मेरो देश यतिबेला
नानीहरूको ललीपप जस्तै
पानी जहाजको सपनामा तैरिरहेको छ
ठूला ठूला जंगार पारगरिरहेको छ
निर्धक्क
ढुक्क
बेफिक्र
कसले कहिले र कसरी भन्ने प्रश्न गर्ने
फुृर्सद छैन मेरो देशलाई
मेरो देश यतिबेला
सुृपरफास्ट रेलको सपना बोकेर
हवा हुरीको गतिमा
आँधी तुूफानको बेगमा
सुनामीे छालको चालमा
कुँदिरहेछ
छलांग मारिहेको छ
भीर पाखा डाँडा काँडा पहाड मैदान हिमाल केही नभनी
बेपरवाह
बेरोकटोक
निसंकोच
निर्भय
निसंदेह
मदोमत्त जंगली हाती जस्तै
असनको साढे जस्तै
भरे बास कहाँको हुने हो थाहा छैन
भरे गास के को हुने हो थाहा छैन
बस
आस र त्रासको माखेसाङ्लोमा परेको मेरो देशलाई
हवाइ कल्पनाको उडानमा बाँचिरहेको मेरो देशलाई
आश्वासनको आसनमा समाधिष्ठ मेरो देशलाई
सपनाको रंगीन महलमा हराउन पाए पुग्यो
आशै आशाको खेतीमा सास झुण्डाउन पाए पुग्यो ।
१७–४–२०७५
Comments
Post a Comment