Skip to main content

किताव महोमद अजिज र ग्रिन दास

 



एकाविहानै उठेर म फेसबुक हेर्दै थिएँ । अचानक मेरो नजर पुस्तकको खातमा बसेर एक जना व्यक्तिले किताव पढिरहेको  दृश्यमा पर्यो । विनु पोखरेल फलोमा कति राम्रो कुरा पढ्न पाइयो शीर्षक राखेर यस्तो लेखिएको थियो — 

मोरक्को देशको राबत भन्ने ठाउँका ७२ वर्षका किताब पसले हुन् उनी । महोमद अजिज नामका उनी दैनिक छ देखि आठ घण्टा पढ्छन् । अंग्रेजी, अरबिक र फ्रान्सेली भाषाका ५ हजार बढी पुस्तक उनले पढिसेका छन् । विगत ४३ बर्षबाट उनी एकै स्थानमा छन् । उनको पसलमा किताब बाहिरै  असरल्ल हुन्छन् । किताब बाहिर छाड्दा चोरीको डर हुन्न भन्ने .प्रश्नमा उनले भनेका छन् , जो पढ्दैन उसले चोर्दैन ।  जो पढ्छ उ चोर हुँदैन ।

यस अभिव्यक्तिले मेरो ध्यान आकृष्ट किन भयो भने म आसाममा स्कुल पढ्दा हाम्रा शिक्षक ग्रिन दासले पुस्तक चोर्ने सम्बन्धमा घतलाग्दा कुरा गरेका थिए । रोचक कुरा गरेका थिए । यो कुरा उनकै भनाइसित बाझ्दो थियो । 

ग्रिन दास चारदुवार हाई स्कुलमा आसामी भाषा साहित्य पढाउँथे ।  मैले आसामी विषय लिएको थिइनं । आसामी स्कुलमा उच्च कक्षामा हिन्दी पढाउने कुनै शिक्षक नभए पनि मैले आफै पढेर हिन्दीको जाँच दिने विचार गरेको थिएँ । आसामी स्कुलमा हिन्दी राष्ट्र भाषा पढाउने एकजना नेपाली शिक्षक थिए तारा कान्त उपाध्याय । उनले नौ दक्षाको हिन्दी अध्यापन गर्न सक्दैनथे । यसैले मैले आफ्नै स्वाध्यनको बलमा हिन्दी विषयको अध्ययन गर्नु पर्दथ्यो । जाँच दिनु पर्दथ्यो । 

जे होस्, मैले आसामी विषय नलिए पनि म कक्षामा आसामी विषयको पढाई हुँदा कक्षा कोठा नै बस्दथें र आसामी भाषा साहित्य पढाएको सुनिरहन्थे । आसामी भाषा साहित्य ग्रिन दासले नै पढाउँथे ।  यसरी आसामी विषय नलिए पनि मलाई कक्षा कोठामा पढाएको सुनेर आसामी भाषा साहित्य बारे धेरै कुराको जानकारी भएको थियो । म केही न केही मात्रामा आसामी भाषा साहित्यका सम्बन्धमा परिचित हुन पुगेको थिएँ ।

मैले सुनेको थिएँ ग्रिन दासले वी ए पास गर्न सकेका थिएनन् । उनले वी  ए को परीक्षा दिन छोडेका थिए ।  साथीहरू भन्दथे ग्रिन दास सर शेक्सपियरका नाटक खुव पढ्दथे ।  उनलाई कति शेक्सपियरका नाटक कण्ठ थिए । उनले एक दिन कक्षामा कुरा गर्दै के पनि भनेका थिए भने उनले एकजना अंग्रेज युवतीलाई भाषा पढाउँदा आँपलाई मैन्गो भन्दा उसले बुझिनछ । उनले भनेका थिए उसका देशमा आँप नहुने हुनाले उसलाई त्यस  फलको नाम थाहा भएनछ । । रहेनछ । वास्तवमा मैन्गो अंग्रेजी शब्द होइन रहेछ । यो त दक्षिण भारतको भाषाको शब्द रहेछ । अंग्रेजहरू दक्षिण भारतको भाषाबाट मैन्गो शब्द अंग्रेजी भाषामा सापट लगेका रहेछन् । (  अहिले मैले गुगलमा सर्च गर्दा ग्रिन दासको कुरामा सत्यता पाएँ । गुगलमा मैन्गो शब्दको स्रोत खोज्दै भनेको छ — अंग्रेजी शब्द मैन्गो १६ औं शताब्दीमा पोर्तगिज भाषाको मान्गा शब्बाट आएको हो जुन मलायाको मांगाबाट आएको हो  जुन खासमा तामिलको  मैन्गो ट्रिबाट आएको हो । )  त्यतिबेला मैले ग्रिन दासको कुरालाई देव वाक्याको रूपमा लिएको थिएँ । सरले भने पछि  कुरा सोह्रै आना ठीकै होला जस्तो लागेको थियो । तर यतिबेला मैले उनले भनेको कुरा ठीक हो होइन बुझ्ने मन गरे र मैगो शब्दको जरो खोज्न गुगलको सहयोग लिएको थिएँ । गुगलले मलाई बतायो ग्रिन दास सर मूलत सही थिए । यस कुराले मेरो मनमा के प्रश्न खडा गर्यो भने त्यतिबेला हामीलाई गुगल कुन चरीको नाम हो भन्ने कुरा थिएन । गुगलको जन्म नै भएको थिएन । गुगलले नै मलाई आफ्नो जन्मको सम्बन्धमा के कुरा बतायो भने गुगलको जन्म सेम्टेम्बर ४, १९९८ मा मात्र भएको थियो । गुगलको स्थापना अमेरिकाका कम्प्युटर बैज्ञानिक लेरी पेज र  सर्जे ब्रिनले उनीहरू कालिफोर्नियाको स्टानफोर्ड युनिवर्सिटीका पी एच डी का विद्यार्थी भएको बेला गरेका थिए  । गुगलको अनुपस्थितमा  मलार्ई लाग्दछ शायद ग्रिन दासले  यस कुराको ज्ञान कुनै स्टान्डर्ड डिस्नरीबाट प्राप्त गरेको होलान् । अन्यथा उनलाई कसरी थाहा हुन सक्दथ्यो मैन्गा शब्द दक्षिण भारतको भाषाबाट अंग्रेज्मिा आएको हो ।  

ग्रिन दास अत्यन्त अध्ययनशील व्यक्ति थिए । उनी एक अर्थमा कितावका किरा थिए । मैले आसामी विषय नलिएको हुनाले यिनीसित मेरो खासै कुराकानी हुने थिएन । सामिप्य हुने थिएन । उनी मलाई खासै जान्दैनथे । नौ कक्षाको रिजल्ट सुनाउँदा म कक्षामा दोस्रो भएको थिएँ । मलाई लाग्दछ स्कुलका हेड मास्टरले आफ्नो विपय अंग्रेजी पोएट्रीमा एकदम थोरै जम्मा ३६ नम्बर दिएर फस्ट हुने आसामी विद्यार्थीकोभन्दा पूर्णांकमा मेरो ३ नम्बर थोरै गराएका थिए । मैले कक्षामा उनका टिचिङ सम्बन्धमा धेरैपल्ट विरोध गरेको हुनाले पनि उनी मसित आन्तरिक रूपमा नाराज भएका पनि हुन सक्दथे र मलाई थोरै नम्बर दिएर दण्डित गरेका हुन सक्दथे । अथवा आसामी विद्यार्थीलाई फस्ट गराउने लक्ष्य राखेर आफ्नो विषयमा मलाई थोरै नम्बर दिएका पनि हुन सक्दथे ।  जे होस्   मैले उनको विषयमा मात्र थोरै नम्बर पाएको थिएँ । तथापि कक्षामा दोस्रो हुनु पनि कुनै खराब कुरा थिएन । म दोस्रो कक्षामा दोस्रो भएकोमा रिजल्ट सुनाउने बेलामा ग्रिन दासले निकै खुृशी हुँदै भनेका थिए — तुमी एनेकुवा भाल छास्त्र (  उच्चाहरण सास्त्र ) हवा बुृली मई भावा नासिलो (  तिमी यति राम्रो विद्यार्थी हौला भन्ने कुरा मैले सोंचेको थिइनं ।  स्कुलमा आसामी भाषामा पढाइ भए पनि मैले अंग्रेजी माध्यममा जाँच दिने गरेको थिएँ । स्क्ुलले मलाई अंग्रेजी भाषामा परीक्षा दिन स्वीकृति दिएको थियो । अर्ध वार्षिक परीक्षामा संस्कृत विषयको अनुवाद अंग्रेजीमा गरेको हुनाले संस्कृतका शास्त्री सरले मलाई भनेका थिए — मई आग्रेजी नजानु । तुमी केनेकै लिखिसा मई बुझी पावा नाहीं । तोमाके एतिया  पास नम्वर दिसु । वार्षिक परीखात तुमी आसामी भाषा त लेखिवा । (  म अंग्रेजी जान्दिनं । तिमीले कस्तो लेखेका छौ मैले बुझ्न सकेको छैन । अहिलेलाई तिमीलाई  पास नम्बर दिएको छु ।  वार्षिक परीक्षामा  आसामीमा लेख्नु । )  बार्षिक परीक्षामा मैले संस्कृत भाषा अनुवाद गर्दा आसामी भाषामा देवनागरी लिपिको प्रयोग गरेको थिएँ । आसामी लिपिमा लेख्दा मेरो कलम खासै अघि सर्न सक्दैनथ्यो । परीक्षामा भवनमा नै मैले संस्कृतका शिक्षक शास्त्री सरको अनुमतिले आसामी भाषा देवनागरी लिपि प्रयोग गरेको थिएँ । शास्त्री सर देवनागरी लिपि पढ्न सक्दथे ।

