Skip to main content

पशुपति शर्माको भूकम्प ल्याउने गीत


सागरको बीचमा आए पछि अब भयले पछि हट्नु हुँदैन
आँधी आई कुृर्ले कुर्लोस अब हिक्मत हार्नृु हुँदैन
डुब्नु वा मर्नु यति न हो त्रास तँलाई
लाखौ. डुब्छन् लाखौं मर्छन जगको रीत चलाउनलाई  ।
       – सिद्धिचरण श्रेष्ठ
पशुपति शर्माको नाम मैले धेरै दिनदेखि सुन्दै आएको छु । मलाई उनी निकै तगडा लोकदोहरी गायक लाग्दछन् । उनले गाउने लोकगीत धेरै जसो माया पीर्ति कै हुन्छन् । यदा कदा ेचेतनामूलक गीत गाए पनि । वास्तवमा गजलको जस्तो लोकदोहरीको विषय बस्तु मूलतं माया पीर्ति कै हुुने गर्दछ । तर यो कुरा साँचो होइन कि गजल वा लोकदोहरीको विषय बस्तु माया र्पीिर्त मात्र हुन सक्दछ । हुनु पदैछ । समय र परिस्थिति फेरिए जस्तै हरेक कुरा फेरिंदै जान्छन् । म केटाकेटी छँदा लोकदोहोरीको निकै चर्चा भएको सुन्दथें । उसरी लोक ेदोहरीलाई हाम्रा गाउँ घरतिर झाँउरै पनि भन्दछन्, । अझ लोकभाषामा त्यसलाई झाम्रे पनि भन्दछन् । झाम्रेमा धेरै जसो माया पीर्ति कै गीत गाइन्छ । कोही कोही मान्छे झाउरे गाउनमा निकै चर्चित हुन्छन् । सप्पीस हुन्छन् । म सानो छँदा मैले मन मायाको नाम सुन्दथें । मन मायालाई मैले कहिले नदेखेको भए पनि म के सुन्दथें भने ऊ सात दिन सात रातसम्म दोहोरी गीत गाउन सक्दथिई  । यो चानचुने कुरा होइन ,। ठूलै प्रतिभाको कुरा हो । यो संसारमा झाउरे गीत लेखेर निकै धेरै प्रसिद्धि पाउने मान्छे पनि छन् । मुना मदन लेखेर देवकोटाले झाउरेलाई कहाँबाट कहाँ पुराए सबैलाई थाहा भएकै कुरा हो । यतिबेला  लोकदोहारीमा निकै चर्चित व्यक्ति हुन् पशुपति शर्मा । यतिबेला प्रजापति पराजुलीको ठाउँ पशुपति शर्माले लिएका छन् भन्दा त्यति गल्ती हुँदैन कि  । गीत जुराउनमा उनी माहिर देखिन्छन् । खप्पिस देखिन्छन् । धेरै जसो लोकदोहरी गायकहरूले चेतनामूलक गीत पनि गाउँछन् । राजनैतिक गीत पनि गाउँछन् । यस्ता गीत गाउनेमा बद्री पगेनीको नाम पनि लिन सकिन्छ । बिष्णु खत्रीको नाम पनि लिन सकिन्छ । माया पीर्तिका गीत गाउनमा यतिबेला बिमा कुमारी दुरा, शिला आले मेलिना राई आदि चर्चाको शिखरमा छन् । चर्चाको चुलीमा छन् । तर बिष्णु माझीलाई कसले टक्कर दिने ? उनको स्वरमा जादू छ ।
लोकगीतको संंसारमा केही महिनासम्म सालको पातले बजार लियो । बाजी मार्यो । यो गीत विदेशीको मुखबाट पनि सुन्न सकिन्थ्यो । सुन्न सकिन्छ । हिजो पानको पात वा बेनीको बजारले दीपेन्द्रलाई समेत नचाए जस्तै आज सालको पातले कसलाई नचाएन र भन्दा पनि हुन्छ ।
यतिबेला सालको टपरी गीत गाएर विष्णु माझी,कुलेश्वर वी क र बसन्त थापा चर्चाको  सगरमाथा आरोहण गरिरहेको अवस्थामा अथवा लोकगीतको क्षेत्रमा सगरमाथाको शिखरमा आरोहण गरिरहेको अवस्थामा पशुपति शर्मा लुट्न सके लुट कान्छा गीत गाएर एकै रातमा चर्चाको शिखरमा मात्र पुगेनन् लोकप्रियताको उच्च शिखरमा समेत पुगे । उनको गीतले उनको कुराभन्दा पनि जनताका कुरा गरिरहको थियो । जनताको आवाजलाई बाणी दिइरहेको थियो । मलाई थाहा छ सरकारको आलोचना मैले पशुपति शर्मालेभन्दा पनि अझ बढी कडा शब्दमा व्यक्त गरेको छु । वास्तवमा म सत्ता पक्षलाई कडा शब्दमा प्रहार गर्ने व्यक्तिमा पर्दछु । मेरो शुभचिन्तक यस्तै भन्छन् । मेरो पाठकहरू यस्तै भन्छन् ।  