नेपाली कांग्रेसले यो मुलुकमाथि धेरै गद्दारी गरेको इतिहास छ । नेपाली कांग्रेसका मातृका प्रसाद कोइरालाले राष्ट्रघाती कोशी सम्झौता गरेका थिए । त्यसरी नै २०१६ सालमा नेपाली कांग्रेसका वी पी कोइरालाले राष्ट्रघाती गण्डकी सम्झौता गरेका थिए । १९५३ मा राष्ट्रघाती महाकाली सन्धि नेपाली कांंग्रेसका गिरिजा प्रसाद कोइरालाले गरेका थिए । यसरी नेपालका राष्ट्रघाती सन्धि गरेर नेपाली कांग्रेसले नेपालका तीन ठूला नदी भारतलाई बेचेको थियो । नेपाललाई सुख्खा बनाएर नेपालका जलस्रोत भारतलाई सुम्पेको थियो । त्यतिबेला कम्युनिष्टहरूले भन्ने गर्दथे कृष्णप्रसाद कोइरालाका तीन भाइ मातृका प्रसाद काइराला, विश्वेश्वर प्रसाद कोइराला र गिरिजा प्रसाद कोइरालाले नेपालका ठूला नदी भारतलाई बिक्री गरेर ठूलो राष्ट्ररूघात गरेका छन् ।
गिरिजा प्रसाद कोेइरालाले सुटृुक्क समझदारीको नाममा राष्ट्रघाती टनकपुर सम्झौता गरे पछि नेपालमा त्यसकोे चर्को विरोध भएको थियो । त्यतिबेला नै माधव नेपालले भारतमा गई प्याकेजमा महाकाली सन्धि गर्ने प्रस्ताव ल्याएर आएका थिए । पंचेश्वर बाँध सहितको राष्ट्रघाती संझौता गर्न नेपाली कांग्रेस तम्तयार भएर बसेको थियो । राष्ट्रघाती महाकाली सन्धि हुनेबेलासम्म नेपाली जनता धेरै सचेत भैसकेका थिए । राष्ट्रघाती कोशी र गण्डकी सम्झौताले गर्दा नेपाललाई नेपालका आफ्नो पानीमाथि कुनै अधिकार हुँदैन भन्ने कुरा पनि बुझेका थिए । युद्ध प्रसाद मिश्रले एउटा कवितामा भनेका थिए — बारीका तटबाट बग्दछ कुलो तर रित्तो छ हाम्रो घडा । पंचेश्वर बाँध सहित महाकाली सन्धि गर्न खोज्दा त्यतिबेलाका चर्चित जलस्रोतविद् दीपक ज्ञबालीले यो भारतलाई कन्यादान हो भनेका थिए । उनले यो पनि भनेका थिए भारतलाई बिजुलीको आवश्यकता होइन ।उसलाई पानीको आवश्यकता हो । महाकाली सन्धि गरेर भारतले नेपालको जलस्रोतमाथि एकाधिकार गर्न चाहन्छ । वास्तवमा यतिबेला नेपाल मुलुकको जलस्रोतको दृष्टिले विश्वको दोस्रो धनी मुलुक भएर पनि आफ्नो पानीमाथिको अधिकार गुमाइसकेको छ ।, हाम्रो हालत अग्रेजी कवि कोलरिजको एनिसेन्ट म्यारिनरको जस्तो भएको छ । म्यारिनर समुन्दको पानीको बीचमा छ । तर एक घुटकी पानी पिउन नपाई प्यासले छटपटाइरहेको छ । बाटर बाटर एभरीह्वेर बट नो ड्रप टु डिन्क ।
महाकाली सन्धिको समयमा मुलुकभरि त्यसको चर्को विरोध भएको थियो । महाकाली सन्धि रोक्न दशभरि सभा जुृलुृक गोष्ठी सम्मेलन आदि भएका थिए । तर नेपाली कांग्रेस र राप्रपाको शेरबहादुर दउवाको नेतृत्वमा बनेको जनघाती राष्ट्रघाती सरकार चिमाहा गोरु बाली नालीमा चर्दा लौराले सोठ्याउँदा पनि नटेरे जस्तै महाकाली सन्धि गर्न आतुर देखिन्थ्यो । मकाकाली नदीको पानी भारतलाई बुझाएर आफ्नो हनुमान भक्ति