म आसाम मेघालयमा छँदा भारतमा विधिबत नागरिकलाई नागरिकता दिने चलन थिएन । तिरो तिरेको रसीद, जग्गा जमीनको पट्टा, स्कूलको प्रमाण पत्र, कतै जागीर खाएको परिचय पत्र, पेन्सन पट्टा मतदाता सूचिमा नाम।े, रासन कार्ड आदिलाई भारतको नागरिक भएको ठानिन्थ्यो । हाल आएर आधार कार्डलाई नागरिकता सरह मानिन थालिएको बृुझिन्छ । त्यतिबेला कर्सैले कतै जागिर खान परेमा मजिस्ट्र्ेटबाट फलानो फलानो ठाउँमा बस्ने स्थायी बासिन्दा हो भने कागज प्रस्तुत गरे पुग्दथ्यो । तर अहिले यो अवस्था कायम रहेको छैन ।
कसैको भोटर लिस्टमा नाम हुनु ऊ त्यहाँको नागरिक मानिए पनि भोटर लिस्टमा नाम हुनुको कुनै भरोसा भने थिएन । यस कारणले कि कुनै बर्ष कुनै नेतालाई आफ्नो भोटर लिस्ट बढाउन परेमा धेरैभन्दा धेरै नेपालीहरूको नाम भोटर लिस्टमा समावेश गरिन्थ्यो । फेरि कुनै अर्को बर्ष कुनै नेता वा पार्टीलाई हराउन वा जिताउन परेमा अघिल्लो पल्ट भोटर लिस्टमा नाम भएका नेपालीहरूका नाम हटाइन्थ्यो । यसैले पनि भोटर लिस्टमा नाम हुनु नै भारतको नागरिक भएको खास पहिचान हुन सक्दैनथ्यो ।
निश्चित रुपमा पूर्वोत्तर भारतमा बस्ने भारतीय नेपाली वा गोर्खाली निकै असुरक्षित भएका थिए । स्कुल नपढेको नेपालीले स्कूलको प्रमाणपत्र पेश गर्न सक्न कुरा भएन । नोकरी चाकरी नगरेको नेपालीले परिचय पत्र वा पेन्सन पट्टा प्रस्तुत गर्न सक्ने कुरा भएन । सुकुम्बासी नेपालीले जग्गाको पट्टा पेश गर्न सक्ने कुरा भ्उन । जन्म दर्ताको रेकड राख्ने प्रचलन थिएन । भोटर लिष्टको सूचिमा एकपल्ट नाम भए पनि अर्कोपल्ट नभएको अवस्था पनि देख्न सुन्न पाइन्थ्यो । यसैले पूर्वोत्तर भारतमा पुर्खौं पुर्खांैंदेखि बस्दै आएका नेपालीलाई पनि आफू भारतीय नागरिक नेपाली भएको प्रमाण पुराउन गाह्रो थियो । त्यहाँ भारतीय नेपाली पनि विदेशी भनिन्थे । उनीहरू विदेशको सूचिमा पर्दथे । यी सब कारणले भारतीय नेपालीलाई आफू जहिले पनि असुरक्षित भएको अनुभूति हुन्थ्यो ।
पूर्वोत्तर भारतका भारतीय नेपालीहरू मेघालय आसाम आदि ठाउँमा भएका नेपाली भाषामा राखिएका ठाउँहरूको नामको चर्चा गर्दै आफू निकै पहिलेदेखि त्यहाँ बसोबासो गर्दै आएको प्रमाण लगाउँथे । लगाउँछन् । उनीहरू आसाम तेजपुरको नेपाली पट्टिको नाम लिन्छन् । लोकरा चारदुवारको रावबरघारीको नाम लिन्छन् । गुवाहाटीको नेपाली मन्दिरको नाम लिन्छन् । गुवाहाटीको पल्टन बजारको नाम लिन्छन् । उनीहरू नागालैण्ड डिमापुरको नेपाली बस्तीको नाम लिन्छन् ।,उनीहरू मेघलालयका बडाबजार पुलिसबाजर गाडीखाना, बाह्रपन्थर। नासपतिघारी, बडापानी गरम पानी, बाघखोर , लक्ष्मीनाला,महादेव खोला, सुना कुरुङ आदि नाम नेपालीहरूल नै राखेका हुन् भन्ने मान्यता राख्दछन् । यी नामले नेपालीको पहिलेदेखिको बसोवासोको संकेत गरेको ठान्दछन् ।
