मालिक बर्गको शासन सत्ता
मालिक बर्ग कै हातमा सरेको छ
संकट मुलुकको खोई कहाँ टरेको छ
समृद्धिको जति फलाके पनि चर्को नारा उसले
हुम्ला जुम्लामा मान्छे सिटामल नपाई मरेको छ ।
२२–११–२०१८
६–८–२०७५
कहिले कहिले मलाई रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ तर रोजी रोटीको यो व्यस्त जीवनमा रोजी रोटीको यो संघर्षमय जीवनमा कहाँ संभव छ र कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर कविताका मालाहरू गुथिरहने शायद यही भएर होला कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर कविताको फुलबारीमा रमाइरहने रहर कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर कविताका मालाहरू गुथिरहने रहर केवल एउटा रहर मात्र रहन गएको छ हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा रमाउन पनि लागेको हुँला ...
जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...
मेरो पुष्पलालको नेतृत्वको पार्टीका रहँदादेखि नै तिल कार्कीसित आत्मीय मित्रता भएको थियो । पछि तिल कार्कीको परिवारसित मेरो पारिवारिक सरहको सम्बन्ध पनि स्थापित हुन पुगेको थियो । पुष्पलालको पालादेखि स्थापित भएको तिल कार्कीको परिवारसितको मेरो गहिरो सम्बन्ध पछि नेकपा माले कालमा पनि यथावत रहेको थियो । मैले शिलाङ छोडे पछि त्यहाँ गएर बस्ने घर नै तिल कार्कीको घर बनेको थियो । वास्तवमा शिलाङमा तिल कार्कीको घर उनको नीजी घर नभई उनका बुबाले काम गर्ने क्रिश्चियन मिसनरीको स्वामित्वमा रहेको घर कम्पाउण्ड थियो । तिल कार्कीको बुबालाई बस्न खान काम गर्न दिएको घर एउटा सैनिक व्यारेक जस्तै थियो । लहरै कोठा कोठा भएको । ठूलो कम्पाउण्ड भएको प्रशस्त जमीन भएको । तिल कार्की त्यतिबेला नेकपा मालेसित सम्बन्धित प्रवासी नेपालीको संगठनको नेतृत्व गरिरहेका थिए । म शिलाङ पुग्दा दीपक विश्वकर्मा पनि शिलाङ पुगेका रहेछन् । तिल कार्की कै घरमा पुगेका रहेछन् । तिल कार्कीको घरमा नै हाम्रो भेट भयो । पोखरामा नेकपा मालेको रहेर काम गरिरहेका दीपक आफ्नो बाबुले काम गरिरहेको मेघालयत...
Comments
Post a Comment