देशको नयाँ नक्शा कोर्दछु भन्दथे उनी आफै केरिएकाछन्
देशको मुहार नै फेर्दछु भन्दथे उनी आफै फेरिएकाछन्
भनेका कुरा गरेको पुरा खोई त कहाँ छ रेकर्ड उनको
शत्रुृलाई घेर्न निस्केका उनी शत्रुृबाटै आफै घेरिएकाछन््
के भनेर हिंडेका थिए हिजो के गरेर हिंडिरहेकाछन् आज
बेर्दछु बैरीलाई भन्दा भन्दंै बैरीबाट आफै बेरिएका छन््
शान थियो कस्तो उनको हिजो मान थियो कस्तो उनको हिजो
अरुका के कुरा गर्नु गिरेका नजरले आफै हेरिएका छन्
दिन पनि कहिले कस्तो आउँदो रहेछ मान्छेको जीवनमा
पर्दैन सेर्न कसैले उनलाई उनी त आफै सेरिएका छन् ।
१६–३–२०७५
Comments
Post a Comment