नेपालबाट रोजी रोटीको लागि आसाम मेघालय जाने नेपालका नेपाली त्यहाँका भारतीय नेपालीहरूका लागि ठूलो समस्या भएका थिए । नेपालबाट रोजी रोटीका लागि नपालका नेपाली आसाम मेघालयतिर निरन्तर गइरहेने भएको हुनाले भारतीय नेपालीलाई आफू भारती नेपाली भएको प्रमाण दिन कठिन भएको थियो । हेर्दा नेपालबाट भर्खर रोजीरोटीका लागि आमाम मेघालयमा गएका नेपाली र त्यतातिर पुर्खौ पुर्र्खौदेखि बसोबासो गर्दै आएका नेपाली यसो हेर्दा उस्तै उस्तै देखिन्थे । उनीहरूको अनुहार पनि मिल्दथ्यो । उनीहरूको भाषा पनि मिल्दथ्यो । उनीहरूको धर्म संस्कृति रीति रिवाज भेष भुसा पनि मिल्दथ्यो । उनीहरूको जात र थर पनि मिल्दथ्यो । छुट्टाउने कसरी ? नेपालबाट गएको नेपाली आसाम मेघालयको नेपाली जस्तो देखिन्थ्यो । मेघालय आसाममा भएको नेपाली नेपालको नेपाली जस्तो देखिन्थ्यो । यसैले भारतीय नेपाली के चाहन्थे पनि नेपालबाट कुनै पनि नेपाली आसाम मेघालय वा पूर्वोत्तर भारतमा प्रवेश नगरुन् । पास पोर्ट प्रणाली लागू होस् ।
आसाम मेघालय मणिपृर आदि राज्यमा अर्थात अविभाजित आसाममा नेपालीहरू कहिलेदेखि बस्न थाले त्यसको यकीन इतिहास नभए पनि एउटा सजिलै बताउन सकिने कुरा ब्रिटिशको पालादेखि भन्न सकिन्छ । ब्रिटिशले र्नै गोर्खा भर्ती शुरु गरेको हो । गोर्खा फौजकै बलमा ब्रिटिशले आसाम मेघालय नागालेण्ड मणिपृुर आदि कब्जा गरेको हो । मणिपुरको थम्पलमा भएको लडाईमा बीरबल नगरकोटिको कमाण्डमा त्यो ठाउँमा व्रिटिश सरकारले विजय प्राप्त गरेको थियो । त्यसलै दअझ पनि थम्पल डे बिरबल नगरकोटिकै नाममा मनाइन्छ । बीरबील नगरकोटिका नाती भोजराज नगरकोटि शिलाङ लउसुतुनका स्थायी बासिन्दा थिए । उनी गोर्खा हाई स्कूलमा हिन्दी शिक्षक थिए । यसलाई पनि आसामतिर नेपाली ब्रिटिशमा पालादेखि बसोबासो गर्दथे भन्ने कुराको प्रमाण दिन सकिन्छ । शिलाङको कब्जा सुवेदार देवराज आलेका कमाण्डमा भएको थियो । उनले त्यहाँबाट आफ्ना अफिसरलाई रिपोर्ट गर्दै भनेका थिए – यहाँ त एउटा मुसा पनि छैन । व्रिटिश सरकारले देवराज आलेलाई शिलाङको तेस्रो दर्जाको मजिस्ट्रट बनाएको थियो । सिभिल प्रशासक बनाएको थियो । उनलाई नागरिक प्रशासनको जिम्मा दिएकोृ थियो । यसले पनि नेपालीहरू शिलाङमा व्रिटिशका पालादेखि बसोबासो गर्दथे भन्ने कुृराको प्रमाण पेश गर्दछ । व्रिटिशको पालामा लडाईमा निकै बहादुरी देखाइका कालू थापा ( प्रधान ) का सन्तान अझ पनि शिलाङ कै बाह्रपत्थरमा र्रैथाने भएर बसेको उदाहरण छ । मणिपुरको भूईचालाको सवाई तुलाचन आलेले १८९३ मा लेखेका थिए । यसले पनि नेपलीहरूको इतिहास निर्माणमा मदत गर्दछ । त्यसरी नै धनबीर भण्डारीले अब्बर पहाडको लडाईको सवाई १९९४ मा र शिलाङको भूंइचालोको सवाई १९१७ मा लेखेका थिए । साथसाथै गजबीर रानाले नागाहिलको सवाई १९१३ मा लेखेका थिए । यी तथ्यले पनि आसाम नागालैण्ड मणिपुर मेघालाय आदि ठाउँमा नेपालीहरूको उपस्थिति जनाउँछ ।
