Skip to main content

Posts

Showing posts from August, 2021

पूर्वोत्तर भारतका नेपालीको समस्या

  म आसाम मेघालयमा छँदा भारतमा विधिबत नागरिकलाई नागरिकता दिने चलन थिएन । तिरो तिरेको रसीद, जग्गा जमीनको पट्टा, स्कूलको प्रमाण पत्र, कतै जागीर खाएको परिचय पत्र, पेन्सन पट्टा  मतदाता सूचिमा नाम।े, रासन कार्ड आदिलाई भारतको नागरिक भएको ठानिन्थ्यो । हाल आएर आधार कार्डलाई नागरिकता सरह मानिन थालिएको बृुझिन्छ । त्यतिबेला कर्सैले कतै जागिर खान परेमा मजिस्ट्र्ेटबाट फलानो फलानो ठाउँमा बस्ने स्थायी बासिन्दा हो भने कागज प्रस्तुत गरे पुग्दथ्यो । तर अहिले यो अवस्था कायम रहेको छैन । कसैको भोटर लिस्टमा नाम हुनु ऊ त्यहाँको नागरिक मानिए पनि भोटर लिस्टमा नाम हुनुको कुनै भरोसा भने थिएन । यस कारणले कि कुनै बर्ष कुनै नेतालाई आफ्नो भोटर लिस्ट बढाउन परेमा धेरैभन्दा धेरै नेपालीहरूको नाम भोटर लिस्टमा समावेश गरिन्थ्यो । फेरि कुनै अर्को बर्ष कुनै नेता वा पार्टीलाई हराउन वा जिताउन परेमा अघिल्लो पल्ट भोटर लिस्टमा नाम भएका नेपालीहरूका नाम हटाइन्थ्यो । यसैले पनि भोटर लिस्टमा नाम हुनु नै भारतको नागरिक भएको खास पहिचान हुन सक्दैनथ्यो । निश्चित रुपमा पूर्वोत्तर भारतमा बस्ने भारतीय नेपाली वा गोर्खाली निकै असुरक्षित भएका थिए

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो