Skip to main content

अणु कविता


यो देशमा
कुकुरले पुच्छर हल्लाउने होइन कि
पुच्छरले कुकुर हल्लाउने यो देशमा
जे पनि हुन सक्दछ
कानूनको रक्षक नै कानूनका भक्षक हुन सक्दछ
लोकतन्त्रको गर्भबाट नै हिटलर जम्मिन सक्दछ
उसरी कुनै एक दिन
सुनामी छाल उर्लेको बेला
हिटलरको चिहान पनि नभेटिन सक्दछ ।
२–५–२०७५


Comments