तर पशुपति शर्माको गीतले जति छिटो जनताको मनलाई छोयो र आन्दोलित पायो त्यति मेरो बर्षौ बर्षसम्मको लेखनीले गर्न सकेन । उनको गीत सुनामीको गतिमा विश्वभरि गुञ्जियो ।  उनले एकाएक असीम समर्थन पाए । श्वावासी पाए । यस्तो स्वावासी पाउन कवि लेखकलाई गाह्रै हुन्छ । फेरि लेखक कविले लोकप्रियता पाए पनि सीमित ठाउँ र सीमित बर्गमा मात्र पाउन सक्दछन् ।
म यतिबेला सम्झिन्छु अग्रेजीका निबन्धकार विलियम हेजलिटलाई । ििवलियम हैजलिटले आफ्नो एउटा निबन्धमा भनेका छन् ठुला ठूला लेखकलाई लोकप्रियताको शिखरमा पुग्न बर्षौं लाग्न सक्दछ । शताब्दी पनि लाग्न सक्दछ । तर खेलाडी गायक वा नायकहरू एकै रातमा चर्चाको चरम चुलीमा पुग्न सक्दछन् । भलै उनीहरूको लोकप्रियता दीगो नहुन सक्दछ । यतिबेला पशुपति शर्मा यस्तै लोकप्रियता वा चर्चाको चरम चुलीमा पुगेका छन् । उनी लाखौं जनताका आँखामा छाएका छन् । कानमा गुंजिएका छन् । जिव्रोमा झुण्डिएका छन् । मुटुमा बसेका छन् । किन ? किनकि उनले जनताको आवाज बोलेका छन् । जनताको बेदना पोखेका छन् । मुलुकको कथा बोलेका छन् ।  देशको यथार्थ चित्रण गरेका छन् । उनको गीतमा कति दम रहेछ भन्ने कुरा त उनको गीतले दुई तिहाईको बहुमतको सरकारको मुटु समेत कम्पित हुन पुगेको कुराले स्पष्ट पार्दछ,। उनको गीतले दुई तिहाईको सरकार मात्र हल्लेन उसका आसेपासे समेत थर्किए । कम्पित भए । उनको लुट्न सके लुट गीत लुटेराहरूको राजमा बज्र भएर बर्ज्यो । एटम भएर विष्फोट भयो ।  यसैले एक पक्षका मानिसहरू यस गीतको विरुद्धमा बर्षिए । खनिए । जाइलागे । त्यसमाथि प्रतिबन्ध लगाउन सक्ने कुरासम्म गर्न पुगे । निश्चित रुपमा पशृुपति शर्माको गीत सत्ता पक्षको लागि जहरको प्याला र आम जनताको लागि अमृतको धारा साबित भयो ।
चीनका महान व्यंगकार लु स्यूनले एउटा लेखमा भनेका छन् – एकजना गुरुले आफ्ना चेलाहरूलाई  अध्यापन गराउँदै गर्दा के कुरा भनेछन् भने यदि कसैको घरमा छोरो जन्म्यो र आउने पाहृनाहरूले बच्चाको अनुहारका हेर्दै – यो बच्चो ठूलो भए पछि मंत्री आर्मीकोे कर्नल जर्नल आदि हुन्छ भनेमा उसका आमा बुबा घर  परिवारले उसलाई  मीठो मीठो खावा खिर मिठाई खुवाएर आदर सत्कार गर्नेछन् । तर यदि त्यस बच्चालाई हेर्न आउने पाहुनाले यो बच्चा मर्दछ भन्यो भने उलाई खावा खिर मिठाई खुवाएर उसको ठूलो आदर सत्कार गर्नाको साटो उसलाई लात हानेर घरबाट निकाल्ने छन् । निकाल्न सक्ने छन् । जब कि त्यो बच्चा मंत्री वा आर्मीको ठूलो अफिसर हुने कुरा निश्चित  छैन । तर यो मर्दछ भन्ने कुरा सत प्रतिशत सत्य हो । तर पनि साँचोे कुरा मान्छेले पचाउन सक्दैन । मलाई लागिरहेछ यतिबेला सत्ता पक्षका अन्धभक्त मान्छेहरूले पशुपति शर्माका गीत लुट्न सके लुट कान्छा पचाउन सकेका छैनन् । हजम गर्न सकेका छैनन् । त्यसैले पशुपति शर्मालाई आफ्नो गीत यु ट्युबबाट हटाउन दबाब दिएका छन् । बिचरा पशुपति शर्माले दबावमा परेर लाखौं करौडौं जनताले उनको गीतलाई अत्यन्त मन पराउँदा पराउँदै पनि त्यसलाई आफ्नो यृु ट्वुबबाट हटाउन पुगेका छन् । हटाउन यहाँसम्म कि सच्चाउन समेत वाध्य पारिएका छन् ।
