सागरको बीचमा आए पछि अब भयले पछि हट्नु हुँदैन आँधी आई कुृर्ले कुर्लोस अब हिक्मत हार्नृु हुँदैन डुब्नु वा मर्नु यति न हो त्रास तँलाई लाखौ. डुब्छन् लाखौं मर्छन जगको रीत चलाउनलाई । – सिद्धिचरण श्रेष्ठ पशुपति शर्माको नाम मैले धेरै दिनदेखि सुन्दै आएको छु । मलाई उनी निकै तगडा लोकदोहरी गायक लाग्दछन् । उनले गाउने लोकगीत धेरै जसो माया पीर्ति कै हुन्छन् । यदा कदा ेचेतनामूलक गीत गाए पनि । वास्तवमा गजलको जस्तो लोकदोहरीको विषय बस्तु मूलतं माया पीर्ति कै हुुने गर्दछ । तर यो कुरा साँचो होइन कि गजल वा लोकदोहरीको विषय बस्तु माया र्पीिर्त मात्र हुन सक्दछ । हुनु पदैछ । समय र परिस्थिति फेरिए जस्तै हरेक कुरा फेरिंदै जान्छन् । म केटाकेटी छँदा लोकदोहोरीको निकै चर्चा भएको सुन्दथें । उसरी लोक ेदोहरीलाई हाम्रा गाउँ घरतिर झाँउरै पनि भन्दछन्, । अझ लोकभाषामा त्यसलाई झाम्रे पनि भन्दछन् । झाम्रेमा धेरै जसो माया पीर्ति कै गीत गाइन्छ । कोही कोही मान्छे झाउरे गाउनमा निकै चर्चित हुन्छन् । सप्पीस हुन्छन् । म सानो छँदा मैले मन मायाको नाम सुन्दथें । मन मायालाई मैले कहिले नदेखेको भए पनि म के सुन्दथें भने ऊ सात