दशैं आयो दशैं आयो भन्ने शब्द चारैतिर ध्वनित भएको हामी सुन्दछौं । दशै होइन दशा भनेको कुरा पनि हाम्रा कर्णकुंहरमा गुंजिन पुग्दछ । आजभोलि दशैंको बेलामा मान्छेहरूले तपाइंको दशैं छ कि छैन भनेर सोधेको पनि पाइन्छ । तपाइंको दशैं छ कि छैन भन्ने शब्द म पहिला पहिला सुन्दिनथे. । शायद यो नयाँ बिचारको अभिव्यक्ति हो । नयाँ संस्कारको कुरा हो । नयाँ संस्कृति र सभ्यताको कुरा हो । तपाइंको दशैं छ कि छै्रन भन्ने सोध्ने मान्छेले साथसाथै हाम्रो दशैं छ वा छैन भन्ने कुरा पनि जनाउँछन् ।, घरमा वा आफ्नो नजिकको मान्छेको मृत्यु भयो भने त्यो बर्ष दशैं हुँदेन । कति मान्छेले कतै न कतै कसैको मृत्यु भएको हुनाले बषौं बर्षसम्म पनि दर्शै नमानेका हुन सक्दछन् । बर्षौ बर्षसम्म उनीहरूको दशैं नभएको हुन सक्दछ । यसरी हरेक बर्ष दशैं आए पनि कसैको दशैं हुन्छ । कसैको दशैं हुन्न । यसैले कसैको निम्ति दशैं निकै रमाइलो समय भए पनि कसैको निम्ति पीडाको विषय पनि बन्दछ । दशैं हिन्दुहरूको महान चाड मानिन्छ । तर पनि हिन्दुहरूले पनि दशैंलाई समान महत्व दिएको पाइन्न । जस्तै मारवाडीहरू दशैंलाई दिपावली भन्छन् । उनीहरू दशैंलाईभन्दा बढी महत्व तिह