Skip to main content

Posts

Showing posts from July, 2018

धिक्कार छ हामीलाई

धिक्कार छ हामीलाई गधा रहेछौ तिमी हामीले गाई ठानी पुजिरह्यौं धिक्कार छ हामीलाई विषालु साँप रहेछौ तिमी हामीले शेषनाग भनी पुजिरह्यौं धिक्कार छ हामीलाई हिटलर रहेछौ तिमी हामी तिमीलाई बुद्ध मानी पुजिरह्यौं धिक्कार छ हामीलाई माफिया रहेछौ तिमी हामी तिमीलाई  संत  साधु भन्दै पुजिरह्यौं धिक्कार छ हामीलाई दानव रहेछौ तिमी हामी तिमीलाई मानव भन्दै पुजिरह्यौं धिक्कार छ हामीलाई हामी तिमीलाई हुँदा खानेका मान्छे ठानी पुजिरह्यौं तिमी हुने खानेका मान्छे रहेछौं धिक्कार  छ हामीलाई हामी तिमीलाई राष्ट्रवादी नेता भन्दै जयजयकार गरिरह्यौं तिमी राष्ट्रघाती दलाल पो  रहेछौं धिक्कार छ हामीलाई हामी तिमीलाई भक्ति भीम ठान्दै सलाम गरिरह्यौं तिमी गद्धार लेन्डुप दोर्जेका नव अवतार पो  रहेछौ धिक्कार छ हामीलाई हामी तिमीलाई लोकतन्त्रका नायक भन्दै नमन गरिरह्यौं तिमी फासीवादका खलनायक हुँदै दमन गरिरह्यौ धिक्कार छ हामीलाई हामीले गणतन्त्र ल्यायौं भन्दै कुर्लिरह्यौं एउटा राजा फालेर सयौं राजा जन्माएका रहेछौं धिक्कार छ हामीलाई हामीले राम राज्य ल्यायौं भनेर गर्व गर्यौं रावण राज्य पो ल्याएका रहेछौं धिक

कमरेडको लीला

हिजो कमरेडलाई बैरीले लखेट्दा शहरमा गाउँमा सेल्टर दिने हर्के बिर्खेको हालत के छ थाहा छैन तर आज कमरेडका पाइला दैनिन्दिन समृद्धितिर अग्रसर हुँदै छन् देश समृद्धितिर पुग्छ पुग्दैन थाहा छैन तर कमरेडले समृद्धिको सगरमाथा अवश्य चुम्दै छन् तुनेका जडौरी चप्पल भिरेर उकालो ओरालो गर्दथे कमरेड हिजो गाउँ  घरतिर आज  रोजी रोजी महंगा चिल्ला कारमा चढेर सबारी हुन्छन् कमरेड शहर बजारतिर हिजो बुर्जुवा शिक्षा बहिस्कार भन्दथे कमरेड आज बुर्जुवाहरूकै  लागि विश्व विद्यालय खोल्दै हिंडका छन् कमरेड हिजो क्रान्तिका नारा घन्काएर कहिले थाक्दैनथे कमरेड आज शान्तिको माला जप्दै हिंड्न थालेका छन् हिजो दरबारलाई निशाना बनाउँदै बम बिष्फाट गर्ने कुृरा गर्दथे कमरेड आज आफै गगनचुम्बी दरबार बनाएर बस्न थालेका छन् दरबारमा बस्ने राजा कहाँ बस्दछन् आज थाहा छैन तर  कमरेड आफै दरबारमा बस्न थालेका छन् ःश्रीपेच छैन कमरेडका शिरमा त के भो उनको रहन सहन ठाँटबाट कुनै राजा महाराजाकोभन्दा कत्ति कम छैन मुलुकमा राजतन्त्र छैन त के भो गणतन्त्र आएको आभास कसैलाई हुन सकेको छैन पारिवारिक शासन छैन मुलुकमा  त के भो परिवारका मान्छेको सात

मेरो बिर्सने बानी

मलाई लाग्दछ विर्सने बामिलामा म माहिर छु ।  म जुनसुकै कुरा पनि जुनसुकै बेला बिर्सिएको हुन सक्दछु । बडो अचम्भको कुरा त के छ भने जुन कुरा म विर्सिए पनि हुन्थ्यो भन्ने सोच्दछु त्यो कुरा कुनै पनि हालतमा बरु म बिर्सिन्न । बिर्सन सक्दिनं । तर जुन कुरा म कहिले पनि नबिर्सिए हुन्थ्यो भन्ने सोच्दछुृ त्यो कुरा म झन् छिटै बिर्सिन पुृग्दछु । निश्चित रुपमा यो राम्रो कुरा होइन । मलाई लाग्दछ सम्झिने कुरा जति विद्यार्थीहरूलाई उपयोगी सिद्ध हुन्छ त्यति यो दुनियामा अरु कसैलाई पनि हुन्न होला । विद्यार्थीहरूले पढेको जति कुरा  सम्झिरहन सके उनीहरू परीक्षामा कहिले असफल हुने थिएनन् । जहिले पनि सफल  नै भइरहन्थे ।  उसरी बकिलले पनि कुरा विर्सनु हुँदैन । बकीलले आफ्ना झगडियाका  कुनै दरो प्रमाण लगाउन सकिने कुरा बिर्से भने त्योे आफ्नो पक्षको लागि भयंकर ठूलो हानि नोक्सानीको कुरा हुन सक्दछ । कृुरा  बिर्सिने सवालमा नेताहरूको पनि नाम अग्र पक्तिमा आउन सक्दछ । नेताहरू चाहँदा हुन आफैले निर्वाचनको बेलामा जनतासामु  कबुल गरेका कृुरा आफूले नबिर्से पनि जनताले बिर्सिउन् । तर यस सम्बन्धमा गजबको कुरा के हुन्छ भने नेताहरूले निर्वा

गजल

देशमा  पंचायत फर्के जस्तो लाग्यो फेरि नि आन्दोलन चर्के जस्तो लाग्यो हावाको एक सानो झोंका चल्दा पनि इन्द्रको सिंहासन थर्के जस्तो लाग्यो हावामा महल बनाउने नाममा मूल मुद्दाबाट नै तर्के जस्तो लाग्यो न्याय निसाफका कुरा गर्दा समेत  हलौ सरकार नै झर्के जस्तो लाग्यो पेट काटेर भए पनि दुनियाँको चारो भजनेलार्इं छर्के जस्तो लाग्यो । १८–३–२०७५