कम्प्युटरसित बढे पछि बढी दोस्ती
कलमसितको सम्बन्ध पातलिंदै जाँदो रहेछ
कम्प्युटरसित हुन थाले पछि बढी परिचित
कलमसितको सम्बन्ध पुरानिंदै जाँदो रहेछ
कम्प्युटरसितको गाँसे पछि नाल नातो
कलमसितका नाल नातो मेटिंदै जाँदो रहेछ
कम्प्युटिरसित थाले पछि हुन हेलमेल
कलमसितको चलखेल घट्दै जाँदो रहेछ
कम्प्युटरसित गर्न थाले पछि कुराकानी
कलमसितकोे बोलीचाली बन्द हुँदै जाँदो रहेछ
कम्प्युटरसित थाले पछि उठ बस
कलमसितको भेटघाट कम ह्ुँदै जाँदो रहेछ
कम्प्युटरसित हुनथाले पछि मेल मिलाप
कलमसितको सम्बन्धमा बिराम लाग्न थाल्दोरहेछ
कम्प्युटरसितको सम्बन्धलाई गर्दै गए नबीनीकरण
कलमसितको सम्बन्धको डेट एक्सपाएर हुन थाल्दोरहेछ
कम्प्युटरलाई दिन थाले पछि मन पेट
कलमसिमाथिको. भरोसा टुट्दै जाँदो रहेछ
फेरि पनि मलार्ई लाग्दछ
कम्प्युटर आयो भन्दैमा
कलमसितको युयौं पुरानो गाढा सम्बन्ध
भुल्न पो कहाँ हुन्थ्यो र
भुल्न पो कहाँ सकिन्थ्यो र
फेरि कुृरा यो पनि छ
कलम भनेको कलम नै हो ्
जति आधुृनिक र उन्नत भए पनि
कलम जस्तो त के हुन्थ्यो र कम्प्युटर
कम्प्युटर ह्याङ्ग पनि हुन सक्दोरहेछ
कम्प्युटर करप्ट पनि हुन सक्दो रहेछ
कम्प्युटर डिलिट पनि हुन सक्दो रहेछ
रहेनछ विश्वास डी ड्राइभ ई ड्राइभको पनि
हार्ड डिस्क समेत उड्न जाँदो रहेछ ।
१९—९—२०८०
४—१—२०२४
Comments
Post a Comment