देशमा पंचायत फर्के जस्तो लाग्यो
फेरि नि आन्दोलन चर्के जस्तो लाग्यो
हावाको एक सानो झोंका चल्दा पनि
इन्द्रको सिंहासन थर्के जस्तो लाग्यो
हावामा महल बनाउने नाममा
मूल मुद्दाबाट नै तर्के जस्तो लाग्यो
न्याय निसाफका कुरा गर्दा समेत
हलौ सरकार नै झर्के जस्तो लाग्यो
पेट काटेर भए पनि दुनियाँको
चारो भजनेलार्इं छर्के जस्तो लाग्यो ।
१८–३–२०७५
Comments
Post a Comment