Skip to main content

कमरेडको लीला



हिजो कमरेडलाई बैरीले लखेट्दा शहरमा
गाउँमा सेल्टर दिने हर्के बिर्खेको हालत के छ थाहा छैन
तर आज कमरेडका पाइला दैनिन्दिन समृद्धितिर अग्रसर हुँदै छन्
देश समृद्धितिर पुग्छ पुग्दैन थाहा छैन
तर कमरेडले समृद्धिको सगरमाथा अवश्य चुम्दै छन्
तुनेका जडौरी चप्पल भिरेर उकालो ओरालो गर्दथे कमरेड हिजो गाउँ  घरतिर
आज  रोजी रोजी महंगा चिल्ला कारमा चढेर सबारी हुन्छन् कमरेड शहर बजारतिर
हिजो बुर्जुवा शिक्षा बहिस्कार भन्दथे कमरेड
आज बुर्जुवाहरूकै  लागि विश्व विद्यालय खोल्दै हिंडका छन् कमरेड
हिजो क्रान्तिका नारा घन्काएर कहिले थाक्दैनथे कमरेड
आज शान्तिको माला जप्दै हिंड्न थालेका छन्
हिजो दरबारलाई निशाना बनाउँदै बम बिष्फाट गर्ने कुृरा गर्दथे कमरेड
आज आफै गगनचुम्बी दरबार बनाएर बस्न थालेका छन्
दरबारमा बस्ने राजा कहाँ बस्दछन् आज थाहा छैन
तर  कमरेड आफै दरबारमा बस्न थालेका छन्
ःश्रीपेच छैन कमरेडका शिरमा त के भो
उनको रहन सहन ठाँटबाट कुनै राजा महाराजाकोभन्दा कत्ति कम छैन
मुलुकमा राजतन्त्र छैन त के भो
गणतन्त्र आएको आभास कसैलाई हुन सकेको छैन
पारिवारिक शासन छैन मुलुकमा  त के भो
परिवारका मान्छेको सात पुस्ताको जो हो भएकै छ
देश परिवर्तन नभएर के भो
कमरेड  त परिवर्तन भएकै छन्
हिजो के थिए कमरेड
आज के भएका छन्
हिजो लुक्दै हिंड्दथे कमरेड
आज भुक्दै हिंड्न थालेका छन्
हिजो आफूले बोकेको सिद्धान्त ड्रप गरे त के भो कमरेडले
झण्डा त उही बोकेकै छन्
आज काम कमरेडको फेरिएर के भो
नाम त उही चलाएका छन्
हिजो पनि कमरेड कमरेड थिए
आज पनि कमरेड कमरेड नै रहेका छन्
धन्दा जति फेरे पनि कमरेडले
झण्डा त फेरेका छैनन्
बर्ग संघर्ष छोडे पनि कमरेडले
बर्ग छोडेका छैनन्
हिजो तल्लो बर्गमा पर्दथे कमरेड
आज उपल्लो बर्गमा पदोन्नति भएका छन्
कमनिष्टको राज नआए पनि यो मुलुकमा
कमनिष्ट कै नाममा कमरेडले राज गरेका छन्
हिजो संघर्षको बाटो समातेका थिए कमरेडले
आज संघर्षको बाटो  भत्काउन थालेका छन्
हिजो जेल फोर्दै हिड्दथे कमरेड
आज जेल भर्दैै हिंड्न थालेका छन्
साँचो कुृरा गर्ने हो भने
सिंगो देशलाई नै कमरेड एउटा जेल बनाउन थालेका छन्
बन्दुकको नालबाट राज्य सत्ताको उदय हुन्छ भन्ने कुरामा कुनै विश्वास नभए पनि कमरेडको
बन्दुकै बलमा आफ्नो कुर्सी सुरक्षित हुने कुरामा विश्वास बलियो बन्दै गएको छ
अहिले अभ्यास त्यसैको छ
अहिले प्रयास त्यसैको छ
हिजो विदेशी प्रभुका अगाडि भुक्दै झुक्दिन भन्ने कमरेड
आज उसकै अगाडि लम्पसार पर्न थालेका छन्
मुलुकलाई जति क्षति पुराएर भए पनि
उसकै सति जान थालेका छन्
मान्छेले गल्ती गरे पनि
कमरेडले कहिले गल्ती गर्दैनन्
हिजो पनि कुनै गल्ती गरेका थिएनन् कमरेडले
आज पनि कुनै गल्ती गरेका छैनन्
हिजो पनि ठीक थिए कमरेड
आज पनि ठीक छन्
कमरेड कमरेड हुन्
कमरेड कहिले बेठीक भएका थिए र
आज बेठीक हउन्
कमरेड ठीक शब्दका प्रयायवाची हुन् ।
२७–३–२ं०७५






























































































































































































































































































































































































































































































  

Comments

Popular posts from this blog

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...