हलौ सरकार डा. गोविन्द के सीे तिमीले नागरिक स्वतन्त्रता खुृम्चाउँदै खुम्चाउँदै घोषित गरेको निषेधित क्षेत्रमा तिम्रै संविधानमा लेखे बमोजिम बिना हात हतियार बिना बम गोला बारुद फगत एक्लै बुद्धको जस्तै ध्यान मुन्द्रामा शान्तिपूर्ण तरिकाले अनशनमा बस्दा कुनै सीमा क्षेत्रमा विदेशी प्रभुले थिचोमिचो गर्दा नेपाल आमाका छातीमा विदेशी सेना परेड खेल्दा त्यसको कडा प्रतिरोधमा तिमीले राज्यकै ठूलै शसस्त्र बलको पल्टन पठाए जस्तै हात हतियार सहित प्रहरीको त्यति ठूलो शक्ति किन खन्याउनुृ पर्दथ्यो फुकीढल डा. गोविन्द के सीलाई लछार पछार गर्न उनलाई जुन सुकै हालतमा पनि पकडाउ गर्न गिरफ्तार गर्न एउटा प्रहरी जवान काफी थियो फेरि डा. गोविन्द के सी त कुनै तिम्रो सिंहासन ताकेर गाथ गद्धी ताकेर विद्रोहमा उत्रेका पनि थिएनन् राज्य विरुद्ध कुनै बिप्लब पनि गरेका थिएनन् माग हुँदा हुन् उनका दुई चार बँुदे बढीका एक दर्जन तिनलाई दाहिने कानले सुनेर बायें कानले उडाउँदिए पनि हृुन्थ्यो यस कुराको स्मरण मैले तिमीलाई गराइरहनु पर्ने होइन यस मामिलामा त सरकार स्वयं विज्ञ छ सरकार स्वयं अभ्यस्त छ सरकार स्वय