उहिलेको कुरा हो दशकौंं अघिको कुरा हो कमरेड क्रान्तिमा होमिएको बेलाको कुरा हो कमरेडले मसित गुनासो गरे मेरो कागजपत्र तपाईका कागजपत्रमा परे मिसिए हराउन सक्छन् मैले कमरेडलाई आश्वत पार्दै भने तपार्इंको कागजपत्र मेरा ढाँडमा परेका छन् हराउँदैनन् ढाँडमा परेका काजगपत्र यता उता पर्न सक्दछन् तलमाथि पर्न सक्दछन् दायाँ बाँया पर्न सक्दछनु मिसिन सक्दछन् छासमिस हुन सक्दछन् च्यापिएका हुन सक्दछनु दबिएका हुन सक्दछन् छेलिएका हुन सक्दछन् ओझेलमा पर्न सक्दछन् खोज्न कठिन पनि हुन सक्दछ समय पनि निकै लाग्न सक्दछ मेहनत पनि निकै धरै गर्नु पर्ने हुन सक्दछ जाँगर पनि निकै धेरै चलाउनु पर्ने हुन सक्दछ तर पनि तपाईंका ढाँडमा परेका कागजपत्रहरू यता उता परेका कागजत्रहरू तलमाथि परेका कागजपत्रहरू दायाँ बायाँ परेका कागजपत्रहरू मिसिएका कागजपत्रहरू छाससिम भएका कागजपत्रहरू च्यापिएका कागजपत्रहरू दविएका कागजपत्रहरू छेलिएका कागजपत्रहरू ओझलमा परेका कागजपत्रहरू अन्येत्र कतै परेका पनि हुँदैनन् हराएका पनि हुँदैनन् लापता परेका पनि हुँदैनन् बेपत्ता भएका पनि हुँदैनन् कमिलाले जस्तै पखेटा हालेर कतै उडेका पनि हँुदैनन्