Skip to main content

हामीमाथि काठमाण्डौमा रहस्यमय हमला

 


धेरै अघिको कुरा हो । त्यतिबेला म बुटबल बहुमुखी क्याम्पमा अध्यापन गर्दथें । त्यतिबेला तेजप्रसाद कडेल सर पनि बुटबल बहुमुखी क्याम्पसमा काम गर्दथे । हामीलाई त्रिभुवन युनिवर्सिटीको केन्द्रिय अंग्रेजी विभागले सेमिनारमा भाग लिन राजधानी बोलाएको थियो । म र  तेज प्रसाद कडेल प्रतिनिधिको रूपमा  राजधानी पुगेका थियौं । त्यतिबेला प्राध्यापकहरूको आवाश निर्माण बनिसकेको थिएन ।  यसैले हामी बागबजारको थकाली होटलमा बास बस्न पुग्यौं । 

हाम्रा साथमा एकजना रामापुरका व्यक्ति पनि थिए । उनको कुनै संभवत जमीन जग्गा सम्बन्धी मुद्दामा तेज प्रसाद कडेलले डिल गरेको अवस्था थियो । मुद्दा हेरिरहेको अवस्था थियो । 

पहिलो दिन हामी तिनै जना बागबजारको थकालीको होटलको माथिल्लो तलामा अगाडिपट्टिको कोठामा बसेका थियौं । अर्को दिन आफ्नो विशेष काम गरेर हाम्रा साथमा आएका व्यक्ति ( अहिले मैले उनको नाम स्मरण गर्न सकेको छैन ) बुटबल फर्केका थिए । यसैले हामीले अगाडिपट्टिको ठूलो कोठा छोडेर सानो दुई बेडको बीचको कोठा लिएका थियौं ।

एक छिन किताब पल्टाएर हेरे पछि तेज प्रसाद कडेल कुनातिरको कोठामा र म ठीक झ्याल मुनिको कोठामा पल्टेका थियौं । सुतेका थियौं । केही बेर पछि हामी  मस्त निन्द्रामा परेका थियौं ।

राति यस्तै १२ बजेतिर बाहिरबाट हामीमाथि कसैले सांघातिक हमला  । आक्रमण गर्यो ।   तलबाट प्रहार गरेको ढुंगाले म सुतेको पलंगमाथि भएको झ्यालका सिसा गजाम गुजुम फुटेको चर्को आवाजले होला शायद म निंदबाट झल्यांस ब्यृुझिएँ ।ं म पुरा होशमा थिइनं । मलाई कतैबाट ममाथि हमला भैरहेको र मैले त्यसको हिम्मत साथ सामना गर्नु पर्ने जस्तो अनुभूति गरें र सुतेको ठाउँबाट जुरुक्क उठेर सिरकलाई ढालको रूपमा प्रयोग गर्दै दु््श्मनको हमलाको प्रतिरक्षा गर्न थालें । म हर आक्रमणको सामना गर्न डिफेन्स पोजिसनमा थिएँ । मलाई लागिरहेको थियो म सिरकको सहायताले दुश्मनको हमलालाई फेस गर्दछु । मेरो यो सब प्रतिक्रिया  अर्धचेतको अवस्था थियो । अर्ध निन्द्राको अवस्थाको थियो ।  मलाई थाहा थिएन यस हमलामा तेज प्रसाद कडेलको के कस्तो प्रतिक्रिया भयो । रह्यो । तर मेरो अर्धचेत वा अर्ध निन्द्राको प्रतिक्रिया लामो अवधिको लागि रहेन । निंदमा रहेको अवस्थामा ढूंगा प्रहारले सिसा फुटको आवाजले व्युँतेको म पुरै अर्ध निन्द्राबाट होशमा आए पछि मलाई नै आक्रमणको सामना गर्न सिरेकलाई ढाल बनाएर पुरै डिफेन्स पोजिसनमा रहेको मेरो त्यो रूप म स्वयंलाई हास्यपद लाग्यो । त्यतिबेला मलाई वास्तवमा भएको के हो र गर्दै के छु भन्ने कुरा एकीन हुन सकेको थिएन । म सब कुरा अर्धचेतको अवस्थामा गरिरहेको थिएँ । एक प्रकारले वेहोशीको अवस्थामा गरिरहको थिएँ । 

एक पछि हामी दुबै होशमा आयौं । हामीले राम्ररी थाहा पायौं कसैले तल गल्लीबाट ढुंगा प्रहार गरेर हामी सुतेको झ्यालको सिसा फुटालेको रहेछ ।  हामी ढुंगा प्रहार र सिसा फुटेको आवाजले मस्त निंदबाट एक्कासि व्युँझेका रहेछौं । मैले जनाएको सब प्रतिक्रिया मेरो सचेत मनको अभिव्यक्ति रहेनछ । मेरो अर्ध निन्द्राको अवस्थामो गतिविधि रहेछ ।  मेरो अर्ध चेतको अवस्थाको क्रियाकलाप रहेछ । ढुंगा प्रहारबाट बच्नको लागि म कोठाबाट भाग्नको सट्टा आक्रमणको डटेर सामना गर्न डिफेन्स पोजिसनमा सिरकलाई ढाल बनाई प्रतिरक्षामा लागेको रहेछु ।  

अपरिचित व्यक्तिको ढुंगा प्रहार र त्यसबाट झ्यालका सिसा फुट्दा पनि मलाई कुनै चोट पटक लागेको थिएन । तैपनि होटलका थकाली महिलाले तुरुन्त हाम्रो कोठामा आएर मलाई टाउकामा सिसाका साना साना टुक्रा परेका हुन सक्दछन् भनेर नुहाउन लगाइन् । उनले हाम्रा ओछ्यानका सबै लुगा हटाएर नयाँ लुगा ल्याएर विस्तारा लगाइदिइन् । त्यस पछि हामी चुुपचाप सुत्यौं । त्यही आक्रमणको निशाना बनेको कोठामा । 

भोलि विहान उठेर पहिलो रात सुतेको कोठामा हेर्न जाँदा त्यस कोठमा झन् ठूलो आक्रमण भएको रहेछ । तलबाट प्रहार गरेको ठूलो ढुंगा थुपुक्क ओछ्यानमाथि विश्राम गरिरहेको रहेछ । हामीलाई लाग्यो हामी त्यस ठाउँमा सुतेका भए अवश्य पनि हामी घाइते हुने रहेछौं । ढुँगाको प्रहारले घाइते हुने रहेछौं । हामी अंग्रेजी विषयको सेमिनारमा भाग लिन नसक्ने अवस्थामा पुग्दारहेछौं ।  

आजभन्दा झण्डै चार दशक अघि घटेको यस रहस्यमय  घटनाको मैले खासै चर्चा गरेको थिइनं । कुरामा कुरा चल्दा  केही साथीबीच यस सम्बन्धमा साधारण कुराकानी भए पनि यो व्यापक चर्चाको विषय बस्तु बनेको थिएन । त्यो कुनै ठूलो मुद्दा बनेको थिएन । 

त्यतिबेल हामीलाई कसले किन हामीमाथि त्यस प्रकारले हमला गर्यो त्यसबारे हामीले कुनै सोधी खोजी जाँच बुझ गरेनौं ।  चुपचाप बस्यौं । कतै ठूलो हो हल गरनौं । त्यतिबेला हामीबीच यस हमलाका सम्भाव्य कारणप्रति सामान्य चर्चा भए पनि यो कुनै गंभीर विषय बनेन । कुनै गंभीर मुद्दा बनेन  । 

हामीले त्यस हमलाको संभाव्य कारणका सम्बन्ध कुनै गंभीर चिन्तन मनन गरेनौं । त्यसलाई असमान्य र असाधारण प्रकारको घटना परिघटना भए पनि त्यसलाई सामान्य घटना परिघटनाको रूपमा लियौं ।  हामीले यस सम्बन्धमा कतै उजुर बाजुर गर्न आवश्यक पनि ठानेनौं । घटना जति खतरनाक भए पनि  त्यत्तिकै फासफुस भयो ।  हाल आएर त्यस घटनाका सम्बन्धमा चिन्तन मनन गर्दा हामी त्यस रहस्यमय हमलाका  निम्न थ्योरी हुन सक्ने संभावना देख्न सक्दछौं ।

१ यो हमला हामीसित राजधानी पुगेका रामापुरका व्यक्तिमाथि थियो । उनको जोसित झै झगडा भएको थियो उसले नै आफै वा कुनै मान्छे लगाएर यो घटना घटाएको थियो । यो सुनियोजित घटना थियो । 

२ यो हमला होटल मालिकप्रतिको रिस इभी डाहा वा दुश्मनीको परिणाम थियो । होटलका मालिकसित कुनै छिमेकी होटलवाला वा अन्य कनै व्यक्तिसित दुश्मनी रहेको थियो । उक्त होटललाई  असफल बनाउन यो घटना घटाइएको थियो । 

३ यो घटना होटलमा काम गर्ने कुनै कामदारलाई होटल मालिकले पुरा तलब नदिएको हुनाले वा तलब दिन आल टाल गरेकोले होटलमा काम गर्न छोडेको कुनै व्यक्तिले त्यस होटललाई हैरान परिशान गर्न र ग्राहकलाई भडकाउन समेत यस किसिमको हमला गरिएको थियो । 

४  यो हमला कुनै जँड्या व्यक्तिबाट भएको थियो  । जँड्या व्यक्तिले बेमतलब घरका झ्यालमा ढुंगा हान्दै र झ्यालको सिसा फुटाल्दै आनन्द लिनको लागि यस्तो हरकत गरेको हो ।  

४ यो हमला कुनै बौलाहाबाट भएको थियो । कुनै पनि सज्जन व्यक्तिले यस प्रकारले कसैक ाझ्याल ढोकामा ढुंगा हान्दैन । ढुंगा हान्दै हिड्दैन । यस्तो काम कुनै बौलाहाले मात्र गर्न सक्दछ  । बौलाहाले के गर्दा के हुन्छ भन्ने कुरा थाहा हुँदैन । यसैले उसले जता पनि र जसलाई पनि ढुंगा प्रहार गर्न सक्दछ । अवश्य पनि सबै बोलाहा ढुंगा हान्दै हिंड्दैनन् । कुनै कुनै बौलाहा यसरी जथाभावी ढुंगा फाल्दै र हान्दै हिंड्ने पनि हुन्छन् । यस्तै प्रकारको बौलाहाले झ्यालका सिसा गजाम गुजुम फुट्ने गरी ढुंगा प्रहार गरेको हुन सक्दछ । 

५ यो हमला कुनै बिठ्याहा व्यक्तिबाट भएका थियो । समाजमा कति गैर जिम्वेवार व्यक्ति पनि हुन्छन् । कसैको धन सम्पतिमा हानि नोक्सानी पुराउन पाए निकै आनन्द प्राप्त गर्नै  व्यक्ति पनि हुन्छन् । विठ्याइ गरेर रमाउने र रमाइलो गर्ने व्यक्ति पनि हुन्छन् समाजमा । यस्तै विठ्याइ गरेर आनन्द प्राप्त गर्न चाहने व्यक्तिबाट नै यस किसिमको आक्रमण भएको हो ।

९—२—२०८१

२२—५—२०२४


 








,


Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...