कुनै पनि प्रकारको श्रम गर्नु लज्जाको विषय होइन । कुनै पनि काम गरेर कोही सानो हुँदैन । काम ठूलो सानो हुँदैन । हामीले श्रमलाई सम्मान गर्नु पर्दछ । त्यसलाई अंग्रेजीमा डिगनिटी अफ लेभर भन्छ्न् । शिलाङमा नेपाली भाषाका दुई अति प्रिय शक्द निकै आँखाका कसिंगर जस्ता भएका छन् । ती शब्द हुन् श्रमसित जोडिएका दाज्यू र कान्छी शब्दहरू । दाज्यूलाई आजभोलि कसैले हिन्दीको प्रभावले दादा भन्न पनि थालेका छन् । दाज्यूलाई दाई पनि भनिन्छ । गल्कोट बाग्लुङमा मैले दाज्यू भनेको सुनेको छैन । गल्कोट बाग्लुङमा दाई र दाजी भन्ने गरिन्छ । दाई शब्दमा भन्दा दाजी शब्दमा बढी आदर सम्मान रहे भए जस्तो देखिन्छ । दार्जीलिङमा दाई दाजी भन्ने चलन छैन । दार्जीलिङमा दाई दाजीलाई दाज्यू भनिन्छ । शिलाङमा दाज्यू भनेमा कांधमा नाम्लो झुण्डाएर भारी बोक्ने श्रमिक बुझिन्छ । नेपाली बुझिन्छ । शिलाङका पाखा पखेरामा धेरै जसो नाम्लो लिएर बडा बजार बजार गाडीखाना , मौखार , आलुगोदाम, पुलिस बजार बस स्टेशनमा कामको खोजीमा डुल्ने श्रमिक नेपाली नै हुन्छन् । उनीहरूलाई दाज्यू भनेर सम्बोधन गरिन्छ । भारी बोक्ने श्रमिकलाई दाज्युू भनेमा उनीहरू दुखित हुँदैन