भारतीय नेपालीहरूले पूर्वोत्तर भारतमा आफ्नो उपस्थिति तथा यागदान जनाउन महात्मा गान्धि पंडित जवाहरल नेहरु तथा सुभाष चन्द्र बोसले शुरु गरेको भारतको स्वतन्त्रको संग्राममा स्वतन्त्रता सेनानी छविलाल उपाध्याय, भक्त बहादुर नेवार तथा दलबीर लोहारको योगदानको पनि चर्चा गर्दछन् । यिनीहरूको टाउकोमाथि व्रिटिश सरकारले पृुरस्कार तोकेको थियो ।
पूर्वोत्तर भारतमा नेपालीहरूले हामी निकै अघिबाट पूर्वोत्तर भारतमा बसोबासो गर्न थालेका हौ भन्ने कुराको प्रमाण पेश गर्न त्यहाँका लेखक तथा पत्रकारको नाम पनि लिने गर्दछन् । उनीहरू मणिपुरमा जन्मेका मणिसिंह गुरुंगले शिलाङबाट १९३६ बाट गोर्खा सेवक समाचार पत्र प्रकाशन र सम्पादन गर्न थालेका थिए भन्ने कुरा पनि अभि सार्दछन् । मणि सिंह गुरुंग कलकत्ताबाट १९१४ मा वी ए पास गर्ने पहिलो नेपाली थिए । गोर्खा हाई स्कूलका प्रधान अध्यापक भोलानाथ गुरुंगले १९५५ तिर आसाम गोर्खा समाचार पत्रको सम्पादन गरेका थिए । नागालंैण्डमा जन्मेका हरिप्रसाद गोर्खा राईले दोस्रो विश्वयुृद्धभन्दा अघिदेखि नै नेपाली भाषामा कथा लेख्न थालेका थिए ।
भारतीय नेपालीले आफ्नो इतिहास बताउन त्यस भेकमा बनेका मठ मन्दिर दुर्गा पूजाको मौला , त्यहाँ स्थापित भएका स्कूलहरूको पनि चर्चा गर्दछन् । उनीहरू भन्दछन् शिलाङमा ठाकुर बाडी २०औं शताब्दीको शुरुमा नै बनेको थियो । ठाकुर बाडीमा स्थापित गोर्खा पाठशालाको स्जापना पनि २¬० औं शताब्दीको शुरुमा नै निर्माण भएको हो । त्यसरी नै उनीहरू नेपाली कन्या पाठशाला,, गोर्खा हाई स्कूल, गोर्खा एशोसिएसन , गुवाहाटीको नेपाली स्कूल, डिग्बोईको नेपाली स्कूल आदिका नाम उल्लेख गरेर त्यस भेकमा नेपालीहरूको बसोबासो निकै पहिलेदेखि नै भएका हो भन्ने कुृुरा स्थापित गर्न खोज्दछन् ।
गुवाहाटीमा स्थित कामख्या माईको मन्दिर हिन्दुहरूको निकै पुरानो प्रमुख मन्दिर मानिन्छ । भनिन्छ त्यहाँ पुजारी बन्न नेपालबाट पनि पंडित पुृरोहित पुगेका थिए । उनीहरू यतिबेला आसामी भइसकेका छन् । नेपाली भाषा लगभग बिर्सिसकेका छन् । त्यो पनि आसाममा नेपालीहरू निकै पहिलेदेखि बस्न थालेका थिए भन्ने कुराको प्रमाण हो ।
जे होस् , यहाँ भन्न खोजिएको कुृुरा के हो भने पूर्वोत्तर भारतमा भारतीय नेपालीहरूलाई आफू भारतीय नेपाल िभएको प्रमाण पेश गर्न निकै धेरै परिश्रम गर्नु पर्दछ । धेरै तथ्य तथा प्रमाण पेश गर्नु पर्दछ । आफू पक्का भारतीय नेपाली भएर पनि विदेशीको दर्जा पाइने खतरा रहिरहन्छ । हाल आएर पनि आसमा मात्र १ लाख जति भारतीय नेपालीहरूको नाम नागरिकता प्राप्त गर्न सक्ने भारती नेपालीहरूमा पर्दैन । सीआरसीमा उनीहरूको नाम समाविेश गरिएको छैन । भारत सरकार आफ्नै मुलुकका भारतीय नेपालीहरूलाई पनि विभिन्न बहानाबा नागरिकताबाट बंचित पार्ने जाल रचिरहन्छ । प्रपंच गरिरहन्छ ।
हाल आएर हिजो आफूलाई भारतीय नेपालीले आफूलाई नेपालका नेपालीदेखि अलग देखाउन गोर्खाली भन्न थालेका छन् । प्रश्न उठ्दछ के भारतीय नेपालील आफूलाई गोर्खाली भनेर विशिष्ट पहिचान बनाउन सक्लान् ?
२४–४–२०७८
Comments
Post a Comment