एकाविहानै उठेर म फेसबुक हेर्दै थिएँ । अचानक मेरो नजर पुस्तकको खातमा बसेर एक जना व्यक्तिले किताव पढिरहेको दृश्यमा पर्यो । विनु पोखरेल फलोमा कति राम्रो कुरा पढ्न पाइयो शीर्षक राखेर यस्तो लेखिएको थियो — मोरक्को देशको राबत भन्ने ठाउँका ७२ वर्षका किताब पसले हुन् उनी । महोमद अजिज नामका उनी दैनिक छ देखि आठ घण्टा पढ्छन् । अंग्रेजी, अरबिक र फ्रान्सेली भाषाका ५ हजार बढी पुस्तक उनले पढिसेका छन् । विगत ४३ बर्षबाट उनी एकै स्थानमा छन् । उनको पसलमा किताब बाहिरै असरल्ल हुन्छन् । किताब बाहिर छाड्दा चोरीको डर हुन्न भन्ने .प्रश्नमा उनले भनेका छन् , जो पढ्दैन उसले चोर्दैन । जो पढ्छ उ चोर हुँदैन । यस अभिव्यक्तिले मेरो ध्यान आकृष्ट किन भयो भने म आसाममा स्कुल पढ्दा हाम्रा शिक्षक ग्रिन दासले पुस्तक चोर्ने सम्बन्धमा घतलाग्दा कुरा गरेका थिए । रोचक कुरा गरेका थिए । यो कुरा उनकै भनाइसित बाझ्दो थियो । ग्रिन दास चारदुवार हाई स्कुलमा आसामी भाषा साहित्य पढाउँथे । मैले आसामी विषय लिएको थिइनं । आसामी स्कुलमा उच्च कक्षामा हिन्दी पढाउने कुनै शिक्षक नभए पनि मैले आफै पढेर हिन्दीको जाँच दिने विचार गरेको थिएँ । आसामी