Skip to main content

बोक्सीको आराधना



हे बोक्सी देवी
म तिम्रो सभक्ति प्रार्थना गर्दछु
म तिम्रो बरु कठोर कठीन तपस्या गर्दछु
मलाई पनि बोक्सी बन्ने रहर छ
मलाई पनि तिमी जस्तै बोक्सी बनाऊ
हो मलाई पनि तिमीलाई जस्तै
छौडा नचाउने रहर छ
मलाई पनि छौडा नचाउन सिकाऊ
मलाई पनि तिमीलाई जस्तै
छौडा छोड्ने रहर छ
अन्धविश्वासीका घर घरमा
छौंडा छोड्ने तालिम देऊ
मलाई पनि बक्सी बनाऊ
तिमीले कसैका जिउमा
दा“त गाडेर नीलडाम पारे जस्तै
म पनि जनद्रोहीका जिउमा जहरिला दा“त गाढेर
नीलडाम पार्न चाहन्छु
रगत नै  चुस्न चाहन्छु
तिमीले कसैलाई ऐंठन गराएर
रातभरि चैनको नींद सुत्न नदिए जस्तै
म पनि देशद्रोहीलाई मस्त सुतिरहेको बेलामा
ऐंठन गराएर बेचैन बनाउ“छु
म तिमीले जस्तै आ“खा लगाउ“छु
नया“ नेपालको बाटोमा का“डा लगाउनेहरुका दाना पानीमा
म तिमीले जस्तै बान हान्छु
देशको अग्रगतिमा तगारो बन्नेहरुका मुटु मुटुमा
हे बोक्सी देवी
मलाई पनि तन्तर मन्तर गर्न सिकाऊ
सारा तालिम गराऊ
मलाई पनि तिमी जस्तै बोक्सी बनाऊ
डायना डंकिनी बनाऊ
किच्किनी बनाऊ
पिचासिनी बनाऊ
कुटनी बूढी बनाऊ
रा“को बाल्दछु म पापी समाजमा
आगो लगाउ“छु म अपराधी जगतमा
हे बोक्सी देवी
मलाई पनि अविलम्ब
तिमी जस्तै बोक्सी बनाऊ
तर तर म
तिमीलाई खोई के गुहारु“
तिमीलाई खोई के पुकारु“
के बिन्ती बिसाऊ“ तिमीमा
मलाई पनि बोक्सी बनाऊ भन्दै
जबकि स्वयं मलाई नै संदेह लाग्न थालेको छ
तिम्रो बोक्सीको प्रमाणपत्रमाथि नै
तिम्रो बोक्सीको तालिममाथि नै
तिम्रो बोक्सीको अभ्यासमाथि नै
तिम्रो क्षमतामाथि नै
तिम्रो कुशलतामाथि नै
तिम्रो चमत्कारितामाथि नै
तिम्रो शक्तिमाथि नै
तिम्रो अस्तित्वमाथि नै
म सोंच्दछु
यदि तिमी सा“च्चै नै बोक्सी हुन्थ्यौ भने
निरिह भएर किन बस्थ्यौ तिमी चुपचाप
नर्ककुण्डको दण्ड भोग्दै
असीम पीडा खप्दै
अकल्पनीय यातना झेल्दै
कुनै शत्रुले गर्दछ तिमीमाथि भीषण आक्रमण भने
ईटको जबाब  पत्थरले पनि दिन सक्थ्यौ 
यदि तिमी सा“च्चै नै बोक्सी हुन्थ्यो भने
मलमूत्र नै खुवाउ“थ्यो तिमीले तिमीलाई मलमूत्र खुवाउनेहरुलाई नै
यदि तिमी सा“च्चै नै बोक्सी हुन्थ्यो भने
फोर्ने थियो तिमीले तिम्रा आ“खा फोर्नेहरुका आ“खाहरु नै
यदि तिमी सा“च्चै नै बोक्सी हुन्थ्यो भने
जिउ“दै जलाउ“थ्यौ तिमीले तिमीलाई जिउ“दै जलाउनेहरुलाई नै
यदि तिमी सा“च्चै बोक्सी हुन्थ्यो भने
भष्मखरानी पार्दथ्यो तिमीले
सृजना र सोन्दर्यकी प्रतीक बनेकी महान नारीलाई
बोक्सीको आरोपले डाम्नेहरुलाई
बोक्सीको आरोपले लछारपछार पार्नेहरुलाई
बोक्सीको आरोपले ज्यान नै लिन खोज्नेहरुलाई
समाजका धब्बाहरुलाई
सृष्टिका कलंकहरुलाई
सभ्यताका शत्रुहरुलाई ।
१०–१२–०६८

Comments

Popular posts from this blog

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...