निरंकुश सरकारले स्वयं त्यस गीतमाथि प्रतिबन्ध लगाउनुृ एउटा कृुरा हो तर लेखकले कसैको धम्कीका कारणले आफ्नो रचना सच्चाउन वा आपत्तिजनक मानेका शब्द हटाउनु राम्रो कुरा होइन । यो कृुरा होइन कि आफैलाई कुनै शब्द वा वाक्यांश ठीक नलागेको अवस्थामा लेखक कविले आफ्ना सृजना सच्चाउन सक्दछन् । तर दबावमा परेर आफ्नो मनले नमान्त्दा नमान्दै पनि सच्चाउन थाल्नु आफ्नो सृजनाको आफैले हत्या गर्नु हो । प्राचीनकालका रोमका कवि तथा सौन्दर्य शास्त्री भर्जिल ( ईशापूर्व ७० ) ले भनेका छन्–आफ्नो सृजना प्रकाशित भइसकेपछि जनताको हातमा पुग्दछ । जनताको  सम्पति बन्दछ । हुन पनि हो, कसैको दबाबमा परेर पशुपति शर्माले लुट्न सके लुट कान्छा गीतका केही शब्दावली सच्चाउन पनि सक्दछन् । फेरि उनले सच्चाउन शब्द यमराज र कुकुर जस्ता कार्यकर्ता नै हो शायद । सत्ता पक्षका कति मान्छेहरूको दबाव वा धाक धम्कीमा शिकार भएर उनले ती शब्द सच्चाए पनि जन जनमा पुगेको गीत र शब्दावली अब उनले सच्चाउन सक्दैनन् । जसरी धनुषको ताँदोबाट फुत्केको काँँड फेरि फर्केर धनुृषधारीको हातमा आउँदैन त्यसरी नै पशुपति शर्माका कलाले पूर्ण गलाबाट फुत्केको यो गीत वा यो गीतका शब्दहरू अब फर्केर आउँदैनन् । उनले जुट्न सके लुट कान्छा गीत सच्चाएमा अर्को गीत बन्दछ । त्यही गीत बन्दैन । यसै सन्दर्भमा मलाई मोदनाथ प्रश्रितको आधा घण्टाका जीवन गुरु भन्ने शीर्षकको लेखको संझना हुृन्छ । उनले बनारसमा बसेर शिलाङ मेघालयबाट प्रकाशित हुने पत्रिकामा छपाएको लेख आधा घण्टाको जीवन गूरुमा जति ओज वा दम थियो त्यो उनले पछिल्लो चरणमा उनमा बैचारिक बिचलन आइरहेको बेलामा लेखेको दोस्रो मेरा आधा घण्टाका जीवन गुरुमा पाइदैन । मलाई लाग्दछ मोदनाथ प्रश्रितले बनारसबाट बसेर लेखेको मेरुा आधा घण्टाका जीवन गुरु लेख लेख्न अर्को जन्म लिन पर्दछ जृुन संभव छैन । यसैले पशुपति शर्माले आफ्नो जनप्रिय सृजना फेर्ने भनेको अर्को जुनी लिनु हो । गीत परिवर्तन गरेमा स्वयं पशुपति शर्मा पनि परिवर्तन भएका देखिने.छन् । त्यस्तो नहोस् । पहिले पनि जनचेतना फैलाउने गीत गाएका पशुपति शर्माबाट नेपाली समाजले अझ बढी जन चेतना फैलाउने गीत लेखन र गायनको अपेक्षा गर्दछ ।
पशुपति शर्माले लेखेको र गाएको लुट्न सके लुट कान्छामा परेका आपत्ति जनक मानिएका शब्द र वाक्यांशहरू यमराज र कुकुर जस्तै भुक्दछन् भन्ने नै हुन् । यसलाई एउटा संयोग नै मान्नु पर्दछ यी दुबै शब्द र बाक्यांश मैले विगतमा प्रयोग गरिसकेको छु । यत्ति हो यी शब्द वा वाक्यांश प्रयोग गरेर मैले पशुपति शर्माले जति जज अपजस भने पाएको थिएन । जब कि यो गीत लुट्न सके लुट लेखेर पशुपति शर्मा अपजस तथा जयका महाधनी भए । अपजशका भन्दा पनि जसका धनी भए ।
