Skip to main content

कलम

 


म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा म्युजिसियनले हमेशा एउटा मादल गितार बोकेर हिंड्दछ । एउटा पत्रकारले हमेशा एउटा कैमरा बोकेर हिंड्दछ । एउटा लामा धामीले हमेशा एउटा ड्यांग्रो बोकेर हिड्दछ । एउटा वकीलले हमेशा एउटा फायल बोकेर हिंड्दछ । एउटा इंजियिनरले हमेशा एउटा क्लाल्कृुटेर बोकेर हिंड्दछ । एउटा डाक्टर हमेशा एउटा स्टेथोस्कप बोकेर हिंड्दछ । एउटा सप्लाएर हमेशा एउटा स्याम्पल  बोकेर हिंड्दछ ।  यसरी हेर्दा कुनै न कुने व्यवसाय वा पेशामा संलग्न व्यक्ति आफूसित कुनै नै कुनै बस्तु, साधन वा औजार आफूसित लिएर हिंड्दछ । कोही पनि खालि हात ढल्किंदै ढल्किदै हिड्दैन । तर पनि हरेक कुराको अपवाद हुन्छ । यस कुराको एउटा अववाद म पनि हुँ ।  म अपवाद यस कारणले हुँ कि म आफू एउटा लेखक भएर पनि कलम बोकेर हिंड्दिनं । जब कि म एक लेखक भएको नाताले हमेशा जहाँ जाँदा पनि एउटा कलम बोकेर जानु पर्दथ्यो । बिना कलम म एक पाइला पनि हिंड्न हुँदैनथ्यो ।  म आफूसित कलम नभएर कलम बोकेर नहिंडेको होइन कि मेरो कलम भिरेर हिंड्ने बानी नै छैन ।  हो मसित जति पनि कलम हुन्छन् । कलम हुन्छन् घरमा । छरपस्टिएका अवस्था । खोजेको बेलामा नभेटिने कलम । नखोजेको बेलामा भने भेटिने कलम । चाहिने बेलामा नभेटिने कलम । नचाहिने बेलामा भने कलम नै कलम भेटिने । 

म कलम भिरेर हिंड्दिन भन्ने कुरा मलाई थाहा नभएको होइन । म कलम भिरेर हिंड्नु पर्दछ भन्ने कुराको ज्ञान मलाई नभएको होइन । तर मैले जति सचेत भए पनि आफू दाहिने बायें लाग्दा कलम बोकेर हिंड्ने बानी बसालेको छैन । बानी बसाल्न सकेको छैन ।  बानी बसाल्नु भनेको ठूलो कुरो हो । बानी बसाल्यो भने सारा काम बानीले नै गर्दछ । आफूले केही गर्न पर्दैन ।  बानी बसाल्नु भनेको आफूलाई अटोमेटिक बनाउनु हो । आफूलाई स्वचालित बनाउनु हो ।  बानी बस्यो भने म बाहिर जानु पर्दा कलम भिरेर जानु पर्दछ भन्ने कुरा आफूले नै सोचिरहनु पर्दैैन । कलम बोक्ने बानीले नै कलम बोक्दछ । कलम भिर्दछ । कति राम्रो । तर कठिन काम भनेको बानी बसाल्ने नै हो । भनिसकें नि  बानी बसाल्नु त्यति सजिलो कुरा हुँदै होइन । त्यसको लागि धेरै अभ्यास चाहिन्छ । त्यसको लागि धेरै प्रयास चाहिन्छ । तर यसमा एउटा राम्रो कुरा के पनि छ भने बानी बसाल्यो भने वानी बसाल्नु पर्दैन । 

मैले कहिलेकाहीं साथमा कलम बोकेर हिंडे पनि त्यो मेरो नियमित कर्मको कुरा होइन ।  त्यो मेरो नियमित कार्यसूचिमा पर्ने कुरा होइन । । अपवादको कर्मको कुरा मात्र हो ।


हुन त आफू घर बाहिर निस्किंदा कलम नै बोकेर हिंड्नु पर्दछ भन्ने केही जरुरी छैन । कलम जहाँ चाहिन्छ त्यहाँ कलम पाइन्छ । जस्तो कि हामी कुनै कार्यालयमा जागिरे छौं भने आफू कार्यालयमा आएको र कार्यालयबाट निस्कको समय जताउन सही धस्काउन पर्ने हुन्छ । त्यस बखत कलमको आवश्यकता पर्दछ । आफूसित कलम छ भने ठीक छ । खुरुक्क सही धस्काउन सकिन्छ । आफूसित कलम छैन भने आफू नजिककोमित्रबाट सहयोग लिनु पर्ने हुन्छ । आखिर आफू कार्यालयमा उपस्थित भएर पनि नभएको देखाउन त भएन । हो, आजभोलि कार्यालयमा मसिन राखिने गरिएको छ । मसिनमा अंगुठाले च्याप्न साथ आफू आएका गएको सबै कुरा रेकर्ड हुन्छ । फरक पर्दैन । जस्तो कि हामी कुनै बैंकमा खाता खोल्नु , पैसा जम्मा गर्न वा पैसा निकाल्न गयौं भने त्यहाँ हामीलाई सही धस्काउन कलमको आवश्यकता हुन सक्दछ । आफूसित कलम छैन भने  कार्यालयको कलमको प्रयोग गर्नु पर्ने हुन्छ । कति मान्छेसित फर्म भर्न वा चेकमा सही  गर्न कलम नहुन सक्दछ भन्ने कुरा राम्ररी मनन गरेका र हेक्का रहेका कार्यालयले नै कतै दाहिने बायें नलागोस् भनेर दाम्लोले गाई भैंसी बाँधे झैंं कलम धागोले बाँधेर राखेका हुन सक्दछन् । हामी त्यस्तो कलमको सदुपयोग गर्न सक्दछौं । उपयोग गर्न सक्दछौं । 

यदि कार्यालयले त्यस किसिमको कुनै व्यवस्था गरेको छैन भने हामीले वाध्य भएर कर्मचारी कै कलमको प्रयोग गर्नु पर्ने हुन्छ । कर्मचारीसित नै निजको निजी  कलमको प्रयोग गर्नु पर्ने हुन्छ । त्यसले नै काम चलाउनु पर्ने हुन्छ । ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं 

त्यस अवस्थामा कर्मचारीले गाह्रो मानी मानी हाम्रो हातमा आफ्नो कलम उपलब्ध गराइदिएका हुन सक्दछन् । कर्मचारीले के सोंचेर आफ्नो कलम सेवाग्राहीलाई उपलब्ध गराउँछन् कुनि त्यसको भित्री कथा त म बुझ्न सक्दिनं । भन्न सक्दिनं ।  तर मलाई के लाग्दछ भने त्यसमा प्रत्यक्ष अप्रत्यक्षमा रूपमा उनीहरूमा कोविदको प्रभाव परेको हुन सक्दछ । कोविदको बेलामा हामी न आफ्नो बस्तुहरू अरुलाई छुन चलाउन दिने गर्दथ्यौं न त हामी अरु कसैका बस्तु छ्ुन चलाउन चाहन्थ्यौं । हामीलाई कोविद सर्ने भय हुन्थ्यो । त्रास हुन्थ्यो ।  हुन त हाल हाम्रो मुलुकमा कोविद प्रकोपको घटनाले सार्वजनिक सजालमा स्थान पाएको अवस्था  छैन । फेरि हामीले कविदको भ्याक्सिन पनि लिएका छौं । भए पनि वनको बाघले खाओस् नखाओस् मनको बाघले त खाने नै भइहाल्यो । यस कारण पनि सही धस्काउन कलम दिने पनि डराउन पर्ने कलम लिने पनि डराउन पर्ने । मान्छेसित भैंसी डराए जस्तै । भैंसीसित मान्छे डराए जस्तै ।

यही कारणले पनि आफूसित हर हमेशा कलम हुनु राम्रो कुरा हो ।  यसैले हर हमेशा हामीमा कलम हुनु आवश्यक देखिन्छ । हर प्रकारको पेशा र व्यवसायमा लागेका मान्छेहरूले आफ्नो पेशा वा व्यवसाय जनित साधन वा आंैजार बोकेर हिंड्ने यो जमानामा हामी आफैले आफ्नो हतियार बोकेर हिंड्नु उचित र आवश्यक कुरा हुन जान्छ । यसैले मैले अनिवार्यत घरबाट निस्केर दाहिने बायें लाग्दा साथमा कलम बोक्ने बानी बसाल्नै पर्दछ । मलाई कलम लेखक भएको कारणले मात्र होइन सेवाग्राहीको रूपमा विभिन्न कार्यालयमा  फर्म भर्न वा सही धस्काउन पनि आवश्यक पर्दछ । यस कुराको आवश्यकता मैले झन् झन् बुझ्दै गैरहेको छु । मात्र मैले त्यसलाई कार्यान्वयनमा ल्याउन नसकेको मात्र हो । व्यवहारमा उतार्न नसकेको मात्र हो । कुरो ठीक हो कुरा बुझनु एउटा कुरा हो । त्यसलाई व्यवहारमा उतार्न अर्को कुरा हो । कुरो बुझेर मात्र के हुन्छ यदि त्यसलाई व्यवहारमा उतार्न सकिन्न भने ।

९—७—२०८१

१६—१०—२०२४




Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...