साबित गर्न चाहन्थ्यो । तर त्यतिबेला एमालेले समर्थन नगरेमा कांग्रेसले चाहँदैमा मात्र महाकाली सन्धि हुनै सक्दैनथ्यो । त्यतिबेला सिंगो एमाले एक मतले महाकाली सन्धि गर्ने पक्षमा थिएन । महाकाली सन्धिको बारेमा अध्ययन गरेर रिपोर्ट दिने एमालेको आयोगको अध्यक्ष क पी ओली थिए । यिनी भारतको पक्षमा उभिएका थिए । भनौं बेचिइसकेका थिए । एमालेमा महाकाली सन्धि गर्ने नगर्ने विषयमा मतदान हुँदा मत बराबर हुन पुग्यो । तर के पी ओलीले षडयन्त्रपूर्वक पार्टीमा कृत्रिम बहुमत पृुराएर त्यसलाई महाकाली सन्धि संसदबाट पास गर्ने निष्कर्षमा पुृराए । जनताको चर्को विरोधको बाबजुद मध्य रातमा एमालेको गद्दारीले गर्र्दा शेरबहादुर देउवाको नेतृत्वमा बनेको कांगेस र रुाप्रपाको सरकारले २०५२ मा राष्ट्रघाती महाकाली सन्धि गरको थियो । अहिलेसम्म राष्ट्रघाती सन्धि कांग्रेसले एक्लै गर्दथ्यो । तर राष्ट्रघाती महाकाली सन्धि हुँदा त्यसमा एमाले पनि सामेल हुन पुग्यो । एमालेले पनि राष्ट्रघाती पार्टीमा आफने नाम दर्ता गरायो । यसमा आफूलाई राष्ट्रबादी भन्न रुचाउने राप्रपा पनि सरिक थियो । राष्ट्रघाती महाकाली सन्धिको लागि पार्टीको रुपमा नेपाली कांग्रेस, एमाले र राप्रपा त बदनाम छन् नै । तर व्यक्तिगत रुपमा ६ जना व्यक्तिको नाम विशेष रुपमा कलंकित हुन पुगेको छ । ती कलंकित व्यक्ति हुन् शेरबहादुर देउवा, के पी ओली, माधव नेपाल, रामचन्द्र पौडैल, पशुपति शमशेर र डा.प्रकाशचन्द लोहनी । त्यतिबला पशुपति शमसेरले महाकली सन्धिले पश्चिमबाट सूर्य उदाउँछ भनेका थिए । त्यतिबेला के पी ओलीले भनेका थिए महाकाली सन्धिले नेपाललाई बर्षेनी एक खरब बीस अरब लाभ हुन्छ । महाकाली मध्यरातमा जनताको चौतर्फी विरोधका बावजृुद पास हुँदा त्यसको विरोधमा मत हाल्ने व्यक्ति थिए – पद्य रत्न तुलाधार, हिरण्यलाल श्रेष्ठ, मशालका नवराज सुवेदी मजदुर किसान पार्टीका सांसद आदि । राष्ट्रघाती महाकाली सन्धि पछि एमाले पार्टी विभाजित भएको थियो । सीपी मैनाली र वामदेव गौतमले नेकपा माले गठन गरेका थिए । वामदेव फेरि एमालेमा फर्के पनि सी पी मैनाली नेकपा मालेमा नै छन् । राष्ट्रघातको त्यो क्षणलाई संझेर मैले त्यतिबेला कविता लेखेको थिएँ –
राष्ट्रघात र राष्ट्रघातको त्यो क्षण
सगरमाथाको शिर उम्च्च गर्ने
अमरसिहहरूको जिउ्ँदो गाथा जीवित राख्ने
मातृभूमिको अस्मिता जोगाउन खोज्ने
बाटो समर्पणको होइन संघर्षको रोज्ने
करौडौ नेपालीका ढ्ुकढुकी बनेका
आठ बीर सपुतहरू हो
कस्तो लाग्यो तिमीलाई
देश बेचुवा
दुई सय विसेहरूको आमने सामन खडा हु्ँदा
कस्तो लाग्यो तिमीलाई
लेनडुपेहरूको पल्टनसित
महाकालीको छिनाफानोको युद्ध लड्दा
तिमीले आफूलाई एक्लो एक्लो जस्तो ठान्यो कि
तिमीले आफूलाई पराजित पराजित जस्तो ठान्यो कि
होइन होइन
तिमी आठ ए्क्लो ए््क्लो जस्तो भएर पनि
तातेको सडकसितै
दहो खुट्टा बनाएर
छाती तन्काएर
सिंगो देशको साथमा खडा भएको जस्तो ठान्यो कि
तिमी आफू दुृ्रब्लो दुब्लो जस्तो भएर पनि
आफूलाई मरेको स्यालको बथान अघि
जिउँदो सिह जस्तो उभिएको ठान्यो कि
तिम्रो अनुहार अँध्यारो अँध्यारो जस्तो देखिए पनि
देशभक्तिको दीप्तिले
उज्यालो उज्यालो भएको अनुभूति गर्यो कि
दुई सय विसेहरूका अनुहार उज्यालो उज्यालो जस्तो देखिए पनि
देशघातको कालो धब्बाले
अँध्यारो अँध्यारो जस्तो भएको अनुभूति गर्यौ कि
तिम्रे शिर निहुरे् निहुरे जस्तो देखिए पनि
स्वाभिमानले ठाडो ठाडो भएको जस्तो अनुभूति गर्यौ कि
लेन्डुपेहरूको शिर ठाडो ठाडो जस्ता देखिए पनि
अपराधले निहुरे निहुरे जस्तो देख्यौ कि
म कल्पना गर्दछु अहिले
हेर्दा जति फुर्तिला फुर्तिला जस्ता देखिए पनि
दुई सय विसेहरूको नसा नसामा
लेन्डुपेहरूको रवत बगेको अवश्य देखेका हौला तिमीले
मध्यरातमा
महाकालीको अपहरण भैरहेको त्यस घडीमा
तिम्रो सम्पूर्ण शरीर सेलाउ सेलाए जस्तो लागे पनि
तिम्रो नसा नसामा
भक्ति थापाहरूको रगत उम्लेको अवश्य अनुभव गर्यौ हौला तिमीले
तिमीले देशघात विरुद्धको युद्ध हारे पनि
देशभक्तिको युद्ध जितेको अनुभव अवश्य गर्यौ होला तिमीलृ
जे होस्,
राष्ट्रवाद र राष्ट्रघातको लडाईको यो नै अन्त्य होइन ।
२४–६–२०५३
एमसीसी इष्ट इन्डिया कम्पनीको नयाँ संस्करण हो । यो आर्थिक परियोजना अझ नेपालको सडक तथा विद्युत प्रसारण लाईन विकास वा स्तर उन्नतिको लागि आएको वा ल्याइएको भन्ने हल्ला यसका दलालहरूले जति चर्को स्वरमा गरे पनि अमेरिकाको नेपालको जल जमीन जडबिुटी जंगल लगायतका सम्पूर्ण सम्पदामाथि कब्जा जमाउनका साथै चीनलाई घेर्न इन्डो पेसेफिक सैनिक रणनीति अन्तगर्न आएको तथा भित्राइएको हो भन्ने कुरा बच्चा बच्चाले बुझिकेको कुरा हो । एमसीसी नेपाललाई सिरिया अफगानिस्तान र हाल आएर युृक्रेन बनाउने अमेरिकाको ग्रायन्ड डिजायन भित्रको कुरा हो । यो शेरबहादुर देउवालाई थाहा नएको होइन । यो. कुरा के पी ओलीलाई थाहा नभएको होइन । यो कुृरा प्रचण्ड र माकुनेलाई थाहा नएको होइन । अमेरिकाका कानून नेपालको संविधानभन्दा पनि माथि हुने, बौद्धिक सम्पतिमाथि नेपालको अधिकार हुन पाउने, एमसीसमा काम गर्ने कर्मचारीको बारेमा कुनै जानकारी लिन नपाइने , एमसीसीको कर्मचारीले हत्या बलात्कार जे गरे पनि नेपालको कुनै अड्डा अदालतमा मुद्दा लाग्नै नसक्ने , एमसीसीको हिसाव किताब नेपालले हेर्न नपाउने , एमसीसीका नाममा जे जति माल सामान यस देशभित्र भित्राइन्छन् त्यसको नेपालमा कुनै चेक जाँच हुन नपाउने , एमसीसीको नाममा एटम बम बोकेर ल्याए पनि नेपालले त्यसको सुइकोसम्म पाउन नसक्ने , उताबाट के आउँछ भन्ने कुरा जान्न मात्र होइन यताबाट उता के जान्छ त्यसको समेत कुनै प्रकारको सोधखोज वा चासो लिन नपाइने जस्ता अनेक अनेक खतरनाक राष्ट्रघाती ज्ञात अज्ञात खुला तथा गोप्य प्रावधान नै प्रावधानले शिरदेखि पाउसम्म रंगिएको एमसीसीलाई नेपालको संंसदले हिजो मध्यरातमा राष्ट्रघाती महाकाली सन्धि पास गरे जस्तै नेपाली जनताको आवाज तथा भावनालाई कुल्चिदै तथा नेपाल आमाको छातीमा लात हान्दै नेपालका कुलांगार अमेरिकी दलालहरूले षडयन्त्रपूर्णं ढंग र छापामार शैलीमा जसरी नेपालको संसदबाट पारित गरे त्यसले उनीहरूको कालो राष्ट्रिय गद्दारीको अनुहार उदांगो पारेको छ । मुलुकमा गद्दारहरू शासन सत्तामा पुगे पछि जे हुन सक्दथ्यो आज त्यही भएको छ । यसले अनिवार्यत रुपमा नेपाली समाजलाई दुई खेमामा बाँडेको छ । एमसीसी खेमामा अमेरिकी दलालहरू खडा छन् भने अर्को खेमामा देशभक्त नेपालीहरू । एमसीसीले अनिवार्य रुपमा मुलुकलाई गृहयुद्धतिर धकेलेको छ । राष्ट्रिय मुक्ति आन्दोलनतिर धकेलेको छ । अंग्रेजी साम्राज्यवादको चकचकी र जगजगीको बेलामा समेत आफ्नो कति भूभाग गुमाए पनि मुलुकको अस्तित्वलाई कायम राख्न सफल भएको र अझसम्म कुनै विदेशीको गुलाम नभएको यो मुलुकलाई यहाँका अमेरिकी दलाल नेता तथा दलाल पार्टीहरूले यस मुलुकलाई साम्राज्यवादी अमेरिकाको गुलाम बनाउन खोज्दैछन् । नेपालको इतिहासमा अमेरिकी दलाल शासकहरूले अक्षम्य अपराध गरेका छन् । गद्दारहरूले बुद्धको यस देशलाई युद्धको देशमा परिणत गर्न खोजिरहेका छन् ।
हिजो मुख्यत के पी ओलीको नकारात्मक भूमिकाले गर्दा नै राष्ट्रघाती महाकाली सन्धि पास हुन संभव भएको हो । आज पनि मुख्यत के पी ओलीको नकारात्मक भूमिकाल गर्दा नै राष्ट्रघाती एमसीसी संसदबाट पारित भएको हो । फरक यति छ कि हिजो के पी ओलीको सक्रियताले गर्दा राष्ट्रघाती महाकाली सन्धि संसदबाट पारित भएको थियो । आज यिनै के पी ओलीको निष्क्रियताले गर्दा संसदबाट सजिलै एमसीसी पास हुन सक्यो । कुरा के भने संसद अवरुद्ध गरिहेका के पी ओलीको एमालेले कथित मतदानमा भाग लिएर विपक्षमा मतदान गरेको भए एमसीसी पास हुने थिएन । तर एमसीसीको पक्षमा देउवा जस्तै अटल रुपमा उभिएका के पी ओलीहरूले मतदानमा भाग लिएर पनि एमसीसी पास गराउन सक्दथे । मतदानमा भाग नलिएर पनि एमसीसी पास गराउन सक्दथे । के पो ओलीको हातमा दुई कार्ड थिए । भाग लिएर पनि एमसीसी पास गराउने । भाग नलिएर पनि एमसीसी पास गराउने । कांग्रेस त जन्मजात साम्राज्यवाद र विस्तारवादको पुजारी भएको हुनाले उसबाट राष्ट्रको खतरा रहने कुरामा अचम्भ मान्नु पर्ने कुनै कारण छैन । कांग्रेस हिजो राष्ट्रघाती महाकाली सन्धिको बेलामा एक स्वर र एक मुख थियो । आज राष्ट्रघाती एमसीसी पास गराउने सवालमा पनि कांग्रेस एक स्वर र एक मुख देखियो । तर एमाले हिजो पनि एम स्वर र एक मुख थिएन । आज पनि थिएन । एमाले कै भीम रावल एमसीसीको बिरुद्धमा चट्टान जस्तै खडा भएका थिए । तर नेपाली कांग्रेसमा भने एमसीसीको बिरुद्धमा एउटा माखो पनि बोलेको देखिएन सुनिएन ।
यो कुरा ठीक हो कि प्रचण्ड र माधव नेपालले जति रोके पनि संसदबाट एमसीसी पास हुने अवस्था थियो । एमसीसी पास हुनबाट रोक्न सक्ने हैसियत थिएन । प्रचण्ड र माधव नेपालले एमसीसी पास गर्न नखोजे शेरबहादुर देउवाले ओलीका चाहना अनुसार माधव नेपालहरू रअग्नि सापकोटालाई हटाए एमालेििसत मिली सरकार बनाई एमसीसी पास गर्न सक्ने अवस्था मौजुद थियो । तर खुदै प्रचण्ड र माधव नेपाल विना संसोधन संसदबाट एमसीसी पास गराउन तयार भएको हुनाले गठबन्धनको गला नघोटी देउवालाई एमसीसी पास गरी अमरिकी साम्राज्यवादको सेवा गर्ने अवसर मिल्यो । यथास्थितिमा एमसीसी पास गर्न सकिन्न भन्ने प्रचण्ड र माधव नेपाल बरु गठबन्धन छोडेर देउवा र के पी ओलीलाई सरकार बनाई एमसीसी पास गर्न दिएको भए चुनावमा उनीहरूको हार्ने अवस्था सृजित भए पनि उनीहरूको. राजनैतिक छवि त्यति धुमिल हुन पाउने थिएन । एमसीसीले बर्तमान संसदमा रहेका शक्तिशाली भनिएका ठूला दल नांगिएका छन् । उनीहरू नांगो रुपमा अमेरिकी दलाल हुन पुगेका छन् ।
प्रचण्डले व्याख्यातात्मक घोषणाले गर्दा एमसीसी पास गर्दा राष्ट्रघात भएको छैन भन्ने कुतर्क दिन थालेका छन् । तर व्याख्यतात्मक घोषणाले नै एमसीसी राष्ट्रघाती सम्झौता हो भन्ने कुरा पुष्टि गरेको छ । सन्धि र समझौता एक पक्षीय हुँदैन । नेपालले ेघोषणा गरेको व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार नगरे त्यसको कुनै कानूनी मान्यता हुँदैन । प्रचण्डहरूको व्याख्यतात्मक घोषणालार्य अमेरिकाले स्वीकार नगर्ने घोषणा गरिसकेको अवस्था छ ।
प्रचण्डले एमसीसी पास गरेर देशलाई ठूलो दुघर्टनाबाट बचाएको दावी गरेका छन् । वास्तवमा उनले एमसीसी पास गराउनमा खलनायकको भूमिका खेलेर मुुलुकलाई ठूलो दुर्घटनामा पुराएका छन् । नपाललाई युक्रिन हुन सक्ने अवस्थामा पुराएका छन् ।
सबैलाई थाहा भएकै कुरा हो कि एमसीसीले शेरबहादुर देउवा , के पी ओली पुष्पकमल दाहाल र माधव नेपाललाई सबभन्दा बढी नंगायो । उनीहरूलाई अमेरिकी दलाल भएको कुरा व्यवहारिक रुपले साविबत गर्यो । यसको साथसाथै यसले अग्नि सापकोटालाई पनि नराम्ररी नंगायो । हिजो उनले ज्यान जाला एमसीसी पास हुन दिन्न भने तर पछि आएर उनले खुरुक्क च्याँ चुँ नाही नास्ती नगरी एमसीसीलाई टेबल पनि गरे । पास गराउनेमा खलनायकको भूमिका पनि खेले । एमसीसीले नारायण काजी, लीलामणि पोखरेल , देव गुरुंग तथा लेखनाथ न्यौपानेलाई पनि नंगायो । हिजो उनीहरूले खुलेर चर्को स्वरमा एमसीसीको विरोधमा आवाज उठाए । एमसीसीको कालो अनुृहारदेखि जनतालाई चिनाए । जनतालाई जगाए । आज उनले नेतृत्व गरेको प्रचण्डले व्याख्यात्मक घोषणाको टालोले मुख छोपेर एमसीसी पास गरे पछि उनीहरूको बोली नै बन्द भयो । उनीहरू एक प्रकारले पार्टी फुलाएका बेलुन जस्ता भए । यद्पि उनीहरूले त्यतिबेला देश र जनताको सामु सत्य साँचो कुरा बोलेका थिए । उनीहरूले देशभक्त नेता वा नागरिकको भूमिका खेलेका थिए । पार्टीले गद्दारी गरिसके पछि एमालेका भीम रावल जस्तै उनीहरू आफ्नो विचारमा अडिन सकेनन् । झलनाथ खनाल जस्तै सत्य र साँचो कुराको पक्षमा हिमाल जस्तै खडा हुन सकेनन् । वास्तवमा प्रचण्ड र माधव नेपालको कदमले लीलामणि पोखरेल तथा देव गुरुङ जस्ता तुलनात्मक रुपमा स्वच्छ छवि भएका व्यक्तिको बजन घटाउन पुग्यो । व्यक्तित्वलाई धराशायी बनायो । बरु राष्ट्रघाती एमसीसीको हिजो पनि बिरोध र आज पनि बिरोध गरेर कृण्ण बहादुर मोहराको छवि राम्रो हुन पुग्यो । लीलामणि पोखरेल र देव गुरुंङको छवि धुमिल हुनु दुखद विषय हो । पार्टीगत रुपमा मशाल र मजदुर किसान पार्टीले आफ्नो छवि जोगाएको छ । चित्र बहादुर के सी र प्रेम सुवालले हिजोदेखि आजसम्म एमसीसीको बिरोध गरेर देश र जनताको पक्षमा महत्वपूर्ण भुमिका खेलेका छन् । बिप्लव मोहन बैद्य लगायतका छ वाम पन्थी पार्टी र दुई मोर्चाले देश र जनताको चाहना अनुसार राष्ट्रघाती एमसीसीको विरुद्धमा आन्दोलन संचालन गरेको हुँदा एमसीसी खारेज हुने कुरामा आवश्वस्त हुन सक्ने स्थिति रहेको छ । एमसीसी खारेज हुनु पर्दछ ।
एमसीसी यथास्थितिमा मात्र होइन संसोधन गरेर पनि पास हुनु हुँदैनथ्यो । एमसीसी कालो वा सेतो जस्तो सुकै रंग रोगनको भए पनि त्यो आर्थिक परियोजना मात्र नभएर राजनैतिक र अझ सैनिक रणनीतिक योजनासित नङ र मासु जस्तै जोडिएको परियोजना थियो र हो । गधालाई धोएर जसरी गाई हुँदैन त्यसरी नै व्याख्यात्मक घोषणाको रंग पोतेर एमसीसी शुद्ध आर्थिक विकासको परियोजना हुन सक्दैन । शेरबहादुर देउवाहरूले आफ्नो नाम अमेरिकी दलालमा दर्ज गराउन एमसीसी पास गरेको कुराको प्रमाण आफ्नो मुलुकको असंलग्नता र पंचशीलको आधारमा चलिआएको पर राष्ट्रको नीतिका विपरीत युक्रेनको मामिलामा अमेरिकाको प्यादा हुन पुगेको कुरा पनि स्पष्ट हुन्छ र भयो । जे होस, हिजो एमसीसीको विरुद्धमा आवाज उठाएर देश र जनतालाई जगाउने दल व्यक्ति तथा बुद्धिजीवीहरू एउटा मोर्चामा सामेल हुनु आजको आवश्यकता हो ।
नेपालको संसदले षडयन्त्रपूर्वक छापामार शैलीमा एमसीसी पास गरेर नेपाललाई अमेरिकी उपनिवेश बनाउन खोज्दै गरेको दिन फागुन १५ गते नेपालको इतिहासमा कालो दिनको रुपमा दर्ज हुने छ । दर्ज भएको छ ।
२४–११–२०७८
८–३–२०२२
Comments
Post a Comment