शिलाङ मेघालयमा हामी छँदा केही व्यक्तिले बेनामे पर्चा छापेर हाम्रो समूहमाथि प्रहार गर्न खोजेका थिए । यसको प्रतिरोधमा मैले मेरै सम्पादनमा प्रकाशित गर्ने पाक्षिक पत्रिका नयाँ चेतनामा बहुला कुकुर भुक्दैछन् भन्ने शीर्षकमा समाचार लेखेको थिएँ र मैले बहुला कुकुरको सूचिमा मेघालय विधानसभाका नेपाली सांसद ध्रुवनाथ जोशीको नाम पनि उल्लेख गरेको थिएँ । त्यतिबेला त्यहाँका केही धृु्रवनाथ जोशीका समर्थकहरूले उनलाई विधानसभामा दिल साहनीलाई  विधानसभा सदस्यको मानहानिको कृुरा उठाएर प्राध्यापक तथा यंग  इन्डियाका सम्पादक कपिल चटर्जीलाई जस्नै माफ मगाउनु पर्दछ भन्ने सल्लाह दिएका थिए । मैले बृझे अनृुसार ध्रुवनाथ जोशीले यस कुराको कसरी खण्डन गरेछन् भने उनले यस्तो गल्ती गर्न हृँदैन । यदि उनले मलाई विधानसभा सदस्यको विशेष अधिकारलाई उपयोग गर्दै विधानसभामा विधानसभा सदस्यको सामुमा उपस्थित गराई माफ मगाउन लगाएको स्थितिमा त्यसको रिपोर्टिङ देशभरिका प्रमख पत्र पत्रिकामा हृुन जाने छ । यस स्थितिमा म  एकै. रातमा देश विदेशमा समेत चर्चाको विषय बन्न पुग्ने छु  । म ठूलो पत्रकारको रुपमा परिचित हुन पुग्ने छ ।  जहाँसम्म पशुपति शर्माले गीतमा कार्यकर्तालाई सिधै कृकुर भनेका छैनन् । बहुला कृुकृर पनि भनेका छैनन् । कुकुर जस्तै भनेका छन् । कुकुृर जस्तो भन्नु र कुकुर भन्नुमा ठूलो अन्तर छ । निश्चित रुपमा मैले धुंवनाथ जोशीलाई मात्र होइन बहृला कृुकर भुक्दैछन् भन्ने शीर्षकको समाचार धेरैका नाम पारेको हृुनाले मैले उनीहरूको तीब्र बिरोधको सामना गर्नु परेको थियो । जहाँसम्म पशृुपति शर्माले यमराज शब्दको प्रयोग गरेको  कुरा छ म के भन्न चाहन्छु भने मैले पनि पंचायतकालको कालरात्रिमा बुटवलबाट प्रकाशित हुने युृगज्योति पत्रिकामा सत्ताधारीलाई यमको अदालतको नाटक लेखेर प्रकाशित गरेको थिएं । बुटबलको प्रहरी थानामा  म समेतका सम्पादनमा प्रकाशित युग ज्योति पत्रिका जब्त गरेर थानामा राखे पनि ममाथि कुृनै कार्वाही चलाएन । बहुदल आए पछि प्रहरीले थानमा सुरक्षित युृग ज्योति पत्रिका हामीलाई फिर्ता दिएका थिए । कुृरो यत्ति हो मैले क्रूर यमराजलाई पनि न्यायकर्ताको रुपमा खडा गरेको थिएँ ।
कुरा यो पनि छ , पशुपति शर्माले बर्तमान दुई तिहाई बहृुमतको सरकारलाई मात्र किटेर यजराजको शासन भनेको कुृरो होइन । उनले त हाम्रा बाबु बाजेको जमानादेखि चल्दै आएको शासत सत्तालाई इंगित गर्दै यजराज विम्बको प्रयोग गरेका छन् । यमराज कुनै ऐतिहासिक पात्र होइन । मिथक पात्र हो । उनले प्रयोग गरेको कृुकुर जस्तै भुक्दछन् भन्ने शब्दावली पनि बिम्ब नै हो ।
कुकुरको प्रसंग चल्दा मलाई पुष्पलालको पनि संझना हुन्छ । एकपल्ट बनारसमा हामीहरूसित कुराकानी गर्दै पुृष्पलालले भनेका थिए– कार्ल माक्र्सले एकजना नेपालीलाई त चिनेका रहेछन् । जंगबहादुरलाई । भारतको स्वतन्त्र संग्रामका सन्दर्भका चर्चा गर्दा आफ्नो पुस्तकमा कार्ल माक्र्सले जंगबहादुरका बारेमा चर्चा गर्दै ंजंगबहादुर व्रिटिश साम्राज्यको चौकीदार हो भनेका छन् । अंग्रेजीमा लेखिएको छ जंगबहादुर इज द बाच डग अफ व्रिटिश इम्पायर । कार्ल माक्र्सको यो अभिव्यक्ति बिम्बात्मक हो । प्रतीकात्मक हो ।