जे होसु , पछि मेरै सल्लाह सुझावमा आसाम लोकरा चारदुवारमा कम्युनिष्ट पार्टी माक्र्सवादीसित सम्बन्धित भएर त्यस क्षेत्रमा कार्यरत रहेका ज्ञानबहादुृर कार्कीको अन्य आसामी माक्र्सवादी कम्युनिष्ट पार्टीका कार्यकर्तासित सम्पर्क हुँदा ग्रिन दाससित पनि सम्पर्क हुन पुगेको रहेछ । म लोकरा चारदुवार जाँदा यिनै ज्ञानबहादुर कार्कीले मलाई ग्रिन दाससित भेट गराएका थिए । त्यस अवस्थामा मैले पनि ग्रिन दासलाई कम्युनिष्ट सिद्धान्त सम्बन्धमा धेरै चर्चा गरेको थिएँ । ग्रिन दास कम्युनिष्ट बिचारप्रति भर्खर भर्खर आकर्षित भएको अवस्था थियो ।  

यिनै शिक्षक ग्रिन दासले कक्षा कोठामा अध्यापन गर्दा एक दिन पुस्तकको अध्ययनको विषयमा बोल्दै भनेका थिए — मई कितावखनी पढातो खुब भाल पाम । जदि मइ किसेर घरत भाल किताव देखिम् तेनहले मई  सुपसाप उठाइ लैजाम । किताव चुरा (  सुृरा ) तो कोनो व्याहा कथा नहय । तुमालोके जदि यिनैकई कोनो मानुहर घरत भाल किताव साइले चुपचाप उठाइ लैजाब पारिबा ।  (  म किताव अध्ययन गर्न निकै मन पराउँछु । यदि मैले कसेको घरमा मलाई मन पर्ने किताव देखें भेटे. भने चुपचाप उठाएर लैजान्छु । किताव चोर्नु कुनै खराब कुरा होइन । तिमीहरूले पनि कसैको घरमा राम्रो किताव देखे चुपचाप उठाएर लगे हुन्छ । )

ग्रिन दासको यस अभिव्यक्ति र  महोमद अजिजको किताबको चोरी गर्ने सम्बन्धमा विरोधाभास भएको कुराले मलाई गंभीरतापूर्वक चिन्तन मनन गर्ने विन्दुमा पुरायो । महोमद अजिजको भनाइमा किताब पढ्ने व्यक्तिले किताब चोर्दैन । तर गिरिन दासको भनाइमा किताव पढ्ने मान्छेले किताव चोर्न पर्दछ । यस सम्बन्धमा कुनै पनि व्यक्तिलाई कुन कुरा ठीक हो कुन कुरा ठीक होइन त्यसको निष्कर्ष निकाल्न गाह्रै पर्ला । तर पनि यस सम्बन्धमा के कुरा भन्न सकिन्छ भने यी दुबै व्यक्तिमा अभिव्यक्ति आफैमा महत्वपूर्ण तथा घतलाग्दा छन् । दुबै खाले अभिव्यक्ति आ आफ्नो अर्थमा ठीकै  होलान् । उचित नै होलान् । 

३—१०—२०८०

१७—१—२०२४


Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा