छे सयका सय डाँका चोर चण्डाल वा धूर्त हुन्छन् वा विदेशी दलाल हृुन्छन् भन्ने कुरा त होइन । तर बोलबाला त्यस्तै मान्छेको हृुन्छ । बृुर्जुवा चुनाव भनेको एक प्रकारले ठेक्का पट्टाको टेन्डर जस्तै हो ।
यो कुरा होइन कि देशमा कम्युनिष्ट पार्टी छैनन् । यो कुरा पनि होइन कि देशमा कम्युनिष्ट नेता छैनन् । यो कुृरा होइन कि देशमा देशभक्त पार्टी वा नेता छैनन । यत्ति हो उनीहरू सत्तामा र शक्तिमा छैनन् । आमूल परिवर्तन बिना उनीहरू सत्ता र शक्तिमा पुग्दा पनि पुग्दैनन् । यसैले यतिबेला दलाल पूंजीवादले नै हामीमाथि शासन र शोषण गरिरहको छ । प्रत्यक्षमा हामीमाथि हाम्रै मान्छेहरूले शासन र शोषण गरिरहेका हुन्छन् भने पर्दा पछाडिबाट बिस्तारवाद र साम्राज्यवादले हामीमाििथ शासन शोष(ा गरिरहेको हुन्छ । यतिबेला यो मुलुकलाई जोगाउने भनेकै हाम्रै देशका दलाल पूंजीवादी शक्ति सत्ता र शक्तिबाट नै हो । विदशी शक्ति त सित्तिमत्ति सिधै हामीमाथि लडेन भिडने आउँदैनन् । उनीहरू आउने भनेकै शेरबहादुर देउवा, पुष्पकमल दाहाल, बाबुराम भट्टराई के पी ओली आदिको भेष धारण गरेर हो । सामाज्यवादीहरू कति महाकाली सन्धि वा एमसीसी जस्तै सुनको मृग बनेर देखा पर्दछन् भने कति बेला साधुको भेष गरेर मुलुकका नदी नाला प्राकृतिक सम्पदा यहाँसम्म कि भूभाग नै अपहरण गरेर लैजान्छन् ।
२५–११–२०७७
Comments
Post a Comment