Skip to main content

सत्यबारे सत्य

 

   

सत्य सितिमिती हजम हुन नसक्ने कुरा हो । पच्न नसक्ने कुरा हो । यद्पि यसलाई अन्ततः हजम नगरी सुख छैन ।  स्वीकार नगरी पन्छिन मिल्दैन । झुठ टिक्दैन । सत्य डग्दैन । संसारमा जति सत्य कुरा छन् ती असत्य कुरासित ठूलो संघर्ष गरेर मात्र स्थापित भएका छन् । ठूला लडाईं लडेर मात्र  स्थापित हुँदै गइरहेका छन् । यद्पि यो कुरा पनि सत्य हो । सत्य निरपेक्ष हुँदैन । सापेक्ष हुन्छ । सत्य देश काल परिस्थिति सापेक्ष हुन्छ । जुन कुरा हिजो सत्य थियो आज त्यो सत्य नहुन पनि सक्दछ । जुन कुरा आज सत्य छ त्यो भोलि असत्य पनि हुन सक्दछ । हिजो सूर्य पृथ्वीको वरिपरि घुम्दछ भन्ने कुरा सत्य थियो । आज पृथ्वी सूर्यको वरिपरि घुम्दछ भन्ने कुरा सत्य हो ।  जुन कुरा नेपालको लागि सत्य छ त्यो अमेरिकाको लागि सत्य नहुन सक्दछ । नेपालमा दिन हुँदा अमेरिकामा रात हुन सक्दछ ।  सत्यलाई सम्पूर्ण रूपमा पनि देख्न पर्ने हुन्छ । अंशलाई देखेर पूर्ण देखेको दाबी गर्नु हुँदैन । संत्यलाई एक पक्षीय रूपमा हेर्न हुँदैन । निश्चित रूपमा त्यसलाई सम्पूर्णतामा  देख्न पर्ने हुन्छ । सम्पूर्णतामा बुझ्न पर्ने हुन्छ । यद्पि यो कठिन कुरा हो । जटिल कुरा हो ।    यस सम्बन्धमा माआले भनेका छन् मान्छेहरूले पात देखेको तर रुख नदेखेको पनि हुन सक्दछन् । रुख  देखेको तर जंगल नदेखेको पनि हुन सक्दछन् ।  कहिले हामीले प्रतिशतको आधारमा पनि सत्यको निरुपण गर्नु पर्ने हुन्छ । कुनै मान्छे ४९ प्रतिशत खराब र ५१ प्रतिशत राम्रो छ भने उसलाई हामीले राम्रो मान्छे भन्नु पर्ने हुन्छ । कुरो यस्तो छ ।

सत्यको सम्बन्धमा एउटा अफ्रिकाको लोककथा पनि निकै महत्वपूर्ण  देखिन्छ । त्यसमा के भनिएको छ भने सत्य भन्ने कुरो पहाडमाथि भएको चरोले प्रतिविम्वित गर्दथ्यो । एकपल्ट एक जना मान्छे सत्य पता लगाउनको लागि  सत्यको चरोलाई भेट्न भनेर  पहाडको चुचुरामा पुग्न खोजेछ । पहाड चढ्न खोजेछ । ऊ बाटो खन्दै बनाउँदै बल्ल बल्ल पहाडको चुचुरोलाई छुन पुगेछ । पहाडको चुचुरो स्पर्श गर्ने बेलासम्म ऊ निकै बुढो भैसकेको रहेछ । पहाडको चुचुरोमा पुग्दा उसले के देखेछ भने उसको अगाडि अझ अग्ला अग्ला पहाड उसलाई चुनौती दिंदै खडा रहेका छन् । एउटा पहाडको चुचुरामा पुगेर मर्न थाल्दा थाल्दै माथिबाट खसेको चरोको एउटा रौंलाई ऊ स्पर्श गर्न पुगेछ । चरोले सम्पूर्ण सत्यलाई प्रतिनिधित्व गर्दथ्यो । रौंले त्यसको अत्यन्त सानो भाग । अत्यन्त सुक्ष्म अंश । जे होस्, जीवनभरिको ठूलो संघर्ष र  प्रयासले त्यस व्यक्तिले सत्यको एउटा रौंसम्म पता लगाउन सकेछ । उसले मर्दा मर्दै भनेछ — मैले बाटो खन्दै यहाँसम्म पुगेर सत्यको एउटा रौं सम्म पता लगाएको छु । अब सत्य पता लगाउन अघि बढ्ने मान्छे मैले बनाइदिएको बाटो हुँदै अझ अघि बढी अझ बढी सत्य पता लगाउन सक्ने छन् । सत्य पता लगाउने यस अभियानले निरन्तरता लिने छ । 

कति परिस्थितिमा सत्य कुरा असत्य भए पनि सत्य मान्नु पर्ने पनि हुँदो रहेछ । यसको उदाहरणको लागि रुसी कथाकार लिउ टल्सट्वाएको लघु कथा अघि सार्न सकिन्छ । यस कथामा भनिएको छ  एकपल्ट बाघले लखेटिरहेको व्याँसोआफ्नो ज्यान बचाउन झाडीको बाटो हुँदै भागिरहेको रहेछ । त्यतिबेला झाडीमा बसको स्यालले भनेछ — यता नआ । यो मेरो ठाउँ हो । त्यतिबेला ज्यान जोगाउन भागिरहेको व्याँसोले भाग्दा भाग्दै भनेछ — यदि मसित प्रशस्त समय हुन्थ्यो भने म तँलाई ठीकसित बताइदिन्थें यो कसको ठाउँ हो । तर यतिबेला तैंले भनेकोे कुरा नै ठीक हो ।

सत्य पता लगाउने सन्दर्भमा प्राचीनकालका सात बुद्धिमानमध्ये एक बुद्धिमान ग्रिकका दार्शनिक सोक्रेटिज ( ४७०—३९९ ई.पू( ) ले आफ्नो ज्यान समेत गुमाउनु परेको थियो । उनलाई विष पान गरेर ज्यान त्याग्नु परेको थियो ।  उनी विश्वका प्रथम दार्शनिक शहीद हुन पुगेका थिए । भनिन्छ उनलाई मृत्यु दण्डको सजाय दिनलाई उनीमाथि मुद्दा चलाएको थियो । उनीमाथि लागेको अभियोग थियो उनले ग्रिकले परम्परादेखि पुज्दै आएका देवतालाई मानेनन् । पुजेनन् ।  उनले नयाँ देवताको स्थापना गर्न खोजे । उनले युवा वर्गलाई भडकाए । उनीहरूलाई भ्रष्ट पारे । उनीमाथि ३९९ ई. पू. चलेको मुद्दाको सुनवाई ५०० जुरीले गरेका थिए । ५०० मध्ये २८० जुरीले उनलाई दोषी ठहर गरेका थिए भने २२० जुरीले उनलाई निर्दोष ठहर गरेका थिए । यसरी उनलाई बहुसंख्यक जुरीको ठहर बमोजिम मृत्य दण्ड दिइएको थियो । राज्य उनले आफ्नो विचार फिर्ता लिएमा उनलाई भरसक मृत्यु दण्ड नदिने सोंचमा थियो । आफ्नो विचार फिर्ता लिन उनका चेलाले अनुरोध पनि गरेका थिए । तर सोक्रेटिज त्यसको लागि तयार भएनन् । उनले भने उनी कुनै हालतमा पनि आफ्ना बिचार परित्याग गर्न तयार छैनन् । उनले के पनि भने भने उनी मरे पनि उनको विचार मर्दैन । उनले जेलरले निकै दुखित हुँदै  दिएको विष हेमलक पिएर मृत्यु वरण गरे । उनको मृत्युको घडीको मार्मिक चित्रण गर्दै सोक्रेटिज (  सुकरात ) का चेला प्लेटोले जुन रिपोर्ट लेखेका छन् त्यो विश्व साहित्य कै एउटा उत्कृष्ट कृति मान्न सकिन्छ । त्यस जीवन्त लेखन वा रिपोर्टलाई मास्टर पिस भन्न सकिन्छ ।

जिउसेन्टरिक ( पृथ्वीलाई विश्व व्रह्माण्डको केन्द्र मान्ने प्राचीन ग्रिक मोडल ) को सट्टा  खगोलशास्त्री पोलिस निकोलस कोपर्निकश (  १४७३—१५४३ ) को हेलियोसेन्टरिक मोडल ( सूर्यलाई विश्व व्रह्माण्डको केन्द्र मान्ने मोडल ) का मान्यतालाई समर्थन गर्दै  पृथ्वीको वरिपरि सूर्य होइन कि सूर्यको वरिपरि पृथ्वी घुम्छ जस्ता बिचार व्यक्त गरेको कारण इटालीका दार्शनिक, कवि तथा व्रह्माण्डशास्त्री वैज्ञानिक  जिओरडानो ब्रुनो (  १५४८—१६०० ) लाई बाइबलको मान्यता विपरीत बोल्यो भन्ने आरोपमा केथोलिक चर्चले कठोरतम दण्ड दिंदै  सार्वजनिक स्थलमा जिउँदै जलाएर विभत्स तरिकाले हत्या गरेको थियो ।  

ईटलीका दार्शनिक तथा वैज्ञानिक ग्यालिलिओ ग्यालिलेई (  १५६४  —१६४२  ) लाई आधुनिक पदार्थ विज्ञानका पिता मानिन्छ । यिनले शक्तिशाली टेलिस्कोपको पनि आविस्कार गरेका थिए । शक्तिशाली टेलिस्कोपको आविस्कार आफैमा एउटा ठूलो क्रान्ति थियो । यिनले निकोलस कोपर्निकशको सूर्यलाई विश्व व्रह्माण्डकोे केन्द्र मान्ने मान्यतालाई पक्षपोषण गरेको कारण राज्यले उनलाई बन्दी बनाएको थियो. । जेलमा 

कोचेको थियो । ब्रुनोलाई जस्तै मृत्यु दण्ड दिने चेतावनी  दिएको थियो । उनलाई आफ्नो यस विचारलाई फिर्ता लिन दबाब दिएको थियो ।  उनले बताएका छन् उनले भित्री मनले पृथ्वीलाई होइन सूर्यलाई केन्द्र मान्ने  बिचारप्रति अटुट  आस्था तथा निष्ठा राख्दै  मुखले आफ्नो विचार फिर्ता लिएको कुरा भनेको थिए । अभिनय गरेका थिए । उनले गोप्य रूपले आफ्ना वैज्ञानिक मान्यता तथा  विचारका सम्बन्धमा पुस्तक नै लेखेका थिए जुन पछि प्रकाशित भएको थियो । 

साहित्यमा नोबेल पुरस्कार प्राप्त गरेका अमेरिकी उपन्यासकार अर्नेष्ट हेमिग्वे ( १८९९ —१९६१ ) ले आफ्नो विश्व चर्चित उपन्यास बुढो मान्छे र समुन्द्र ९ त्जभ इमि ःबल बलम तजभ क्भब ० मा लेखेका छन् — एक जना मान्छेलार्ई  खतम गर्न सकिन्छ  तर पराजित गर्न सकिन्न ९ ब् mबल अबल दभ मभकतचयथभम दगत लयत मभाभबतभम । ० ।

यी सब कुराले के पुष्टि गर्दछ भने संसारमा सत्य सजिलै स्थापित गरिएको होइन । पक्कै हो सत्यलाई स्थापित गर्न ठूलो महाभारतको युद्ध लड्न परेको थियो । कैयौंले आफ्नो जीवनको आहुति दिन परेको थियो । साँचो हो एक त सत्यलाई पता लगाउन गाह्रो,दोस्रो सत्य पता लागे पनि त्यसलाई स्थापित गर्न गाह्रो । 

२७—३—२०८१ 

११—७—२०२४

 


Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा