जनता अन्धा हुन सक्दछन् तर तिमीले के गरिरहेका छौ देखिरहेका हुन्छन् जनता बहिरा हुन सक्दछन् तर तिमीले के बोलिरहेका छौ सुनिरहेका हुन्छन् जनता मौन हुन सक्दछन् तर भित्र भित्रै भूसको आगो जस्तै सल्किरहेका हुृन सक्दछन् जनता सुतिरहेका हुन सक्दछन् तर कुम्भकरणको निंदमा पनि जागिरहेका हुन्छन् चित्रगुप्त हुन जनता तिम्रा हरेक करतुतको हिसाब किताव राखिरहेका हुन्छन् । २७–४–२०७५