म फेरि पनि यहाँ के कृुरा दोहोराएर भन्दछु भने जहाँसम्म सत्ताको कडा शब्दमा प्रहार गर्ने कुरो छ मैले. पशृुपति शर्माले. भन्दा पनि कति हो कति कडा शब्दमा प्रहार गरेको. छु । पंच कांग्रेस एमाले. सबैको नेतृत्वमा संचालित सत्ताको.विरोध गरेको. छु । अर्थात आलोचना गरेको छु । तर पनि मेरो कलमले यतिका बर्षसम्म त्यति चर्चा पाउन सकेन जति चर्चा पशुपतिको गीतले रातारात पाउन सक्यो । यसको कारण के हो भने मेरो लेखनीका भाषाभन्दा पशुृपति शर्माको. भाषाले जनताको मनको कृरा भन्यो । जनताको भावनाको कृरा भन्यो । जनताको पीडाको कृुरा भन्यो । देशको दुर्दशाको कुृरा भन्यो । गीत संगीतको माध्यामबाट । फेरि आधृुनिक संचार माध्यमले अझ सोसल मिडियाले उनको गीतलाई भाइरल बनाइदियो । उनको गीत श्रव्य बस्तु सबैका कान कानमा गुंज्यो । उनको गीतका दृश्य चित्र सबैका आँखा आँखामा नाच्यो । उनले जनचेतना फैलाउने कृरा पनि गीतको माध्यमबाट गरे । संगीतको माध्यमबाट गरे । दृश्य माध्यमबाट गरे । पशुृपति शर्माले आफ्ना कृुरा अभिनयबाट पनि व्यक्त गरे । यसरी शब्द संगीत र दृश्यको संगमले जनताको.सामुृन्ने जनताको बोलीमा जनताबाट ल्याएको कृुरा जनतामा नै कलात्मक रुपमा संयोजन गरेर कृष्णले आफ्नो. छाती च्यातेर आफ्नो विराट रुप अर्जुन सामृु प्रस्तुत गरेर उनलाई महाभारतको यृुद्धभूमिमा गाण्डिव लिएर अघि बढ्न उत्पेरित गरे जस्तै पशुपति शर्माले मुुलुकको यथार्थ चित्र ऐनाले जस्तै छर्लङ्ग उतारिदिंदा जनता अरिंगालको गोलो जस्तै भएर अघि बढेमा कतै दुृई तिहाईको सरकार तासको महल जस्तै ढल्न पुग्दछ कि भन्ने भयले पनि होला यसका खम्बाहरू पिपलका पात जस्तंै हल्लिन थालेको.। यसको जग ८ रेक्टरको भूकम्पले जस्तै हल्लिन थालेको । जब कि यथार्थ कृुरा त के हो भने.कुनै पनि यमराजको शासन पशुपति शर्माका एकाध दर्जन गीतले मात्र ढल्न सक्दैन । ढल्न सक्ने कुरा पनि होइन । दश वर्षसम्मको जनयुछ र उन्नाइस दिनको जन आन्दोलनले त पुरानो सत्ताको नाम फेएि पनि जगैबाट भत्किन सकेन । तर पनि जनताको आवाज बोकेको गीतमा कति तागत हुृने रहेछ भन्ने कुराको एउटा उदाहरण त पशुपति शर्माको गीत नै बनेको छ । गीतले यति लोकप्रियता र सम्मान पाएकोमा मलाई लाग्दछ पशुपति शर्माले सबभन्दा बढी धन्यवाद दिन नसके पनि यसका बिरोधीलाई केही न केही त सम्मान प्रकट गर्न पर्ने हुन्छ । मलाई लाग्दछ शायद उनीहरूले यस गीतको यति कडा विरोध नगरिए दिएको भए शायद हामी सबैलाई गीतमा कति ताकत हुन सक्दछ भन्ने कुरा थाहा नहुन पनि सक्दथ्यो । उनको बिरोधले नकारात्मक रुपमा भए पनि सकारात्मक परिणाम ल्याइदियो ।
म सोच्दछु कलाकारको कलाले जनताको बोली बोल्यो भने त्यो कुनेै  पनि प्रतिक्रिया अझ फासीवादी सत्ता वा सरकारलाई सुपाच्य कुृरा हुन सक्दैन । म स्मरण गर्दछु भारतको राजधानी दिल्लीको आसपासमा पूर्व अंग्रेजीका पा्रध्यापक तथा माक्र्सवादी नाटककार सफदर हासमीले सडकका जनताका बीचमा उनकी पत्नी माला सहित हल्ला बोल नाटक प्रदर्शित गर्दा कांग्रेस आईका लठैतहरूले नाटक खेल्दा खेल्दै सडकमा नै आक्रमण गरेर उनको दिन दहाडै हत्या गरेका थिए । तर त्यसको तेस्रो दिन लेखक  भीष्म साहनीको नेतृत्वमा प्रगतिशील लेखकहरूको उपस्थितिमा उनकै श्रीमती मालाले आफ्नो पतिको हत्या भएको ठाउँमा उपस्थित भई हल्ला बोल नाटक खेलेर प्रतिक्रियावादी अझ फासीवादीहरूको बिरोध मात्र होइन उनीहरूलाई चुनौतीसम्म दिएकी थिइन् । उसरी जनयुद्धको बेलामा सात जना मादल बाँसृरी र मुर्चुंगा बोकेका जन कलाकारलाई घेरेर एक चिहान बनाएको कुरा पनि नेपालको इतिहासमा अझ ताजा नै रहेको छ ।
भन्न त भनिन्छ लोकतन्त्रमा अझ लोकतान्त्रिक गणतन्त्रमा अभिव्यक्तिको स्वतन्त्रताको ग्यारेन्टी हुन्छ । तर यथार्थमा यस्तो कुरो हुने रहेनछ । आफ्नो स्वर्गको शासन ढल्फलाउने भय भयो भने लोकतान्त्रिक गणतन्त्रका हिमायतीहरूले लोकतन्त्रमाथि नै बञ्चरो चलाउने रहेछन् ।  स्वर्गको इन्द्रहरूलाई पनि यमराजको रुप धारण गर्न कत्ति बेर लाग्ने रहेनछ ।
म संझिmन्छु जब दार्जीलिङमा कवि अमग सिंह गिरीले लेखेको गीत –हो, नौ लाख तारा उदाए धर्तीको. आकाश हाँसेछ
शरद लाग्यो बनमा फुलले प्रीति गाँसेछ
नजली यहाँ झिलिलि मनको तारा निभेछ
गुराँस फुल्यो पहाडमा  मनको फुल झरेछ
नसम्झ आज नेपाली सञ्चोले यहाँ बाँचेको –...अमर गुरुङले गाए  सरकारले त्यस गीतलाई पचाउन सकेन । त्यसमाथि प्रतिबन्ध लगायो ।
भलै नेपालको बाम नेतृत्वको सरकारले घोषित  रुपमा पशुपति शर्माको गीतमा प्रतिबन्ध लगाउन सकेको  छैन तर पनि त्यसमाथि प्रत्यक्ष अप्रत्यक्ष रुपमा धाक धम्की दिएर उनलाई आफूले लेखेको र गाएको गीत फिर्ता लिन लगाइएको छ । बाध्य पारेको छ ।
म संझिन्छु कुनै समय बुर्नोले बिज्ञानको आधार लिएर सूर्य पृथ्वीको वरिपरि होइन कि बरु पृथ्वी नै सूर्यको वरिपरि घुम्छ भने त्यसको लागि चर्चका  पादरीहरूले उनलाई बाइबल बिरुद्ध बोलेको भनेर सार्वजनिक रुपमा उनलाई जिउँदै जलाएका थिए । यही कुृरा दोहोराउँदै जब इटालीका बैज्ञानिक ग्यालिलियोलाई पनि सूर्य पृथ्वीको वरिपरि होइन कि पृथ्वी नै सूर्यको वरिपरि घुम्छ भन्दा धर्मान्धहरूल  उनलाई जेलमा कैद गरेर राखेका थिए । पछि उनीहरू ग्याििललियोलाई आफ्ना शब्द फिर्ता लिए मात्र उनले जीवन दान पाउन सक्ने कृुरा  गरे पछि वाध्यताबश उनले आफ्नो मनले नमान्दा नमान्दै पनि बाँच्नको लागि आफूले व्यक्त  गरेका कुृरा सत  प्रतिशत सत्य हुन भनी जान्दा जान्दै पनि फिर्ता लिएका थिए ।  भलै उनले पुस्तक नै लेखेर आउने पीढीलाई बैज्ञानिक सत्यप्रति सचेत र सजग गराउने कार्यलाई अघि बढाए ।  यिनै व्यालिलियोको जीवनलाई आधार बनाएर हिटलरको फासीबादबाट बच्न अमेरिका पुगेका जर्मनका माक्र्सवादी ना पशुपति शर्मालाई लुट्न सके लुट कान्छा गीत लेखेर  गाएकोमा सत्ता पक्षको धाक धम्कीबाट बच्न बर्टेल्ड बर्टाेल्डलाई जस्तै कुनै मुलुकको शरणमा जान पर्ने वाध्यता पर्ने त होइन ? शायद  यही कुराको अनुभूति गरेर उनले आफ्नो लोकप्रिय गीतलाई आफ्नो युृ ट्वूबाट हटाएका होलान् ।
निश्चित रुपमा मुलुकको यथार्थ त्रित्र प्रस्तुत गर्ने पशुपति शर्माको लुट्न सके लुट कान्छा गीत एउटा व्यंगात्मक शैलीमा लेखिएको र गाइएको गीत हो ।  जब सत्ताले सरल भाषा र शैलीमा अभिव्यक्त  गरेका कुराप्रति कुनै टेर पुच्छर लगाउँदैन उसले व्यंग भाषाको प्रयोग गर्न थाल्दछ ।
