अन्याय पनि कहिलेकार्ही न्याय जस्तो भएर कुर्लिन्छ
न्याय पनि कहिलेकाहीै अन्याय जस्तो भएर खुम्चिन्छ
अन्याय अन्याय र्नै हो
अन्याय न्याय हुन सक्दैन
न्याय न्याय नै हो
न्याय अन्याय हुन सक्दैन
फेरि पनि यो दुनियाँमा
अन्याय न्याय जस्तो भएर लम्किन सक्दछ
न्याय अन्याय जस्तो भएर कुल्चिन सक्दछ
मान्छेले न्याय र अन्यायलाई छुट्टाउन सक्ने हो भने
मान्छेले न्याय र अन्यायलाई पहिचान गन सक्ने हो भने
अन्यायको अस्तित्व नै रहने थिएन यो विश्वमा
\न्याय जिउँदै मर्ने थिएन यो विश्वमा ।
२०–१०–२०७५
Comments
Post a Comment