Skip to main content

बोक्सीको आराधना



हे बोक्सी देवी
म तिम्रो सभक्ति प्रार्थना गर्दछु
म तिम्रो बरु कठोर कठीन तपस्या गर्दछु
मलाई पनि बोक्सी बन्ने रहर छ
मलाई पनि तिमी जस्तै बोक्सी बनाऊ
हो मलाई पनि तिमीलाई जस्तै
छौडा नचाउने रहर छ
मलाई पनि छौडा नचाउन सिकाऊ
मलाई पनि तिमीलाई जस्तै
छौडा छोड्ने रहर छ
अन्धविश्वासीका घर घरमा
छौंडा छोड्ने तालिम देऊ
मलाई पनि बक्सी बनाऊ
तिमीले कसैका जिउमा
दा“त गाडेर नीलडाम पारे जस्तै
म पनि जनद्रोहीका जिउमा जहरिला दा“त गाढेर
नीलडाम पार्न चाहन्छु
रगत नै  चुस्न चाहन्छु
तिमीले कसैलाई ऐंठन गराएर
रातभरि चैनको नींद सुत्न नदिए जस्तै
म पनि देशद्रोहीलाई मस्त सुतिरहेको बेलामा
ऐंठन गराएर बेचैन बनाउ“छु
म तिमीले जस्तै आ“खा लगाउ“छु
नया“ नेपालको बाटोमा का“डा लगाउनेहरुका दाना पानीमा
म तिमीले जस्तै बान हान्छु
देशको अग्रगतिमा तगारो बन्नेहरुका मुटु मुटुमा
हे बोक्सी देवी
मलाई पनि तन्तर मन्तर गर्न सिकाऊ
सारा तालिम गराऊ
मलाई पनि तिमी जस्तै बोक्सी बनाऊ
डायना डंकिनी बनाऊ
किच्किनी बनाऊ
पिचासिनी बनाऊ
कुटनी बूढी बनाऊ
रा“को बाल्दछु म पापी समाजमा
आगो लगाउ“छु म अपराधी जगतमा
हे बोक्सी देवी
मलाई पनि अविलम्ब
तिमी जस्तै बोक्सी बनाऊ
तर तर म
तिमीलाई खोई के गुहारु“
तिमीलाई खोई के पुकारु“
के बिन्ती बिसाऊ“ तिमीमा
मलाई पनि बोक्सी बनाऊ भन्दै
जबकि स्वयं मलाई नै संदेह लाग्न थालेको छ
तिम्रो बोक्सीको प्रमाणपत्रमाथि नै
तिम्रो बोक्सीको तालिममाथि नै
तिम्रो बोक्सीको अभ्यासमाथि नै
तिम्रो क्षमतामाथि नै
तिम्रो कुशलतामाथि नै
तिम्रो चमत्कारितामाथि नै
तिम्रो शक्तिमाथि नै
तिम्रो अस्तित्वमाथि नै
म सोंच्दछु
यदि तिमी सा“च्चै नै बोक्सी हुन्थ्यौ भने
निरिह भएर किन बस्थ्यौ तिमी चुपचाप
नर्ककुण्डको दण्ड भोग्दै
असीम पीडा खप्दै
अकल्पनीय यातना झेल्दै
कुनै शत्रुले गर्दछ तिमीमाथि भीषण आक्रमण भने
ईटको जबाब  पत्थरले पनि दिन सक्थ्यौ 
यदि तिमी सा“च्चै नै बोक्सी हुन्थ्यो भने
मलमूत्र नै खुवाउ“थ्यो तिमीले तिमीलाई मलमूत्र खुवाउनेहरुलाई नै
यदि तिमी सा“च्चै नै बोक्सी हुन्थ्यो भने
फोर्ने थियो तिमीले तिम्रा आ“खा फोर्नेहरुका आ“खाहरु नै
यदि तिमी सा“च्चै नै बोक्सी हुन्थ्यो भने
जिउ“दै जलाउ“थ्यौ तिमीले तिमीलाई जिउ“दै जलाउनेहरुलाई नै
यदि तिमी सा“च्चै बोक्सी हुन्थ्यो भने
भष्मखरानी पार्दथ्यो तिमीले
सृजना र सोन्दर्यकी प्रतीक बनेकी महान नारीलाई
बोक्सीको आरोपले डाम्नेहरुलाई
बोक्सीको आरोपले लछारपछार पार्नेहरुलाई
बोक्सीको आरोपले ज्यान नै लिन खोज्नेहरुलाई
समाजका धब्बाहरुलाई
सृष्टिका कलंकहरुलाई
सभ्यताका शत्रुहरुलाई ।
१०–१२–०६८

Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...