Skip to main content

हाम्रो संस्कृति

 


हामी कुनै कुरालाई परिभाषाको सीमाभित्र ँधेर वा सीमित पारेर राख्न सक्दैनौं । यो आम धारणा हो । फेरि पनि हामीले कुनै पनि विषयलाई परिभाषित गर्ने कुरामा कुनै पर्खाल लगाउन सक्दैनौं । हामीले कुनै पनि कुराको सठीक परिभाषा गर्न नसके पनि त्यसलाई परिभाषित गर्ने जमर्को गर्दछौं । यसले गर्दा हामीले कुनै कुराको संतोषजनक परिभाषा दिन नसके पनि त्यसलाई छेउछाउबाट बुझ्ने मामिलामा केही सफलना प्राप्त गर्न सक्दछौं ।

संस्कृतिको विषयमा केही कोर्न परेमा हामी सामान्य अर्थमा त्यसको अर्थ लगाउँदै भन्न सक्दछौं संस्कृति भनेको हाम्रो जीवन पद्धति हो । जीवन शैली हो । 

माक्र्सवादी दर्शनको आधारमा संस्कृतिलाई चर्चा गर्दा यो समाजको आर्थिक आधारको उपरी संरचनाभित्र पर्ने कुरा हो । समाजको निणार्यक तत्व भनेकै आर्थिक आधार हो । खास आर्थिक आधारमा उपरी संरचनाभित्र दर्शन , बिचार , राजनीति संस्कृति साहित्य कला आदि कुरा पर्दछन् । यिनलाई हामी कुनै खास आर्थिक आधारका प्रतिबिम्ब पनि भन्न सक्दछौं ।

हरेक युगको आर्थिक आधार फरक फरक हुन्छ । युग परिवर्तनका साथसाथै त्यसको आर्थिक आधार फेरिएको सन्दर्भमा त्यस आर्थिक आधारसित सम्बन्धित उपरी संरचनामा पर्ने दर्शन , बिचार , राजनीति, संस्कृति, साहित्य कला आदि पनि परिवर्तन हुँदै जान्छ । यो स्वाभाविक कुरा पनि हो । यो अनिवार्य कुरा पनि हो ।

आदिम साम्यवादी युगमा हाम्रो आर्थिक आधार पनि आदिम साम्यवादी नै थियो । त्यसले हाम्रो आदिम साम्यवादी उपरी संरचनाको सृजना गरेको थियो ।

दास युगमा हाम्रो आर्थिक आधार दास युग अनुरूपकै थियो । त्यसको उपरी संरचना पनि दास युग कै अनुरूप थियो ।

दास युग पछि सामन्ती युग आयो । सामन्ती युगको आर्थिक आधार पनि सामन्ती युग अनुरूपको थियो । सामन्ती युगको आर्थिक आधारको उपरी संरचना दर्शन , विचार , राजनीति, संस्कृति, साहित्य कला पनि सामन्ती युगको आर्थिक आधार अनुरूप नै थियो ।

सामन्ती युग पछि पूँजीवादी युग आयो । पूंजीवादी युगको आर्थिक आधार पूंजीवादी उत्पादन प्रणाली अनुरूप नै थियो । पूंजीवादी युगको पूंजीवादी आर्थिक आधारमा उपरी संरचना दर्शन, विचार, राजनीति , संस्कृति, साहित्य कला पनि पूँजीवादी युगको पूँजीवादी आर्थिक उत्पादन शक्तिको आर्थिक आधार अनुरूप नै हुने गर्दछ ।

यसरी समाजवादी युगमा समाजवादी उत्पादन प्रणालीको आर्थिक आधारमा उपरी संरचनाको पर्ने दर्शन बिचार , राजनीति, संस्कृति, साहित्य कला पनि समाजवादी युगको आर्थिक उत्पादन प्रणालीको आर्थिक आधार अनुरूप कै हुन्छ । 

यसमा मनन गर्नु पर्ने कुरा के पनि छ भने एउटा युगको एक खास आर्थिक आधारको संरचनाको प्रभाव अन्य युगको आर्थिक आधारको संरचनामा पनि धेरथोर मात्रामा प्रतिबिम्ब परेको पनि हुन्छ । हुन सक्दछ । यसैले एउटै आर्थिक आधारको उपरी संरचनामा विभिन्न आर्थिक आधारका उपरी संरचनाको छाप परेको पनि हुन सक्दछ । यहाँसम्म कि भावी आर्थिक आधारको संरचनाको प्रतिबिम्ब पनि परेको हुन सक्दछ ।

माक्र्सले आर्थिक आधारलाई नै निर्णायक शक्ति मान्ने कुराको आलोचना उनका विरोधीले गरे पछि त्यसको जबाबमा एंगेल्सले लेखेका थिए — निरपेक्ष रूपमा न मार्क्सले आर्थिक आधारलाई निणार्यक शक्ति बताएका थिए न मैले नै आर्थिक आधारलाई नै निर्णायक तत्व भनेर कतै लेखेको छु । आम रूपमा आर्थिक आधार उपरी संरचनाको निर्णांयक शक्ति हुने कुरा सत्य हो । तर जब कुनै पनि युगको आर्थिक आधार मरणासन्न अवस्थामा पुग्दछ तब त्यसलाई ढाल्ने वा पल्टाउने अवस्था अनिवार्य रूपमा सृजित हुन पुग्दछ । त्यस अवस्थामा उपरी संरचना नै निर्णायक शक्ति हुन पुग्दछ । त्यतिबेला उपरी संचरनामा रहने दर्शन , बिचार , राजनीति, संस्कुति साहित्य कला आदिले क्रान्तिकारी रूप ग्रहण गर्दछज् र मरणासन्न अवस्थामा पुगेको खास आर्थिक आधारलाई भत्काई पल्टाई नयाँ आर्थिक आधारको स्थापना गर्दछन् । नयाँ व्यवस्थाको स्थापना गर्दछन् । नयाँ दर्शन, नयाँ बिचार नयाँ राजनीति ,नयाँ संस्कुति तथा नयाँ कला संस्कृतिको स्थापना गर्दछन् । क्रान्तिकारी दर्शन, क्रान्तिकारी विचार , क्रान्तिकारी राजनीति, क्रान्तिकारी संस्कृति, क्रान्तिकारी साहित्य कला मरणासम्न आर्थिक आधारलाई भत्काई उल्टाई नयाँ आर्थिक आधार स्थापना गर्ने जादुगरी हतियार हुन पुग्दछन् ।

जे होस्, मैले यहाँ चिन्तन मनन गर्न थालेको विषय भने संस्कृति नै हो ।

बर्गीय समाजमा संस्कुति पनि बर्गीय नै हुने कुरा निश्चित छ । यसैले हामी भन्न सक्दछौं एउटा बर्गको संस्कृतिले अर्को वर्गको संस्कृतिसित द्वन्द्व भाव राख्दछ । शत्रुतापूर्ण भाव राख्दछ ।  एक वर्गको हितमा निर्मित संस्कृतिले अर्को बर्गको अहित पनि गर्न सक्दछ । यो स्वभाविक कुरा हो । हामी बर्गविहिन समाजमा मात्र वर्गविहिन संस्कृतिको वा मानवको संस्कृतिको संभावना देख्न सक्दछौं ।

अर्को कुरा के पनि सत्य हो भने संस्कृतिभित्र विकृति पनि प्रवेश गरेको हुन सक्दछ जसलाई हामीले छानी छानी घटाउन वा हटाउन आवश्यक हुन्छ । फेरि हिजोको एउटा युगमा बिकसित भएको र प्रगतिशील ठानिएको संस्कृति अर्को युगमा प्रतिक्रियावादी पनि हुन सक्दछ ।  यसैले हामीले त्यस्तो प्रतिक्रियावादी हुन पुगेका संस्कृतिलाई माया गरेर राख्न हुँदैन । त्यस्तो प्रतिक्रियावादी ठानिएको संस्कृतिलाई परित्याग गरेर नयाँ प्रगतिशील संस्कृतिलाई अंगीकार गर्नु पर्ने हुन्छ । वैज्ञानिक ज्ञानको अभावले हिजो अंध विश्वासमा  आधारित हाम्रो संस्कृतिलाई हामीले जरैबाट उखेलेर फालेर नयाँ बैज्ञानिक बिचारमा आधारित संस्कृतिको विजारोपण गर्न आवश्यक हुन्छ । यो कुरा बैज्ञानिक ज्ञान र चेतनाको विकासले मात्र संभव हुन्छ । अन्ध परम्परा तथा अन्धविकासले जन्माएको बिकृत संस्कृतिल ेकदापि समाजलाई अघि बढाउन सक्दैन । संस्कृतिको सम्बन्धमा चर्चा गर्दा यो कुरा पनि उल्लेखनीय छ कि कुनै पनि निर्मित संस्कृति स्थापित हुन पनि प्रशस्त समय लाग्दछ । फेरि कुनै पनि स्थापित संस्कृति विस्थापित हृुन पनि प्रशस्त समय लाग्दछ ।  संस्कृति छिटो छिटो निर्माण हुने र छिटो छिटो विलोप हुने कुरा होइन ।

संस्कृति हाम्रो सभ्यताको परिसूचक पनि हो । परिचायक पनि हो । संस्कृति हाम्रो पहिचन पनि हो । हाम्रो संस्कृति जति विकसित वा परिस्कृत हुन्छ त्यति हामी सुसंस्कृत सभ्य शिष्ट तथा विनीत बन्न पुग्दछौं । यदि खास आर्थिक आधारभित्र रहेर संस्कृतिको निर्माण गर्ने हामी मानव जाति नै हौं भने हामीलाई सभ्य शिष्ट तथा बिनीत बनाउने पनि हामी आफैले निर्मित गरेको संस्कृति हो । संस्कृतिलाई हामी समाजको गहना तथा श्रृंगारको रूपमा पनि बुझ्न सक्दछौं ।

हामी संस्कृतिलाई व्यापक अर्थमा बुझ्न पनि सक्दछौं । यसरी हेर्दा हाम्रो संस्कृति जात जातिको संस्कृति पनि हुन सक्दछ । हाम्रो संस्कृति स्थान विशेषको पनि हुन सक्दछ ।  हाम्रो संस्कृति राष्ट्रिय चरित्र बोकेको पनि हुन सक्दछ । हाम्रो संस्कृति अन्तराष्ट्रिय विशेषता बोकेको पनि हुन सक्दछ । अन्तराष्ट्रिय पनि हुन सक्दछ । 

संस्कृतिको सम्बन्धमा चर्चा गर्दा हामीले गंभीरतापूर्वक बिचार गर्नु पर्ने कुरा के पनि हो भने हामी प्राय हाम्रो संस्कृतिलाई पाश्चात्य संस्कृतिको प्रभावले प्रदुषित पारेको गुनासो गर्दछौं । यो कुरा पटक्कै होइन भन्न त सकिन्न । तर के कुरा पनि हो भने पाश्चात्य संस्कृति भनेर सबै खराब कुरा मात्र हुँदैन । हाम्रो संस्कृति भनेर सबै राम्रो कुरा मात्र हुँदैन । यसैले हामीले राम्रो संस्कृति अरूबाट पनि ग्रहण गर्नु पर्ने हुन्छ । नराम्रो कुरा हाम्रै संस्कृति कै भए पनि हामीले त्यसलाई परित्याग गर्नु पर्ने हुन्छ ।  

सामान्य अर्थमा संस्कृति भन्नाले हामी हाम्रो रीति रिवाजलाई पनि बुझ्न सक्दछौं । हामी हाम्रो संस्कृति भन्नाले हाम्रा चाड पर्व पनि बुझ्न सक्दछौं । हामी हाम्रो संस्कृति भन्नाले हाम्रा धर्मकर्म पनि बझ्न सक्दछौं । हामी हाम्रो संस्कृति भन्नाले हामी हाम्रा प्रथा र परम्परा पनि बुझ्न सक्दछौं । हामी हाम्रो संस्कृति भन्दा हाम्रा आचरण तथा व्यवहारलाई पनि बुझ्न सक्दछौं । अतिथिदेव भव हाम्रो संस्कृति हुन सक्दछ । भिक्षा दान दक्षिणा हाम्रो संस्कृति हुन सक्दछ । पूजा पाठ हाम्रो संस्कृति हुन सक्दछ । भक्ति भजन हाम्रो संस्कृति हुन सक्दछ । सप्ताह पुराण कोटिहोम लाख बत्ती हाम्रो संस्कुति हुन सक्दछन् । 

न्वारान, छैठी , भात खुवाई , नाक कान छेडन , वर्तबन्ध, छेवर वा चूडाकर्म , विवाह,जनै सुपारी,टिको टालो ,सिन्दुर पोते, दुरान फर्काउनु , मृत्यु दाह संस्कार, काज क्रिया , पिण्ड कर्म आदि जस्ता जन्मदेखि मृत्यु उप्रान्तसित समेत जोडिएका संस्कार हाम्रा संस्कृतिका रूप हुन सक्दछन् ।  

मकै पाके पछि देउतालाई चढाएर मात्र आफूले खाने हाम्रो संस्कृति हो । धानको बालीका बेलामा चरा मुसाबाट बाली बचाउन गर्ने हरेलो हाम्रो संस्कृति हो । धान पाके पछि न्वाई खाएर मात्र त्यसलाई खाध्य बस्तुको रूपमा प्रयोागमा ल्याउनु पर्ने हाम्रो संस्कृति हो । खाना खाँदा पहिला देउतालाई चढाएर मात्र आफूले खान थाल्नु पर्ने हाम्रो संस्कार हाम्रो संस्कृति हो । अग्निलाई पाक्य बस्तु चढाउनु पनि हाम्रो संस्कृति हो । लेनदेनमा बार्ने बारको परिपालना गर्नु हाम्रो संस्कृति हो । धर्म कर्म गर्न भनेर उपवास बस्नु हाम्रो संस्कृति हो । फलाहार बस्नु हाम्रो संस्कृति हो । ढुंगालाई देउता मानी पूजा गर्नु हाम्रो संस्कृति हो । देउताका थानमा दूधको धार दिनु हाम्रो संस्कृति हो । देउतालाई रक्सी चढाउनु हाम्रो संस्कृति हो । नाग पुजा हाम्रो संस्कृति हो  । बालीको पुजा हाम्रो संस्कृति हो । दियाली ( गोठ पुजा ) हाम्रो संस्कृति हो । कुला पुजा हाम्रो संस्कृति हो ।   आफ्नो गाउँको लुतो अरुका गाउँतिर ताकेर वा संकेत गरेर अगुल्ठो फाल्नु हाम्रो संस्कृति हो । बायु बक्सीबाट मुक्ति छुटकारा पाउन भनी दोबाटोमा पात्लो फाल्नु हाम्रो संस्कृति हो । झाक्री भूत पिचास डंकिनी किचकिनी आदिको उपस्थितिमिा विश्वास गर्नु हाम्रा संस्कृति हो ।चुल्होमा चोखो धोती फेरेर बलो हालेर मात्र ढिडो र मासको दाल खानु हाम्रो संस्कृति हो । पात्रो हेरेर साइत जुराएर वा पाइतो सारेर मात्र कतै यात्रा गर्नु हाम्रो संस्कृति हो । साँझमा बत्ती बालेर ढोग गर्ने हाम्रो संस्कृति हो । तीजको बेलामा दाज्यु भाइ दिदी बहिनीलाई बोलाउन जानु हाम्रो संस्कृति हो । चाड पर्वमा ज्वाईलाई निम्तो दिनु हाम्रो संस्कृति हो । तर दशैंको बेलामा बिना निम्तो ससुराली जानु हाम्रो संस्कृति हो । खास अवसरमा पंचकन्या पुज्नु वा उनीहरूलाई अघि लगाउनु हाम्रो संस्कृति हो । कुमारी पुजा हाम्रो संस्कृति हो । देवकी प्रथा हाम्रो संस्कृति हो । छाउपडी प्रथा हाम्रो संस्कृति हो । कन्यादान  हाम्रो संस्कृति हो । अ‍ैचो पैचो हाम्रो संस्कृति हो । निधारमा चामलका अछेताको टिका लगाउनु हाम्रो संस्कृति हो । दुख बिमार हुँदा लामा धामी बस्नु हाम्रो संस्कृति हो । झार फुक गरेर औषधि उपचार गर्नु हाम्रो संस्कृति हो । दशैमा टिका लगाउँदा बाबु आमाले ठूलो भएर ब्रिटिशमा भर्ती भएस्, सुवदार जमादार भएस् भन्दै दिने आशींवाद हाम्रो संस्कृति हो । तिहारको बेलामा जुआ तास फुकुवा गरी खेल्ने हाम्रो संस्कृति हो । कुकुर तिहार,गाई तिहार , भाइ तिहार हाम्रो संस्कृति हो । तोरन तार्ने हाम्रो संस्कृति हो । लाखे नाच गाई जात्रा, घोडे जात्रा हाम्रो संस्कृति हो । लोसार हाम्रो संस्कृति हो । छड पर्व हाम्रो संस्कृति हो । आस अवसरमा तरुल खानु ,खिर्चो खानु ,खिर खानु आदि हाम्रो संस्कृति हो । फागु हाम्रो संस्कृति हो । रत्यौली हाम्रो संस्कृति हो । सराय नाच हाम्रो संस्कृति हो । घाटु नाच हाम्रो संस्कृति हो । देवसी भैलो हाम्रो संस्कृति हो । मारुनी नाच हाम्रो संस्कृति हो । भोटे सेलो हाम्रो संस्कृति हो । सोरठी हाम्रो संस्कृति हो  । मेला पर्वको बेलामा आफ्नो बलको प्रदर्शन गर्न एउटा गाउँले अर्को गाउँका मान्छेलाई हलेदो खाने गरी कुट्नु पिट्नु हाम्रो संस्कृति हो । झाम्रे  हाम्रो संस्कृति हो । जारी प्रथा हाम्रो संस्कृति हो । पानीको पुजा हाम्रो संस्कृति हो । बालीको पुजा हाम्रो संस्कृति हो । पीपलको पुजा हाम्रो संस्कृति हो । तुलसीको पुजा हाम्रो संस्कृति हो । खुट्टामा ढोग्नु हाम्रो संस्कृति हो । सलाम गर्नु जदौ भन्नु वा नमस्ते गर्नु हाम्रो संस्कृति हो । छिटो हाल्नु वा सुनपानी छर्नु हाम्रो संस्कृति हो । पतिको खुट्टाको जल खानु हाम्रो संस्कृति हो । पतिको सति जानु हाम्रो संस्कृति हो । दाइजो दिनु हाम्रो संस्कृति हो ।  साइतको बेलामा भरी गाग्री राख्नु हाम्रो संस्कृति हो । विदेश वा प्रदेश जाँदा निधारमा अछेताको टिका लगाउनु , माला लगाउनु ,दही खानु हाम्रो संस्कृति हो ।  यस्ता हाम्रा संस्कृतिका हजारौं उदाहरण हुन सक्दछन् । कुन संस्कार वा संस्कृति अझ पनि अनुशरण गर्नु पर्ने हो कुन हटाउँदै वा सुधार गर्दै लैजानु पर्ने हो हाम्रो विवेक र  बैज्ञानिक चेतनाले निर्णय गर्ने कुरा हुन् । हामी यति मात्र आग्रह गर्न सक्दछौं हामीले प्रगतिशील प्रकृतिका संस्कृतिलाई ग्रहण गर्न तथा अवैज्ञानिक प्रतिक्रियावादी हानिकारक प्रकृतिका हाम्रा संस्कृतिलाई घटाउँदै तथा हटाउँदै जानु पर्दछ । हामीले हाम्रो संस्कृतिका नाममा विकृतिको भारी बोक्न हुँदैन । संस्कृति समय अनुसार परिस्कृत तथा विकसित हँुदै जाने कुरा हो । फेरिदै जाने कुरा हो । परिवर्तन हुँदै जाने कुरा हो ।  हाम्रो संस्कृतिमा हाम्रो समाजले लाल मोहर लगाएको हुनु जरुरी छ । स्वीकृति जनाउन जरुरी छ । हाम्रो संस्कृतिलाई हाम्रो समाजले नवीनीकरण गर्न जरुरी छ । अध्यावधि गर्न जरुरी छ । समाजले अस्वीकृत गरेको संस्कृति खारेजीमा पर्दछ । खारेजीमा पर्नु पर्दछ । सभ्य समाजलाई अघि बढाउन यो आवश्यक हुन्छ । समाजलाई सुसंस्कृत बनाउन यो आवश्यक छ । हामीले बालीनालीसित उम्रिने जारपातलाई गोडेर फाले जस्तै हाम्रो समाजमा विकसित भएका नकारात्मक खराब संस्कृतिलाई निर्ममतापूर्वक मिल्काउन आवश्यक छ । खराब संस्कृतिको उन्मूलन तथा राम्रो संस्कृतिको जगेर्ना हुनु पर्दछ ।

 

१६—२—२०८१

२९—५—२०२४  

     



 

Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा