मेरा बुबाले मलाई पिटी पिटी पढाउन थाल्दा भन्नु हुन्थ्यो उहाँले लेखपढ गर्न रुखको ठुटोमा लेखेर सिक्नु भएको हो । वास्तवमा त्यतिबेला बच्चा बच्चीहरूलाई लेख पढ गर्न कुनै स्कुल खुलेकै थिएन । कुनै स्कुल बनेकै थिएन । त्यसैले बुबाले स्कुली शिक्षा प्राप्त गर्न सक्ने कुरो भएन । तर जब म केटाकेटी थिएँ गल्कोटमा दुईवटा मिडिल स्कुल खुलेका थिए । हरिचौर ( पुरानो नाम दरम ) मा गल्कोटे राजा रानीको नाममा भरत चैतन्य मिडिल स्कुल । हटिया बजारमा गौमुखी मिडिल स्कुल । अहिले यी दुबै स्कुल अस्तित्वमा छैनन् । यिनको नाम निशान समेत मेटिएको छ । गोठ जाँदा रुखको ठुटामा लेखपढ गर्न सिक्नु भएको बुवा रविलाल साहनीले मलाई निकै धेरै पढाउने इच्छा राख्नु हुन्थ्यो र त्यसको लागि निकै प्रयास गर्नु पनि भएको थियो । उहाँ हाम्रो आँगाखेत स्थित दोकानको लागि माल समान लिन बटौली जाँदा डोकामा ठूलो वर्णमाला बोकाएर ल्याउनु हुन्थ्यो र मलाई त्यही ठूलो वर्णमालाबाट कख बारखरी आदि बढाउन शुरु गर्नु भएको थियो । उहाँ मलाई पिटी पिटी पढाउन खोज्नुहुन्थ्यो । बुवाले आजभोलि जस्तो रुसोको जस्तो प्रेमले पढाउने अवधारणाले दिग्द्रशित भएर वा पेस्टालोजी, डाल्ट