Skip to main content

दुस्साहस र कान्छी

 

कुनै पनि प्रकारको श्रम गर्नु लज्जाको विषय होइन । कुनै पनि काम गरेर कोही सानो हुँदैन । काम ठूलो सानो हुँदैन ।  हामीले श्रमलाई सम्मान गर्नु पर्दछ । त्यसलाई अंग्रेजीमा डिगनिटी अफ लेभर भन्छ्न् । शिलाङमा नेपाली भाषाका दुई अति प्रिय  शक्द निकै आँखाका कसिंगर जस्ता भएका छन् । ती शब्द हुन् श्रमसित जोडिएका दाज्यू र कान्छी शब्दहरू । दाज्यूलाई आजभोलि कसैले हिन्दीको प्रभावले  दादा भन्न पनि थालेका छन् ।  दाज्यूलाई दाई पनि भनिन्छ । गल्कोट बाग्लुङमा मैले दाज्यू भनेको सुनेको छैन । गल्कोट बाग्लुङमा दाई र दाजी भन्ने गरिन्छ । दाई शब्दमा भन्दा दाजी शब्दमा बढी आदर सम्मान रहे भए जस्तो देखिन्छ । दार्जीलिङमा दाई दाजी भन्ने चलन छैन । दार्जीलिङमा दाई दाजीलाई  दाज्यू भनिन्छ ।  शिलाङमा दाज्यू भनेमा कांधमा नाम्लो झुण्डाएर भारी बोक्ने श्रमिक बुझिन्छ । नेपाली बुझिन्छ । शिलाङका पाखा पखेरामा धेरै जसो नाम्लो लिएर बडा बजार बजार गाडीखाना , मौखार , आलुगोदाम, पुलिस बजार बस स्टेशनमा कामको खोजीमा डुल्ने श्रमिक नेपाली नै हुन्छन् । उनीहरूलाई  दाज्यू भनेर सम्बोधन गरिन्छ । भारी बोक्ने श्रमिकलाई दाज्युू भनेमा उनीहरू दुखित हुँदैनन् । बरु खुशी नै हुन्छन् ।  तर शिलाङका पढे लेखेका सुकिला मुकिला नेपालीलाई कसैले कुनै पनि अर्थमा दाज्यू भनेमा उनीहरू आफू्र अपमानित भएको ठान्छन् र  कति अवस्थामा त्यसले झगडाको रुप समेत ग्रहण गर्न सक्दछ । त्यस्तै अवस्थामा छ कान्छी शब्द ।  शिलाङमा कान्छी भन्नाले अर्काको घरमा भाँडा माझेर गुजारा चलाउने गरीब नेपाली महिला बुझिन्छ । शिलाङमा विशेष  गरीब नेपाली महिलाले आसामी बंगालीका घरमा भाँडा माझेर पेट पाल्दछन् ।  शिलाङमा पढे लेखेका महिलालाइ कान्छी भनेमा उनीहरू आफू अपमानित भएको अनुभूति गर्न सक्दछन् । गछ्र्रन् ।  म यस लेखमा कान्छी शब्दसित सम्बन्धित र म खुदै जोडिएको  घटनाको चर्चा गर्न चाहन्छु । यस प्रसंगलाई कोट्याउन चाहन्छु ।

शिलाङका विष्णुपुर इलाका आसामी बाहूल्य इलाका मानिन्छ । त्यहाँ आसामीहरूले निर्माण गरेको एउटा कलेज छ । त्यसको नाम हो शंकरदेव कलेज । आसामीहरू शंकरदेवलाई सबभन्दा ठूला धर्म गुरु मान्दछन् ।   शंकर देव कलेजमा शिलाङका अन्य कलेजमा जस्तै  वी एसम्म एक विषय नेपाली अध्ययन गर्न पाइन्छ । त्यतिबेला सेन्ट एन्थनी कलेजका नेपाली भाषाका प्राध्यापक गोपीनारायण प्रधानले पार्ट टाइम टिचरको रुपमा शंकरदेव कलेजमा नेपाली पढाउने गर्दथे । पछि कुमार पुन नेपाली भाषा पढाउने फुल टाइमर प्राध्यापक नियुक्त भएका थिए । उनले नेपाली भाषामा होइन अर्थशास्त्रमा एम ए गरेका थिए । त्यतिबेला शिलाङमा नेपाली भाषामा एम ए गरेको व्यक्ति पाउन गाह्रो थियो. ।  

बिष्णुपुर लाबान मोप्रैम बाह्रपत्थर झालुपाडा लउसुतन,चाँदबारी आदि ठाउँको नजिक पर्ने हुनाले त्यहाँ बसोबासो गर्ने नेपालीहरू पनि सेन्ट एडमन्ड , सेन्ट एन्थन शिलाङ कलेज  सेन्ट मेरिज लेडीकिन जस्ता कलेजमा अध्ययन गर्न नगएर नजिकैको विष्णुपुरमा स्थित शंकरदेव कलेजमा अध्ययन गर्दथे ।

शंकर देव कलेजमा आसामी भाषा पढाउने एकजना आसामी  ( अहिले नाम स्मरण भएन ) प्राध्यापकले आफूले लेखेको नाटककी एकजना पात्र कान्छी रहिछन् ।  आसामी नाटकमा कान्छी पात्र राखिएका हृुनाले. त्यस कलेजमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूलाई नेपाली महिला अझ त्यसमा पनि  विशेष गरी नेपाली जातिकै अपमान भएका अनुभूति भएछ । यसैले उनीहरूले नेपाली जातिलाई कान्छी पात्रको रुपमा चित्रित गर्ने आसामी प्राध्यापकलाई माफी मगाउन योजना बनाएछन्  । यसमा विशेष पहल शंकरदेव कलेजमा अध्ययन गर्ने विष्णुृ क्षेत्रीले लिएकी रहिछन् । बिष्णु क्षेत्री र शंकर देव कलेजका अन्य छात्राहरूल शिलाङका विभिन्न कलेजमा अध्ययन गर्ने विद्याथीैहरूलाई विरोध कार्यमा सहयोगी बन्न आह्वान गरेका रहेछन् । यो कुरा मेरा कानमा पनि पर्यो ।  म शंकरदेव कलेजमा पुगें ।  साँझको समय थियो । शंकरदेव कलेजको समीममा आसामीहरूको रंगशाला (  हल ) थियो । त्यहाँ सांस्कृतिक कार्यक्रमका साथसाथै कान्छी पात्र भएका नाटक देखाइने कार्यक्रम आयोजित थियो ।  हलभित्र कार्यक्रम धमाधम चल्दै थियो । वाहिर नेपानी विद्यार्थीहरू पुलिस अफिसरसित माग गरिरहेका थिए – आसामी प्राध्यापकलाई दश मिनटभित्र बाहिर हाम्रो सामु खडा गर । पुलिस अफिसरले आलटाल गरिरहेको स्थिति थियो । नेपाली विद्यार्थी आक्रोशित भैरहेको अवस्था थियो । तर पनि उनीहरू खासै कुनै कदम उठाउन भने हिच्किचाइरहेका थिए ।  त्यति नै बेला म ढोका जवरजस्ती खोलेर भए पनि स्टेजमा गई आसामी प्राध्यापकलाई माफी माग्न बाध्य पार्छु भन्दै अघि बढें । मलाई केही बलिया बलिया विद्यार्थीहरूले चरप्प अँठ्याएर अघि बढ्न दिएनन् ।  फुत्किन दिएनन् ।  तर  म अघि बढ्न थाले पछि अरु विद्यार्थी अघि बढे र पुलिस अफिसरले रोक्दा रोक्दै स्टेजमा पुगे ।  म पनि फुत्केर स्टेजमा पुगें । हाम्रा केही साथीहरूले माइक खोसे । पर्दा झारिएको अवस्था थियो ।   स्टेजमा शिक्षा मंत्री हजगेर मुख्य अतिथिको रुपमा उपस्थित थिए । उनी कुर्सीबाट उठेर आसामी भाषामा – कि र्हाइछे कि होइछे (  के भयो के भयो  ) भन्न थाले. । मैले उनलाई जबाब दिंदै भने– आसामी प्रोफेसरे नाटकत  कान्छी बुली नेपालीके अपमान करिसे । तेखेते माफी मागिब लागे  ( आसामी प्रोफसरले नाटकमा कान्छी भनेर नेपालीको अपमान गरेका छन् उनले माफी माग्न पर्दछ ) । मंचमा भएका आसामी प्राध्यापकले सहज रुपमा माइक मागेर कान्छी पात्र खडा गरेकोमा माफी मागे ।  नेपाली विद्यार्थीहरूले आफूलाई विजयी भएको ठाने ।  माफी मगाउन सफल भएको ठाने ।  स्टेज छोडेर बाहिर आए । पर्दा लगाएको लगाई थियो । दर्शक श्रोताहरूले भित्र स्टेजमा के नाटक चल्दै थियो थाहा पाएनन् । सबै कुरा मिनट भरमा नै भयो ।  आसामी प्रोफेसरले माफी मागेकोमा उनीहरू शायद किंकर्तव्यविमूढ भए । अल्लमल्लमा परे । अन्योलमा परे ।

 बाहिर सडकका निस्के पछि सारा नेपाली विद्यार्थीले मेरो नाम लिंदै दिल साहनी जिन्दावाद  भने । नारा लगाए ।  त्यसको सारा जस मलाई दिए ।  जबकि म यसको योजनाकार पनि थिइन् । आयोजक पनि थिइन । नेता पनि थिइन । सहभागी मात्र थिएँ ।

आसामी प्रोफेसरले माफी मागेको घटनाले आसामी जातिले आफू अपमानित भएको महशेुस गरेछन् । उनीहरूलाई नेपालीहरूले उनकै मंचमा गएर आफ्नो प्रोफेसरलाई माफी मगाएको कुरा उनीहरूको निम्ति अपाच्य भएछ । खास गरी यो कुराको विरोधमा शंकरदेव कलेजमा अध्ययन गर्ने आसामी विद्यार्थीले कलेज बन्द गराएर त्यहाँका प्रिन्सिपललाई नेपाली विद्यार्थीलाई शंकरदव कलेजबाट निस्कासन गर्न दवाब दिए ।  त्यतिबेला शंकरदेव कलेजका प्रिन्सिपल आर एन उपाध्याय थिए । उनी यसभन्दा पहिलो सेन्ट एन्थनी कलेजका अंग्रेजीमा प्राध्यापक थिए । आसामीहरूको आग्रहले उनी शंकरदेव कलेजमा प्रिन्सिपल बनेका थिए । उनी युपीका व्यक्ति थिए । उनले आन्दोलित आसामी विद्यार्थीलाई भने मेरा लागि सबै विद्यार्थी समान छन् । समान हुन् ।  म कसरी नेपाली विद्यार्थीलाई कलेजबाट निस्कासन गर्न सक्दछु र ? बरु मैले कलेजबाट नै राजीनामा दिन चाहन्छु । प्रिन्सिपल आर एन उपाध्यायले यसो. भने पछि  आन्दोलित आसामी विद्यार्थीको मुख बन्द भयो । उनले भने हामी तपाइंको राजीनामा चाहन्नौं । बरु हामी हाम्रो आन्दोलनको मांग फिर्ता लिन्छौं । यसरी कलेज फेरि चालु भयो । बाताबरण पुृरानै अवस्थामा फर्क्यो ।  नेपाली र आसामी विद्यार्थीबीचमा रहे भएको तिक्तता समाप्त भयो । आसामी प्रोफेसरप्रति पनि कसैको कुनै गुनासो रहेन । उनको पनि कसैप्रति कुनै गुृनासो रहेन । 

४–१२–२०७८

१८–३–२०२२






Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...