Skip to main content

हामीमाथि काठमाण्डौमा रहस्यमय हमला

 


धेरै अघिको कुरा हो । त्यतिबेला म बुटबल बहुमुखी क्याम्पमा अध्यापन गर्दथें । त्यतिबेला तेजप्रसाद कडेल सर पनि बुटबल बहुमुखी क्याम्पसमा काम गर्दथे । हामीलाई त्रिभुवन युनिवर्सिटीको केन्द्रिय अंग्रेजी विभागले सेमिनारमा भाग लिन राजधानी बोलाएको थियो । म र  तेज प्रसाद कडेल प्रतिनिधिको रूपमा  राजधानी पुगेका थियौं । त्यतिबेला प्राध्यापकहरूको आवाश निर्माण बनिसकेको थिएन ।  यसैले हामी बागबजारको थकाली होटलमा बास बस्न पुग्यौं । 

हाम्रा साथमा एकजना रामापुरका व्यक्ति पनि थिए । उनको कुनै संभवत जमीन जग्गा सम्बन्धी मुद्दामा तेज प्रसाद कडेलले डिल गरेको अवस्था थियो । मुद्दा हेरिरहेको अवस्था थियो । 

पहिलो दिन हामी तिनै जना बागबजारको थकालीको होटलको माथिल्लो तलामा अगाडिपट्टिको कोठामा बसेका थियौं । अर्को दिन आफ्नो विशेष काम गरेर हाम्रा साथमा आएका व्यक्ति ( अहिले मैले उनको नाम स्मरण गर्न सकेको छैन ) बुटबल फर्केका थिए । यसैले हामीले अगाडिपट्टिको ठूलो कोठा छोडेर सानो दुई बेडको बीचको कोठा लिएका थियौं ।

एक छिन किताब पल्टाएर हेरे पछि तेज प्रसाद कडेल कुनातिरको कोठामा र म ठीक झ्याल मुनिको कोठामा पल्टेका थियौं । सुतेका थियौं । केही बेर पछि हामी  मस्त निन्द्रामा परेका थियौं ।

राति यस्तै १२ बजेतिर बाहिरबाट हामीमाथि कसैले सांघातिक हमला  । आक्रमण गर्यो ।   तलबाट प्रहार गरेको ढुंगाले म सुतेको पलंगमाथि भएको झ्यालका सिसा गजाम गुजुम फुटेको चर्को आवाजले होला शायद म निंदबाट झल्यांस ब्यृुझिएँ ।ं म पुरा होशमा थिइनं । मलाई कतैबाट ममाथि हमला भैरहेको र मैले त्यसको हिम्मत साथ सामना गर्नु पर्ने जस्तो अनुभूति गरें र सुतेको ठाउँबाट जुरुक्क उठेर सिरकलाई ढालको रूपमा प्रयोग गर्दै दु््श्मनको हमलाको प्रतिरक्षा गर्न थालें । म हर आक्रमणको सामना गर्न डिफेन्स पोजिसनमा थिएँ । मलाई लागिरहेको थियो म सिरकको सहायताले दुश्मनको हमलालाई फेस गर्दछु । मेरो यो सब प्रतिक्रिया  अर्धचेतको अवस्था थियो । अर्ध निन्द्राको अवस्थाको थियो ।  मलाई थाहा थिएन यस हमलामा तेज प्रसाद कडेलको के कस्तो प्रतिक्रिया भयो । रह्यो । तर मेरो अर्धचेत वा अर्ध निन्द्राको प्रतिक्रिया लामो अवधिको लागि रहेन । निंदमा रहेको अवस्थामा ढूंगा प्रहारले सिसा फुटको आवाजले व्युँतेको म पुरै अर्ध निन्द्राबाट होशमा आए पछि मलाई नै आक्रमणको सामना गर्न सिरेकलाई ढाल बनाएर पुरै डिफेन्स पोजिसनमा रहेको मेरो त्यो रूप म स्वयंलाई हास्यपद लाग्यो । त्यतिबेला मलाई वास्तवमा भएको के हो र गर्दै के छु भन्ने कुरा एकीन हुन सकेको थिएन । म सब कुरा अर्धचेतको अवस्थामा गरिरहेको थिएँ । एक प्रकारले वेहोशीको अवस्थामा गरिरहको थिएँ । 

एक पछि हामी दुबै होशमा आयौं । हामीले राम्ररी थाहा पायौं कसैले तल गल्लीबाट ढुंगा प्रहार गरेर हामी सुतेको झ्यालको सिसा फुटालेको रहेछ ।  हामी ढुंगा प्रहार र सिसा फुटेको आवाजले मस्त निंदबाट एक्कासि व्युँझेका रहेछौं । मैले जनाएको सब प्रतिक्रिया मेरो सचेत मनको अभिव्यक्ति रहेनछ । मेरो अर्ध निन्द्राको अवस्थामो गतिविधि रहेछ ।  मेरो अर्ध चेतको अवस्थाको क्रियाकलाप रहेछ । ढुंगा प्रहारबाट बच्नको लागि म कोठाबाट भाग्नको सट्टा आक्रमणको डटेर सामना गर्न डिफेन्स पोजिसनमा सिरकलाई ढाल बनाई प्रतिरक्षामा लागेको रहेछु ।  

अपरिचित व्यक्तिको ढुंगा प्रहार र त्यसबाट झ्यालका सिसा फुट्दा पनि मलाई कुनै चोट पटक लागेको थिएन । तैपनि होटलका थकाली महिलाले तुरुन्त हाम्रो कोठामा आएर मलाई टाउकामा सिसाका साना साना टुक्रा परेका हुन सक्दछन् भनेर नुहाउन लगाइन् । उनले हाम्रा ओछ्यानका सबै लुगा हटाएर नयाँ लुगा ल्याएर विस्तारा लगाइदिइन् । त्यस पछि हामी चुुपचाप सुत्यौं । त्यही आक्रमणको निशाना बनेको कोठामा । 

भोलि विहान उठेर पहिलो रात सुतेको कोठामा हेर्न जाँदा त्यस कोठमा झन् ठूलो आक्रमण भएको रहेछ । तलबाट प्रहार गरेको ठूलो ढुंगा थुपुक्क ओछ्यानमाथि विश्राम गरिरहेको रहेछ । हामीलाई लाग्यो हामी त्यस ठाउँमा सुतेका भए अवश्य पनि हामी घाइते हुने रहेछौं । ढुँगाको प्रहारले घाइते हुने रहेछौं । हामी अंग्रेजी विषयको सेमिनारमा भाग लिन नसक्ने अवस्थामा पुग्दारहेछौं ।  

आजभन्दा झण्डै चार दशक अघि घटेको यस रहस्यमय  घटनाको मैले खासै चर्चा गरेको थिइनं । कुरामा कुरा चल्दा  केही साथीबीच यस सम्बन्धमा साधारण कुराकानी भए पनि यो व्यापक चर्चाको विषय बस्तु बनेको थिएन । त्यो कुनै ठूलो मुद्दा बनेको थिएन । 

त्यतिबेल हामीलाई कसले किन हामीमाथि त्यस प्रकारले हमला गर्यो त्यसबारे हामीले कुनै सोधी खोजी जाँच बुझ गरेनौं ।  चुपचाप बस्यौं । कतै ठूलो हो हल गरनौं । त्यतिबेला हामीबीच यस हमलाका सम्भाव्य कारणप्रति सामान्य चर्चा भए पनि यो कुनै गंभीर विषय बनेन । कुनै गंभीर मुद्दा बनेन  । 

हामीले त्यस हमलाको संभाव्य कारणका सम्बन्ध कुनै गंभीर चिन्तन मनन गरेनौं । त्यसलाई असमान्य र असाधारण प्रकारको घटना परिघटना भए पनि त्यसलाई सामान्य घटना परिघटनाको रूपमा लियौं ।  हामीले यस सम्बन्धमा कतै उजुर बाजुर गर्न आवश्यक पनि ठानेनौं । घटना जति खतरनाक भए पनि  त्यत्तिकै फासफुस भयो ।  हाल आएर त्यस घटनाका सम्बन्धमा चिन्तन मनन गर्दा हामी त्यस रहस्यमय हमलाका  निम्न थ्योरी हुन सक्ने संभावना देख्न सक्दछौं ।

१ यो हमला हामीसित राजधानी पुगेका रामापुरका व्यक्तिमाथि थियो । उनको जोसित झै झगडा भएको थियो उसले नै आफै वा कुनै मान्छे लगाएर यो घटना घटाएको थियो । यो सुनियोजित घटना थियो । 

२ यो हमला होटल मालिकप्रतिको रिस इभी डाहा वा दुश्मनीको परिणाम थियो । होटलका मालिकसित कुनै छिमेकी होटलवाला वा अन्य कनै व्यक्तिसित दुश्मनी रहेको थियो । उक्त होटललाई  असफल बनाउन यो घटना घटाइएको थियो । 

३ यो घटना होटलमा काम गर्ने कुनै कामदारलाई होटल मालिकले पुरा तलब नदिएको हुनाले वा तलब दिन आल टाल गरेकोले होटलमा काम गर्न छोडेको कुनै व्यक्तिले त्यस होटललाई हैरान परिशान गर्न र ग्राहकलाई भडकाउन समेत यस किसिमको हमला गरिएको थियो । 

४  यो हमला कुनै जँड्या व्यक्तिबाट भएको थियो  । जँड्या व्यक्तिले बेमतलब घरका झ्यालमा ढुंगा हान्दै र झ्यालको सिसा फुटाल्दै आनन्द लिनको लागि यस्तो हरकत गरेको हो ।  

४ यो हमला कुनै बौलाहाबाट भएको थियो । कुनै पनि सज्जन व्यक्तिले यस प्रकारले कसैक ाझ्याल ढोकामा ढुंगा हान्दैन । ढुंगा हान्दै हिड्दैन । यस्तो काम कुनै बौलाहाले मात्र गर्न सक्दछ  । बौलाहाले के गर्दा के हुन्छ भन्ने कुरा थाहा हुँदैन । यसैले उसले जता पनि र जसलाई पनि ढुंगा प्रहार गर्न सक्दछ । अवश्य पनि सबै बोलाहा ढुंगा हान्दै हिंड्दैनन् । कुनै कुनै बौलाहा यसरी जथाभावी ढुंगा फाल्दै र हान्दै हिंड्ने पनि हुन्छन् । यस्तै प्रकारको बौलाहाले झ्यालका सिसा गजाम गुजुम फुट्ने गरी ढुंगा प्रहार गरेको हुन सक्दछ । 

५ यो हमला कुनै बिठ्याहा व्यक्तिबाट भएका थियो । समाजमा कति गैर जिम्वेवार व्यक्ति पनि हुन्छन् । कसैको धन सम्पतिमा हानि नोक्सानी पुराउन पाए निकै आनन्द प्राप्त गर्नै  व्यक्ति पनि हुन्छन् । विठ्याइ गरेर रमाउने र रमाइलो गर्ने व्यक्ति पनि हुन्छन् समाजमा । यस्तै विठ्याइ गरेर आनन्द प्राप्त गर्न चाहने व्यक्तिबाट नै यस किसिमको आक्रमण भएको हो ।

९—२—२०८१

२२—५—२०२४


 








,


Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...