Skip to main content

दुस्साहस र कान्छी

 

कुनै पनि प्रकारको श्रम गर्नु लज्जाको विषय होइन । कुनै पनि काम गरेर कोही सानो हुँदैन । काम ठूलो सानो हुँदैन ।  हामीले श्रमलाई सम्मान गर्नु पर्दछ । त्यसलाई अंग्रेजीमा डिगनिटी अफ लेभर भन्छ्न् । शिलाङमा नेपाली भाषाका दुई अति प्रिय  शक्द निकै आँखाका कसिंगर जस्ता भएका छन् । ती शब्द हुन् श्रमसित जोडिएका दाज्यू र कान्छी शब्दहरू । दाज्यूलाई आजभोलि कसैले हिन्दीको प्रभावले  दादा भन्न पनि थालेका छन् ।  दाज्यूलाई दाई पनि भनिन्छ । गल्कोट बाग्लुङमा मैले दाज्यू भनेको सुनेको छैन । गल्कोट बाग्लुङमा दाई र दाजी भन्ने गरिन्छ । दाई शब्दमा भन्दा दाजी शब्दमा बढी आदर सम्मान रहे भए जस्तो देखिन्छ । दार्जीलिङमा दाई दाजी भन्ने चलन छैन । दार्जीलिङमा दाई दाजीलाई  दाज्यू भनिन्छ ।  शिलाङमा दाज्यू भनेमा कांधमा नाम्लो झुण्डाएर भारी बोक्ने श्रमिक बुझिन्छ । नेपाली बुझिन्छ । शिलाङका पाखा पखेरामा धेरै जसो नाम्लो लिएर बडा बजार बजार गाडीखाना , मौखार , आलुगोदाम, पुलिस बजार बस स्टेशनमा कामको खोजीमा डुल्ने श्रमिक नेपाली नै हुन्छन् । उनीहरूलाई  दाज्यू भनेर सम्बोधन गरिन्छ । भारी बोक्ने श्रमिकलाई दाज्युू भनेमा उनीहरू दुखित हुँदैनन् । बरु खुशी नै हुन्छन् ।  तर शिलाङका पढे लेखेका सुकिला मुकिला नेपालीलाई कसैले कुनै पनि अर्थमा दाज्यू भनेमा उनीहरू आफू्र अपमानित भएको ठान्छन् र  कति अवस्थामा त्यसले झगडाको रुप समेत ग्रहण गर्न सक्दछ । त्यस्तै अवस्थामा छ कान्छी शब्द ।  शिलाङमा कान्छी भन्नाले अर्काको घरमा भाँडा माझेर गुजारा चलाउने गरीब नेपाली महिला बुझिन्छ । शिलाङमा विशेष  गरीब नेपाली महिलाले आसामी बंगालीका घरमा भाँडा माझेर पेट पाल्दछन् ।  शिलाङमा पढे लेखेका महिलालाइ कान्छी भनेमा उनीहरू आफू अपमानित भएको अनुभूति गर्न सक्दछन् । गछ्र्रन् ।  म यस लेखमा कान्छी शब्दसित सम्बन्धित र म खुदै जोडिएको  घटनाको चर्चा गर्न चाहन्छु । यस प्रसंगलाई कोट्याउन चाहन्छु ।

शिलाङका विष्णुपुर इलाका आसामी बाहूल्य इलाका मानिन्छ । त्यहाँ आसामीहरूले निर्माण गरेको एउटा कलेज छ । त्यसको नाम हो शंकरदेव कलेज । आसामीहरू शंकरदेवलाई सबभन्दा ठूला धर्म गुरु मान्दछन् ।   शंकर देव कलेजमा शिलाङका अन्य कलेजमा जस्तै  वी एसम्म एक विषय नेपाली अध्ययन गर्न पाइन्छ । त्यतिबेला सेन्ट एन्थनी कलेजका नेपाली भाषाका प्राध्यापक गोपीनारायण प्रधानले पार्ट टाइम टिचरको रुपमा शंकरदेव कलेजमा नेपाली पढाउने गर्दथे । पछि कुमार पुन नेपाली भाषा पढाउने फुल टाइमर प्राध्यापक नियुक्त भएका थिए । उनले नेपाली भाषामा होइन अर्थशास्त्रमा एम ए गरेका थिए । त्यतिबेला शिलाङमा नेपाली भाषामा एम ए गरेको व्यक्ति पाउन गाह्रो थियो. ।  

बिष्णुपुर लाबान मोप्रैम बाह्रपत्थर झालुपाडा लउसुतन,चाँदबारी आदि ठाउँको नजिक पर्ने हुनाले त्यहाँ बसोबासो गर्ने नेपालीहरू पनि सेन्ट एडमन्ड , सेन्ट एन्थन शिलाङ कलेज  सेन्ट मेरिज लेडीकिन जस्ता कलेजमा अध्ययन गर्न नगएर नजिकैको विष्णुपुरमा स्थित शंकरदेव कलेजमा अध्ययन गर्दथे ।

शंकर देव कलेजमा आसामी भाषा पढाउने एकजना आसामी  ( अहिले नाम स्मरण भएन ) प्राध्यापकले आफूले लेखेको नाटककी एकजना पात्र कान्छी रहिछन् ।  आसामी नाटकमा कान्छी पात्र राखिएका हृुनाले. त्यस कलेजमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूलाई नेपाली महिला अझ त्यसमा पनि  विशेष गरी नेपाली जातिकै अपमान भएका अनुभूति भएछ । यसैले उनीहरूले नेपाली जातिलाई कान्छी पात्रको रुपमा चित्रित गर्ने आसामी प्राध्यापकलाई माफी मगाउन योजना बनाएछन्  । यसमा विशेष पहल शंकरदेव कलेजमा अध्ययन गर्ने विष्णुृ क्षेत्रीले लिएकी रहिछन् । बिष्णु क्षेत्री र शंकर देव कलेजका अन्य छात्राहरूल शिलाङका विभिन्न कलेजमा अध्ययन गर्ने विद्याथीैहरूलाई विरोध कार्यमा सहयोगी बन्न आह्वान गरेका रहेछन् । यो कुरा मेरा कानमा पनि पर्यो ।  म शंकरदेव कलेजमा पुगें ।  साँझको समय थियो । शंकरदेव कलेजको समीममा आसामीहरूको रंगशाला (  हल ) थियो । त्यहाँ सांस्कृतिक कार्यक्रमका साथसाथै कान्छी पात्र भएका नाटक देखाइने कार्यक्रम आयोजित थियो ।  हलभित्र कार्यक्रम धमाधम चल्दै थियो । वाहिर नेपानी विद्यार्थीहरू पुलिस अफिसरसित माग गरिरहेका थिए – आसामी प्राध्यापकलाई दश मिनटभित्र बाहिर हाम्रो सामु खडा गर । पुलिस अफिसरले आलटाल गरिरहेको स्थिति थियो । नेपाली विद्यार्थी आक्रोशित भैरहेको अवस्था थियो । तर पनि उनीहरू खासै कुनै कदम उठाउन भने हिच्किचाइरहेका थिए ।  त्यति नै बेला म ढोका जवरजस्ती खोलेर भए पनि स्टेजमा गई आसामी प्राध्यापकलाई माफी माग्न बाध्य पार्छु भन्दै अघि बढें । मलाई केही बलिया बलिया विद्यार्थीहरूले चरप्प अँठ्याएर अघि बढ्न दिएनन् ।  फुत्किन दिएनन् ।  तर  म अघि बढ्न थाले पछि अरु विद्यार्थी अघि बढे र पुलिस अफिसरले रोक्दा रोक्दै स्टेजमा पुगे ।  म पनि फुत्केर स्टेजमा पुगें । हाम्रा केही साथीहरूले माइक खोसे । पर्दा झारिएको अवस्था थियो ।   स्टेजमा शिक्षा मंत्री हजगेर मुख्य अतिथिको रुपमा उपस्थित थिए । उनी कुर्सीबाट उठेर आसामी भाषामा – कि र्हाइछे कि होइछे (  के भयो के भयो  ) भन्न थाले. । मैले उनलाई जबाब दिंदै भने– आसामी प्रोफेसरे नाटकत  कान्छी बुली नेपालीके अपमान करिसे । तेखेते माफी मागिब लागे  ( आसामी प्रोफसरले नाटकमा कान्छी भनेर नेपालीको अपमान गरेका छन् उनले माफी माग्न पर्दछ ) । मंचमा भएका आसामी प्राध्यापकले सहज रुपमा माइक मागेर कान्छी पात्र खडा गरेकोमा माफी मागे ।  नेपाली विद्यार्थीहरूले आफूलाई विजयी भएको ठाने ।  माफी मगाउन सफल भएको ठाने ।  स्टेज छोडेर बाहिर आए । पर्दा लगाएको लगाई थियो । दर्शक श्रोताहरूले भित्र स्टेजमा के नाटक चल्दै थियो थाहा पाएनन् । सबै कुरा मिनट भरमा नै भयो ।  आसामी प्रोफेसरले माफी मागेकोमा उनीहरू शायद किंकर्तव्यविमूढ भए । अल्लमल्लमा परे । अन्योलमा परे ।

 बाहिर सडकका निस्के पछि सारा नेपाली विद्यार्थीले मेरो नाम लिंदै दिल साहनी जिन्दावाद  भने । नारा लगाए ।  त्यसको सारा जस मलाई दिए ।  जबकि म यसको योजनाकार पनि थिइन् । आयोजक पनि थिइन । नेता पनि थिइन । सहभागी मात्र थिएँ ।

आसामी प्रोफेसरले माफी मागेको घटनाले आसामी जातिले आफू अपमानित भएको महशेुस गरेछन् । उनीहरूलाई नेपालीहरूले उनकै मंचमा गएर आफ्नो प्रोफेसरलाई माफी मगाएको कुरा उनीहरूको निम्ति अपाच्य भएछ । खास गरी यो कुराको विरोधमा शंकरदेव कलेजमा अध्ययन गर्ने आसामी विद्यार्थीले कलेज बन्द गराएर त्यहाँका प्रिन्सिपललाई नेपाली विद्यार्थीलाई शंकरदव कलेजबाट निस्कासन गर्न दवाब दिए ।  त्यतिबेला शंकरदेव कलेजका प्रिन्सिपल आर एन उपाध्याय थिए । उनी यसभन्दा पहिलो सेन्ट एन्थनी कलेजका अंग्रेजीमा प्राध्यापक थिए । आसामीहरूको आग्रहले उनी शंकरदेव कलेजमा प्रिन्सिपल बनेका थिए । उनी युपीका व्यक्ति थिए । उनले आन्दोलित आसामी विद्यार्थीलाई भने मेरा लागि सबै विद्यार्थी समान छन् । समान हुन् ।  म कसरी नेपाली विद्यार्थीलाई कलेजबाट निस्कासन गर्न सक्दछु र ? बरु मैले कलेजबाट नै राजीनामा दिन चाहन्छु । प्रिन्सिपल आर एन उपाध्यायले यसो. भने पछि  आन्दोलित आसामी विद्यार्थीको मुख बन्द भयो । उनले भने हामी तपाइंको राजीनामा चाहन्नौं । बरु हामी हाम्रो आन्दोलनको मांग फिर्ता लिन्छौं । यसरी कलेज फेरि चालु भयो । बाताबरण पुृरानै अवस्थामा फर्क्यो ।  नेपाली र आसामी विद्यार्थीबीचमा रहे भएको तिक्तता समाप्त भयो । आसामी प्रोफेसरप्रति पनि कसैको कुनै गुनासो रहेन । उनको पनि कसैप्रति कुनै गुृनासो रहेन । 

४–१२–२०७८

१८–३–२०२२






Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा