Skip to main content

Posts

Showing posts from July, 2024

सत्यबारे सत्य

      सत्य सितिमिती हजम हुन नसक्ने कुरा हो । पच्न नसक्ने कुरा हो । यद्पि यसलाई अन्ततः हजम नगरी सुख छैन ।  स्वीकार नगरी पन्छिन मिल्दैन । झुठ टिक्दैन । सत्य डग्दैन । संसारमा जति सत्य कुरा छन् ती असत्य कुरासित ठूलो संघर्ष गरेर मात्र स्थापित भएका छन् । ठूला लडाईं लडेर मात्र  स्थापित हुँदै गइरहेका छन् । यद्पि यो कुरा पनि सत्य हो । सत्य निरपेक्ष हुँदैन । सापेक्ष हुन्छ । सत्य देश काल परिस्थिति सापेक्ष हुन्छ । जुन कुरा हिजो सत्य थियो आज त्यो सत्य नहुन पनि सक्दछ । जुन कुरा आज सत्य छ त्यो भोलि असत्य पनि हुन सक्दछ । हिजो सूर्य पृथ्वीको वरिपरि घुम्दछ भन्ने कुरा सत्य थियो । आज पृथ्वी सूर्यको वरिपरि घुम्दछ भन्ने कुरा सत्य हो ।  जुन कुरा नेपालको लागि सत्य छ त्यो अमेरिकाको लागि सत्य नहुन सक्दछ । नेपालमा दिन हुँदा अमेरिकामा रात हुन सक्दछ ।  सत्यलाई सम्पूर्ण रूपमा पनि देख्न पर्ने हुन्छ । अंशलाई देखेर पूर्ण देखेको दाबी गर्नु हुँदैन । संत्यलाई एक पक्षीय रूपमा हेर्न हुँदैन । निश्चित रूपमा त्यसलाई सम्पूर्णतामा  देख्न पर्ने हुन्छ । सम्पूर्णतामा बुझ्न पर्ने हुन्छ । यद्पि यो कठिन कुरा हो । जटिल कुरा हो ।    यस

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा यो पनि थियो चा