Skip to main content

मेरो बिर्सने बानी


मलाई लाग्दछ विर्सने बामिलामा म माहिर छु ।  म जुनसुकै कुरा पनि जुनसुकै बेला बिर्सिएको हुन सक्दछु । बडो अचम्भको कुरा त के छ भने जुन कुरा म विर्सिए पनि हुन्थ्यो भन्ने सोच्दछु त्यो कुरा कुनै पनि हालतमा बरु म बिर्सिन्न । बिर्सन सक्दिनं । तर जुन कुरा म कहिले पनि नबिर्सिए हुन्थ्यो भन्ने सोच्दछुृ त्यो कुरा म झन् छिटै बिर्सिन पुृग्दछु । निश्चित रुपमा यो राम्रो कुरा होइन ।
मलाई लाग्दछ सम्झिने कुरा जति विद्यार्थीहरूलाई उपयोगी सिद्ध हुन्छ त्यति यो दुनियामा अरु कसैलाई पनि हुन्न होला । विद्यार्थीहरूले पढेको जति कुरा  सम्झिरहन सके उनीहरू परीक्षामा कहिले असफल हुने थिएनन् । जहिले पनि सफल  नै भइरहन्थे ।  उसरी बकिलले पनि कुरा विर्सनु हुँदैन । बकीलले आफ्ना झगडियाका  कुनै दरो प्रमाण लगाउन सकिने कुरा बिर्से भने त्योे आफ्नो पक्षको लागि भयंकर ठूलो हानि नोक्सानीको कुरा हुन सक्दछ ।
कृुरा  बिर्सिने सवालमा नेताहरूको पनि नाम अग्र पक्तिमा आउन सक्दछ । नेताहरू चाहँदा हुन आफैले निर्वाचनको बेलामा जनतासामु  कबुल गरेका कृुरा आफूले नबिर्से पनि जनताले बिर्सिउन् । तर यस सम्बन्धमा गजबको कुरा के हुन्छ भने नेताहरूले निर्वाचनको बेलामा जनतासामु गरेका बाचा कबुल आफैले तुरुन्त बिर्से पनि जनताले बिर्सेका हुँदैनन् । जनताले बिर्सिन पनि बिर्सिदैनन्।
निश्चित रुपमा मानिसको जीवनमा सबै क्षण समान रुपले महत्वपूर्ण  हुँर्दनन् । समान रुपले रमाइला हुँदैनन् । समान रुपले सुखद हुँदैनन् । उल्टो दृुखै दृखले भरिएका हुन सक्दछन । त्यसैले होला मान्छेहरू जतिसक्दो दृखका दिन बिर्सिन चाहन्छन् । जतिसक्दो सुखका दिन स्मरण गर्न चाहन्छन् । तर कुरो पनि यो पनि छ । संसारमा यस्ता मान्छे पनि हुन्छन् जो बर्तमानको सुखका समयमा विगतको दुख सम्झेर रमाउन खोज्दछन् । यस अर्थमा दुखमा पनि सुख छ । सुखमा सुख त हुने नै भयो । जे होस् सुख र दुख पनि बिर्सन नहुने कुरा हुन् ।  हो कहिलेकाहंीं मान्छेले सुखको अनुभूति गर्दछ । आनन्दको अनुभूति गर्दछ । त्यसैले त चेलीबेटीले भनेका होलान् –तीजको कुरा गरे पनि दर खाए जस्तो हृन्छ ।
प्रसंग  मेरो सम्झिनेभन्दा पनि बिर्सिने बानीसित सम्बन्धित छ । शुृरुमा नै मैले भनिसकेको छु बिर्सिने मामिलामा म माहिर छु । मेरो यस विर्सिने बानीले मलाई निकै दुख दिएको छ । पक्कै पनि मेरो बिर्सिने बानीले मलाई निकै दृुख दिएको छ । निकै सताएको छ । मैले परीक्षाको समयमा कैयौं कुरा विर्सेर मैले जति अंक प्राप्त गर्नु पर्ने हो त्यति प्राप्त गर्न सकेको छैन । मैल जुन ग्रेड पाउनु पर्ने हो पाउन सकेको छैन । मलाई लाग्दछ यदि  मेरो बिर्सिने बानी नहुँदो हो त मैले हरेक परीक्षामा बाजी मार्दथें होला ।
