Skip to main content

जनता

 

 

जनता अन्धा हुन सक्दछन्
तर तिमीले के गरिरहेका छौ देखिरहेका हुन्छन्
जनता बहिरा हुन सक्दछन्
तर तिमीले के बोलिरहेका छौ सुनिरहेका हुन्छन्
जनता मौन हुन सक्दछन्
तर भित्र भित्रै भूसको आगो जस्तै सल्किरहेका हुृन सक्दछन्
जनता सुतिरहेका हुन सक्दछन्
तर कुम्भकरणको निंदमा पनि जागिरहेका हुन्छन्
चित्रगुप्त हुन जनता
तिम्रा हरेक करतुतको हिसाब किताव राखिरहेका हुन्छन्  ।
 
२७–४–२०७५



















Comments