कम्युनिष्ट सिद्धान्त बिचार पाटीं नेता वा कार्यकताप्रतिकोे आस्था वा प्रतिबद्धतामा शुरु शुरुमा नजदीकीपन ,जातियता क्षेत्रीयता नाता गोता संगी साथी भाइ भतिजा आदिका कारणले पनि काम गर्दो रहेछ । प्रभाव पार्दो रहेछ । मेरो जीवराज आश्रितसितको सम्बन्ध यसरी हेर्दा उनीप्रति म आकर्षित हुने पहिलो कारण क्षेत्रियता नै थियो । ईलाकाबादी बिचार थियो । सोंच थियो । चिन्तन थियो । यद्पि यो कुरा बेग्लै हो कि म जीवराज आअितको नजदीकीको नाताले प्रभावित भई पुष्पलालको नेतृत्वको नेकपामा संगठित भएको होेइन । बरु पुष्पलालको नेतृत्वमा संगठित नेकपामा क्रियाशील रहँदा जीवराज आश्रितसित सम्बन्ध स्थापित हुन गएको हो । नजीदीकी बढ्न गएको हो । आत्मीयता बढ्न गएको हो । जब म पुष्प लालको नेतृत्वमा संगठित भएर बनारस जान आउन थालें मेरो त्यहाँ जीवराज आश्रितसित भेट भएको थियो । परिचय भएको थियो । चिनाजानी भएको थियो । यद्पि सर्वप्रथम कुन ठाउँमा कहिले कसरी भेटघाट र परिचयको आदान प्रदान भयो त्यसको तीथि मिति लगायतका तथ्य तथ्यांक म स्मरण गर्न सक्दिनं । स्मरण गर्न संभव छ जस्तो पनि मलाई लाग्दैन । तर पनि शिलाङबाट छात्र फेडरेसन ,साहित्यिक सांस्कृतिक