कुरो परीक्षाको मात्र होइन । मेरो बिर्सिने बानीले मलाई जीवनमा सताउनसम्म सताएको छ । मलाई  दुख दिनसम्म दुख दिएको छ । म जे कुरा पनि जतन गरेर राख्न चाहन्छु यहाँसम्म कि तृुरुन्त फाल्न पर्ने कुरा पनि म जतन गरेर राख्न चाहन्छु । राख्दछु । निश्चित रुपमा हरेक कुरा जतन गरेर राख्दा त्यसको एउटा सगरमाथा जस्तै जस्तै पहाड  बनेको हुन्छ । यसैले म भन्न सक्दछु मेरो हातमा परेको चीज कहिले गायब हुन सक्दैन । यत्ति हो मैले ठूलो जतन गरेर राखेको चीज मैले खोजेको बेलामा भेट्दिनं । तर मैले नखोजेको चीज भने पटक पटक भेट्दछु । हो, खोजेको कुरा बरु मैले भेट्दै भेट्दिन । नखोजको कुरा भेट्दछु ।
मलाई याद छ , एकपल्ट म पत्रिका प्रकाशनको सिलसिलामा एक महिना जति बनारसमा बस्दा मेरा धेरै चीजबीजहरू खास गरी कागजपत्रहरू जम्मा भएका थिए । पत्र पत्रिकाहरू जम्मा भएका थिए । म बास्तवमा बनारसमा झलनाथ खनालसित कागजको थुप्रोमा बसिरहेको थिएँ ।  पत्र पत्रिकाको थुप्रोमा बसिरहेको थिएँ ।त्यतिबेला मेरा कागजपत्र र पत्र पत्रिकाका थृुप्रोदेखि आतंकित भएका झmलनाथ खनालले मलाई एकपल्ट भनेका थिए – तपाइंले मेरा कागजपत्रहरू तपाइंका कागजपत्रका थुप्रामा नमिसाइदिनृ होला । हराउन बेर छैन । मैले उनको आशंकालाई हटाउन नसके पनि कम गर्नलाई भनेको थिएँ – तपाइंका कागजपत्र मेरा कागजपत्र र पत्र पत्रिकाका ढाँढमा परे पनि कहीं गएका हृुँदैनन् । हराउदैनन्। यत्ति हो चाहिएका बेलामा नपाइन सक्दछन्। नचाहिएको बेलामा फटाफट भेटिए पनि ।
कहिलेकसो मेरा मित्रहरूले मसित कुनै खास किताब वा पत्रपत्रिका हेर्नलाई मागेका हुृन्छन् । म उनीहरूलाई त्यस्ता पुस्तक पत्र पत्रिका चाहेर पनि किन दिन सक्दिन भने ती पुस्ूतक र पत्र पत्रिका मैले खोजेको बेलामा भेटिदैनन् । नखोजेको बेलामा भेटिएन पनि । मेरा एक जना प्रध्यापक  मित्रले मसित उपन्यासको समाजशास्त्रीय अध्ययन सम्बन्धी हिन्दीमा लेखिएको पुस्तक मागेको बर्षौं भइसक्यो । म सित त्यो पुस्तक भएर पनि भेट्टाउन नसकेर मैले उनलाई उपलब्ध गराउन सकेको छैन । कवि युद्धबीर राना सम्बन्धमा लेखिएको  मेरो एउटा लेख प्रकाशित भएको पत्रिका शब्ददूत नपाएर मैले त्यसलाई मेरो लेखहरूको संग्रहमा समावेश गर्न सकिरहेको        छैन ।
मलाई छोरी उत्कर्षाले बजारबाट कुनै कुरा किनेर ल्याउनभन्दा के पनि भन्छे भने तपाइंले बिर्सनु हुन्छ होला । हुन पनि बेलुकी बजारबाट फर्किदा मैले ल्याउने भनेको कुरा लिएर आउन बिर्सेको हुन्छु । सधैं नबिर्से पनि धेरै जसो बिर्सेको हुन्छु । धेरैपल्ट  बिर्सेमा मैले म घर फर्किनभन्दा पहिले मलाई फोन गरेर संझना गराउन पनि भनेको छु मैले कतिपल्ट । मलाई कसैले कुनै कार्यक्रमा बोलाउँदा वा कसैले मबाट कुनै लेख माग्दा मैले पछि पनि मलाई फोन गरेर याद दिलाउनुृ भन्दछु ।
मैले कुनै कार्यक्रममा भाषण गर्न पर्दा वा मन्तव्य प्रकट गर्न परेमा भन्नु पर्ने कुरा पनि बिर्सेर  नभनेको पनि हुन सक्दछु । बरु भन्दछु भनेर मनमा राखेको कुरा पनि बिर्सेर सोंच्दै नसोचेको कुरा संझेर भन्न सक्दछु ।  हुन त कति मान्छेहरू कुरा नबिर्सियोस् भनेर डायरीमा टिपेर पनि राख्ने गर्दछन् । तर मेरो कुनै कुृरा नबिर्सनको लागि डायरीमा नोट गरेर राख्ने चलन छैन । म  चाहन्छु जे कुरा  पनि म मेरो मनमा रेकर्ड गरेर राखुं । सेभ गरेर राखूँ ।  मलाई थाहा छ यस अवस्थामा म मैले चाहेको कुरा  तुरुन्त  प्राप्त गर्न सकिन्छ । तर दुखको कुरा  के छ भने मैले मनमा रेकर्ड वा सेभ गरेर राखेको कुरा  बिर्सिन पनि सक्दछु । मलाई मेरो मेमोरीले साथ नदिन सक्दछ ।
मलाई संझना छ मैले विद्यार्थीहरूलाई अध्यापन गर्दा बताउँछु भनेको कुृरा बिर्सेर नबताएको पनि छु । मैले जाने बुझेका कुरा मेरा मनमा राम्ररी सेभ गरेर राख्न सकेको भए मलाई कुनै कुरा रिठो नबिराई व्यक्त गर्न गाह्रो हुने थिएन । हुन त बिना स्मरण कुनै पनि कुराको व्याख्या विश्लेषण गरेर मैले घण्टौं घण्टौंको समय पनि बिताइदिन सक्दछु । कक्षा कोठामा मैले व्याख्या विश्लेषण गरेका कुरा सुनेर विद्यार्थी थाक्न सक्दछन । बोर हुन सक्दछन् ।  तर म थाक्दिन । बोर हुँदिन । हो मैले कुनै जटिल विषय संझी संझी अध्यापन गराउन पर्ने स्थिति सृजना भएमा तथ्य तथ्याँँक बूदागत रुपमा टिपोट पनि बनाउने गरेको पनि छु । बुँदागत रुपमा टिपोट बनाएमा कुनै पनि कुरा नबिर्सी प्रस्तुत गर्न सकिन्छ कक्षा कोठामा । यो कुरा कुनै ठाउँमा बक्तव्य वा मन्तव्य दिन परेमा पनि लागु हुन सक्दछ ।       
शिक्षा मनोविज्ञाका विद्यार्थीहरूले मेमोरी र फरगेटिङको बारेमा पनि अध्ययन गर्नु पर्दछ । उसरी सिगमण्ड फ्रायडले मस्तिष्कलाई तिन भागमा विभाजित गरेका छन् । उनी भन्छन् हाम्रो दिमाग सचेत अर्धसचेत र अचेत अवस्थामा विभाजित हुन्छ । उनको भनाइ अनुसार हाम्रो मस्तिष्कको एउटा सानो माग मात्र सचेत वा अर्धसचेत अवस्थामा रहेको हुन्छ  । हाम्रो दिमागको अधिकतम भाग त  अचेत नै हुन्छ । हामीले विर्सका कुरा जति अचेत मस्तिष्कमा गएर बसेका हुन्छन् । भनौं हाम्रो मन मस्तिष्कको हार्ड डिस्कमा गएर बसेका हुन्छन् । हार्ड डिस्कमा हामीले संझनु पर्ने कुरा सुरक्षित र संरक्षित छन् भनेर हामी ढुक्क हुन भने हुनु हुँदैन । सुरक्षित राखेका फायलहरू करप्टेड पनि हुन सक्दछन् । चेत र अर्ध चेत अवस्थामा रहेका जुनसुकै कुरा पनि हामी सजिलै स्मरण गर्न सक्दछौ । स्मरण गरिरहेका हुन्छौं । अचेत अवस्थामा रहेका कुरा संंझिन हामीलाई निकै कठिनाइ हुन्छ । तिनलाई अचेत मनबाट डोराए सचेत मनमा प्रवेश गराउन हम्मे हम्मे नै हुन्छ । अचेत अवस्थामा रहेका कुनै कुरा  पछि स्वत स्वस्फूर्त रुपमा  सचेत मस्तिष्का स्थान्तरण हुन पनि सक्दछन् । विर्सेको कुरा संझिनु भनेको अचेत मनमा रहेका कुरा  सचेत वा अर्धसचेत मनमा स्थान्तरण हुनु नै हो । यथार्थमा हाम्रो सचेत अथवा अर्ध सचेत मनमा निकै थोरै कृुरा मात्र रहेका भएका  हुन्छन् । धेरै जसो अथवा लगभग सम्पूर्ण जसो कुरा हाम्रा अचेत मनमा अटस मटस लाएर बसेका हुन्छन् । कोचिएर बसेका हुन्छन् । बसमा यात्रीहरू कोचिए जस्तै । जे होस्, हाम्रा अचेत मस्तिष्कमा अटस मटस भएर बसेका चीजबीच वा कुराहरू हामीले चाहेका बेलामा खुलस्त हुन पनि सक्दछन् । खुलस्त नहुन पनि सक्दछन् । भूमिगत अवस्थामा रहेका पनि हुन सक्दछन् । अर्ध भूमिगत अवस्थामा रहेका पनि हुन सक्दछन् ।
कुनै कुरा म विर्सिन्न भनेर त्यसलाई सचेत मनमा टिकाइराख्ने हो भने त नबिर्सिन पनि सकिंदो हो । तर बिडम्बनाको कुरा के छ भने कुनै कुरा नबिर्सिनलाई सचेत रहेको स्थितिमा आफू कति बेला फेरि अचेत मनको क्षेत्रमा प्रवेश गरिन्छ आफैलाई हेक्का रहन्न । आफूले कुनै कुरा बिर्सिन्न भनेर अठोट गरेको छु भन्ने कुरा समेत विर्सिन पुग्दा सम्झिन्छु भन्ने कुरा  विर्सिन     पुग्नु स्वभाविक कुरा नै हो । सम्झिन्छु भनेको कुरा सम्झिन नसक्नु स्वाभाविक नै हो ।
कुरा यो पनि छ हामीसित सम्झिनु पर्ने कुरा धेरै हुन सक्दछन् । निश्चित रुपमा एक साथ असंख्य कुृरा सम्झिन सकिन्न । यसैले कुनै कुरा सम्झिनको लागि पनि कुनै कुरा विर्सिनु पनि पर्दछ होला ।  यद्पि कुनै कुरा पनि हामी विर्सिन्छु भनेर बिर्सेका हुँदैनौं । बरु सम्झिन्छु भन्दा बिर्सेका हुन सक्दछौं ।
मान्छेको जीवनमा संझिनु पर्ने कुरा पनि हुन्छन् । बिर्सिनु पर्ने कुरा पनि हुन्छन् ।  तर गजबको कुरा के छ भने हामी संम्झिन्छु भन्ने कुरा बिर्सिन पुगेका हुन सक्दछौं । फेरि बिर्सिन्छु भनेका कुरा सम्झिरहेका पनि हुन सक्दछौं ।
हामीले जीवनमा आफूले जानेका,बुझेका र अनुभव गरेका कुरा मात्र होइन कि सारा विश्वको  मानव इतिहास पनि पढेर सम्झिनु पर्ने हुन्छ । मानव सभ्यताका कुरा पनि अध्ययन गरेर सम्झना गर्नु पर्ने हुन्छ । अहिलेसम्मको ज्ञान विज्ञानका कुरा अध्ययन गरेर स्मरण गर्नु पर्ने हुन्छ । विश्वभरका अझ विश्व व्रह्माण्ड भरका कुरा स्मरण गर्नु पर्ने हुन्छ ।  यो कुनै चानचुने कुरा होइन । यो कुरा आफ्नो ठाउँमा छँदै छ । तर मेरो खास समस्या भने देैनिन्दिन सम्झने र बिर्सने कुृरासित सम्बन्धित छ ।
म क्याम्पसमा अध्यापन गर्न जाँदा  पहिले साइकल चढेर जान्थें भने पछि मोटर बाइक चढेर जान थालें । साइकल चलाए पनि त्यसको ताला  लगाउन चाबी चाहिने नै भयो । बाइक चलाउन पर्दा हेन्डल लक गर्न मात्र होइन त्यसलाई स्टार्ट गर्न पर्दा सिज त्यसको चावी चाहिने नै भयो । म साइकल वा मोटर बाइकको चाबी बिर्सेको कारणले खासै समस्या पर्दिन । परेको छैन । यस कारण कि मैले साइकल वा मोटर बाइकको चाबी सधैं एकै ठाउँमा राख्ने बानी बसालेको छु । कुनै कुरा कुनै कुरा खास एक ठाउँमा राखेका कुरा भनेको बेलामा भेटिन सक्दछन् । यस्तो अनुभव मलाई हुन गएको छ । तर यो नियम सबै कुराको लागि लागु गर्न गाह्रो हुन्छ । खास गरी कागजपत्र, पत्र पत्रिका तथा पुस्तकका सम्बन्धमा गाह्रो हुन्छ । यस कारण कि मसंग सम्हालेर पनि नसकिने कागजपत्र, पत्र पत्रिका र पुस्तक जम्मा भएका हुन्छन् । हुत लाइबे्ररी साइन्सको मेथलजी फलो गर्ने हो भने म ठीक ठाउँमा पत्र पत्रिका र पुस्तक राख्न राख्न चाहेको बेलामा सजिलै प्राप्त गर्न सक्दछु। तर त्यसको लागि प्रशस्त ठाउँ र प्रशस्त दराज पनि चाहिन्छन् । बाकस वा बोरामा पत्र पत्रिका र पुस्तकहरू खाँदेर राख्न परेको स्थितिमा लाइब्रेरी साइन्सको डेवे डेसिमल क्लासिफिकेशन सिस्टम फलो नहुन सक्दछ । यसको अर्थ मैले पत्र पत्रिका र पुस्तक राखेको ठाउँ भुलेमा कुनै बैज्ञानिक पद्धति लागु गरी भेट्याउन सक्दिनं । चाहेको बेलामा कागज पत्र प्राप्त गर्न राम्रो फाइलिङ सिस्टम अनुकरण गर्न आवश्यक हुन्छ । यस्तो कुरा अफिसमा काम गर्ने कर्मचारीलाई राम्ररी थाहा हुन्छ । यसको बेजोड उदाहरण त मैले बनारस विश्वविद्यालयको एउटा बंगाली हेड क्र्लमा भेटेको थिएँ । उसले जुन सकै कागज पत्र कहाँ राखिएको छ भन्ने कुरा तुरुन्त भेट्न सक्दथ्यो । जुनसुकै बुररा पनि व्यवस्थित किसिमले राखेका चाहेको बेलामा भेट्याउन सकिन्छ । शायद यस्तो अवस्थामा खोजेको कुरा  कहाँ राखेको  छु भन्ने कुराका लागि दिगमा खियाउनु पर्दैन । संझिने  शक्ति पनि अद्भूत हुन आवश्यक छैन । यो स्मरणको भन्दा पनि आदतको विषय बन्न सक्दछ ।
कुन कुरा कहाँ कसरी राखेमा खोजेको बेलामा सजिलै भेट्न सकिन्छ भन्ने कुरा मैले एक जना पंजाबी प्रेस मालिकबाट सिकेको थिएँ । गोरखपुरको कान्ता प्रेसको मालिकबाट । उनले टेवलमा पेन्सल राख्ने ठाउँमा पेन्सल, इरेज राख्ने ठाउँमा इरेजर राख्दथे । फेरि भित्तामा चावी राख्ने ठाउँमा चाबी झुण्डाएर  राख्दथे । यसले गर्दा कहिल्यै पनि उनलाई कुन  कुरा कहाँ राखेको छु भनेर दिगामा लगाउनुृ पर्नै थिएन । मैले पंजाबी प्रेस मालिकबाट सिकेको कुरा चावी राख्ने कुरामा मात्र होइन अरु कति कुरा राख्ने कुरामा पनि अनृुशरण गरेको छु । तर पनि         चाबी दैनिन्दिन प्रयोग गर्ने कुरा भएकोले मैले बिर्सिन सक्दिनं । तर कुरा राखेको ठाउँ बिर्सिन्छु । धेरंै कुरा धेरै ठाउँमा ठीक तरिकाले राख्दा पनि राखेको ठाउँ सम्झिन गाह्रो हुृँदो रहेछ ।
आजभोलि जब म आफ्नो ल फर्ममा जान थाल्दछु त्यतिबेला मैले त्यहाँ जाँदा के के कुरा त्यहाँ लैजान आवश्यक छ भन्ने कुरा सोंच्न र संम्झिन मैले मेरो दिमाग केही बेर खियाउनु पर्दछ । कुनै लैजानै पर्ने कुरा लैजान बिर्सेमा मलाई अफिसबाट फर्केर फेरि घर आउनुृ पर्ने  हुन्छ । अफिस जाँदा नलगी हुने कति कुरा सम्झिन त कुनै गाह्रो नहुन सक्दछ । ती सधै लैजानै पर्ने कुरा भित्र पर्न सक्दछन् । तर कति कुरा नियमित लानुृ पर्ने नभएको हुनाले संझिन गाह्रो हुन्छ ।
मलाई थाहा छ म अफिस जान थाल्दा मैले मेरो झोला, चश्मा, कलम घडी, मोवाइल आदि कहाँ छन् भनेर संझिनै पर्ने हुन्छ । यस कारण कि मैले चाबी नियमित ठाउँमा राखे पनि झोला , चश्मा घडी र मोवाइल राख्ने ठाउँ फेरिरहेको हुन्छु । भनौं यी चीज मैले जहाँ आफू बसेको छु त्यही ठाउँमा राखेको हुृन सक्दछु । बस्ने ठाउँ परिवर्तन भइरहने हुनाले राख्ने ठाउँ पनि पविर्तन भइरहेको हुन सक्दछ । राखेको ठाउँ बिर्से पछि संझिन गाह्रो । तुरुन्त पाउन गाह्रो । यसले गर्दा पुग्नु पर्ने ठाउँमा ठीक  समयमा नगुग्न सकिन्छ । कत्रो आपद । निश्चित रुपमा चश्मा आँखामा , घडी हातमा र मोबाइल पकेटमा राख्ने बानी बसालेको भए म यस्तो समस्यामा पर्ने थिइन होला ।
२४–३–२०७५           


 


Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास