Skip to main content

सन्दर्भ जीवराज आश्रितको चिठी


 

कम्युनिष्ट सिद्धान्त बिचार पाटीं नेता वा कार्यकताप्रतिकोे आस्था वा प्रतिबद्धतामा शुरु शुरुमा नजदीकीपन ,जातियता क्षेत्रीयता नाता गोता संगी साथी भाइ भतिजा आदिका कारणले पनि काम गर्दो रहेछ । प्रभाव पार्दो रहेछ । मेरो जीवराज आश्रितसितको सम्बन्ध यसरी हेर्दा उनीप्रति म आकर्षित हुने पहिलो कारण क्षेत्रियता नै थियो । ईलाकाबादी बिचार थियो । सोंच थियो । चिन्तन थियो । यद्पि यो कुरा बेग्लै हो कि म जीवराज आअितको नजदीकीको नाताले प्रभावित भई पुष्पलालको नेतृत्वको नेकपामा संगठित भएको होेइन । बरु पुष्पलालको नेतृत्वमा संगठित नेकपामा क्रियाशील रहँदा जीवराज आश्रितसित सम्बन्ध स्थापित हुन गएको हो । नजीदीकी बढ्न गएको हो । आत्मीयता बढ्न गएको हो । जब म पुष्प लालको नेतृत्वमा संगठित भएर बनारस जान आउन थालें मेरो त्यहाँ जीवराज आश्रितसित भेट भएको थियो । परिचय भएको थियो । चिनाजानी भएको थियो । यद्पि सर्वप्रथम कुन ठाउँमा कहिले कसरी भेटघाट र परिचयको आदान प्रदान भयो त्यसको तीथि मिति लगायतका तथ्य तथ्यांक म स्मरण गर्न सक्दिनं । स्मरण गर्न संभव छ जस्तो पनि मलाई लाग्दैन ।  तर पनि शिलाङबाट छात्र फेडरेसन ,साहित्यिक सांस्कृतिक संगठन प्रवासी नेपाली संगठन पार्टी संगठन आदि कार्यको लागि बनारस जाँदा मेरो जीवराज आश्रितसित भेटघाट र चिनापर्चींं भएको हो । जान पहिचान भएको हो ।  उनले आफ्नो घर गुल्मी चन्द्रकोट बताए । मैले बाग्लुङ गल्कोट । चन्द्रकोेट र गल्कोट एउटा डाँडाले छेकेको थियो । छ ।  झुलेका ेलेक गाजाको लेक काटेर दक्षिण गए चन्द्रकोट पुगिन्थ्यो । उत्तर गए गल्कोट । मैले त्यतिबेला जीवराज आश्रितलाई मेरै गाउँ ठाउँ वा मेरै छिमेकी गाउँ ठाउँका व्यक्ति मान्दथें । ठान्दथें । म जीवराज आश्रितसित अझ नजिक हुनुको एउटा कारण  उनको साहित्यप्रति रुचि पनि हो ।  उनले लेखेका कविता शिलाङबाट प्रकाशित हुने मादलमा पनि हामीले प्रकाशित गरेका थियौ । यो कुरा बेग्लै हो कि राजनीतिमा लागेका मान्छेहरू साहित्यकार पनि हुन्छन् ।  तर उनीहरूको साहित्यिक व्यक्तित्वको पाटो राजनीतिक व्यक्तित्वले किचेको हुन्छ । ओझेल पारेको हुन्छ ।  सबै मान्छे माओ त्से तुंग हुन सक्दैनन् । सबै मान्छे वी पी कोइराला हुन सक्दैनन् । सबै मान्छे अटल विहारी बाजपेयी हुन सक्दैनन् । सबै मान्छे पाब्लो नेरोदा हुन सक्दैनन् । पक्कै हो जीवराज आश्रितको साहित्यक व्यक्तित्वलाई राजनैतिक व्यक्तित्वले किल्चेको थियो । ठीक त्यसरी नै मदन भण्डारीको साहित्यिक व्यक्तित्वलाई राजनैतिक व्यक्तिले किल्चेको थियो ।  अर्कोतिर जीवराज आश्रितको राजनैतिक व्यक्तिलाई पहिले पुष्पलालको व्यक्तित्वले किल्चेको थियो । पछि सी पी मैनालीको व्यक्तित्वले किल्चेको थियो । पछिल्लो चरणमा उनको राजनैतिक व्यक्तिलाई मदन भण्डारीको राजनैतिक व्यक्तित्वले किल्चेको थियो । उनी विशेषत पार्टी पंक्तिमा कुशल संगठकको रुपमा चिनिन्थे । त्यस रुपमा जानिन्थ ।

पुष्पलालको नेतृत्वमा संगठित जनवादी क्रान्तिकारी सांस्कृतिक मोर्चामा जीवराज आश्रितसित म पनि चुनिएको थिएँ । भूमिगत रुपमा बनारसमा गठित जनवादी क्रान्तिकारी  सास्कृतिक मोर्चांको केन्द्रिय नेतृत्वमा प्रारम्भमा युद्धप्रसाद मिश्र अध्यक्ष, राजेन्द्र थापा ( मोदनाथ प्रश्रित ) सचिव , विदुर ( जीवराज आश्रित ) सदस्य ,झपट सिंह ( रामचन्द्र भट्टराई ) सदस्य तथा कपिल (  दिल साहनी ) सदस्य निर्वाचित   भएका थिए । पछि  मदन भण्डारी लगायत अन्य व्यक्तिलाई केन्द्रिय सदस्यको रुपमा मनोनित गरिएको थियो । समावेश गरिएको थियो । यसै संगठनले राजेन्द्र थापा ( मोदनाथ प्रश्रित ) का सम्पादनमा मुक्ति मोर्चा पत्रिका प्रकाशित गर्दथ्यो ।  जीवराज आश्रितहरूले पुष्पलालको नेतृत्वमा रहेको नेकपाबाट मुक्ति मोर्चा समूहको नाममा विद्राह गरेका थिए  । मुक्ति मोर्चाको विद्रोहमा मेरो संलग्नता थिएन ।

जीवराज आश्रितसित सम्बन्धित मेरा धेरैे नै प्रसंगहरू कोट्याउन् पर्ने भए पनि यस लेखमा म उनले मलाई लेखेको एउटा चिठीको उल्लेख तथा चर्चा गर्न चाहन्छु । उनले यस पत्रमा मेरो आलोचना पनि गरेका छन् । यो पत्र उनले बनारसबाट बुटबलको ठेगाना दिएर लेखेको बुझिन्छ । शायद यस क्षेत्रमा उनको भुमिगत नाम बिन्दु कुमार पनि थियो । यस नामका बारेमा मैले जानकारबाट जानकारी लिएकोे छैन ।  उनले मलाई यो पत्र पचास रुपियाँका एक लेखक बुद्धि बहादुर थकालीको ठेगाना दिएर लेखेका थिए । पठाएका थिए ।  

मैल प्राय  हरेक चीज संग्रह गरेर राख्ने दौरानमा यो पत्र पनि मेरा काजगपत्रको बीचमा संग्रहित भएर बसेको रहेछ । बनारसबाट शिलाङ पठाएको चिठी मसित घुम्दै फेरि बुटबल आइपुगेछ । यो पत्र भूमिगत कालमा पनि जोगिएर मसितै रहेको रहेछ ।  थन्किएको कागजपत्र खोतल्दै जाँदा यो पत्र भेटिएको हो । मेरा हात परेको हो ।

भनिरहनु पर्दैन कि चिठीपत्र पनि सूचनाको आदान प्रदानको एउटा अत्यन्त महत्वपुर्ण साधन हो । माध्यम हो । कालान्तरमा गएर यो इतिहासको सामाग्री पनि बन्न सक्दछ । यतिबेला चिठी पत्र लेख्ने कुराले प्रश्रय पाएको छैन । मोबाइल र फेसबुकले चिठीपत्रको ठाउँ ओगटेको अवस्था  छ । यिनै चीज आजभोलि सूचना प्रवाहका स्तम्भ बनेका छन् ।  हिजो एक महिना लागेर पुग्ने समाचार आजभोलि एक सेकण्डमा पुग्दछ । यो सब विज्ञानको चमत्कार हो । निश्चित रुपमा विज्ञानले प्रशस्त फाइदा पनि गरेको छ । नोक्सान पनि साथसाथै ।  जे होस् , जीवराज आश्रितको हातबाट लेखिएर शिलाङ पुगेको चिठी यस्तो छ –

पत्र क्रम                                 दिनांक२७–९–७५


बिषय  

प्रिय मित्रवर साहनी जी, 

                           सलाम !


यस पटक त हामी सबै भेट होऔंला भन्ने सोचिएको थियो, तर तपाईं र काफ्ले जी न आउनाले सोंचे जस्तो भएन । जे होस्, कार्यक्रम गहकिलो रुपमा चल्यो । तपाईंंको अभावमा त्यताको कुराकानी  र प्रगति बारे केही पनि थाहा पाउन सकिएन । तपाईको पत्र बीच मै आइपुगेकोले तपाई आउन नसकको कारणसम्म थाहा लाग्यो । यसभन्दा पहिले साथी आँधी जीबाट त्यताको सामान्य हाल खबर पाइसकेका थियौं । यताको हाल खबर र कुराकानी पनि सबै   उहाँसंग भएका छन् , तपाईंले उहाँबाटै सबै अवगत गर्नुू हुनेछ । 

तपाईको एउटा नराम्रो बानीलाई भन्न मन लाग्छ , त्यो के भने ठेगाना लिएर गएर पनि समय समयमा पत्र नलेख्ने । सामान्य हाल खबर त  इचमष्लबचथ भिततभचक  बाट पनि संभव भइरहन सक्ने कुरा हुन् । धेरै के लेखूँ । तपाईंको पत्र पाए पछि मात्र ।

ठेगाना फेरि एक पटक 

विन्दु प्रसाद 

ऋरइ  बुिद्धबहादुर थकाली 

बुटबल , रुपन्देही, कालिकानगर          जीवराज आश्रित 

ए। इ। द्यगतधब ि                           २७–९–७५ 

२७–८–२०७८            

 


 

  


Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...