त्यतिबेलाको सत्ताले जेल हालेका भानुभक्त आचार्यले पनि यस्तै व्यंग भाषाको प्रयोग गरेर कविता लेखेका थिए । उनले भनेका थिए –
      रोज् रोज् दर्शन पाउ“छु चरणको ताप् छैन मन्मा कछू ,
     रात्भर नाच् पनि हेर्छु खर्च नगरी ठूला चयनमा म छू ।
     लाङ्खुट्ट्या उपिञा उडूस् ई सं“गि  छन् यिन्कै लहड्मा“ बसी,
     लाङ्खुट्ट्याहरु गाउ“छन् ति उपिञा नाच्छन् म हेर्छु बसी ।।
बेलायतका प्रसिद्ध व्यंग लेखक जोनाथन स्वीफ्टले आफ्ना मुलुकका खुृंखार सामन्त शोषकहरूलाई मोडेस्ट प्रपोजल लेखेर यसरी व्यंगात्मक भाषा शैलीमा प्रहार गरेका थिए – उनले लेखेका थिए – मलाई हाम्रा एकजना व्यापारीले आस्वस्त पारेका थिए कि बाह्र बर्ष अघि केटा केटी बिक्रीको बस्तु बन्न सक्दैनन् । उनीहरू यस उमेरको हुँदा पनि तीन पाउण्डभन्दा बढी, ज्यादामा तीन पाउण्डका हुन सक्दैनन् । बढीमा तीन पाउण्ड आधा कराउनसम्मका । उनको सटही गर्दा न त बाबु आमालाई लाभ हुन सक्दछ न त राज्यलाई नै । जब कि लुगा फाटा खाना खुराकको चार गुना बढी लगानी हुन सक्दछ । .. म बिनम्रतापूर्वक मेरो विचार सम्बन्धमा प्रस्ताव गर्दछुृ  र म के पनि आशा गर्दछु भने मेरो यस कुराको अलिकति पनि बिरोध हुँदैन । मसित लण्डनमा परिचित एकजना अमेरिकीले भनेका छन् राम्ररी पालित पोषित एकजना स्वस्थ्य एक बर्षको बच्चा निकै स्वादिलो स्वास्थकार खाद्य बस्तु हुन्छ । बच्चोका मासुलाई झोल बनाएर, रोस्ट बनाएर, पोेलेर जसरी खाए पनि हुन्छ । हजारौ बच्चाहरूलाई बच्चा उत्पादन गर्न राखिएको छ.।.....जसमध्ये चारहिस्सामा एक हिस्सा पुरुष हुन्छन् । जसलाई हामी भेंडा चराउन, काला पशु वा बुंगुर हेर्न लगाउँछौं । यी बच्चाहरूको कहिले बिवाह हुँर्दैन । एक पुरुष चार महिलााहरूको लागि प्रयाप्त हुन्छ । बाँकी बच्चालाई धनी मान्छेलाई बिक्री गर्न सकिन्छ ।  आमाहरूलाई सुझाउ छ कि आखिरी महिनामा बच्चालाई खुब मोटोघाटा बनाउनृुहोस् । ताकी उनीहरूको मोटो मासु र बोसो टेबलमा राख्न सकियोस् । साथी भाईलाई मनोरजन गराउन र परिवारलाई एक्लै खृुवाउन बच्चाको मासुका दुई प्रकारको परिकार बन्दछन् । बच्चाको अगाडि वा पछाडिको अंगको पोसिलो स्वादिलो मासुको परिकार  बन्दछ । बच्चाको मासृुलाई स्वादिलो पार्न अलिकति नून र मरीज राख्न सकिन्छ । खास गरी जाडोको मौसममा भृुर्लृुक्क उमालेर पनि खान सकिन्छ ।  ...मलाई थाहा छ भर्खर जन्मेको बच्चा १२ पाउण्डको हुन्छ । राम्ररी पालेर राख्ने हो भने २८ पाउण्डको समेत हुन सक्दछ । मलाई लाग्दछ यस्तो बच्चाको मासृु केही महंगो हुने हुनाले खास गरी जमीन्दार बर्गको लागि साह्रै उपयुक्त हुन्छ । यिनै जमीन्दारहरूले नै धेरै जसो बच्चाहरूका आमा बुबालाई लुछी लुछी निलिसकेका छन् । चपाइसकेका छन् ।   बच्चाहरूको नरकंंकालबाट काढेको. छाला भद्र महिलाहरूका लागि हातको ग्लोभ बन्न सक्दछ ।  भद्र पुरुषहरूका लागि गर्मीमा लगाउने जुता बन्न सक्दछ । आदि आदि ।
लेखक कविहरूले पशुपति शर्माले भन्दा पनि कडा शब्दमा सत्ताका काला करतुतहरूको नांगेझार पारेर साहित्यिक सृजना अझ मोहन कोइराला इन्द्रबहादुर राई, ईश्वर बल्लभ वा बैरागी काइंलाको आमामेली शैलीमा गरेको भए संभवत  सरकार र सरकारका पृष्ठपोषकहरू यति धेरै आतंकित  हुने थिएनन् र यसको बिरोध फासीवादी शैलीमा गर्ने थिएनन् । किनभने लेखक कविले सृजेको अझ आयामेली साहित्यकारले लेखेको लेख रचना प्रायः खास एउटा बौद्धिक बगले मात्र पढ्दछ । जनतामा ती कृरा पुग्न समय लाग्न सक्दछ । तर गीतकार जनबोलीका लेखेकको गीत र जन गायकले गाएको गीत सिधै जनतामा पुग्दछ । जनतालाई सचेत  र सजग पार्दछ । यसैले त्यस किसिमको कलाबाट वा सृजनाबाट सत्ता आतंकित हुन पुग्दछ । उसलाई आफूले टेकेको पाइलो टेकेको जमीन भासिएको जस्तो लाग्दछ । सत्तालाई सारा जनतामा उसको पोल खृुल्यो भन्ने भान हुन्छ  । उसलाई लाग्न थाल्दछ अब उसको खैरियत छैन । सत्ता र सत्ता पक्षका ताबेदारले पशुपति शर्माको गीतको चर्को बिरोध गर्नको खास कारण पनि यही हो ।
निश्चित रुपमा कतिपय प्रंसंगले बर्तमान दुई तिहाई बहुमत भएको दाबी गर्ने बामपन्थीहरूको नेतृत्वको आकाश पातालका कुरा गर्ने सरकारलाई प्रहार गरेको छ । तर के कुरा पनि बुझ्न जरुरी छ भने पशुपति शर्माको गीतले बर्तमान सरकारको मात्र होइन विगतका सरकारको पनि उत्तिकै विरोध गरेको छ । यस सम्बन्धमा के पनि बुझ्न जरुरी छ भने कुने पनि सत्ता सत प्रतिशत राम्रो वा सत प्रतिशत खराब पनि हुँदैन । ५१ प्रतिशत राम्रो काम गरेको सत्तालाई राम्रै भन्नु पर्ने हुन्छ । ४९ प्रतिशत नराम्रो काम गरेको सत्तालाई खराब नै भन्नु पर्नै हुन्छ । पशुपति शर्माले कार्यकर्तालाई कुृकुर जस्तै भुृक्दछन् भन्नुृको अर्थ सबै कार्यकर्ता नेता अन्धभक्त भएर  उसको जनघात वा राष्ट्रलाई आँखा चिम्लेर समर्थन गर्दछन् भन्ने होइन । तर पनि बर्तमान परिस्थितिमा नेता वा सरकारले ठूला ठूला राष्ट्रघात गर्दा पनि कार्यकर्ता चुप लागेर बस्ने प्रबृति व्यापक रुपमा देखा परेकोले नै  पशुपति शर्माले त्यस्तो कुकुर जस्तै भुक्दछन् भन्ने वाक्याँश प्रयोग गरेको हुनु पर्दछ ।  शर्माले यस्ता शब्दावली सम्बन्धित पक्षलाई चोटिलो प्रहार होस् भनेर नै प्रयोग गरेका होलान् । हुन पनि त्यसले चोटलो प्रहार गरेको प्रमाणित  पनि भयो ।  यस दृष्टिले उनी सफल गीतकार तथा गायक सावित भएका छन् ।
एकपल्ट युद्धप्रसाद मिश्रले मसित कुराकानी गर्दा भनेका थिए आफूले देखेका भोगेका र जानेका र आत्मादेखि आएको कुरा लेखे पो त्यसले जनतामा प्रभाव पार्दछ । वास्तवमा पशुपति शर्माले आफूले देखेको भोगेको र आत्मादेखि आएको कुरा लेखेको हुनाले नै त्यसले यति छिटो यति व्यापक लोकप्रियता प्राप्त  गर्न सक्क्यो ।
अन्त्यमा मे पशुपति शर्माको पक्षमा बकालत गरिएको यो लेखेको बिट हिन्दीका प्रसिद्ध संत कवि कबीर दासका यी पंक्तिको उद्धरणसित मार्दछु । तर ध्यान रहोस्, पशुपति शर्माले कसैको निन्दा गरेका होइनन् बरु विशेष गरी मुलुकको राजनैतिकि सामाजिक र आर्थिक क्षेत्रमा परिलक्षित विसंंगतिमाथि व्यंग मात्र गर्न खोजेका हुन् ।कबीर दास भन्दछन्–
निन्दक नियरे रखिए, आँगन कुटी छवाय
बिन पानी, साबुन बिना, निर्मल करे सुभाय ।
०९–११–२०७५

Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा