रंगमच त धेरै थरिका हुन्छन्
ह्जारौं थरिका हुन्छन्
लाखौं थरिका हुन्छन्
राजनीतिको पनि आफ्नै रंगमंच हुन्छ
सबभन्दा खतरनाक रंगमंच हो राजनैतिक रंगमंच
राजनैतिक रंगमंचमा को कहाँ छ
त्यो त्यति सजिलै बुझ्न सकिन्न
राजनैतिक रंगमंचमा को के हो
त्यो त्यति सजिलै चाल पाउन सकिन्न
स्याल र बाघ पनि उस्तै उस्तै हुन्छन् राजनैतिक रंंगमंचमा
चोर डाँका र साधु सन्त पनि उस्तै उस्तै हुन्छन् राजनैतिक रंगमंचमा
राक्षस र देउता पनि उस्तै उस्तै हुन्छन् राजनैतिक रंगमंचमा
शत्रु र मित्र पनि उस्तै उस्तै हुन्छन् राजनैतिक रंगमंचमा
राष्ट्रवादी र राष्ट्रघाती पनि उस्तै उस्तै हृुन्छन् राजनैतिक रंगमंचमा
सकली कम्युनिष्ट र नकली कम्युनिष्ट पनि उस्तै उस्तै हुन्छन्
राजनैतिक रंगमंचमा
भmण्डा उस्तै उस्तै बोकेका हुन्छन् उनीहरू
नारा उस्तै उस्तै लगाएका हुन्छन् उनीहरू
राजनैतिक रंगमंचमा
को अग्रगामी हो को प्रतिगामी हो खुट्टाउनै गाह्रो
को क्रान्तिकारी हो को प्रतिक्रान्तिकारी हो छुट्टाउनै गाह्रो
राजनैतिक रंगमंचमा
को नायक हो को खलनायक हो
पहिचान गर्नै गाह्रो
राजनैतिक रंगमंचमा
यसैले त खलनायक पनि नायकका भूमिकामा रहिरहका हुन सक्दछन्
नायक पनि खलनायकको रुपमा प्रस्तुत गरिरहिएका हुन सक्छन्
हो जबसम्म नायकको भूमिकामा खलनायक रहिरहन्छन्
राजनैतिक रंगमंचमा
त्यसको शुरु मध्य र अन्त्य दु्खान्त दुखान्त कै मात्र हुन्छ
दृश्य परिवतन भए पनि रुप परिवर्तन हुँदेन
रुप परिवर्तन भए पनि सार परिवर्तन हुँदैन
दोहोरिरहन्छ उही कथा
पटक पटक
जति पर्दा खसे पनि ्
जति पर्दा हटे पनि
नायकको भूमिकामा रहिरेहको हुृन्छ उही खलनायक ।
२७–११–२०२७
Comments
Post a Comment