हामी कुनै कुरालाई परिभाषाको सीमाभित्र ँधेर वा सीमित पारेर राख्न सक्दैनौं । यो आम धारणा हो । फेरि पनि हामीले कुनै पनि विषयलाई परिभाषित गर्ने कुरामा कुनै पर्खाल लगाउन सक्दैनौं । हामीले कुनै पनि कुराको सठीक परिभाषा गर्न नसके पनि त्यसलाई परिभाषित गर्ने जमर्को गर्दछौं । यसले गर्दा हामीले कुनै कुराको संतोषजनक परिभाषा दिन नसके पनि त्यसलाई छेउछाउबाट बुझ्ने मामिलामा केही सफलना प्राप्त गर्न सक्दछौं । संस्कृतिको विषयमा केही कोर्न परेमा हामी सामान्य अर्थमा त्यसको अर्थ लगाउँदै भन्न सक्दछौं संस्कृति भनेको हाम्रो जीवन पद्धति हो । जीवन शैली हो । माक्र्सवादी दर्शनको आधारमा संस्कृतिलाई चर्चा गर्दा यो समाजको आर्थिक आधारको उपरी संरचनाभित्र पर्ने कुरा हो । समाजको निणार्यक तत्व भनेकै आर्थिक आधार हो । खास आर्थिक आधारमा उपरी संरचनाभित्र दर्शन , बिचार , राजनीति संस्कृति साहित्य कला आदि कुरा पर्दछन् । यिनलाई हामी कुनै खास आर्थिक आधारका प्रतिबिम्ब पनि भन्न सक्दछौं । हरेक युगको आर्थिक आधार फरक फरक हुन्छ । युग परिवर्तनका साथसाथै त्यसको आर्थिक आधार फेरिएको सन्दर्भमा त्यस आर्थिक आधारसित सम्बन्धित उपरी संरचनामा पर