Skip to main content

स्वदेश बन्दना

 

               

आफ्नो स्वदेश जस्तो प्रिय कहिले  हुन्थ्यो कुनै बिदेश 

यसैले  मन हुन्छ  घर  फर्किने फाल्न नै सास शेष

आज  आज   भोलि भोलि  भन्दा भन्दै  दिन  घर्किन सक्छ

घर  फर्किने  देखे पनि सपना  उ नफर्किन सक्छ                          

उखेल्न जरा  नै गढेमा गहिरा सजिलो  के हुँदो हो

फर्किन नै नसक्दा जन्मभूमिमा मन कति रुँदो हो 

चर्न भनी गएका थिए प्रदेश बने चरनबासी

फर्किन त त्यति सजिलो के हुन्थ्यो  सिर्जना सारा मासी                            

फर्किने नै कुनै  दिन भए पनि राखे  पनि त आश

गएको छ प्रदेशमा नै धेरैको   अंतिम पापी सास

प्रदेशीका आफन्तका  मनमा त  सधै रहने त्रास

बाकसमा बन्द भै  आउने हो कि सास बिनाको लाश                            

कति छन् बिदेश लाागेर सानैमा फर्केर  नआएका

चिठी पत्र खबर केही पनि त कहिले नपठाएका

कती हो कति साल नै भैसकेको बिदेशमा गएको

 मर्दाे जिउँदोको थाहा पत्तो केही कहिले नभएको                           

कतिलाई सताउँदो हो यादले के दिन र के रात

पश्चताप  पनि हुँदो हो सोंचेर  आएछु लागी मात

न साथमा आफ्ना कुनै  संगी  साथी  न कसैको  ममता

टिक्न त के सकिंदो हो प्रदेशमा   बिना धैर्य  क्षमता                          

फर्की आउने पनि छन् कोही कोही बोकेर सास मात्र

भए पनि जति  नै देश बिदेश  एउटा हास्य पात्र

कति हो  कति छन् प्रदेशीहरूका  अलिखित यी कुरा

जति लेखे पनि दिन रात  खटी हुन्थे के कैले पूरा                               

बिदेशलाई स्वदेश मान्नेको त होइन यो कुनै कथा

खोजिएको हो लिपिबद्ध गर्न त प्रदेशीको नै ब्यथा 

खुट्टा लागे बिदेशतिर नै ताक्ने हाम्रो बन्यो चलन

एक दिन होला अप संस्कृतिको  अवश्य उन्मूलन                            

बन्नु पर्ने छैन त्यतिकेला बल्ल बिदेशीको नै दास

बन्न सक्ने छ त्यतिबेला जरूर जीवन नै उल्लास

यो   हो करोडौं करोड नेपालीको एउटा ठूलो इच्छा

यस कुराको नै  त  छ आज यहाँ अति व्यग्र प्रतीक्षा  

गए पनि चर्न बिदेशमा कोही पर्छ साँझ फर्किन

हुन्न दिन त घर फर्किने हाम्रो बेला कसै  घर्किन

आफू बन्न  गए पनि बिदेशमा देश बन्नु पर्दछ

देश बन्छ कसरी ध्यान सबको पक्कै हुनु पर्दछ

बनाए बन्छ देस हाम्रो अवश्य  होइन आफै बन्ने

बनेन देश भने हाम्रो  बिश्वले हामीलाई के गन्ने 

रमाउककछन् बिदशी  हाम्रै देशमा हामी किन बिदेश

 सबै रमाए त बिदेशमा यहाँ  होला के अवशेष 

मान्छेले नै बनाएर हो बिदेश आज त्यस्तो बनेको

जुटे बलिया पाखुरा हाम्रा पनि देश बन्छ भनेको

प्रकृतिले दिएको छ सबकुछ  लिन सक्नु पर्दछ

बदलामा  केही न केही हामीले दिन सक्नु पर्दछ

सुनको  थापेर थाली हामीले भिक्षा खालि के माग्ने

हो मिली हिमाल पहाड तराई  प्रगति पथमा लाग्ने

बन्छ देश कसरी भन्ने कुरा त सारा जान्नु  पर्दछ

देश बनाउने  सुत्र सही हामीले  पक्कै  मान्नु पर्दछ

नयाँ नेपालका निर्माणमा  अब  सब जुट्नु पर्दछ

छौं कोही अझं घोर निन्दामा भने  शीघ्र उठ्नु पर्दछ

बन्दछन् कोही बाटाका काँडा भने मिल्काउनु पर्दछ

तगारा अग्र गतिका जे जहाँ छन् भत्काउनु पर्दछ

आफू हिंड्ने बाटो त  आफेले खुदै बनाउनु पर्दछ

मार्गचित्र गन्तब्यको यात्रीलाई जनाउनु पर्दछ

छन् जहाकक जति जन बिरोधी कुरा खोजी फाल्नु पर्दछ

निर्माण गर्न नवीन संरचना  सबै ढाल्नु पर्दछ

हुँदैन यहाँ त कुनै कुरा पनि भन  कसले भन्छ

बनाए नबन्ने आखिर के पो छ  देश बनाए बन्छ

बनेको त होइन एकै दिनमा आखिर रोम पनि

समय त अवश्य लाग्छ  बनाउन आखिर मोम पनि

भागेर आखिर देश कहाँ बन्छ लागेर देश बन्छ

मागेर आखिर देश कहाँ बन्छ जागेर देश बन्छ

चाहिन्छ संकल्प त  दृढ मनमा सपना पूरा गर्न

सपना पूरा गर्नै भन्दै शहीद तयार भए मर्न

वर पनि कहाँ पाइन्छ नगरी निकै ठूलो तपस्या

डटिरहेमा  आखिर  हुन्न हल कुन चाहीं समस्या

बिदेशमा बग्ने रगत पसिना  स्वदेशमा बगाए

कहाँ पुग्दथ्यो  होला देश यो हाम्रो श्रम यतै लगाए

सबै हामी  लागे उठेर बिदेश  देश कुर्ने को होला

सुनसान श्मशान घाटै समान बन्ला त्यो खोला टोला 

मान्छेको रस्ती बस्ती हुनाले त हो देश यो रमाइलो

होला  हालत कस्तो नपर्दा कुनै मान्छेको नै पाइलो

देश भनेको के हो भन्ने कुरा त बिदेशमा खुल्दछ

 जन्मेको हुर्केको खेलेको कुँदेको ठाउँ  त को भुल्दछ

देशको  शान राख्न सके पो बल्ल आफ्नो शान रहन्छ

देशको कथाले नै त बल्ल बुझ आफ्नो कथा कहन्छ 

देशको पहिचान नै त बन्दछ  पहिचान ब्यक्तिको

 देशको पहिचान नै त बन्दछ पहिचान शक्तिको

 बास माग्दै रुँदै कराउँदै हिड्दै बन्दछौ हामी प्रार्थी

 आतुर नै हुन्छौ कति बिदेशमा बन्न त शरणार्थी 

चोर बाटो खोजी  समाती ज्यानै त जोखिममा नै हाली

जंगल समुन्द्र नभन्दे हाम्फाल्ने  कति वीर  गोर्खाली

कति  काटिएका कति  मारिएका हानी गोली बर्बर

 आउँछन् दिन दिनै मुटु हल्लिने कति दुखद् खबर

इराकको कथा संझिदा पनि त अमिलो हुन्छ मन

जिउ ज्यान भन्दा त कहिले पनि  हुँदैन ठूलो धन

हामी चर्ने दूर कतै कहाँ कहाँ  बिदेशी चर्ने यहाँ

यो देश नै बन्ने हो कि त बिदेश छरिंदा जहाँतहाँ

भएरै पो हो कि  यो देश कै नीति  लखेट्ने सिंगो देश 

बाँकी  नराखी आखिर कुनै पनि देशको अवशेष

बाझो छ  खेत बारी गाउँ घरमा उम्रेको सिरु कतै

भेटिन्छ धाँजा धाँजा पनि परेको जमीन कतै कतै

कतै नभएरै पुरुष त गाउँमा महिला  नै मलामी

जीवन बित्ने पुरुषको  त उतै  गर्दै कतै गुलामी 

 आउँदैन कोही लेखाएर आफ्नो  भाग्य त निधारमा

लेखिन्छ  भाग्य त आफ्नै हातले कर्म कै आधारमा

जल जंंगल जमीन जडीबुटी मुलुक कै ढिकुटी

लगेका छन् दुश्मनले दिन रात बेहिसाब नै लुटी

बन्ने होइन  भने हामी आफै नै  चौकीदार देशका

खोक्रो पार्ने छन् देश लुटेरा अझै पसी छद्म भेषका

चौकीदार बन्नु भन्दा बिदेशमा  देशमा बन्नु जाती 

गोली चले देश माथि दुश्मनका थाप्न सकिन्छ छाती 

 पाए पनि  केही सुख बिदेशमा दुख धेरै  नै हुन्छ

संझिदा पनि दिन कहाली लाग्दा मन धेरै नै रुन्छ

पार्कमा पल्टी कटाउँदा  ती रात  हुने घरको याद

भए जस्तै लाग्ने आफ्नो त जीवन   सम्पूर्ण बरबाद

प्रदेशमा  आफू त हुने हैरानै नपाई कतै डेरा

आफ्नै घरमा डेरा गर्ने त हुने माकुरा र चमेरा

तयार छौं हामी खाडी मुलुकमा चराउन त भेडा

तयार छैनौं किन आफ्नै देशमा उमार्न अन्न गेडा

 बिदेशमा त  तयार  हुन्छौं हामी गर्न   हरेक काम

त्यही काम गर्नलाई यहाँ ठान्छौं हुन्छौं नै बदनाम

काम त हुँदैन कुनै सानो ठूलो सोंच नै होे त्यो त्यस्तो

बिदेशमा गर्ने काम गरे यतै देश हुँदो हो कस्तो

देशको  तागत बिदेश दगुरे देश बनाउने को

देशको सम्पति बिदेशमा पुगे देश सजाउने को

 केही गर्न बिदेशिएका सपना होलान् जेल परेका

कति लाली गुँरास उतै गल्लीमा होलान् बरा झरेका

फुले होलान् कति कतै लालुपाते बिदेशी पखेरामा

रहे  पनि बीरहरूको  यो देश  दुश्मन कै घेरामा

देश बनाउन जानु बिदेश त असलेै  होला कुरा

मनोकामना  आखिरमा कसैको होला नहोला पूरा

असल मान्छे बसे पो त देशमा  देश  असल बन्ला

 दुनियाँले बल्ल पो यो देशलाई असल देश भन्ला

देशलाई हामीले माया गरे पो देशले माया गर्ला

भन्दछन् दोहोरो हुन्छ माया  मान्छे  दोहोरो गर्नु पर्ला

पहिचान गुमाई बाँच्न त कोही जहाँ पनि  सक्दछ

पहिचान बनाई बाँच्न त कोही कहाँ कति  सक्दछ

पहिचान भनेको आखिर बुझे ठूलै चीज रहेछ

संसारका ठूला ठूला युद्धको नै यही बीज रहेछ

पहिचानको युद्धमा उस्तै परे पहिचान गुम्दछ

पहिचानको युद्धमा उस्तै परे यो आकाश चुम्दछ

आखिर सास फेर्नु मात्र  होइन जीवनको त अर्थ

देशका लागि  नसके  गर्न केही जीवन हुन्छ व्यर्थ

 देशमा बसे पनि हुन्छन् कोही त देशका नै दुश्मन

बिदेशमा बसे पनि कसैको त स्वदेशमा नै ध्यान

यो देशमा कुनै भविष्य नदेख्ने हुन्छन् कुनै  कुनै त

बिदेशमा भने  देख्छन् जताततै उनी सुनै सुनै त

 चम्किन पनि  सक्छ कसैको दिन देश छोडी गएमा

 सुख चैन पनि मिल्न सक्छ धेरै धन पैसा भएमा

बाँच्नुको सार त्यति मात्र हो भने भन्नु त केही छैन

 संघर्ष गरेमा स्वदेशमा पनि मिल्छ सुख र चैन

 देश प्रेम त रहिरहन सक्छ बसे पनि बिदेश

संझना देशको  रहेसम्म थोरै मनमा अवशेष

सवाल संझनाको मात्र होइन  हो देश निर्माणको

अरु कसैको भन्दा पनि हो यो   स्वयंकै कल्याणको 

बिदेशका फुलबारीमा  गुराँस  फुल्न पनि सक्दछ

विदेशको फुलबारीमा गुराँस भुल्न पनि सक्दछ

 


पहिचान के कस्तो हुन्छ नेपाली फिजीबासी भन्दछ

पहिचान नभए पछि मान्छेलाई कसले पो गन्दछ

हराउँदै जाँदा पहिचान  आफ्नो गोर्खाली जागेको छ

पहिचान खोज्नलाई  आफ्नो   मरेर लागेको छ

पहिचान त गुम्नै थालेको थियो यहुदीको विश्वमा

नबनेको भए  एक देश आफ्नो निकट भविश्वमा

बने पनि त विश्वमा जूको घर बेघर बने कति 

घर बेघरबीचको यो युद्धमा  भयो अति  नै क्षति 

हाम्रै नजर अगाडि गुमेको छ कतिको सिंगो देश

निलेको छ अजिंगरले जिउँदै  नराखी अवशेष

निल्न भनी अरु  देश पनि कति मुख नै बाएको छ

आतंकित पार्दै मुलुक छिमेकी ब्यापक छाएको छ

युवा शक्ति नै बिदेशतिर लागे  देश जोगाउने को

देशमाथि धावा बोले दुश्मनले होला भगाउने को

अति खुशी लाग्दो होला बिदेशमा  पाइला आफ्ना टेक्दा

अति हर्ष  लाग्दो होला बिदेशमा चमत्कार नै देख्दा

पि आर ग्रिन कार्ड के के मिलेमा  झन् हर्ष पो लाग्दो हो

भुलेर सब दुख कष्ट भोगेका उत्साह नै जाग्दो हो

बेला बखत गोरस गुन्दÞुकको आउककदो त हो याद

समय फरिदै फेरिदै जाककदा त  फेरिदो हो त्यो स्वाद   

टुरिस्ट बनी आफ्नै देश आउककदा भिसा नै चाहिंदो हो

नबढाई भिसा एक दिन बढी बस्न के पाइदो हो

धूलोले बाबु एअरपोर्टबाटै फर्किन नै  खोज्दो  हो

 धूलो र धुवाँले ढाकेको देश  यो  खोई के  ऊकु रोज्दो हो 

हावा पानी ढुंगा  माटा जे पनि  त उतै सुन्दर लाग्दो  हो

जबरजस्ती बसे पनि  त यता मन उतै भाग्दो हो 

पÞकृतिले  सिंगार पटार गरी पारेको कति धनी

यो देश जे जति सानो भए पनि मन त बिशाल छ

अतिथि देवको सत्कारमा त  यो बिश्वमा मिशाल छ                                 

 फर्किनै भनी  बिदेशिएको मान्छे  नफर्किन सक्दछ

फर्किन्न भनी बिदेशिएको मान्छे  फर्किन नि सक्दछ      

ऋण चुकाउन जाककदा मान्छे ऋण   लाउन नि सक्दछ

 सुख पाउन गएको मान्छे दुख पाउन नि सक्दछ

चिताएको कुरा  हुन पनि पूरा नसक्छ बिदशमा

नचिताएको कुरा  पनि पाउन सक्दछ बिदेशमा

बनेका पनि त छन् कति पÞदेशी देश नबने पनि

खाली हात पनि फर्केका छन् कति फर्किन्न भने पनि

उता शिर झुकाई हिड्नु पर्दछ ठूलै भएर पनि

यता शिर ठाडो पारी हिंड्न सक्छ सानै भएर पनि

बिचार त सबको आ आफ्नै हुन्छ थोपर्न त सकिन्न

नसुनेमा कसैले देशका कुरा   कोपर्न त सकिन्न

स्वतन्त्र छ मान्छे जहाकक बस्न पनि कर गर्न मिल्दैन

अठोट गरेको छ भने चट्टानी हिलाएर हिल्दैन

बताउन  सकिन्छ लागेका कुरा हृदय नै खोलेर

कदम उठाउने त  आफैले  हो जोखिम नै मोलैर                            

नदेखेर त होला भविश्य कुनै   देशमा रत्तिभरि

ताककती लागी बाहिरिन्छ जनशक्ति देशको घरि घरि

काम दाम माम नपाएर पनि बिदेशिन्छन् कति त

बेहोर्नु पर्छ मुलुकले आखिर  त्यसको क्षति त

लगाउन सके सारा जनशक्ति देश कहाकक पुग्दो हो

लगाउन त सकिन्थ्यो  जनशक्ति नेतृत्व नै हुककदो हो

देश बनाउने भन्दा पनि यहाकक देश नै लुट्ने भए

लुटेराको बिरोध गरे खोजेर बिरोधी भुट्ने भए

जनशक्ति  बाहिरिए त लुटेरा खुब सल्बलाउककछ

देशको अस्तित्व नै धमिरा लागी पुरा खल्बलाउककछ

जाग्ने शक्ति देशको नजागे पछि कसको पो के लाग्छ

 ल्याउन  उथल पुथल देशले नयाँ शक्ति नै माग्छ

उदाउन थाले नयाँ शक्ति यहाँ पुरानो  शक्ति भाग्छ

आउँछ  जरूर नयाँ युग यहाँ जब देश नै जाग्छ

हुँदैन हेरफेर आजको भोलि   समय केही चाहिन्छ

आउँदैन परिवर्तन आफै त  सघर्षले  पाइन्छ

  हुँदैन  यहाँ केही पनि आखिर जनता नै नजागे

उथल पुथलको  ल्याउन आंधी जनता नै नलागे

सुतेको जनता त आफै जाग्दैन जगाउनु  पर्दछ

दीप बाली चेतनाको अन्धकार भगाउनु पर्दछ

सुतेको जनता  जाग्दैन सजिलै जागे चूप रहन्न 

थिचो मिचो त  भित्री होस् वा बाहिरी जनता त सहन्न

जनशक्तिको अगाडि  टिक्न सक्ने हुँदैन कुनै  शक्ति

जनशक्तिको सामु निस्तेज हुन्छ जुनसुकैको भक्ति

 समस्या जहाकक छ समाधान पनि खोज्नु पर्ने त्यहाकक हो

समस्यासित नभिडी भागी हिंडे  हल हुने  कहाकक हो

सककसारमा  यस्तो समस्या नै छैन जसको हल हुन्न

सक्नु मात्र पर्छ सही समयमा सही नै हल चुन्न

समस्यादेखि थाल्ने हो भने भाग्न  यसैले लखेट्दछ

कत्ति कतै उम्किन नै नदिएर बेसरी गजेट्दछ

 समस्याले पनि त झक्झकाएर  खबरदारी गर्छ

समस्याले सताएरै संसारमा मान्छे अगाडि सर्छ

गोरखा भर्तीले बिदेश पठायो बिदेशिने बनायो

बिश्व सामु बीर गोर्खालाई भाडाका सिपाही भनायो

 कतै चौकीदार कतै बहादुर  दाज्यु कान्छी गरायो

हुककदा हुककदा  कसैको त परिचय पहिचान हरायो

लाहुरे गुरखा जो जहाँ जे बनी संसारभरि छायो

थाहा छैन को कहाँ कहँ   बिलायो कि  घर फर्की आयो

सुने पनि कथा त दास कमैया कमलरी मुक्तिका

सुन्न त अझै बाकककी छ बैदेशिक  रोजगारी मुक्तिका

कतिलाई त दियो  होला दाताले दर्जा मानका पनि

टाककसी दियो होला तक्मा छातीमा नै  ठूला शानका पनि

गोर्खा भर्तीले  बने पनि बलिया ठूला बडा बिदेश

कमजोर बनेको छ दिन दिनै बीरको यो स्वदेश

बीरताको हो कि कुनै प्रदर्शन कि त हो प्रहसन

खिच्न सक्ला त यसले यसरी नै के ध्यान आकर्षण

देखाउने हो कि बीरले बीरता अब आफ्नै  देशमा

सजाउनु पर्नै हो कि देशलाई अब आफ्नै भेषमा

सुख पर्दा बिर्से पनि घर गाउकक दुखमा याद हुन्छ

पीडामा  प्रदेशमा  पत्थर पनि प्रत्येक पल रुन्छ

हुँदैन कोही बिरानो मुलुकमा आशु त्यो पुछिदिने

हुककदैन साथमा कोही वरि परि पीडा त्यो बुझिदिने

बल्ल बल्ल प्रदेशमा पाए पनि कुनै न कुनै काम

श्रमको खुला बजारमा के मिल्थ्यो त्यति उचित दाम

जति दुख कष्ट भए पनि  त्यहाकक उतै लाग्ने रहर

दिन दिनै चल्ने बिदेश लाग्नेको निकै लामो लहर

उठ्न सक्छ कसैका मन  मनमा जाककदै छ देश कता

हुने त होइन  भविश्य देशको कतै यता न उता

बिदेश पलायनको अभियान कहिले हराएन

बिदेशको  जोखिम  खतरादेखि कहिले डराएन

ठूला  काम त नपाए पनि यहाँ  पाइन्छ  साना काम

काम गरेर त कुनै पनि कोही  हुँदैन  बदनाम

काम नपाएमा  यहाँ कुनै पनि खने हुन्छ खोरिया

आफ्नै देशमा ढुक्क बरु बसेर बने हुन्छ भरिया 

चलाउने जीवन रथ मान्छेका  अनेक छन् जरिया

पौरखीले रुखको टुप्पामा पनि पाल्न सक्दछ जिया                        

 बैदेशिक रोजगार कहाँ हुन्छ  त्यतिको सुरक्षितÞ

पाइलै पछि नै के हुने हो भन्दै बनिने आतंकित

फुकी फुकी पाइला चाल्दा पनि त उत्तिकै डर हुने

कुनै कुकर्मी  शिकारीका पासोमा पर्न के भर हुने

 फुत्के पनि त एउटा पंजाबाट अर्को प)जामा पर्ने 

गाह्रै हुने पाउन कुनै उपाय  दाँया वा बाँया सर्ने

कति चेली पुराइन्छन् झुक्काएर विदेशका कोठीमा

हुँदैन जीवन कदापि  त्यहाँ त  अब आफ्नो मुठीमा

कति चेली त कैद छन्  साउदीमा  शेखका नै द्वारमा 

कति चेली  पुराइका  अफ्रिकाका नामी डान्स बारमा

कति युवक कैद छन् बिदेशमा बिना कुनै सुनवाई

बिताएका छन् कैदी जीवन त्थहाकक  अनेक कष्ट पाई

त्यहाकक  पाए पनि कतिले त सुख कतिको बेहाल छ

चोक्टा खान जाँदा झोलमा डुबेको जस्तै जस्तै चाल छ

बितेका घटनाबाट शिक्षा लिने नबसेरै हो बानी

जोखिम नै उठाउने घरो घरी  स्वयककले जानी जानी

पिता पुर्खाका पालादेखि चलेको दुषित परम्परा

कति टिकिरहने हो अझै पनि गाढी गहिरो जरा

बन्नु पर्ने हो भावी सन्ततिलाई  कहिलेसम्म दास

हुने पो  हो कि तबसम्म देश कै ठूलो नै सत्यानाश 

                 

यो  देशलाई माया गर्ने मान्छे नै देशको मान्छे हुन्छ

 घृणा उपेक्षा गर्ने मान्छे त कहाँ देशको मान्छे हुन्छ

देशलाई माया गर्ने देशमा नै बसेको हुन सक्छ

देशलाई माया गर्ने बिदेशमा पसेको हुन सक्छ

बस्न त देशघाती पनि देशमा बसेको हुन सक्छत

देशमा बसी बसी देशलाई नै डसेको हुन सक्छ

देश बनाउने देशमा नै बसे देश त बन्न सक्छ

देश बनाउने बिदेशमा लागे बन्छ को भन्न सक्छ

बिदेशिनु त बाध्यताभन्दा पनि फेशन नै जस्तो छ

देशको लागि बिदेश पलायन टेन्सन नै जस्तो छ

 ज्ञान आर्जन गर्नै  बिदेश लाग्नु ठीकै नै मानिएला

उच्च शिक्षा देशलाई बिदेशको राम्रै नै ठानिएला 

राम्रो हुन्छ जुनसुकै काम गरे  देश नै केन्द्र मानी

देशको उन्नतिलाई,आखिर आफ्नै उन्नति ठानी

देशको सेवा गर्नाले नै हो देश अघि अघि नै बढ्ने

एक पछि अर्को फड्को मार्दै जाँदै माथि शिखर चढ्ने                

बीर पुर्खाका बीर सन्तान पनि किन भए कायर

गुनासाहरू  गुम्सिएका मनमा कहाँ गर्ने दायर

अमूल्य मानव हुँदा पनि किन कौडी समान भए

बिश्वका ठूला खुला बजारमा   सस्ता सामान भए

मान सम्मान स्वत्व  सब कुछ नै गुमेका दास भए

पहिचान आफ्नो हराइसकेका जिउँदा लाश भए

आफू को हो आफूले नै आफूलाई खोज्ने समय आयो

आफ्नो मुक्तिको सही  बाटो कुन हो रोज्ने हमय आयो

सास फेर्नु मात्र  अवश्य होइन  जीवनको त अर्थ

मान्छेको कीर्ति बिनाको जीवन त हुन्छ निश्चय नै व्यर्थ

डाँडा काँडा पाखा पखेरा भन्ज्याग लेक बेसी चौतारी

पहरा छहरा   खोल्रा नाला नदी पोखरी खरबारी

सुन्दर नेपाल अति नै सुन्दर  बन्न सक्छ बनाए

देश निर्माणमा भएको देशको   सारा शक्ति खनाए

उद्योग धन्दा  र  कल कारखाना  देशभरि खुलाए

 बाँझो पल्टेका खोस्रेर खेतबारी   बाली  नाली झुलाए                      

देश बनाउन भनेरै  त यहाँ कति संघर्ष चले

देश  बनाउन भनेरै त यहाँ  कति शरीर ढले

कति हो कति त जेल नेल भए निर्वासित कति त

कति  त सर्वस्व हरणमा परे  प्रताडित कति त

कति  शहीद भए  लड्दै  मोर्चामा गर्न परिवर्तन

निर्माण गर्न भनेर  यो देशमा व्यवस्था नै नवीन 

ठूला ठूला आन्दोलन पनि भए  विश्व हल्लिने युद्ध 

यथास्थितिमा अग्रगमन भयो देशको अवरूद्ध

बिदेशिने बाढीलाई त देशले  कत्ति रोक्न सकेन

जनशक्तिको  ठूलो भार देशको  कत्ति बोक्न सकेन

रोकिन त बिदेशिनेहरू आफÞै सक्नु पर्ने रोकिन

गर्न सकिन्छ केही यहाँ  नै भन्नै नभएर यकिन

देश बनाउने जिम्मा त  अरु कै हुन सक्छ ठानेको

हुन  यो पनि सक्छ मनले यहाँ बस्न नै  नमानेको

हुन   यो पनि  सक्छ लहै लहैमा मान्छे  आफै लागेको

हुन यो पनि त सक्छ देशभक्ति मान्छेमा न जागेको

यथार्थमा  कुनै परिवर्तनले  फेरेन फेर्ने कुरा

शहीदले देखेका  सारा सपना   हुने   कहिले पुरा     

देशमा बसेर देशै उडाउने मान्छे पनि देखिए

बिदेशमा बसी भलो चिताउने मान्छे पनि देखिए

देशमा बसी  देशको माटो बेच्ने मान्छे पनि देखिए

फर्की आउँदा देशको माटो ढोग्ने मान्छे पनि देखिए

गर्न त सकिन्छ नै देशको माया जहाँ बसेर पनि

बसे बिदेशमा धेरै त्यस्तो  माया जान्छ बिर्सेर पनि

नबीनीकरण गर्दै रहे माया ताजा रहिरहन्छ

नबीनीकरण गर्दै गए माया साझा भइरहन्छ

देशको मायाले नै  हो मान्छेलाई स्वदेशतिर तान्ने

मायाको बलले नै त हो मान्छेले देशलाई नै धान्ने

आखिर देश नै रहेछ मान्छेको वास्तवमा चिनारी

आखिर देश नै रहेछ  मान्छेको सुन्दर फुलबारी

देश रहेसम्म मान्छेको चिनारी देश नै हुने गर्छ

यसैले पनि  मान्छेले देशलाई अंगाली राख्नु पर्छ

देशलाई छोडे मान्छेलाई देश छोड्न पनि त सक्छ

देशलाई  समाते देशले नाता जोड्न पनि त सक्छ 

देश छोडी गए पनि बाँकी टाँकी चिनारी त रहन्छ

कहिलेसम्म रहने नरहने  समयले नै भन्छ

 आफूले आफूलाई नै बिर्सेमा आफू आफू हुँदैन

आफू आफू  नै नभए नरहे त आफूले नै छुदैन   ः                   

बिदेश गई फर्कनेहरू पनि भए कति हो कति

जुनसुकै कारणले भए पनि फर्केर होला मति 

देखिन्छ कतै त उनकै कामले लिन थालेको गति

यही पाराले  बढेमा सबै अघि  गर्छ देश उन्नति

अंगालेर बिदेशको ज्ञान सिप  स्वदेशमा लगाए

फड्को मार्दो हो यो देशले पनि त जनशक्ति जगाए

फैलिएमा जन जनमा चेतना पलायन घट्दो हो 

जति  घट्दो हो पलायन उति नै  देश अघि बढ्दो हो

राम्रो कामको शुरुवात जसले गर्दा  पनि त भयो

राम्रो कामको शुरुवात भयो कि प्रगतितिर गयो 

बिदेशमा बग्ने रगत पसिना  बग्न सके देशमा

किन पो पछि पर्दथ्यो यो मुलुक प्रगतिको रेशमा

स्वदेशमा फर्की गरेका कामले प्रेरणा दिएकै छ 

गरे नहुने  केही रहेछ भन्ने  चेतना दिएकै छ 

अघि बढेमा कोही साहस गर्दै साथ दिने पाइन्छ

पछि परेका मान्छेलाई  कोही त डोराउने चाहिन्छ

सबै मान्छे कहाँ एकै नासे हुन्छ कोही ठेसले सिक्छ

कोही त शिक्षा दीक्षा उदाहरण उपदेशले सिक्छ

बिदेशी उच्च प्रविधिको प्रयोग देशहितमा भए 

देशको हुन्थ्यो अवश्य पनि कति हो कति जय  

देशलाई परेको छ यतिबेला सकट निकै ठूलो

घेराबन्दीमा पारी शत्रुले देश खोज्दैछन् पार्नै  धूलो

सीमा मिचिदैछन् दिन प्रतिदिन हस्तक्षेप बढ्दो छ

देशमाथिको थिचो मिचोको पारो माथि माथि चढ्दो छ

मातृभूमिका छातीमा शत्रु सेना परेड खेलेका छन् 

सीमामा देशभक्त देशवासीले आतंक झेलेका छन् 

मरेका छन् कति सीमामा शत्रुका खाएर ताता गोली 

बन्द गरिएखा छन् टुइन काटी कतिका बरा बोली

देशको आकाशमाथि घुमेकाछन् बिदेशी चिलहरू

दिएकै छन्  ठूलो पीडा देशलाई गाडेर खिलहरू

देशलाई  बनाउने  रणभूमि  कसरत चल्दै छ

सकटै सकटको आगोले आज मुलुक यो जल्दै छ

देशलाई नै निल्न अजिंगरले मुख बाएको बेला

माथि आकाशतिर  कालो बादल बाक्लो छाएको बेला

युद्ध बिमानले अभ्यास युद्धको  गरिरहेको बेला 

मुलुकलाई बैरीले वरि परि घेरिरहेको बेला

  युवाहरूका छाती उचाई तौल नाप्दैछन् गल्लावाल

गर्न युवालाई  विदेशी सेनामा खोजी रोजी बहाल

बाकककी टाकककी युवाको बिदेसतिरै चलेको छ साइत

बन्नै पो हो कि  पलायन  हुनेको  देश  खालि माइत

देशमा नै सघर्ष गर्दै बस्ने कि  बिदेशतिरै भाग्ने

अझै पनि आँखा चिम्लेर बस्ने कि आँखा मिचेर जाग्ने   

बिदेशमा रमाउने त बिदेश स्वर्ग सरी मान्दछ

 आफू जन्मे  हुर्केको  देशलाई उ नर्क सरी  ठान्दछ

कत्ति पनि चिन्ता हुन्न उसलाई उतै बिलाउनुमा

संतोष हुन्छ उसलाई उतै नै  नाता मिलाउनुमा

मान्छेको बिचार मान्छेसित हुन्छ हटाउन सकिन्न

मान्छेको ईच्छा मान्छेसित हुन्छ मेटाउन सकिन्न

बिचार र ईच्छा त आ आफ्नो हुन्छ  दबाउन हुँदैन

 चिनारी आफ्नो महत्वपूर्ण हुन्छ  हराउन हुँदैन

परिस्थितिवश्  जो जहाँ बसे पनि मूल भुल्न हुँदैन

आवश्यकताले जहाँ रहे भए पनि कूल भुल्न हुँदैन

आफू बिदेशिए पनि देशलाई संझिन त सकिन्छ

अलिकति भए पनि माया प्रेम पस्किन त  सकिन्छ

कतिले गुमाए पनि  पहिचान कतिले त जोगाए

कति जरा गाढी बसे पनि उतै कति त फर्की आए

बिदेशलाई देश मान्ने अवश्य उतै रमाउने हो

बिदेशमा बसे पनि देश  संझिने फर्केर आउने हो

अन्ततः देश त उसको पो हुन्छ जो देश आफ्नै  मान्छ

बिदेशमा बसे पनि कारणवश् जो देश आफ्नै ठान्छ

देशभक्ति भाव न भए  बीरले   किन दिन्थे आहूति

देशभक्ति भावनामा लुकेको छ निकै नै ठूलो शक्ति

होला कुनै दिन त देश बिनाको नयाँ ससार पनि

होला कुनै दिन त जाति बिनाको नयाँ संसार अनि

देश रहेसम्म त देश रहनै  देशभक्ति माग्दछ

देशभक्ति कै भावनामा त बल्ल देशभक्त जाग्दछ                         

निजी जीबनका लागि त  बिदेश   होला  अति उत्तम

पाउँछ होला त्यहाँ कतिले पक्कै  सुख अधिकतम

अरूका लागि नसोच्नेका लागि त अरु के पो चाहियो

आफूले सुख सुविधा पाइयो त संसार नै पाइयो

बिदेशमा रमाउनेका लागि त चिन्ता लिन परेन

तिनका लागि चिन्ता  लिनुको कुनै अर्थ पनि रहेन

बिदेशमा नै खुशी रहनेप्रति   किन गर्नु  गुनासो 

जब कि हुँदैन उसको देशप्रति थोर बहुत चासो 

चिन्ता तथा चासो त हुने नै भयो आफ्नाले दुख पाए

काम  दाम तथा मामका लागि नै  धेरै ठक्कर खाए

केही गर्छु भनी  ऋृण धन गरी बिदेशतिर लाग्दा

फेरि ऋृण धन गरी खालि हात घर फर्कन पर्दा

ब्यक्तिको स्वार्थभन्दा त ठूलो हुन्छ देशको स्वार्थ जाने

देशको प्रगतिमा  ब्यक्तिको  हुने प्रगति भनी माने

ब्यक्तिलाई नै केन्द्र मानी सोचेमा देश पर्छ छायामा

देश पारेर हेरे केन्द्रमा बल्ल ब्यक्ति पर्छ दाँयामा 

दंशको ठूलो नाम रहेमा मात्र ब्यक्तिको हुन्छ नाम

भए देश बदनाम ब्यक्ति  पनि हुन्छ नै बदनाम

रहेसम्म धरतीमा जोडिएको देशसित नै नातो

बन्ने नै भयो ब्यक्ति पनि देशकै एक अभिन्न पातो

ब्यक्तिले जति खरानी धसे पनि बिदेश कै माटाको

बन्न सक्छ सन्तान दर सन्तान मात्र काँडा बाटाको 

उत्तम  नै हुन्छ बाटाका काँडा ती पाएर मल जल 

फुले भने कोही बिदेशी माटोमा भई फूल कमल

चाहना त हो नै बन पाखा ढाकोस् भई लाली गुरांस

नलागोस्  सबकुछ चटक्क छोडी लुरुक्क बनबास

राख्ने हो  पुर्खाको गौरव भने त केही  गर्नु  पर्दछ

उदेशको नै भविश्य उज्वल पार्न अघि सर्नु पर्दछ   

बसेका पनि  कति छन् यो देशमा  संघर्ष गरी भारी 

बसेका पनि कति छन् यो देशमा धन पैसा थुपारी

दुख  पाएका मात्र बिदेश जाने भन्ने कुरा होइन

सुख पाएका मात्र देशमा बस्ने भन्ने कुरा होइन

विदेशमा जे पनि गर्न सकिने भन्ने कुरा होइन 

स्वदेशमा केही गर्न नसकिने भन्ने कुरा होइन

गर्नेले  जहाँसुकै  गएर पनि केही अवश्य गर्छ

नगर्नेले जहाँसुकै गए पनि खोई के पो त  गर्छ 

बिदेशमा गएर केही गर्ने कि देशमा गर्ने केही 

आफूले नै लिनु पर्दछ निर्णय बिचार गरी सही 

बिदेशमा लाग्नुको पनि कारण एउटै कहाँ हुन्छ

बिदेशतिरै  लाग्छ मान्छे त जब कुनै कुराले छुन्छ

कोही मान्छे  लाग्दछ बिदेशतिर  लहडमा लागेर

कोही मान्छे लाग्दछ बिदेशतिर उत्साह नै जागेर 

कीही मान्छे लाग्दछ बिदेसतिर कुनै काम ताकेर 

कोही मान्छे लाग्दछ बिदेशतिर कामदेखि थाकेर 

कोही मान्छे लाग्दछ बिदेशतिर काम नै नपाएर 

कोही मान्छे लाग्दछ बिदेशतिर उतै नै काम पाएर

कोही मान्छे लाग्दछ बिदेशतिर उतै  मन  लाएर

कोही मान्छे  लाग्दछ बिदेशतिर बढी धन चाहेर 

कोही  लाग्दछ बिदेश  नदेखेर भविश्य नै देशमा

 भेट्न सकिन्छ खोजेमा त अनेक कारण नै यसमा

देखी बिदेश लाग्ने युवाहरूकै  निकै लामो लश्कर 

होला जस्तो नलाग्ने कहिले पनि यति छिटै मत्थर

बिदेशतिर लागेको त्यो  मोहनी  कसले छुटाउने 

चारैतिर लागेका सन्तानलाई कसले जुटाउने

बिदेशतिर ढल्केको मनलाई  बाककधी राख्न कठीन 

दौडिरहेछन् मान्छे बिदेशतिर नभनी रात दिन

कति त आफ्नै बाबु बाजेको छाला  कोरेर बसे पनि

कति आफ्नै पुर्ख्यौली पेशा पकडी अडेर बसे पनि

कति आफ्नै देशमा बन्द ब्यापार गरेर बसे पनि

 कति आफ्नै देशमा  उद्धोग धन्दा खोलेर बसे पनि 

कति आफ्नै देशमा धन सम्पति जोडेर बसे पनि

कति आफ्नै देशमा राम्रा सपना देखेर बसे पनि 

कति आफ्नै देशको भविश्य हेरी कुरेर बसे पनि

कति आफ्नै देशमा मौका गतिलो ढुकेर बसे पनि

कति आफ्नै देशको गाउकक घरमा भुलेर बसे पनि

कति आफ्नै देशका गाउकक घरमा डुलेर बसे पनि

बिदेशतिरै  उर्ली बगेको बाढी  रोक्ने बाँध भएन 

देशको चुलिएको पीडाको भारी  बोक्ने काँध भएन

देशको जनशक्तिलाई  संभाल्ने कुनै मंत्र भएन 

देशको जनशक्तिलाई संभाल्ने कुनै तन्त्र भएन 

देशको जनशक्ति नै  भुलाउने कुनै बुटी भएन

बिदेशमा पलायन रोक्नै सक्ने   कुनै  युक्ति  भएन       ःः                  

 युद्धमा कतिले  त कमाए पनि बहुत धेरै नाम 

युद्धमा कतिले त कमाए पनि बहुत धेरै दाम 

युद्धमा कतिले त देखाए पनि बहुतै बहादुरी 

युद्धमा कतिले त ढलाए पनि दुश्मन मुरी मुरी 

युद्वमा कतिले त देखाए पनि बहुत धेरै शान

युद्धमा कतिले त कमाए पनि धेरै मान सम्मान

युद्धमा कतिले त पाएमा पनि पद पदवी भीसी 

आफ्नो  देश  बनेको छ यतिबेला एउटा खाली सिसी

युद्धमा  पाए पनि कति  अनेक बहादुरीका चक्र

देखिन्छ  देशमा परेको मित्र कै दृप्टि  सदैव बक्र

युद्वमा  परेर असंख्यले ब्यर्थ  गुमाए आफ्नो ज्यान

संसारमा जहाँ   खने खोस्रे पनि गोर्खा कै चिहान

घाइते लापता हुनेहरूको त कुनै छैन  हिसाब

कहाँ पुगेर कहाँ दिने उजुरी को हो गर्ने निसाब

रहेसम्म कायम नै यो देशमा यस्तै यस्तै ब्यवस्था 

रहने नै  होला गोर्खा  भर्तीको त यस्तै यस्तै अवस्था

गोर्खाली  लडाई कै लागि जन्मेको जाति जस्तो देखियो

बुझे हुन्छ उसको नाम गर्भमै  लाहुरेमा लेखियो    

भाडाका सिपाही  जन्माउने  देश कहिलेसम्म बन्ने 

गोर्खा भर्तीको कहिले कसले हो गहिरो जरो खन्ने    

गोर्खा भर्तीको राष्ट्रिय कलंक यो  कसले   मेटाउने

गुमेको देशको गरिमा गौरव कसले भेटाउने  

हुुँदा हुँदा गोर्खा भर्ती नै बन्नाले  मुलुक कै संस्कृति

जन्मायो यसले देशमा सर्वत्र निकै ठूलो बिकृति

सोच्नै  पर्ने  भयो अब  मुलुकले निकाल्न कुनै युक्ति

पाउनै पर्दछ गोर्खा भर्तीबाटै देशले त उन्मूक्ति  

 बैदेशिक रोजगार  बन्न गयो गोर्खा भर्ती कै स्वरूप

कतै  पार्ने पो हो कि त यसले नै  सिंगो देश कुरूप 

देशको नीति नै बन्न गए पछि जनशक्ति निर्यात 

जनशक्ति निर्यातमा त मुलुक बन्यो निकै प्रख्यात 

रेमिटान्सले  धान्नै नीति देखिन्छ  देशको अर्थतन्त्र

जनशक्ति बिदेशतिरै  छापिदा देशकै उठीबास 

 खेतबारी बाँझा  बन्द कारखाना  देशको सत्यानाश 

परिवर्तन प्रगतिको देखिन्न देशमा  रूपरेखा

कहिलेसम्म रहने हो समाज दुर्दशा अनदेखा  

यसरी  पक्कै पनि चल्दैन देश  बिकल्प खोज्नु पर्ने

काया पल्टने देशको बाटो सही कुनै त रोज्नु पर्ने 

देशले खोजिरहेछ यतिबेला नयाँ कुनै बिकल्प

खोज्नलाई  राम्रो  नयाँ बिकल्प हुनु पर्छ संकल्प

देशभक्ति भावना बिना  देशले सक्दैन कोल्टे फेर्न

सानो तिनो शक्तिले  यहाँ  के सक्थ्यो इतिहास नै कोर्न 

बढ्न त अवश्य अघि बढ्छ देश बिघ्न बाककधा चिरेर 

के बस्न सक्ला देश सदा सर्वदा यथा स्थिति कुरेर 

 लेला यो देशले जब कुनै दिन अपेक्षित आकार 

होला तब बल्ल त देशबासीको  सपना नै साकार

मान्छेले गरे नहुने  केही  छैन बिशाल दुनियाँमा  

जस्ता जति बिघ्न बाँधा भए पनि पर्न जान्छन् छायामा 

आकाशमा छाएको कालो बादल हट्दै जान के बेर 

देशको  अन्धकार नै चिर्ने सूर्य उदाउन के बेर  

हुन्न युगान्तकारी  परिवर्तन   साना तिना कुराले 

बन्दैन  देश परिवर्तन  कुनै आधा   वा  अधुराले 

यसैले  अवरूद्ध छ आज सब  देशको  अग्रगति 

 जता हेर्यो आज उतै नै देखिन्छ दुर्गति नै दुर्गति 

बिदेश पलायन पनि  त्यसको बन्यो एक कारण 

देशको लागि होइन यो अवश्य घटना साधारण


 बिदेश पलायन जारी नै रहे देश नै के रहला 

देश रहे पनि आखिर देश नै बिदेश बन्न जाला

हो कि बिदेश भन्ने भान त अहिले भएकै छ 

जसले जति रोके पनि देश त बिदेश गएकै छ

देशलाई माया गरे  पो त बल्ल देशले गर्छ माया

देशलाई नगरे माया अवश्य  त्यसमा पर्छ छाया 

जब मान्छेले देश छोड्दै जान्छ देश बन्छ बिरानो

नाल नातो नाता सम्बन्ध त्यो सब बन्दै जान्छ पुरानो 

जति आफू टाढिंदै गयो उति नै देश टाढिंदै जान्छ 

आफूले नमानेपछि देशलाई देश पनि त के मान्छ 

ठाने देशलाई आफ्नो मनैदेखि देश त आफ्नो हुन्छ 

आपद बिपद परे देशलाई मन त आफ्नो रुन्छ

देशलाई दुखे आफूलाई दुख्नु देशभक्ति भाव हो 

बिदेशमा  मुटुमा त देश हुनु त्यसकै प्रभाव हो 

मुटुमा देश भएमा बिदेशमा देश रहन सक्छ 

मुटुमा न भए स्वदेशमा पनि यो नरहन सक्छ

सुखमा कसैलाई नहुन सक्छ देशको पनि ख्याल

आउन सक्छ देशको नै संझना हुँदा आफ्नो बेहाल   

देशले जति माया  अरु कसले गर्दो हो धरतीमा 

खडा गर्नु  जरुरी  हुन्छ  दिलमा देशको नै प्रतिमा

आखिरमा देश भनेको देश हो होइन यो पराई   

बनेको  देश हाम्रो मिली हिमाल पहाड र तराई

राख्नु पर्छ प्रिय देशलाई  हाम्रो  छातीमा नै लगाई 

सामने आउने दुश्मनलाई नै  डाककडै पार भगाई 

आखिरमा देश नै त  हो नि हाम्रो  बिशेष पहिचान 

आखिरमा देश नै त हो नि हाम्रो ढुक्ढुकी ज्यान प्राण 

 गौरवमय ईतिहास बोकेको हाम्रो बिशाल देश

 एक दिन त अवश्य पनि फेर्ला रुप रककग र भेष

कहाकक रहला सदा सर्वदा यस्तै दुर्बल दीन दुखी 

आउलान् यसका पनि त सुदिन होलान् जनता सुखी 

जालान् दुखका सब कठीन दिन सुखले प्रवेश गरे 

सकिएला नै सास फेर्न  सुखको दुखका दिन टरे 

समय  सधैं कहाकक एकै रहन्छ फेरिन्छ  निरन्तर 

फेरिएर समयले  हो ल्याउने जीवनमा अन्तर 

गर्ला जब देशले तीब्र उन्नति आई एक सुनामी

निश्चित रुपमा  त्यतिबेला देश होला नै अग्रगामी

वन्न सक्ला तब यो देश अवश्य सबको हाई हाई 

हुने नै छैन कदापि यहाकक कुनै दुश्मनको रजाई 

हुने छैन यहाँ कुनै भेद भाव अन्याय अत्याचार 

हुने छ  त्यतिबेला सबसित नै समान ब्यवहार 

स्थापित हुने नै छ जन जनको हक र अधिकार 

नयाँ युगको नयान् ब्यवस्था हुन्छ बल्ल सर्व स्वीकार 

नयाँ समाज सृजना गर्न भनी भए धेरै संघर्ष 

निस्कन  सकेको छैन अझै पनि कुनै खाश निष्कर्ष 

तर पनि कोही निराश बन्नु पर्ने छैन कुनै कारण

आउने समयले पक्कै गर्ने छ  यसको  निवारण

रहन सक्दैन समाज कहिले एक ठाउककमा स्थिर 

समयले नै हो लेख्ने समाजको आखिरमा तक्दिर 

समयले साथ दिन्छ जब मान्छे  समयसितै चल्छ 

समयसितै चल्न सिके मान्छेको दुर्दशा सब टल्छ    

बर्तमान अन्धकार भए पनि भविश्य उज्वल छ 

आमूल परिवर्तनको प्रतिक्षा  जनमा प्रबल छ 

सुन्दर देश अझ सुन्दर  बने  को जाने छ बिदेश 

बिदेश गएको पनि फर्किने छ संझी आफ्नै स्वदेश 

जन्मिेन छन् देशमा सपुतहरू  फर्न देशको रंग 

दखी देशमा गोरखाली वीरता विश्व हुनेछ दंग । 


१७–७–२०७८÷ २५ –८–२०७८











 


   


   


Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा