Skip to main content

गोंजालोप्रति दुृई शब्द


 

मनेल रुवेन अविमेल गुज्यमान रेलोसो संक्षेपमा अविमोल  गुज्यमान अर्थात कमरेड गोञ्जालाको जन्म ३ दिसम्बर १९३४ मा लिमादेखि १००० किलोमिटर दक्षिणमा अरेकिपा क्षेत्रको इसले प्रान्तको बन्दरगाह शहर मोलेन्डोमा भएका थियो । उनी एकजना धनी व्यापारी ऐयासी बाउका छोरा थिए जसका धरै बैद्य अवैद्य श्रीमतीहरू रहेका थिए । गोञ्जालोकी आमाका नाम थियो बेरेनिस रेनोसो । उनकी आमाको मृत्युृ उनी पाँच बर्षको छँदा भएको थियो । आमाको मृत्युृ पछि १९३९ देखि १९४६ सम्म उनी मावलीमा गएर बस्न थालेका थिए । १९४६ पछि भने उनी आफ्ना बाउसित अरेकिपा शहरमा गएर बस्न थाले । त्यहाँ उनले प्राइभेट क्याथोलिक माध्यमिक विद्यालय कलेग्रो डेला सालेमा अध्ययन गर्न थाले । १९ बर्षको उमेरमा उनले अरेकिपाको सान अगस्तीन नेशनल युनिवर्सिटीमा सामाजिक शास्त्रको अध्ययन गर्न शुरु गरेका थिए । विद्यार्थी जीवनदेखि नै उनी माक्र्सवादप्रति आकर्षित भएका थिए । पेरुको कम्युनिष्ट पार्टीका संस्थापक जोसे कार्लोस मेरियातेगुईको प्रसिद्ध पुस्तक पेरुको वास्तविकता सम्बन्धमा  सात आलेखहरूका अध्ययनले उनको राजनैतिक चिन्तनमा प्रभाव पारेको थियो । 

उनलाई १९६२ मा अभाकुचोको ह्युमान्गा विश्वविद्यायलयको क्रिस्टोबलमा दर्शनशास्त्रको प्रोफेसरको पदमा नियृुक्ति गरिएको थियो । पेरुको क्रान्तिमा सरिक भएका कारणले सत्तरीको दशकमा  उनी दुइपल्ट गिरफ्तारमा परेका थिए । 

गोजालोको अगस्ता ला तोरीसित १९६४ मा विवाह भएको थिया । उनी आफ्नी श्रीमती अगस्ता ला तोरीसित प्रथमपल्ट चीनमा १९६५ मा पुगेका थिए ।, । अगस्ता ला तारी पाइनिङ पाथकी एउटा खम्बा नै थिइन् । उनको १९८८ मा मृत्यु भएको थियो । गोंजालो सत्तरीको दशमा विश्वविद्यायलको जागिर परित्याग गरेर क्रान्तिमा होमिएका थिए । भूमिगत भएका थिए ।

साठीको दशकदेखि नै पेरुको कम्युनिष्ट पार्टीमा सैधान्तिक मतभेद शुरु भएको थियो । गोंजालो दह्रो रुपमा  चीनको खेमामा उभिएका थिए । उनी ख्रुश्चोभी संसोधनबादका विरोधी थिए ।  ख्रोश्चोभले अहिलेको बदलिएको राष्ट्रिय अन्तराष्ट्रि परिस्थितिमा संसदबाट पनि शान्तिपूर्ण तरिकाले पनि समाजबादमा पुग्न सकिन्छ भन्ने धारणा राखेका थिए । गोजालोले चीनलाई जस्तै रुसलाई सामाजिक साम्राज्यवादी भन्न थालेका थिए । स्पष्टतः चीनिया क्रान्तिको बाटो पकडेका गोंजालोले पेरुमा साइनिङ पाथको स्थापना गरे । उनले पेरुमा माओका बाटो समाती पेरुमा किसानको नेतृत्वमा क्रान्ति प्रारम्भ गरे । कमरेड गोंजालोलाई माक्र्स लेनिन माओ पछिको  नेताको रुपमा स्वीकार गरिएको थियो । साइनिङ पाथले माओ विचारधारालाई माओवादको रुपमा ग्रहण गरेका थियो र पेरुमा गोंजालाको माक्र्स लेनिन र माओमा दर्शनमा आधारित क्रान्तिकारी बिचारलाई गोजालो बिचारधारा भन्न थालिएको थियो । 

साइनिङ पाथले पेरु बाहिर लगभग सबै ठाउँमा विजय हासिल गरेको स्थिति थियो । लगभग चारैतिरबाट लिमालाई घेरिरहेको स्थिति थियो । वास्तवमा चीनको क्रान्ति पछि पेरुको क्रान्ति विश्वका माओवादीहरूको लागि एउटा उत्साहपूर्ण घटना थियो । यो रणनैतिक संतुृलनका  चरणमा पुगेको अनुमान गरिएको थियो । पेरु कम्युनिष्ट पार्टीं साइनिङ पाथ विजयको नजिक पुग्न अब धेरै टाढा छैन जस्तो लागिरहेको थियो ।  नेपालका मात्र होइन संसारभरका माओवादी पेरुको क्रान्तिबाट उत्साहित भइरहेका थिए । चीन पछि पेरुलाई विश्व क्रान्तिको एउटा भर पर्दो केन्द्र हुन सक्ने आशा गरेका थिए । पेरुको दलाल पूंजीवादी अलबर्टो फुजीमोरी सरकार कम्युनिष्ट क्रान्तिलाई दबाउन हर संभव प्रपंच रचिरहेको अवस्था थियो । गोंजालोको गिरफ्तारीको लागि आफ्ना गुप्तचरहरू छ्याप्छ्याप्ती चारैतिर छोडिरहेको थियो । १२ सेप्टेम्बर १९९२ मा गोंजालो एलाना एपारागिरे सहित ८ जनाको साथमा सेल्टरबाट पकडाउ परेका थिए ।

गोंजालाको मुद्दाको सुनवाइ मुकुण्डो लगाएका सैनिक न्यायाधीसहरूले मई १९९२ मा फुजीमोरीले पास गरेको एन कानून अन्तर्गत गरेका थिए । तीन दिनसम्म चलेको सुनवाइपछि उनलाई आजीवन काराबासको सजाय तोकिएको. थियो । उनलाई लिमादेखि टाढा एउटा नौसेनामा आधारित सान लोरेन्जो द्वीपमा पिंजडामा बन्द गरेर राखिएको थियो । उनलाई शेष बाहिरी संसारबाट अलग गरेर राखिएको थियो ।

सैनिक अदालतको फैसलाको असंवैधानिक भयो भनेर त्यसको बिरोधमा उजुरी परे पछि त्यसलाई २००३ सालमा सिभिल कोर्टले हेरेको थियो । सिभिलि कोर्टको फैसलाले सैनिक अदालतले दोषी ठहर गरेका ४०० जना जति बन्दी छुृटेका थिए । ५ नबेम्बर २००४ मा गोंजालोको  बिरुद्धमा सिभिल कोर्टमा सुनवाई हुँदा अन्तराष्ट्रिय प्रेसलाई ध्वनिरहित कक्षमा राखिएको थियो । साइनिङ पाथका योद्धाहरूले मेडियातिर फर्केर स्यालुट गरे पछि उनीहरूलाई सुनवाईबाट बंचित पारिएको थियो  । गोंजालोले अन्तराष्ट्रिय अदालतमा भनेका शब्द थिए –पेरु कम्युनिष्ट पार्टी जिन्दावाद । माक्र्सवाद लेनिवाद माओवाद जिन्दावाद  । पेरुवाली जनता जिन्दावाद । जनयुद्धका नायकहरू जिन्दावाद । उनले यति भने पछि अदालतको माइक्रो फोन बन्द गरिएको थियो । त्यस पछि प्रेसले सुनवाईका कुनै कुरा सुन्न सकेन । अदालतको काम कारवाही हेर्न पाएन ।पुन सुनवाई १२ नवेम्बर २००४मा शुरु गरिएको थियो ।  यस पल्ट कुनेै मिडियालाई मुद्दा चलिरहेको ठाउँमा जान दिइएको थिएन । दुई जना न्यायाधीसले छुटकारा लिएका थिए । सुनवाई निरर्थक भएर टुंगिएको थियो । गोंजालोको तेस्रो सुनवाई चलेको थियो सेप्टेम्बर २००५ मा ।  मिडियामाथि क्लाक आउट गरिएको अवस्था थियो । कुनै पनि संवाददाताई सूचना प्राप्त गर्न दिइएको थिएन । समाचार संप्रेषण गर्न दिइएको थिएन । १३ अक्टृबर २००६ मा गोंजालो बिरुद्ध आजीवन कारावासको सजाय सुनाइएको थियो । उनी बिरुद्धको फैसला सुनाउन ६ घन्टा लागेको थियो े एलाना एपारागिरे सहित गोंजालोको उपर लगाइएको अर्को मुद्दामा २०१४  मा पनि सुनवाई गरिएको थियो ।  ११ सेप्टेम्बर २०१८ मा गोंजालोलाई दोस्रो पल्ट आजीवन कारावासका सजाय सुनाइएको थियो । गोजालोको मृत्यु ८६ बर्षको उमेरमा २९ बर्ष लामो जेल जीवन बिताइसकेको अवस्थामा हुन गएको हो । 

माओ पछि चीन बाहिर सशस्त्र क्रान्तिलाई एउटा उचाइमा पुराउने प्रमुख नेताको नाम लिनु पर्दा हामीले गोंजालोको नाम लिनै पर्ने हुन्छ । गोंजालो विश्वका कान्तिकारी कम्युनिष्टको निम्ति एउटा आर्दश र पथ प्रर्दशक बनेका छन् । कैयौ क्रान्तिकारी कम्युनिष्ट नेता प्रतिक्रियावादी सत्तामा अगाडि झुकेको र घुँडा टेकेको अवस्था छ । तर  कमरेड गोंजालो बिचार सिद्धान्त राजनीति वा आस्थाप्रति सतिसाल जस्तै खडा भए । हिमालय पहाड जस्तै अडिग रहे । उनी कहिले आफ्नो बिचार तथा अडानबाट पछि हटेनन् । प्रतिक्रियावादी सत्तासित कुनै पनि प्रकारको सम्झौता गरेनन् । जेल वाहिर होस् वा जेल भित्र आफ्ना. संघर्षलाई निरन्तर जारी राखे । उनले उठाएको कम्युनिष्ट पार्टीको लाल झण्डालाई झुक्न दिएनन् ।  उनी विश्व कम्युनिष्टको लागि एउटा उदाहरण बने । मिसाल बने । प्रतिक्रियावादी सत्ताले उनलाई झुकाउन र चुकाउन खेलेका जुनसुकै कदम पनि असफल भए । नाकाम भए ।

निश्चित रुपमा कमरेड गोंजालोको गिरफ्तारी पछि पेरुको जनयुद्ध कमजोर हुन पुग्यो ।  त्यसले अपेक्षित सफलता पाउन सकेन । त्यसले ठूलो धक्का खानु पर्यो । ठूलो क्षति बेहोर्न पर्यो । फेरि पनि त्यसले विश्व कम्युनिष्ट आन्दोलनको लागि जुन प्रेरणा प्रदान गर्यो र जुन उर्जां थप्यो त्यसले कुनन कुनै रुपमा विश्वमा सकारात्मक भूमिका खेलिरहेको छ । प्रभाव पारिरहेको थियो । नेपालको दश बर्षे जनयुद्धल गोंजालोको नेतृत्वको साइनिङ पाथबाट आवश्यक प्रेरणा लिएको थियो ।  संसारका अरु कम्युनिष्ट आन्दोलनमा कमरेड गोंजालोको प्रभावले ठूलो प्रेरणा र उर्जा प्राप्त गरेको यथार्थ सबैको सामु छ ।

हामीलाई थाहा छ विश्वभरिका कम्युनिष्ट क्रान्तिकारीहरू खास गरी माओवादीहरू कमरेड गोंजालोको पक्षमा खडा भएका थिए । उनको रिहाएको लागि आकाश र धरती हल्लाइरहेका थिए । विश्वभरि उनको रिहाइको लागि आवाज बुलन्द गरेका थिए । तर पुरुको बहिरो सरकारले उनीहरूका आवाज एउटा कानले सुनेर अर्को कानले उडाइदियो ।  कम्युनिष्टहरूको संघर्ष आन्दोलन वा क्रान्तिलाई आतंकबाद नामाकरण गरेर त्यसमाथि हिटलरी दमन चलाउने आजका विश्वभरिका प्रतिक्रियावादी शासकहरूको एउटा राज धर्म नै भएको छ । यतिबेला विश्वभरिका प्रतिक्रियावादी वा साम्राज्यवादी शक्तिहरू तुलनात्मक रुपमा शक्तिशाली बनेको अवस्थामा उनीहरूको नै भनाइ सदर हुन्छ  । बलियाको पीठो बिक्दछ ।  बलिया कै  बोलीले प्रभुत्व कायम गर्दछ । 

यस प्रसंगमा टल्सट्वाएका लघु कथा निकै सान्दिर्भिक हुन्छ । एकपल्ट सिंंहले लखेटिरहेको व्यासोलाई स्याल बसेको झाडीतिर भाग्दै आइरहेको देखेर स्यालले भनेछ – तँ किन मेरो बासस्थानतिर आइरहेको छस् हंँ । भाग्दै गरेको ब्याँसोले भाग्दा भाग्दै भनेछ – मसित समय भएको थिएँ तलाइ राम्ररी बताइदिने थिएँ यो कसको बासस्थान हो । तर यतिबेला तेरो भनाइ नै ठीक हो ।

जे होस्, माओ पछिका विश्वका अर्का चर्चित र स्थापित माओवादी नेता कमरेड गोंजालो शारिरीक रुपमा हाम्रो सामु नभए पनि युग युगसम्म बैचारिक रुपमा बाँचिरहन छन् । उनले हरेक कम्युनिष्ट क्रान्तिकारीलाई आफ्नो बिचार र अडानमा अडिग रहने र प्रतिक्रियावादीबर्गको धाक धम्की यातना तथा जेल नेलको अघि आत्मसमर्पण नगर्ने शिक्षा तथा प्रेरणा गर्दछ । जहाँ क्रान्ति चल्दै छ त्यहाँ माओ हृुने छन् । जहाँ क्रान्ति चल्दै छ त्यहाँ गोंजालो हुने छन् । यिनै शब्दमा उनीप्रिित श्रद्धांजली ।

१७–७–२०७८

३–११–२०२१



Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...