Skip to main content

ढाँडमा कैद कागजपत्रहरू

 


उहिलेको कुरा हो 

दशकौंं अघिको कुरा हो 

कमरेड क्रान्तिमा होमिएको बेलाको कुरा हो 

कमरेडले मसित गुनासो गरे 

मेरो कागजपत्र तपाईका कागजपत्रमा परे 

मिसिए 

हराउन सक्छन् 

मैले कमरेडलाई आश्वत पार्दै भने 

तपार्इंको कागजपत्र 

मेरा ढाँडमा परेका छन् 

हराउँदैनन् 

ढाँडमा परेका काजगपत्र यता उता पर्न सक्दछन् 

तलमाथि पर्न सक्दछन्

दायाँ बाँया पर्न सक्दछनु

मिसिन सक्दछन्

छासमिस हुन सक्दछन् 

च्यापिएका हुन सक्दछनु

दबिएका हुन सक्दछन्

छेलिएका हुन सक्दछन्

ओझेलमा पर्न सक्दछन्

खोज्न कठिन पनि हुन सक्दछ 

समय पनि निकै लाग्न सक्दछ 

मेहनत पनि निकै धरै गर्नु पर्ने हुन सक्दछ  

जाँगर पनि निकै धेरै चलाउनु पर्ने हुन सक्दछ 

तर पनि तपाईंका ढाँडमा परेका कागजपत्रहरू

यता उता  परेका कागजत्रहरू 

तलमाथि परेका कागजपत्रहरू

दायाँ बायाँ परेका कागजपत्रहरू

मिसिएका कागजपत्रहरू

छाससिम भएका कागजपत्रहरू

च्यापिएका कागजपत्रहरू

दविएका कागजपत्रहरू

छेलिएका कागजपत्रहरू

ओझलमा परेका कागजपत्रहरू

अन्येत्र कतै परेका पनि  हुँदैनन्

हराएका पनि हुँदैनन्

लापता परेका पनि हुँदैनन्

बेपत्ता भएका पनि हुँदैनन् 

कमिलाले जस्तै पखेटा हालेर कतै उडेका पनि हँुदैनन्

कतै फरार भएका पनि हुँदैनन्

ढुक्क हुनुहोस् 

निश्चिन्त रहनुहोस्

ढाँडमा नै हुन्छन् 

शत प्रतिशत ढाँडमा कैद 

अहिले म सोंच्दछु

यतिका बर्ष पछि पनि

मैले जसरी तसरी ढाँडमा पुरिएका 

कमरेडका कागजपत्रहरू

 कमरेडको कुनै गुनासो नहुँदा नहुँदै पनि 

उत्खनन् गरेर थमाइदिएँ निजका हातमा भने पनि

जिम्मा लगाइदिएँ निजको भने पनि 

उनका कुनै कामका बस्तु होलान् त ती

 किलोमा तौलेर कवाडीलाई  बेच्नु् बाहेक ?


१–८–२०७८

१७–११–२०२१



 

Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...