हे बोक्सी देवी म तिम्रो सभक्ति प्रार्थना गर्दछु म तिम्रो बरु कठोर कठीन तपस्या गर्दछु मलाई पनि बोक्सी बन्ने रहर छ मलाई पनि तिमी जस्तै बोक्सी बनाऊ हो मलाई पनि तिमीलाई जस्तै छौडा नचाउने रहर छ मलाई पनि छौडा नचाउन सिकाऊ मलाई पनि तिमीलाई जस्तै छौडा छोड्ने रहर छ अन्धविश्वासीका घर घरमा छौंडा छोड्ने तालिम देऊ मलाई पनि बक्सी बनाऊ तिमीले कसैका जिउमा दा“त गाडेर नीलडाम पारे जस्तै म पनि जनद्रोहीका जिउमा जहरिला दा“त गाढेर नीलडाम पार्न चाहन्छु रगत नै चुस्न चाहन्छु तिमीले कसैलाई ऐंठन गराएर रातभरि चैनको नींद सुत्न नदिए जस्तै म पनि देशद्रोहीलाई मस्त सुतिरहेको बेलामा ऐंठन गराएर बेचैन बनाउ“छु म तिमीले जस्तै आ“खा लगाउ“छु नया“ नेपालको बाटोमा का“डा लगाउनेहरुका दाना पानीमा म तिमीले जस्तै बान हान्छु देशको अग्रगतिमा तगारो बन्नेहरुका मुटु मुटुमा हे बोक्सी देवी मलाई पनि तन्तर मन्तर गर्न सिकाऊ सारा तालिम गराऊ मलाई पनि तिमी जस्तै बोक्सी बनाऊ डायना डंकिनी बनाऊ किच्किनी बनाऊ पिचासिनी बनाऊ कुटनी बूढी बनाऊ रा“को बाल्दछु म पापी समाजमा आगो लगाउ“छु म अपराधी जगतमा हे बोक्सी देवी मलाई